टिएमजेका ताल–पोखरी सुक्न थाले

टिएमजेका ताल–पोखरी सुक्न थाले

तेह्रथुम, २९ पुस । प्राकृतिक एवम् जैविक विविधताले भरिपूर्ण तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रका प्राकृतिक पोखरी संरक्षणका अभावमा सुक्न थालेका छन् । तेह्रथुम, संखुवासभा र ताप्लेजुङ जिल्लाको संगमस्थल तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्र गुराँसको राजधानी भनेर चिनिन्छ । यस क्षेत्रमा नेपालमा पाइने ३२ मध्ये २८ प्रजातिका गुराँस पाइन्छन् । यो क्षेत्रमा गुराँस मात्र होइन, प्राकृतिक ताल र पोखरीले पन...
११ कक्षाको नतिजा ग्रेडिङमा सार्वजनिक

११ कक्षाको नतिजा ग्रेडिङमा सार्वजनिक

भक्तपुर, २९ पुस । राष्ट्रिय परीक्षा बोर्डले सात महिनाअघि लिएको कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले पहिलो पटक ग्रेडिङ प्रणालीअनुसार सबै समूहको नतिजा सार्वजनिक गरेको हो । परीक्षा नियन्त्रक डम्बर बतासका अनुसार ३ लाख ४७ हजार ७ सय ४८ जनाले परीक्षा दिएका थिए। यसमध्ये ७४ जनाको नतिजा रद्द गरिएको उनले बताए। बोर्डले एसइइकै जस्तै नौ समूहमा विभाजन गरेर नतिजा सार्वजनिक गरेको छ। बिषयगत ग्रेड म...
बलात्कार पीडितका कपडा प्रदर्शनी

बलात्कार पीडितका कपडा प्रदर्शनी

महिलाहरुमाथि हुने बलात्कार तथा अन्य खाले यौनहिंसामा उनीहरुले लगाउने भडि्कला पहिरनको पनि भूमिका रहने गरेको कतिपयको भनाई रहने गरेको छ । सायद यहीँ मान्यतालाई तोड्नका लागि बेल्जियममा एक अनौठो प्रदर्शनीको आयोजना भएको छ । बेल्जियममा बलात्कार पीडित महिलाका कपडाको प्रदर्शनीको आयोजना गरिएको छ । बलात्कार पीडित महिलाले बलात्कारको समयमा लगाएका कपडाको प्रदर्शनी गरिएको हो । ब्रसेल्सको मोलेनबिक जिल्लामा आयो...
कक्षा ११ को नियमिततर्फको नतिजा सार्वजनिक

कक्षा ११ को नियमिततर्फको नतिजा सार्वजनिक

काठमाडौं,२९ पुस । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नियमिततर्फको नतिजा सार्वजनिक गरेको छ । शनिबार बेलुकी एक सूचना जारी गर्दै बोर्डले परीक्षाको नतिजा सार्वजनिक भएको जनाएको छ । नतिजा ग्रेडिङ प्रणालीमा सार्वजनिक भएको हो । बोर्डले असार १ गतेदेखि परीक्षा सञ्चालन गरेको थियो । परीक्षामा ३ लाख ४७ हजार ७४८ विद्यार्थी सहभागी भएकोमा ७४ जनाको परीक्षा रद्धभएको छ भने १ जनाको स्थगित गरिएको छ ।  यसरी हे...
चितवनको पटिहानीमा पहिलो पटक पर्यटकका लागि जिप सफारी शुरु

चितवनको पटिहानीमा पहिलो पटक पर्यटकका लागि जिप सफारी शुरु

चितवन, २९ पुस । पश्चिम चितवनको पर्यटकीय क्षेत्र पटिहानीमा पहिलो पटक पर्यटकका लागि जिप सफारी शुरु भएको छ । पर्यटकीय क्षेत्रको रुपमा विकास भएको पटिहानीलाई सौराहा जोड्ने गरी जिप सफारी शुरु भएको हो । चितवन राष्ट्रिय निकुञ्जले यहाँको बेलसर मध्यवर्ती सामुदायिक वनमा पाँचवटा जिप जंगल सफारीका लागि अनुमति दिएसँगै औपचारिक रुपमा जिप सफारी शुरु भएको हो । नेपाल सरकारको पर्यटक प्रवद्र्धन गर्ने लक्ष्य पूरा गर्...
ट्राफिक नियम उल्लंघनका घटनामा कमी

