राजविराज । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा रेबिज सुईको अभाव भएको छ ।

 अस्पतालमा दैनिक पाँचदेखि छ जना कुकुरले टोकेका बिरामी आउने गरे पनि सुईको अभावका कारण समस्या भइरहेको अस्पतालले जनाएको छ ।

Advertisement

एक मात्र सरकारी अस्पतालमा सहुलियत दरमा पाइने रेबिज सुई एक हप्तादेखि पाउन छाडेपछि उपचारका लागि आउने बिरामी र कुरुवालाई समेत समस्या हुने गरेको बताइएको छ ।

अस्पतालमा निःशुल्क रुपमा पाइने सो सुई सरकारी उदासीनताका कारण अहिले उपभोक्ताले निजी औषधि पसलमा दोब्बर मूल्यमा खरीद गरी प्रयोग गर्न बाध्य भएको स्थानीयवासी श्याम रजकले बताए ।

अस्पतालले भने रेबिजविरुद्ध दिइने सुई अभाव भएपछि विभागमा माग गरिए पनि विभागबाट नआएको जनाएको छ । रासस

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!