साउदी अरेबियाका राजकुमार थुनामुक्त

साउदी अरेबियाका राजकुमार थुनामुक्त

रियाद, १४ माघ। भ्रष्टाचारको आरोपमा गत नोभेम्बर महिनामा पक्राउ परेका साउदी अरबियाका राजकुमार थुनामुक्त भएको समाचार छ । गत वर्षको नोभेम्बर महिनामा साउदी अरेबियाका युवराज मोहमद बिन सलमानले सुरु गरेको भ्रष्टाचारीहरुको कारबाहीको क्रममा पक्राउ गरिएका अर्बपति राजकुमार अलवालीद बिन तलाल थुनामुक्त भएको समाचारमा जनाइएको छ । अर्बपति राजकुमार तलालका साथै अरु पनि त्यस समयमा पक्राउ परेका केही शक्तिशाली व...
मिर्गौलापीडित पत्रकारलाई आर्थिक सहयोग

मिर्गौलापीडित पत्रकारलाई आर्थिक सहयोग

भद्रपुर, १४ माघ । झापाको भद्रपुर नगरपालिकामा सञ्चालित ‘नागरिक एफएम’को सक्रियतामासंकलित एक लाख २१ हजार २३० मिर्गाैलापीडित पत्रकार माया पकुवाललाई आज हस्तान्तरण गरिएको छ । झापाबाट प्रकाशन हुँदै आएको ‘वरुण’ साप्ताहिक पत्रिकाका प्रधानसम्पादक पकुवाल करिब तीन महिनादेखि दुबै मिर्गाैला खराब भएर सिकिस्त रहेकाले विभिन्न संघसंस्था, समाजसेवी र वैदेशिक रोजगारमा रहेका युवाले सहयोग रकम जुटाइरहेका छन् । रकम ...
५० किलो चरेशसहित पक्राउ

५० किलो चरेशसहित पक्राउ

रोल्पा, १४ माघ। माडीगाउँपालिका– २ घर्तीगाउँबाट आज बिहान प्रहरीले ठूलो मात्रामा चरेशसहित दुई जनालाई पक्राउ गरेको छ । क्षेत्रीय प्रहरी ब्यूरो टोलीका प्रहरी निरीक्षक अरुणकुमार सिंह, जिल्ला प्रहरी कार्यालय रोल्पाको सादा पोशाकका प्रहरी र इलाका प्रहरी कार्यालय घर्तीगाउँको प्रहरी टोलीले संयुक्त रुपमा लागुऔषध बरामद गरेको बताइएको छ । चरेश भेटिएको ठाउँ इलाका प्रहरी कार्यालय घर्तीगाउँदेखि १० मिनेटको दूर...
काबुलमा यस वर्षकै ठूलो हमला, एम्बुलेन्स बम विस्फोट हुँदा ९५ को मृत्यु १५८ जना घाइते

काबुलमा यस वर्षकै ठूलो हमला, एम्बुलेन्स बम विस्फोट हुँदा ९५ को मृत्यु १५८ जना घाइते

काबुल, १३ माघ। अफगानिस्तानको राजधानी काबुलमा शनिबार भएको भीषण एम्बुलेन्स बम विस्फोटमा परी कम्तीमा ९५ को मृत्यु भएको छ । साथै यसमा परी १५८ जना घाइते भएका छन् । यसलाई यस वर्षकै सबैभन्दा धेरै मानवीय क्षति हुने गरी भएको घटनाको रुपमा लिइएको छ । काबुलको मध्य भागमा अत्यधिक भीड भएको स्थान लक्ष्य गरी विस्फोटक पदार्थ बोकेको एम्बुलेन्स विस्फोट गराइँदा कम्तीमा ९५ जनाको मृत्यु भएको बताइएको छ । घटनामा प...
क्षयरोग पत्ता लगाउन अत्याधुनिक यन्त्र