ट्राफिक नियम उल्लंघनका घटनामा कमी

  रसुवा, २९ पुस । क्रमिक रुपले जनचेतना बढ्न थालेपछि राजमार्गमा ट्राफिक नियम उल्लंघनका घटनामा कमी आएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख नवराज खड्काका अनुसार सचेतना कार्यक्रमअन्तर्गत राजमार्ग गस्तीमा तीव्रता, घुम्ती प्रशिक्षण तथा ‘चालकसँग एक मिनेट र यात्रुसँग दुई मिनेट’ कार्यक्रमबाट आएको ट्राफिक नियमको चेतना वृद्धिले ट्राफिक नियम उल्लंघनका घटनामा कमी आएको हो । गत वर्ष यस अ...
डिजिटल माध्यमबाट पठनपाठन सुरु

डिजिटल माध्यमबाट पठनपाठन सुरु

ओखलढुंगा, २९ पुस । ओखलढुंगाको एक विद्यालयमा प्रबिधिमैत्री शिक्षाका लागि इ–लाईब्रेरी सञ्चालनमा आएको छ । सिद्धिचरण नगरपालिका १२ स्थित सगरमाथा जनता माध्यमिक बिद्यालयमा ईलाईब्रेरीको शुरुवात गरिएको हो । जिल्लाको एक पारिवारीक ट्रष्ट ‘होम बहादुर,प्रेम कुमारी ट्रष्ट’ले बिद्यालयलाई ईलाईब्रेरीको ब्यवस्था गरेको हो । नेपाल लाईब्रेरी फाउन्डेशनको प्राबिधिक सहयोगमा ट्रष्टले बिद्यालयमा  डिजिटल प्रबिधिबाट...
काठमाडौंमा सुरु अन्तर्राष्ट्रिय युवा सम्मेलन

काठमाडौंमा सुरु अन्तर्राष्ट्रिय युवा सम्मेलन

  काठमाडौं, २९ पुस । विश्वभरका युवाहरुका साझा समस्या र सरोकारबारे छलफल गर्न विभिन्न ३३ राष्ट्रका युवा प्रतिनिधि काठमाडौंमा भेला भएका छन् । युवा संसद नेपालले आयोजना गरेको ‘ग्लोबल युथ पिस कन्फ्रेन्स २०१८’ मा सार्क राष्ट्रसहित अमेरिका, क्यानडा, अष्ट्रेलिया, इथियोपिया, युगान्डा,जापान, फिलिपिन्स, थाइल्याण्ड लगायतका देशकासहित १ सय ३० जना युवाको सहभागिता छ । विश्व युवा शान्ति सम्मेलनको अन्तरिम...
नगदसहित छ जुवाडे पक्राउ

नगदसहित छ जुवाडे पक्राउ

इटहरी, २९ पुस । इटहरी उपमहानगरपालिका–२० तरहरा क्षेत्रमा रहेको काबेली होटलमा गए राति जुवा तास खेलिरहेको अवस्थामा रु ७६ हजार नगद र चार बुङ ताससहित छ जनालाई रंगेहात पक्राउ गरिएको छ । प्रहरी चौकी तरहराका प्रहरी टोलीले सुराकका आधारमा जुवा तास खेलिरहेको अवस्थामा इटहरी–५ का ३५ वर्षीय वीरेन सुब्बा, इटहरी–१ का ४१ वर्षीय घनश्याम न्यौपाने, इटहरी–४ का ३५ वर्षीय मिनष राईलाई पक्राउ गरेको हो । त्यसैगरी इटहरी...
धनकुटामा आज पनि चक्काजाम

धनकुटामा आज पनि चक्काजाम

धनकुटा, २९ पुस । धनकुटालाई प्रादेशिक राजधानी घोषणाको माग गर्दै आज पनि एक घण्टा चक्काजाम गरिएको छ । एक महिना अघि देखि आन्दोलित जिल्लाबासीले कोशी राजमार्गको धरान धनकुटा सडक खण्ड स्थित धनकुटाको जिरोपईन्टमा दिउँसो १२ देखि १ बजेसम्म चक्काजाम गरेका हुन् । चक्काजामका कारण दर्जनौ सवारी साधन रोकिएका थिए । धनकुटालाई प्रादेशिक राजधानी बनाउँनुपर्ने माग गर्दै गत मंसिर २९ गतेदेखि जिल्लाबासीले आन्दोलन सुरु गरेक...
महाभारत पूर्णसरसफाई उन्मुख घोषणा (फोटो फिचरसहित)

महाभारत पूर्णसरसफाई उन्मुख घोषणा (फोटो फिचरसहित)

