डा. केसीको समर्थनमा नेविसंघको विरोध प्रदर्शन, निसर्त रिहाई गर्न माग

डा. केसीको समर्थनमा नेविसंघको विरोध प्रदर्शन, निसर्त रिहाई गर्न माग

काठमाडाैं,२५ पुस। त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसी लाई गिरफ्तारी गरिएको विरोधमा नेपाल बिद्यार्थी संघले काठमाडौंमा प्रर्दशन गरेको छ । मंगलबार दिउँसो माइतीघर चोकमा नेविसंघले विरोध प्रदर्शन गरेको हो । केसी निष्ठा र इमान्दारिताका प्रतिमूर्ति भएको भन्दै उनको निसर्त रिसाई गरिनु पर्ने नेविसंघको माग छ ।यसअघि सोमबार साँझ डा. केसी अदालतको मानहानी गरेको आरोपमा पक्राउ परेका थिए ।
गोविन्द केसीको समर्थनमा माइतीघरमा प्रदर्शन, पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीसमेत सडकमा

गोविन्द केसीको समर्थनमा माइतीघरमा प्रदर्शन, पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीसमेत सडकमा

काठमाडौं,२५ पुस । अदालतको मानहानी गरेको आरोपमा सोमबार राति पक्राउ परेका डा. गोविन्द केसीको समर्थनमा माइतीघर मण्डलामा मंगलबार बिहानैदेखि प्रदर्शन सुरु भएको छ । डा. केसीका समर्थकहरुले उनको रिहाइ र सर्वोच्चको फैसलाको खारेजीको माग गर्दै मंगलबार बिहानैदेखि प्रदर्शन गरेका हुन् । सर्वोच्चको आदेशबाट सोमबार राति डा. केसीलाई पक्राउ गरिएपछि यसको चौतर्फी आलोचना भइरहेको छ । यहीबीच उनका समर्थकले माइतीघर मण्डल...
सवारी लाइसेन्स अब सातै प्रदेशबाट

सवारी लाइसेन्स अब सातै प्रदेशबाट

काठमाडौँ, २५ पुस। सरकारले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) सातवटै प्रदेशबाट वितरण गर्ने गरी आवश्यक प्रशासनिक संरचनाको खाका तयार पारेको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका अधिकारीले प्रदेश सरकारमातहत रहने यातायात कार्यालयबाट लाइसेन्स वितरण थालिने जानकारी दिए । काठमाडौं र देशका केही सीमित सहरबाट वितरण हुँदै आएका कारण सवारीचालक अनुमतिपत्रका लागि सर्वसाधारणले सास्ती खेप्दै आएका छन् । बर...
होटेल मल्लको क्यासिनो बन्द नगर्न सर्वोच्चको आदेश

होटेल मल्लको क्यासिनो बन्द नगर्न सर्वोच्चको आदेश

काठमाडौं, २५ पुस। सर्वोच्च अदालतले काठमाडौंको होटेल मल्लमा सञ्चालनमा रहेको क्यासिनो बन्द गर्न पर्यटन विभागले पठाएको पत्र तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । विभागको उक्त निर्णयविरुद्ध बेल्लिज नेपाल २० पुसमा सर्वोच्च गएको थियो । रिटमा पहिलो सुनुवाइ गर्दै न्यायाधीश दीपकराज जोशीको एकल इजलासले निवेदनको अन्तिम टुंगो नलागेसम्म क्यासिनो सञ्चालनमा रोक लगाउने निर्णय कार्यान्वयन नगर्न–नगर...
एयर एसियाले झुक्यायो