क्षयरोग पत्ता लगाउन अत्याधुनिक यन्त्र

कञ्चनपुर, १४ माघ। राष्ट्रिय क्षयरोग निवारण केन्द्रले सदरमुकाम भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पताललाई क्षयरोग पत्ता लगाउन अत्याधुनिक जिन एक्सपोर्ट मेशिन शनिबार उपलब्ध गराएको छ । अत्याधुनिक यन्त्र नहँुदा अस्पतालले क्याट एक र क्याट दुई प्रविधिबाट बिरामीको खकार जाँच गरी उपचार गर्दै आएको थियो । “पुरानो प्रविधिबाट क्षयारोग पत्ता लाग्न बढी समय लाग्ने गरेको थियो”, अस्पालका ल्याब टेक्निसियन हर्कबहाद...
आर्थिक अभावले आठ महिनादेखि अस्पतालमा एम्बुलेन्स सेवा ठप्प

आर्थिक अभावले आठ महिनादेखि अस्पतालमा एम्बुलेन्स सेवा ठप्प

फलेवास, पर्वत, १४ माघ।  विगत आठ महिनादेखि बिरामी बोक्ने जिल्ला अस्पतालको एम्बुलेन्स बिग्रँदा सर्वसाधारण मर्कामा परेका छन् । जिल्ला अस्पतालमा रहेको एक मात्र एम्बुलेन्स बिग्रिएपछि बिरामी ओसारपसारमा समस्या भएको छ । विगत आठ महिनाअघि देखि एम्बुलेन्स बिग्रिएर थन्किएको छ । ५ वर्षअगाडि खरिद गरिएको एम्बुलेन्सका पाटपुर्जा बिग्रिएपछि आठ महिनादेखि मर्मतका लागि पोखरामा लगेर छाडिएको अस्पतालले जनाएको छ । प...
राष्ट्रियसभा चुनावः उम्मेदवारको नामावली प्रकाशन आज

राष्ट्रियसभा चुनावः उम्मेदवारको नामावली प्रकाशन आज

काठमाडौं ,१४ माघ। माघ २४ का लागि तय गरिएको राष्ट्रियसभा सदस्य निर्वाचनमा मनोनयन दर्ता गरेका उम्मेदवारहरुको नामावली आज प्रकाशन हुने भएको छ । निर्वाचन आयोगले गत बुधबार राष्ट्रियसभा सदस्यको उम्मेदवारी मनोनयन दर्ता गराएको थियो । उम्मेदवारी दर्तापछि उजुरी गर्न समय दिएको आयोगले त्यसको छानबिन सकेलगत्तै नामावली प्रकाशन गर्न लागेको हो । आयोगले शनिबार उम्मेदवारविरुद्ध परेका उजुरीमाथि निर्णय गरिसकेको छ ।...
आगलागीबाट २० लाखको क्षति,बालक घाइते

आगलागीबाट २० लाखको क्षति,बालक घाइते

रोल्पा, १४ माघ। रोल्पाको सुवर्णावती गाउँपालिका–१ घोडागाउँमा शनिबार भएको आगलागीबाट सात घर जलेर नष्ट हुँदा लाखाँैको क्षति भएको छ । आगलागीबाट नरेन्द्र पुन, नरिमा घर्ती, मनबहादुर पुन, किशोर घर्ती, अमर घर्ती र पवि घर्तीको घर तथा घरसँगै रहेको गोठ जलेर नष्ट भएको छ भने कृष्णवहादुर घर्तीको भान्सा कोठा जलेर नष्ट भएको छ । आगलागी भएको खबर पाएपछि इलाका प्रहरी कार्यालयबाट गएको प्रहरी टोली, स्थानीय जनता र समुुद...
गाईवस्तुका लागि पनि चक्लेट उत्पादन

