ताप्लेजुङमा पाथीभरा महोत्सवको रौनक (फोटो फिचरसहित)
ताप्लेजुङ, १ फागुन । पाथीभरा पर्यटन महोत्सव तथा हिमालयन गाइड्स पाथीभरा म्याराथन यहाँ आजदेखि शुरु भएको छ ।
‘ताप्लेजुङमा अवस्थित आस्था र विश्वासको धरोहर पाथीभरा जाऔँ, अलौकिक दैवी शक्ति र अद्धितीय प्राकृतिक सौन्दर्यसँग साक्षात्कार गरौँ’ नाराका साथ महोत्सव शुरु भएको हो ।
पाथीभरा मन्दिर र कञ्चनजंघा हिमाललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रर्वद्धन गर्र्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो...





