एयर एसियाले झुक्यायो

काठमाडौं, २५ पुस। बारम्बार ताकेता गर्दा पनि ठूलो परिमाणको बक्यौता चुक्ता गर्न अटेर गर्दै आएको मलेसियाको अन्तर्राष्ट्रिय वायुसेवा एयर एसिया एक्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई झुक्याएको छ । एयर एसिया एक्सले आइतबार २ करोड रुपैयाँ चुक्ता गर्दै सोमबार १० करोड रुपैयाँ तिर्ने प्रतिबद्धता जनाएको थियो । तर उसले प्रतिबद्धताविपरीत १ करोड ३० लाख रुपैयाँ मात्र चुक्ता गरेको छ । अझै उसले १९ करोड ७० ...
मध्यपहाडी लोकमार्ग कालोपत्रेका काममा ढिलासुस्ती

मध्यपहाडी लोकमार्ग कालोपत्रेका काममा ढिलासुस्ती

खोटाङ, २५ पुष। मध्यपहाडी लोकमार्ग अन्तर्गत खोटाङको बिजुले-हुर्लुङ र हुर्लुङ-दिक्तेल सडक खण्डको कालोपत्रेको काममा ठेकेदारले चरम ढिलासुस्ती गरेको पाइएको छ । हलेसी–दिक्तेल सडक खण्ड अन्तर्गत हुर्लुङ–दिक्तेल ११.४३ किलोमिटर सडक कालोपत्रेको काम गरिरहेको ठेकेदार कम्पनी लामा–नागार्जुन–त्रिसुली जेभीले एकपटक थप भएको म्याद सकिदा पनि सन्तोषजनक प्रगति गर्न सकेको छैन । परामर्शदाता कम्पनी एमएसभी इन्टरनेसनल एन्...
उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथसँग ज्ञानेन्द्रको वार्ता

उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथसँग ज्ञानेन्द्रको वार्ता

काठमाडौं, २५ पुस । पूर्वराजा ज्ञानेन्द्र शाह र भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबीच सोमबार डेढ घन्टा वार्ता भएको छ । मध्यपश्चिम र सुदूरपश्चिम नेपालको निजी भ्रमणमा रहेका शाह आइतबार नेपालगन्जबाट लखनउ पुगेका थिए । पूर्वराजाले आदित्यनाथको सरकारी निवास ५ कालिदासमार्गमा सोमबार बिहान ९ देखि साढे १० बजेसम्म भेटवार्ता गरेका हुन् । मुख्यमन्त्री आदित्यनाथले आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र...
कांग्रेसमा विवाद चुलिदै, पौडेल समूहको छुट्टै बैठक

कांग्रेसमा विवाद चुलिदै, पौडेल समूहको छुट्टै बैठक

काठमाडौं,२५ पुस । निर्वाचन पराजयसँगै सत्तारुढ दल कांग्रेसभित्र गुटगत विवाद चुलिएको छ । प्रत्यक्षतर्फ नराम्ररी पराजय भएपछि विशेष महाधिवेशन बोलाउन माग गर्दै आएको पौडेल समूहले सोमबार छुट्टै बैठक गरी नेतृत्व, संगठन र सिद्धान्त परिमार्जनका विषयमा छलफल गरेको छ । वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंहसहित १४ नेता सहभागी बैठकले नेतृत्वलाई पार्टी विधानअनुसार चल्न दबाब दिने सहमति गर...
२०७४ पुस २५ गते मंगलबारको राशिफल

२०७४ पुस २५ गते मंगलबारको राशिफल

वि.सं. २०७४ साल पुस २५ गते। मंगलबार। इश्वी सन् २०१८ जनवरी ९ तारिख। नेपाल संवत् ११३८ पोहेलागा। माघ कृष्णपक्ष। तिथि– अष्टमी, २०:५० बजेउप्रान्त नवमी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ। परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ। शत्रु र रोगबाट भने सजग रहनुपर्ला। विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। ...
धनकुटा आन्दोलनको फेरियो स्वरुप, अव यस्तो हुदैछ आन्दोलन