गाईवस्तुका लागि पनि चक्लेट उत्पादन

विराटनगर, १४ माघ। मानिसले रुचाउने चक्लेट अब गाईवस्तुका लागि पनि उत्पादन हुन थालेको छ। मोरङको एक उद्योगले गाईवस्तुको दानाका रूपमा चक्लेटउत्पादन गरेको हो। विशेष गरी यो चक्लेट दूध दिने गाईवस्तुका लागि लाभदायी हुने उद्योगको दाबी छ। बजारीकरणसँगै घाँस र दानाको अभाव भएपछि यसलाई परिपूर्ति गर्न आधुनिक दानाका रूपमा गाईवस्तुले खाने चक्लेट उत्पादन गर्न थालिएको हो। मोरङको झोराहाटस्थित कृष्ण दाना उद्योगले के...
मुख्यमन्त्री बन्न एमालेमा हानथाप

मुख्यमन्त्री बन्न एमालेमा हानथाप

काठमाडौं, १४ माघ। प्रदेशसभामा निर्वाचित एमालेका नेताहरु मुख्यमन्त्री बन्ने दौड लागेका छन् । प्रदेशसभा सदस्यको शपथसँगै मुख्यमन्त्रीका आकांक्षीहरूले पार्टीका शीर्ष नेतादेखि सांसदसँगको छलफल र बैठकलाई तीव्रता दिएका छन्। केहीले आफूलाई मुख्यमन्त्रीका लागि अनुकूल वातावरण बनाउन दलभित्रैको आन्तरिक समीकरण (गुट) परिवर्तन गरेका छन् । आकांक्षीले विभिन्न माध्यमबाट पनि मुख्यमन्त्रीको दाबी प्रस्तुत गर्दै आएका ...
त्रिविका सबै आंगिक क्याम्पसमा सेमेस्टर प्रणाली सुरु

त्रिविका सबै आंगिक क्याम्पसमा सेमेस्टर प्रणाली सुरु

काठमाडौं, १४ माघ। त्रिभुवन विश्वविद्यालयका स्नातकोत्तर तहको पढाइ हुने सबै क्याम्पसमा यसै वर्षदेखि सेमेस्टर प्रणाली सुरु भएको छ । केन्द्रीय विभागहरूबाट सुरु गरिएको सेमेस्टर प्रणालीअनुसार नै अहिले आंगिक क्याम्पसमा भर्ना लिन थालिएको छ । त्रिवि पदाधिकारीहरूले जिल्ला–जिल्लामा अभिमुखीकरणसमेत गर्दै आएका छन् । झापामा खुलेको कृषि क्याम्पससहित त्रिविमा अहिले ६० वटा आंगिक क्याम्पस छन् । ३९ वटा केन्द्रीय वि...
जंगली हात्तीबाट झापावासी आक्रान्त

जंगली हात्तीबाट झापावासी आक्रान्त

भद्रपुर, १४ माघ ।  खेती उठाउँदा जति खुशी हुन्छन् दक्षिण झापाका किसान घरमा राखेको अन्न बाली जोगाउन उति नै चिन्ता गर्न थालेका छन् । वर्षभरि खाने र परिवार पाल्ने आधारका रुपमा रहेको खेती बाली केही वर्षयता हात्तीको आहारा बन्न थालेपछि पूर्वी दक्षिण झापाका किसान अन्न बाली जोगाउन हात्तीको आक्रमणबाट जोगिन माग गर्दै आएका छन् । भारतको आसाम राज्यबाट काँकरभिट्टास्थित मेची नदी किनारा हुँदै स–सना झुण्डका रुपमा ...
प्राविधिक शिक्षाबाट रोजगारी पाएपछि विद्यार्थीको आकर्षण बढ्दो

प्राविधिक शिक्षाबाट रोजगारी पाएपछि विद्यार्थीको आकर्षण बढ्दो

खोटाङ, १४ माघ । जिल्लाका विद्यार्थी प्राविधिक शिक्षाप्रति आकर्षित हुन थालेका छन् । प्राविधिक शिक्षा हासिल गरेलगत्तै आफ्नो शैक्षिक योग्यताका आधारमा सरकारी तथा गैरसरकारी कार्यालयमा रोजगारी पाउने भएपछि पछिल्लो समय जिल्लामा प्राविधिक शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या ह्वात्तै बढेको हो । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा पछिल्लो दुई वर्षको अवधिमा दुईवटा प्राविधिक शिक्षा अध्ययन हुने...
२०७४ माघ १४ गते आइतबारको राशिफल