धनकुटा, २९ पुस । साँगुरीगढी गाउँपालिकाका दुई वडालाई पूर्ण सरसफाई उन्मुख वडा घोषणा गरिएको छ । साँगुरीगढी–७ र ८ महाभारतलाई पूर्ण सरसफाई उन्मुख स्वःघोषणा तथा प्रमाणिकरण गरिएको हो । वडाका सवै घरधुरीले पूर्णसरसफाई सम्वन्धि सुचक पुरा गरेपछि दुवै वडा कार्यालयको आयोजना तथा फण्ड बोर्ड काठमाण्डौ र पर्डेप नेपाल धनकुटाको सहयोगमा यस्तो घोषणा गरिएको हो । पूर्ण सरसफाई कार्यक्रम सफल पार्न सहयोग गर्ने सघं–संस्था,...
शितलनिवासमा प्रचण्ड परिवारलाई राष्ट्रपतिले दिइन डिनर

शितलनिवासमा प्रचण्ड परिवारलाई राष्ट्रपतिले दिइन डिनर

काठमाडौं, २९ पुस । राष्ट्रपति विद्यादेवि भण्डारीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको परिवारलाई डिनर दिएकी छिन् । शुक्रवार साँझ शितलनिवासमा राष्ट्रपति भण्डारीले डिनर दिएकी हुन् । राष्ट्रपति निवासमा प्रचण्ड परिवारलाई दिइएको डिनरमा पत्नी सीता  भरतपुर महानगरपालिकाको मेयर समेत रहेकी माहिली छोरी रेणु दाहाल र उनका पति अर्जुन पाठक, बुहारी बीना मगर र स्व प्रकाश दाहालका दुबै छोरा प्रसिद्ध र प्रणब ...
मिर्गौला रोग पीडितलाई आर्थिक सहयोग

मिर्गौला रोग पीडितलाई आर्थिक सहयोग

भद्रपुर, २९ पुस । शिव कुँवर बचाऔँ अभियानले आफूले संकलन गरेको आर्थिक सहयोग ११ लाख मिर्गौला पीडित शिव कुँवरका पिता कृष्णलाई शुक्रबार हस्तान्तरण गरेको छ । यसैबीच झापाको ज्यामिरगढी स्वास्थ्य चौकीमा शुक्रबार अर्थोपेडिकसम्बन्धी एकदिने स्वास्थ्य शिविर सम्पन्न भएको छ । निःशुल्क औषधि वितरण गरिएको शिविरमा ३५० रोगीले स्वास्थ्य लाभ लिए । शिविरमा अर्थोपेडिक अस्पतालका डा अनिल घिमिरे, प्रकाश ज्ञवाली, मन्दीप ...
शरीरमा आगो सल्किँदा एक महिला घाइते

शरीरमा आगो सल्किँदा एक महिला घाइते

काँकडभिट्टा, २९ पुस । आगो ताप्दा शरीरका कपडा जलेर बुद्धशान्तिकी एक गृहिणी घाइते भएकी छन् । बुद्धशान्ति–३ की ४५ वर्षीया तारा भट्टराईको कम्मरमुनिको भाग जलेपछि बिर्तामोडको बिएन्डसी हस्पिटलको सघन उपचार कक्षमा राखेर उपचार गराइँदैछ । पारिवारिक स्रोतका अनुसार बिहान नुहाइसकेपछि घर बाहिर बालिएको आगो ताप्ने क्रममा उनको शरीरमा थाहै नपाई आगो सल्किएको थियो । आगो निभाउने क्रममा परिवारका अन्य तीन सदस्यसमेत ...
अतिक्रमणको चपेटामा वन क्षेत्र: सरकारी निकायको लापरबाही

अतिक्रमणको चपेटामा वन क्षेत्र: सरकारी निकायको लापरबाही

रोल्पा, २९ पुस । सामुदायिक वन र सरकारी वन अतिक्रमणको चपेटामा परेका छन् । व्यक्तिगत प्रयोजनका लागि घरटहरा बनाउनेदेखि सरकारी निकायले समेत वन क्षेत्र प्रयोग गरेसँगै अतिक्रमणको समस्या बढेको छ । वन क्षेत्रभित्र व्यक्तिगत टहरा निर्माणका साथै हाट बजार, सेना प्रहरीको ब्यारेक, टेलिकमको टावरदेखि एफएम रेडियो टावर निर्माणले जिल्लाको ठूलो वन क्षेत्र अतिक्रमणमा परेको बताइएको छ । दक्षिण रोल्पाका झेनाम, दुविड...
खाना पकाउने ग्यासमा मूल्य नबढाउने तयारी

