तनहुँका वडा वडैबाट सामाजिक सुरक्षा भत्ता
तनहुँ, २६ असोज । तनहुँको व्यास नगरपालिका वडा नम्बर १ को कार्यालयले वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण थालेको छ । व्यास १ भादगाउँमा आयोजित कार्यक्रमकाबीच व्यासनगर उप प्रमुख मिरा जोशीले भत्ता वितरण शुरुवात गरिन् । उनले वडाबासीलाई सेवा दिन नगरपालिका तत्पर रहेको बताइन् । वडा अध्यक्ष खरसिं दरैले वडावासी वृद्धवृद्धालाई बैंक धाउने झण्झट अन्त्य गराउन सेवा थालेको बताए ।
यसअघि दमौलीमा लाईन लागेर भत्ता...
