२०७४ माघ १४ गते आइतबारको राशिफल

वि.सं. २०७४ साल माघ १४ गते। आइतबार। इश्वी सन् २०१८ जनवरी २८ तारिख। शकसंवत् १९३९। साधारण संवत्सर। उत्तरायण। शिशिर ऋतु। नेपाल संवत् ११३८ सिल्लाथ्व। माघ शुक्लपक्ष। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) अध्ययनमा प्रगति हुनेछ भने ज्ञान र कलालाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। मिहिनेतले मान-सम्मान दिलाउनेछ। बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा ...
सांसद श्रेष्ठलाई माओवादीले दियो बधाई

सांसद श्रेष्ठलाई माओवादीले दियो बधाई

धनकुटा, १३ माघ । नेकपा माओवादी केन्द्रको तर्फबाट प्रदेशसभा सदस्यमा निर्वाचित कुसुम कुमारी श्रेष्ठलाई पार्टीको तर्फबाट शनिवार धनकुटामा बधाई ज्ञापन गरिएको छ । माओवादी केन्द्र धनकुटाले शुरभी होटलमा कार्यक्रम गरी नव निर्वाचित सांसद श्रेष्ठलाई बधाई तथा शुभकामना व्यक्त गरेको हो । उनलाई सम्मानपत्र प्रदान गरी दोसल्ला ओढाएर सम्मान गरिएको माओवादी केन्द्रका सह–संयोजक ऋषिराम ढुंगानाले बताए । सम्मानित भएपछि ब...
प्रथम प्रधानसेनापति अन्तरविद्यालय छात्रा तेक्वान्दो प्रतियोगिता शुरु

प्रथम प्रधानसेनापति अन्तरविद्यालय छात्रा तेक्वान्दो प्रतियोगिता शुरु

काठमाडौँ, १३ माघ । प्रथम प्रधानसेनापति अन्तरविद्यालय छात्रा तेक्वान्दो प्रतियोगिता २०७४ आजदेखि शुरु भएको छ । यही माघ १५ गतेसम्म नेपालको तेक्वान्दो खेलकै इतिहासमा पहिलोपटक विद्यालयस्तरमा अध्ययनरत छात्रा विद्यार्थीको तौल समूहका निम्ति मात्र आयोजना गरिएको प्रतियोगिता हो । विद्यालयमा अध्ययनरत छात्रा तेक्वान्दो खेलाडीमात्र सहभागी गराई सञ्चालन गर्न लागिएको पहिलो प्रतियोगिता सैनिक श्रीमती संघकी अध्य...
सामुदायिक रेडियोहरूको राष्ट्रिय भेला सम्पन्न

सामुदायिक रेडियोहरूको राष्ट्रिय भेला सम्पन्न

पोखरा, १३ माघ। सकारात्मक सामाजिक रुपान्तरण अभियान सञ्चालन गर्नेमा सहमति जनाउँदै सामुदायिक रेडियोहरूको १३औँ राष्ट्रिय सम्मेलन पोखरामा सकिएको छ । सामुदायिक रेडियो प्रसारक संघ (अकोराब)को आयोजनामा हिजो शुक्रबारदेखि शुरु भई आज सम्पन्न सम्मेलनले सात बुँदे घोषणापत्रमा ‘घरघरमा रेडियो, जनजनमा खबर, सुसूचित र जिम्मेवार नागरिक समृद्ध नेपालको आधार’ भन्ने नाराका साथ सकारात्मक सामाजिक रुपान्तरण अभियान सञ्चा...
प्रदेश नं ५ को प्रदेशसभा बैठक माघ २१ गते

