धनकुटामा संविधान दिवसको अवसर पारेर सरसफाई र वृक्षारोपण
धनकुटा, ३ असोज । संबिधान दिवसको अवसर पारेर धनकुटामा सरसफाई र बृक्षारोपण गरिएको छ । नेपालको संविधान २०७२ जारी भएको दिनको अवसरमा धनकुटा नगरपालिकाको अगुवाईमा वृहत सरसफाई तथा वृक्षारोपण कार्यक्रम गरिएको हो ।
धनकुटा बसपार्कमा नवनिर्मित फूलबारी तथा धनकुटा–७ स्थित रमाइलो घुम्तीमा वृक्षारोपण गरिएको हो । जिल्ला समन्वय समितिका प्रमुख टंकबहादुर चुवान, प्रमुख जिल्ला अधिकारी सीताराम कार्की, नगरपालिकाका प्रम...