धनकुटा आन्दोलनको फेरियो स्वरुप, अव यस्तो हुदैछ आन्दोलन

धनकुटा, २४ पुस । प्रादेशिक राजधानीको माग गर्दै धनकुटामा जारी आन्दोलनको स्वरुप परिवर्तन गरिएको छ । सोमबार अपरान्ह बसेको आन्दोलन परिचालन समितिको बैठकले आन्दोलनको रुवरुप परिवर्तन गरेको हो । सरकारले तत्काल प्रादेशिक राजधानी नतोक्ने देखिएपछि सर्वसाधरणको समस्यालाई मध्यनजर गर्दै आन्दोलनलाई सामान्यकरण गरिएको आन्दोलन परिचालन समिति संयोजक सुन्दरवावु श्रेष्ठले जानकारी दिएका छन् । उनका अनुसार मंगलबार दिउँसो ...
नोटमा पृथ्वीनारायणको तस्वीर राख्न  यस्तो सुझाव

नोटमा पृथ्वीनारायणको तस्वीर राख्न यस्तो सुझाव

काठमाडौँ, २४ पुस । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले सबै मिलेर वैदेशिक हस्तक्षेपलाई चिर्नुपर्ने बताए । नेपाल प्रज्ञा–प्रतिष्ठानले २९६ औँ पृथ्वीजयन्तीको अवसरमा यहाँ आज आयोजना गरेको अन्तक्र्रियामा उनले इतिहासमा स्वतन्त्र अस्तित्व कायम गरेको नेपालको राष्ट्रियतामा चुनौती रहेको बताउँदै भने, ‘पृथ्वीनारायण शाहको सपनालाई सार्थक पार्ने कार्ययोजना अहिलको संविधानमा व्यवस्था गरिएको छ, अब देशलाई समृद्धि...
सर्वोच्चको आदेशपछि डा. गोविन्द केसी पक्राउ

सर्वोच्चको आदेशपछि डा. गोविन्द केसी पक्राउ

काठमाडौं,२४ पुस । प्रहरीले आमरण अनसनमा रहेका डा. गोविन्द केसीलाई पक्राउ गरेको छ । अदालतको मानहानी मुद्दामा सर्वोच्चले डा. केसीलाई पक्राउ गरी भोलि मंगलबार विहान ९ बजे उपस्थित गराउन आदेश दिएको थियो । अदालतको आदेश आएको तीन घन्टापछि प्रहरीले केसीलाई अनसन स्थलबाटै उठाएको हो । केसीलाई प्रहरीले पक्राउ गरेको डा. जीवन क्षत्रीले अनलाइनखबरलाई जानकारी दिए ।
युवा बेरोजगार भत्ता व्यवस्थाको माग गर्दै नेविसंघ

युवा बेरोजगार भत्ता व्यवस्थाको माग गर्दै नेविसंघ

काठमाडौं, २४ पुस । युवा बेरोजगार भत्ता व्यवस्थाको माग गर्दै नेपाल विद्यार्थी संघले प्रधानमन्त्री शेरबहादुर देउवासामु आठ बुँदे ज्ञापन पत्र बुझाएका छन् । सोमबार नेविसंघका अध्यक्ष नैनसिंह महरको नेतृत्वमा गएको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर संविधान–२०७२ को भाग ३ को धारा ३५ ले व्यवस्था गरेको मौलिक हकअन्तर्गत नियमित विद्यार्थीलाई निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गर्न माग गरेको हो ...
सुन्दरबजारमा जमिनबाट धुवाँ निस्किएपछि स्थानीयवासी त्रसित

सुन्दरबजारमा जमिनबाट धुवाँ निस्किएपछि स्थानीयवासी त्रसित

लमजुङ, २४ पुस । लमजुङको सुन्दरबजारमा वस्ती नजिकै जमिनबाट धुवाँ निस्किएपछि स्थानीयवासी त्रस्त भएका छन् । सुन्दरबजार नगरपालिका-९ सिउडीबारको वस्ती नजिकै बाँझो जमिनबाट धुवाँको मुस्लो निस्किएको हो । स्थानीयवासी सुनिता खनालको घर पछाडिको भिरालो जमिनबाट धुवाँ निस्कन थालेपछि प्रकोपको डरले स्थानीयवासी त्रस्त भएका हुन् । गत मंगलबारबाट सामान्य धुवाँ निस्किएको देखिएको थियो । पछिल्ला दिनमा धुवाँको मुस्लो बढ्...
सिरियाको इद्लिवमा २१ सर्वसाधारण मारिए