प्रदेश नं ५ को प्रदेशसभा बैठक माघ २१ गते

बुटवल, १३ माघ। संघीय संरचनाअनुसारको प्रदेश संसदअन्तर्गत प्रदेश नं ५ मा प्रदेशसभाको बैठक यही माघ २१ गते बस्ने भएको छ । नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम ५ नं प्रदेश प्रमुख उमाकान्त झाले बैठकको आह्वान गर्नुभएको प्रदेश प्रमुख कार्यालयका सचिव सनतकुमार दवाडीले जानकारी दिनुभयो । बैठक प्रदेशसभा सचिवालय भवन बुटवल उद्योग वाणिज्य संघको सभाहलमा बस्ने भएको छ । बैठक उक्त दिन अपराह्न १ बजे ब...
युक्रेनको अदालतद्वारा जर्जियाको पूर्व राष्ट्रपतिलाई नजरबन्दको आदेश

युक्रेनको अदालतद्वारा जर्जियाको पूर्व राष्ट्रपतिलाई नजरबन्दको आदेश

किभ, १३ माघ। किभको पुनरावेदन अदालतले जर्जियाका पूर्व राष्ट्रपति मिखाइल शाकासभिलीलाई रातिको समयमा नजरबन्दमा राख्न शुक्रबार आदेश दिएको छ । अदालतले शुक्रबार नै विज्ञप्तिमा जारी गरी सो जानकारी दिएको हो । अदालतले शाकासभिली हरेक राति १० देखि बिहान ७ बजेसम्म घरमै रहन आदेश दिएको छ । शाकासभिली युक्रेनी राजनीतिक पार्टीका नयाँ नेता हुनुहुन्छ । स्थानीय सञ्चार माध्यमहरुले उहाँलाई देश बाहिर र टेलिभिजनका...
प्रधानमन्त्रीद्वारा बिपी स्मृति अस्पतालको नयाँ भवन उद्घाटन

प्रधानमन्त्रीद्वारा बिपी स्मृति अस्पतालको नयाँ भवन उद्घाटन

काठमाडौँ, १३ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले बसुन्धरास्थित बिपी स्मृति सामुदायिक सहकारी अस्पताल लिमिटेडको नयाँ भवनको आज उद्घाटन गर्नुभएको छ । अस्पतालको १०औँ वार्षिक साधारणसभाको अवसरमा प्रधानमन्त्री देउवाले आधुनिक तथा डिलक्स क्याबिनसहितको १०० शय्या, १७ आइसियू, १० भेन्टिलेटर र अत्याधुनिक ल्याबसहितको सुविधा सम्पन्न अस्पतालको उद्घाटन गर्नुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ...
रक्षा बजेट बृद्धिगर्दै अमेरिकी राष्ट्रपति ट्रम्प

रक्षा बजेट बृद्धिगर्दै अमेरिकी राष्ट्रपति ट्रम्प

वासिङ्टन, १३ माघ। अमेरिकी राष्ट्रति ट्रम्पले अमेरिकाको आगामी वर्षको रक्षा बजेटमा बृद्धि गर्न लाग्नुभएको बताइएको छ । उहाँले सन् २०१९ का लागि अर्थात आगामी वर्षका लागि ७१६ अर्ब अमेरिकी डलर बराबरको बजेट प्रस्ताव गर्नुभएको समाचारमा जनाइएको छ । काँग्रेसले सो बजेट पारित गर्न त बाँकी नै छ, तर पनि राष्ट्रति ट्रम्पले भने आगामी वर्षका लागि सो बजेट प्रस्ताव गर्न लाग्नुभएको रक्षा अधिकारीहरुले जानकारी दिएका...
तमोर आयोजनालाई प्राथमिकता दिने प्रतिबद्धता

