मलेसियाका व्यवसायीलाई प्रधानमन्त्रीले भने-नेपालीले कुनै समस्या भोग्नु नपरोस्
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मलेसियामा कार्यरत नेपालीहरुको हित नै सरकारको मुख्य सरोकारको विषय भएको बताएका छन् ।
मलेसियामा कार्यरत नेपाली कामदारहरुका समस्या समाधानका लागि कुटनीतिक पहल गरिरहेको समेत प्रधानमन्त्री प्रचण्डले बताए ।
नेपाल भ्रमणमा रहेको मलेसियाका व्यवसायी र पूर्वप्रशासकहरुको टोलीसँग आइतबार बिहान भएको भेटमा प्रधानमन्त्री प्रचण्डले नेपालीहरुको अवस्थाबारे चासो राख्...