सिरियाको इद्लिवमा २१ सर्वसाधारण मारिए

  बेरुत, २४ पुस । सिरियाको उत्तरपश्चिमी प्रान्त इद्लिवमा विद्रोहीहरूको अखडालाई लक्षित गरेर गरिएको हवाई कारबाहीमा परी कम्तीमा पनि २१ सर्वसाधारणको मृत्यु भएको छ । यस आक्रमणमा मारिएकामा आठजना बालबालिकासमेत रहेका मानवअधिकारवादी समूहले सोमबार जनाएको छ। दक्षिणपूर्वी प्रान्तको शहर सिन्जारमा रुससँग आबद्ध हवाई कारबाहीमा मारिएक ती व्यक्तिहरू आठ बालबालिका र ११ जना भने एकै परिवारका सदस्य रहेका सिरिय...
शीतलहर र महामारीले दिनहुँ सर्वसाधारणको मृत्यु हुन थालेपछि राष्ट्रपति भण्डारीले मुख खोलिन्

शीतलहर र महामारीले दिनहुँ सर्वसाधारणको मृत्यु हुन थालेपछि राष्ट्रपति भण्डारीले मुख खोलिन्

  काठमाडौं, २४ पुस । राष्ट्रपति विद्या भण्डारीले मुलुकका केही स्थानमा केही दिनदेखि बढ्दै गएको शीतलहर र महामारीका कारण प्रभावित जनतालाई तत्काल राहत उपलव्ध गराउन र पीडितको उद्धारमा जुट्न सरकारको ध्यानाकर्षण गराएकी छन् । आज राष्ट्रपति कार्यालयका प्रवक्ता कुलप्रसाद चुडालमार्फत एक विज्ञप्ति जारी गरी राष्ट्रपति भण्डारीले सरकार, गैरसरकारी संस्था, नागरिक समाज लगायतका निकायहरुसँग उचित प्रवन्ध मि...
प्रधानन्यायाधीशको राजीनामा माग गर्दै डा. केसीको १४ औं अनशन

प्रधानन्यायाधीशको राजीनामा माग गर्दै डा. केसीको १४ औं अनशन

काठमाडौं, २४ पुस । चिकित्शा शिक्षामा सुधारको माग गर्दै सत्याग्रह गर्दै आएका डा. गोविन्द केसी पुन अनशन बस्ने भएका छन्। डा. केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गर्दै १४ औं पटक अनशन बस्न लागेका हुन्। सोमबार पत्रकार सम्मेलन गर्दै केसीले प्रधानन्यायाधीश पराजुलीमाथी छानविनको माग समेत गरेका छन्। उनले आज ४ बजेदेखि अनशन थाल्ने जनाएका छन्। सर्वोच्च अदालतले चिकित्साशास्त्र अध्ययन संस्थान (...
सिंहदरबार नै असुरक्षित ! मन्त्रालयको क्यान्टिनबाट चोरी

सिंहदरबार नै असुरक्षित ! मन्त्रालयको क्यान्टिनबाट चोरी

काठमाडौं, २४ पुस । देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार नै असुरक्षित बन्दै गएको छ । पछिल्लो समय सिंहदरबारभित्रै चोरीका घट्ना बढ्दै जानुले त्यहाँको सुरक्षा ‘लापरबाही’ लाई चित्रित गर्छ । स्थानीय विकास मन्त्रालयको सस्पेन्सन ब्रिज शाखाको हाइलक्स गाडीको चार वटै टायर चोरी भएको घटना सेलाउन नपाउँदै फेरि अर्को चोरीको घटना भएको छ । गएराति सिंहदरबारभित्र रहेको शान्ति तथा पुनर्निमाण मन्त्रालय छेउमा रहेक...
मनाङमा माइनस १६ डिग्री तापक्रम, पानीको मुहान नै जम्यो

