काठमाडौं ,१८ चैत । प्रधानमन्त्री केपी शर्मा ओली गृह जिल्ला झापाका सबै कार्यक्रम स्थगित गरेर आँधी प्रभावित जिल्ला जाने भएका छन् ।

Advertisement

आँधी हुरीले बारा, पर्सालगायतका जिल्लामा जनधनको धेरै क्षति भएको जानकारी पाएपछि ओलीले पूर्वनिर्धारित सबै कार्यक्रमहरु स्थगित गरेका हुन् ।  प्रेस संयोजक चेतन अधिकारीका अनुसार ओली अब चन्द्रगढीबाट हेलिकोप्टरमार्फत् सीधै बारा जाँदैछन् ।

झापा र मोरङका कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली आइतबार काठमाडौंबाट त्यसतर्फ प्रस्थान गरेका थिए । सोमबार उनी झापाका विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम थियो । तर आइतबार आँधीले बारा र पर्सामा ठूलो जन–धनको क्षति पुर्याएपछि प्रधानमन्त्री पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित गरेर प्रभावित क्षेत्र जान लागेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!