काठमाडौं, २६ असोज। वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक जाने युवाको संख्या अपेक्षित वृद्धि हुन नसके पनि यस क्षेत्रमा ठगीको उजुरी गर्ने पीडितको संख्या र दाबी रकम भने बढ्दै गइरहेको छ ।

Advertisement

पछिल्लो २ वर्षमा मात्र वैदेशिक रोजगारीका क्षेत्रमा भएको लेनदेनको क्रममा १ अर्ब ४५ करोडभन्दा बढी दावीसहितको उजुरी परेको छ । यसरी परेको उजुरीको कारबाहीका क्रममा २६ करोड ४० लाख ९५ हजार रुपैयाँ बिगो भराइएको छ ।

आर्थिक वर्ष २०७२–०७३ को तुलनामा २०७३–७४ मा रकम हिनामिनासहित उजुरी गर्ने युवाको संख्या २ सय ११ जनाले बढेको देखिन्छ भने दाबी रकम पनि ६ करोड २७ लाख ४५ हजार ३ सय २ रुपैयाँले बृद्धि भएको छ ।

अघिल्लो आवमा ६९ करोड ५० लाख ९६ हजार ५ सय २ रुपैयाँरकम दाबीसहित २ हजार १ सय ७२ जनाले वैदेशिक रोजगार विभागमा उजुरी दिएका थिए । यसरी नै गत आवमा ७५ करोड ७८ लाख ४१ हजार ८ सय ४ रुपैयाँ दाबीसहित २ हजार ३ सय ८३ उजुरी दर्ता गरेको वैदेशिक रोजगार विभाग उजुरी तथा अनुसन्धान शाखाका तथ्यांकमा उल्लेख छ ।

यो तथ्यांक संस्थागत र व्यक्तिगत रुपमा वैदेशिक रोजगारको नाममा रकम लेनदेन विवादपछि पीडित पक्षले विभागमा दर्ता गराएको संख्या हो । आजको कारोबार दैनिकमा खबर छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!