तमोर आयोजनालाई प्राथमिकता दिने प्रतिबद्धता

तेह्रथुम, १३ माघ।  तेह्रथुमबाट निर्वाचित सांसदहरुले तमोर जलाशययुक्त आयोजना निर्माणको योजनालाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् । प्रतिनिधिसभा सदस्यमा निर्वाचित भवानीप्रसाद खापुङले तमोर जलाशययुक्त आयोजना बनेमात्रै पनि तेह्रथुम जिल्लाको समृद्धि सम्भव भएकाले त्यस्तो महत्वको योजना निर्माण गर्न आफूले सक्दो भूमिका खेल्ने बताउनुभयो । प्रदेशसभा सदस्य लक्ष्मण तिवारीले पनि प्रादेशिक सरकारको प...
वाम एकता तयारीसँगै प्रगतिशील लेखकमा वैचारिक ध्रुवीकरण

वाम एकता तयारीसँगै प्रगतिशील लेखकमा वैचारिक ध्रुवीकरण

काठमाडौँ, १३ माघ। वाम एकताको तयारीसँगै प्रगतिशील लेखक–साहित्यकारबीच समाजवादको लक्ष्य र गन्तव्यका विषयमा मतान्तर देखिएको छ । मुलुकका सशस्त्र युद्ध र शान्तिपूर्ण जनआन्दोलन हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रसहितको नयाँ संविधान प्राप्तिपछिको निर्वाचनमा बहुमत हासिल गरेका दुई ठूला कम्युनिष्ट पार्टीबीचको एकता प्रक्रिया अघि बढेका बेला तिनै घटकनिकट लेखक–साहित्यकारले पूँजीवादी क्रान्ति सम्पन्न भइसकेको मान...
मदन भण्डारी गोल्डकपको उपाधि थ्री स्टारलाई

मदन भण्डारी गोल्डकपको उपाधि थ्री स्टारलाई

इटहरी, १३ माघ। मनाङ–मस्र्याङदी क्लबलाई १–० ले पराजित गर्दै यहाँ जारी मदन भण्डारी मेमोरियल इटहरी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको उपाधि थ्री स्टार क्लबले जितेको छ । मदन भण्डारी फाउण्डेशनको सहयोगमा राष्ट्रिय जागृति क्लब इटहरीको आयोजनामा शनिबार भएको फाइनल खेलमा थ्री स्टारले ३७ औँ मिनेटमा बुद्ध चेम्जोङको गोलबाट अग्रता लिएको थियो । विमल घर्तीमगरको पासमा चेम्जोङले गोल गरेका थिए । निकै ...
ककनीलाई पर्यटकीय क्षेत्रका रुपमा प्रवद्र्धन गरिनु पर्ने

ककनीलाई पर्यटकीय क्षेत्रका रुपमा प्रवद्र्धन गरिनु पर्ने

  ककनी, नुवाकोट, १३ माघ। नुवाकोटको ककनीलाई पर्यटकीय क्षेत्रका रुपमा प्रवद्र्धन गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । नेपाल पत्रकार महासंघ काठमाडौँ शाखाले आज ककनीमा आयोजना गरेको ‘ककनीको पर्यटन प्रवद्र्धनमा सञ्चारकर्मीको भूमिका’ विषयको अन्तरक्रियामा उहाँहरुले ककनीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न लाग्नु पर्ने बताउनुभयो । कार्यक्रममा नेपाली काँग्रेसका नेता डा रामशरण महतले काठम...
सोमबार उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिने

सोमबार उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिने

काठमाडौँ, १३ माघ। निर्वाचन आयोगले यही माघ २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा भाग लिएका उम्मेदवारलाई आगामी सोमबार चुनाव चिन्ह प्रदान गर्दैछ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन माघ १५ गते दिनको ४ बजे हुने र सोही दिन उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवारलाई नाम फिर्ता लिन चाहेम...
चिसोका कारण एक करोडभन्दा बढीको माछा मरे