मनाङमा माइनस १६ डिग्री तापक्रम, पानीको मुहान नै जम्यो

मनाङ, २४ पुस । देशभर नै चिसो बढिरहेको बेला मनाङको तापक्रम भने माइनस १६ डिग्री पुगेको छ । अत्यधिक न्यून तापक्रमकै कारण रातिको बेला परेको शीत जमिनमा बरफ बनेको छ । मनाङमा अहिले काम गर्ने कामदार र सरकारी कार्यालयका कर्मचारी मात्र देखिने गरेका छन् । पिउने पानीका मुहान जमेका छन् भने खोलामा बग्ने पानी पनि जमेको छ । अत्यधिक चिसो बढेपछि यहाँ रहेका बासिन्दा घरबाट बाहिर निस्कन सकेका छैनन् । सबैजसो ढोका लग...
प्रदेशको अस्थायी राजधानी तोक्न प्रधानमन्त्रीलाई राष्ट्रपतिको सुझाव

प्रदेशको अस्थायी राजधानी तोक्न प्रधानमन्त्रीलाई राष्ट्रपतिको सुझाव

काठमाडौं,२४ पुस । राष्ट्रपति विद्या भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रदेशको अस्थायी मुकाम तोक्न सुझाव दिएकी छन् । वाम गठबन्धनले सहमति नदिएको र विभिन्न ठाउँमा आन्दोलन भएको भन्दै सरकारले अस्थायी मुकाम नतोकी प्रदेश प्रमुखहरु मात्र नियुक्त गर्ने तयारी गरेको थियो । त्यसबारे परामर्श गर्न प्रधानमन्त्री देउवा सोमबार विहान शीतल निवास पुगेका थिए । तर, राष्ट्रपति भण्डारीले जनतालाई सहज हुनेगरी ...
खुल्ला ठाउँमा शौच गर्नेलाई १५ किलोको माला !

खुल्ला ठाउँमा शौच गर्नेलाई १५ किलोको माला !

सप्तरी, २४ पुस। राम्रो काम गर्नेलाई माला लगाएर तथा अबीर दलेर सम्मान गर्ने गरिन्छ । राजविराजमा भने यसको ठीक उल्टो अभियान प्रारम्भ गरिएको छ । नगरको सार्वजनिक ठाउँमा शौच गर्नेलाई फूलमाला र अबीरले स्वागत गर्ने अभियान प्रारम्भ गरिएको छ । पटकपटक अभियान चलाउँदा पनि मुख्य चोकहरुमै खुल्ला शौच गर्नेहरुको संख्या नघटेपनि सप्तरी युथ नेपालले सप्तरी सामुदायिक विकास केन्द्रको सहकार्यमा यो अभियान प्रारम्भ गरेको...
पुजारीले नै चोरे शिला ! समितिमा बुझाए नक्कली शालिग्राम

पुजारीले नै चोरे शिला ! समितिमा बुझाए नक्कली शालिग्राम

लमजुङ,२४ पुस । बेंसीशहरको मध्यभागमा रहेको लक्ष्मीनारायण मन्दिरभित्रको सक्कली शिला चोरी भएको छ । मन्दिरभित्र रहेका ४०० वर्ष पुराना शालिग्रामका शिला एक महिनाअघि हराएको थियो । बेंसीशहर नगरपालिका वडा नं ८ मा रहेको नारायण मन्दिरभित्रको शालिग्रामका शिला एक महिनाअघि नै चोरी भएको भए पनि पछिमात्रै चर्चामा आएको हो । मंसिर २२ गते शिला हराएको र तत्काल मन्दिर व्यवस्थापन समितिलाई जानकारी गराएको मन्दिरका पुजा...
आफैले जन्माएको नवजात शिशुको हत्या गरेको आरोपमा महिला पक्राउ

आफैले जन्माएको नवजात शिशुको हत्या गरेको आरोपमा महिला पक्राउ

मकवानपुर, २४ पुस । प्रहरीले आफनै नवजात शिशुको हत्या गरेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ । प्रहरीले आफैंले जन्माएको शिशुको हत्या गरेको अभियोगमा बकैया गाँउपालिका–६ भ¥याङे खोला बस्ने ३१ वर्षीया बिना घलानलाई प्रहरीले पक्राउ गरेको हो । घलानले आइतबार आफैँले जन्माएको शिशुको हत्या गरी घर नजिकै खोल्सामा फालेको खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । त्यस्तै, हुचिल बिक्री व...
सेनाले उठायो करिब दुई मेट्रिक टन फोहर

सेनाले उठायो करिब दुई मेट्रिक टन फोहर

काठमाडौँ, २४ पुस । काठमाडौँको चाबहिलस्थित चारुमती बुद्ध विहारमा सरसफाइ गरी करिब दुई मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । भैरवनाथ गणका प्रमुख सेनानी हरिप्रसाद घिमिरेको नेतृत्वमा आएको सैनिक टोलीले ‘नवौँ राष्ट्रिय ज्ञानमाला सम्मेलन’ को तयारीका लागि विहार परिसरका साथै त्यस आसपास क्षेत्रमा सफाइ गरेका हो । सेनालाई विहारका भिक्षु, स्थानीयवासीलगायतले आवश्यक सहयोग जुटाएका थिए । नेपाल राष्ट्रिय ज्ञानमाल...
मन्त्रिपरिषद बैठक बस्ने निश्चित छैन : प्रधानमन्त्रीको सचिवालय

मन्त्रिपरिषद बैठक बस्ने निश्चित छैन : प्रधानमन्त्रीको सचिवालय

  काठमाडौं, २४ पुस । आज बस्ने भनिएको मन्त्रिपरिषद बैठक अनिश्चित भएको छ । आजको मन्त्रिपरिषद बैठकले सातवटै प्रदेश प्रमुखको नियुक्ति गर्ने भनिएपनि बैठक बस्ने अनिश्चिततासँगै प्रमुखको नियूक्ति पनि अन्यौलमा परेको हो । प्रधानमन्त्रीका प्रेश संयोजक गोविन्द परियारले मन्त्रिपषिद बैठक १२ बजेसम्म नवोलाइएकाले आज बस्ने सम्भावना कम रहेको बताए । ‘अहिलेसम्म बैठक बोलाइएको छैन, सायद आज बस्दैन होला’ संयोक ...
बसको ठक्करबाट पैदलयात्रुको मृत्यु

बसको ठक्करबाट पैदलयात्रुको मृत्यु

काठमाडौं, २४ पुस । काठमाडौँको बाफलमा बसको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ । आइतबार राति ९ः०० बजे बा२ख १७८१ नंको बसको ठक्करबाट मकवानपुर घर भई हाल बाफल बस्दै आएका २२ वर्षीय विनोद गोलेको मृत्यु भएको हो महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक उमेश रञ्जीतकारले स्वयम्भूबाट कलंकीतर्फ जाँदै गरेको बसले बाटो काट्न लागेको अवस्थामा ठक्कर दिँदा गोलेको मृत्यु भएको जानकार...
सलमानको ‘टाइगर जिन्दा हे’ ३ सय करोड क्लबमा

सलमानको ‘टाइगर जिन्दा हे’ ३ सय करोड क्लबमा

बलिउड-बलिउडका चर्चित नायक सलमान खान र नायिका कट्रिना कैफ अभिनित चलचित्र ‘टाइगर जिन्दा हे’ तीनसय करोड क्लबमा प्रवेश गरेको छ । प्रदर्शनको १६ औ दिनमा उक्त चलचित्रले तीनसय करोड कमाई गरेको हो । प्रदर्शनको तेश्रो दिनमै १०० करोड पार गर्न सफल उक्त चलचित्रप्रति अहिले पनि दर्शकको क्रेज बाँकी नै रहेको चलचित्र पण्डितहरुको बुझाई छ । यस अघि सन् २०१४ मा आमिर खानको ‘पिके’, सन् २०१५ मा सलमान खानको ‘बजरंगी भाइजा...
धनकुटामा छैठौ दिन पनि आमहड्ताल जारी, जनजीवन कष्टकर