चिसोका कारण एक करोडभन्दा बढीको माछा मरे

नुवाकोट, १३ माघ ।  समयमै बजार नपाउँदा चिसोको कारण यहाँका एक किसानले पालेका रु एक करोडभन्दा बढीको माछा मरेका छन् । बेलकोटगढी नगरपालिका–१० वासुकीका युवराज पाण्डेले सञ्चालन गरेको ‘पाण्डे कृषि फर्म’को करिब ५५ हजार केजी माछा समयमै बिक्री नहुँदा चिसो मौसमले मरेको हो । पाण्डेको फर्ममा रहेका बचुवा (पांगासियस) जातको माछा लगातार मौसमी तापक्रममा आएको गिरावटले माछापोखरीको पानीको तापक्रम कम भएर क्षति प...
धितोपत्र बजार: एक अर्ब ७३ करोड कारोबार

धितोपत्र बजार: एक अर्ब ७३ करोड कारोबार

काठमाडौँ, १३ माघ ।  धितोपत्र बजारमा यस साता रु एक अर्ब ७३ करोड ९० लाख १४ हजार बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्ज(नेप्से)काअनुसार कुल १७७ कम्पनीको ५० लाख ५९ हजार ९३० कित्ता शेयर बिक्री भएका थिए । कारोबार रकम गत साताको भन्दा ५८ दशमलव ७४ प्रतिशत बढी हो । गत साता १७० कम्पनीको रु एक अर्ब नौ करोड ५४ लाख ८५ हजार बराबरका २४ लाख ६१ हजार ६०० कित्ता शेयर खरिद बिक्री भएका थिए । साताको ...
प्रदेश नं २ मा सरकारको गठजोडमा मधेश केन्द्रित दल

प्रदेश नं २ मा सरकारको गठजोडमा मधेश केन्द्रित दल

काठमाडौँ, १३ माघ। तराई–मधेश केन्द्रित राजनीतिक दलले प्रदेश नं २ मा सरकार गठनका लागि वार्ता र छलफललाई तीव्रता दिएका छन् । प्रदेश सरकारका लागि गठजोडमा रहेका संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले पदीय भागबण्डाका विषयमा अनौपचारिक रुपमा केही खाका तयार पारे पनि त्यसलाई मूर्तरुप भने दिन सकेका छैनन् । मुख्यमन्त्री, सभामुखलगायतका पद बाँडफाँडबारे छलफल चलिरहेको तर ठोस सहमतिमा पुग्...
विद्यालय र बालबालिका क्षेत्रमा ३५ लाख बजेट

विद्यालय र बालबालिका क्षेत्रमा ३५ लाख बजेट

इलाम, १३ माघ। माङ्सेबुङ गाउँपालिकाको प्रथम गाउँसभाले विद्यालय सुधार कार्यक्रम तथा बालबालिका क्षेत्रमा रु ३५ लाख बजेट पारित गरेको छ । गाउँ कार्यपालिकाको बिहीबार बसेको बैठकले एसइइ कक्षा सञ्चालन, अंग्रेजी माध्ययमा कक्षा सञ्चालनका लागि प्रोत्साहन, धार्मिक विद्यालयलाई अनुदान, विद्यालय दिवा खाजा र बालबालिकाका क्षेत्रका अन्य कार्यक्रमका लागि रु ३५ लाख बजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष डिकेन्द्र ...
जीप दुर्घटनामा दुईको मृत्यु

जीप दुर्घटनामा दुईको मृत्यु

पाँचथर, १३ माघ। याङवरक गाउँपालिका वडा नं ३ ओयामको भञ्ज्याङमा शुक्रबार राति भएको सवारी दुर्घटनामा परेर दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा सवारी चालक स्थानीयवासी १८ वर्षीय प्रवेश योङ्या र १६ वर्षीय सन्दीप योङ्या छन् । दुर्घटनामा परेर याङ्वरक–३ बस्ने छ जना घाइते भएकामा जिल्ला अस्पताल पाँचथरमा उपचार सम्भव नभएपछि झापाको बिर्तामोडतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक...
error: Content is protected !!