धनकुटामा छैठौ दिन पनि आमहड्ताल जारी, जनजीवन कष्टकर

धनकुटा, २४ पुस । धनकुटालाई १ नम्बर प्रदेशको राजधानी घोषणाको माग गर्दै आवहन गरिएको अनिश्चितकालित आमहड्ताल आज छैठौ दिनपनि जारी छ । लगातारको आमहड्तालका कारण धनकुटाको जनजीवन कष्टकर बन्दै गएको छ । यातायात, बजारपसल, उद्योगधन्दा, कलकारखाना लगायत ठप्प हुँदा जनजीवन अस्तब्यस्त बनेको हो । पूर्वी पहाडी जिल्ला जोड्ने कोशी राजमार्गसहित भित्रि सडकमा पनि सवारी साधन सञ्चालन भएका छैनन् । कोशी राजमार्गका बिभिन्न स्...
जान्नुहोस्, मोटोपन नियन्त्रण गर्ने ८ सूत्र

जान्नुहोस्, मोटोपन नियन्त्रण गर्ने ८ सूत्र

काठमाडौं, २४ पुस । शरीर मोटो हुन दिनु, रोगलाई निम्ता गर्नु नै हो । मोटा व्यक्तिलाई मधुमेह र मुटुका रोगले आक्रमण गर्ने सम्भावना बढी हुन्छ । त्यसो त मोटोपनले सबैखाले रोगलाई निम्ता गरिरहेको हुन्छ । मोटो शरीर हेर्दा पनि खासै राम्रो देखिँदैन । त्यसो भए मोटोपन नियन्त्रण गर्न तथा घटाउन के गर्ने त ? केही टिप्स जान्नुहोस् :डा. प्रकाशराज रेग्मी, मुटुरोग विशेषज्ञ १. गुलिया र चिल्लो खानेकुराले मोटोपन अस...
असफल भएपछि सडकबाट ओटासिल प्रविधि ‘फेज-आउट’ !

असफल भएपछि सडकबाट ओटासिल प्रविधि ‘फेज-आउट’ !

काठमाडौं, २४ पुस । सडक निर्माणमा सस्तो मानिएको ‘ओटासिल’ प्रविधि नेपालबाट विस्थापनको संघारमा पुगेको छ । विश्व बैंकले करिब १२ वर्षअघि सडक निर्माणका लागि भित्र्याएको उक्त प्रविधि नेपालका लागि उपयुक्त नभएको निष्कर्षमा विकासे अड्डाहरु पुगेका हुन् । स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग (डोलिडार)ले समेत ओटासिल नयाँ सडक परियोजनामा नअपनाउने भएको छ । अर्बौं खर्च गर्दा पनि सडकको अवस्था सुधार हुन नसक...
संकटा क्वार्टरफाइनलमा

संकटा क्वार्टरफाइनलमा

धनगढी, २४ पुस । संकटा क्लब आइतबार धरान फुटबललाई ‘सडेन डेथ’मा ५–४ ले पराजित गर्दै सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । दुवै क्लबले निर्धारित समय गोलरहित बराबरी खेलेका थिए । त्यसपछि खेलको छिनोफानो टाइब्रेकरबाट भयो । धरानले खेलको २६औँ मिनेटमा पाएको पेनाल्टी गोलमा परिणत गर्न चुकाएको थियो । धरानका प्रकाश बुढाथोकीले प्रहार गरेको पेनाल्टीको संकटाका गोलरक्षक विन...
error: Content is protected !!