खाना पकाउने ग्यासमा मूल्य नबढाउने तयारी

काठमाडौँ , २९ पुस । एक महिनामै दुईपटक इन्धनको मूल्य बढाएको सरकारले अब भने खाना पकाउने एलपी ग्यासको मूल्य नबढाउने तयारी गरेको छ । ग्यासको मूल्य बढ्दा सर्वसाधारणमा धेरै असन्तुष्टि देखिएपछि आपूर्ति मन्त्रालयले तत्काल मूल्य नबढाउन गृहकार्य गरेको हो । ‘अन्तर्राष्ट्रिय बजारअनुसार दुईपटक ग्यासको मूल्य समायोजन गर्दा एक महिनाभित्र ग्यासमा ५० रुपैयाँ बढयो । आवश्यक भए पनि बजारमा असन्तुष्टि देखियो,’ आपूर्त...
स्वेच्छिक अवकाश लिँदै १० हजार कर्मचारी

स्वेच्छिक अवकाश लिँदै १० हजार कर्मचारी

काठमाडौं, २९ पुस। निजामती कर्मचारीलाई स्वेच्छिक अवकाशको अवसर दिएपछि करिब १० हजार कर्मचारीले जागिर छाड्ने सम्भावना देखिएको समाचार आज नेपाल समाचारपत्र  ले छापेको छ। सरकारले स्वेच्छिक अवकाशको योजना ल्याएपछि ८ देखि १० हजार कर्मचारीले निवृत्तिभरणको सुविधा लिने सम्भावना देखिएको नेपाल निजामती कर्मचारी संगठनका वरिष्ठ उपाध्यक्ष लेखनाथ कोइरालाले जानकारी दिए। निजामती कर्मचारीहरूले एकमुष्ठ रकम पाउँदा राज्...
४ न्यायाधीशले पत्रकार सम्मेलन गर्दै भने -‘प्रधानन्यायाधीशका कारण लोकतन्त्र जोखिममा’

४ न्यायाधीशले पत्रकार सम्मेलन गर्दै भने -‘प्रधानन्यायाधीशका कारण लोकतन्त्र जोखिममा’

नयाँदिल्ली, २९ पुस । भारतको सर्वोच्च अदालतका ४ वरिष्ठ न्यायाधीशले ‘प्रधानन्यायाधीश दीपक मिश्रका कारण न्यायपालिका र लोकतन्त्रमाथि जोखिम उत्पन्न भएको’ सार्वजनिक आरोप लगाएका छन् । सर्वोच्चका न्यायाधीशले सञ्चार माध्यमलाई प्रत्यक्ष प्रतिक्रिया नदिने परम्परा तोड्दै उनीहरू प्रधानन्यायाधीशको आलोचनामा उत्रेका हुन् । नयाँदिल्लीमा शुक्रबार पत्रकार सम्मेलनगर्दै न्यायाधीशहरू जस्ती चेलमेश्वर, रञ्जन गोगोई, ...
वाम गठबन्धनले बनायो बाँडफाँट मापदण्ड, यस्ता छन् चार आधार

वाम गठबन्धनले बनायो बाँडफाँट मापदण्ड, यस्ता छन् चार आधार

काठमाडौं, २९ पुस। एमाले र माओवादीले राष्ट्रिय सभा सदस्य, मुख्यमन्त्री र सभामुखमा साझा उम्मेदवार टुंगो लगाउन चारबुँदे मापदण्ड बनाएका छन् । त्यसकै आधारमा छलफल गरेर साझा उम्मेदवार बनाइने उनीहरूले बताएका छन् । आजको नयाँ पत्रिकामा खबर छ । एमाले संसदीय दलको कार्यालय, सिंहदरबारमा शुक्रबार बसेको दुई दलको कार्यदलको अनौपचारिक बैठकले चार मापदण्ड तय गर्दै त्यसकै आधारमा सिट बाँडफाँड र उम्मेदवार छनोटका लागि ...
मन्त्रिपरिषद्काअपारदर्शी निर्णय : निर्णय ७० वटा, सार्वजनिक गरिए ७ वटा मात्रै

मन्त्रिपरिषद्काअपारदर्शी निर्णय : निर्णय ७० वटा, सार्वजनिक गरिए ७ वटा मात्रै

काठमाडौं, २९ पुस । पछिल्ला केही दिनयताका मन्त्रिपरिषद्का निर्णय अपारदर्शी हुने क्रम बढेको छ। प्रतिनिधि र प्रदेशसभा निर्वाचनपछि बसेका हरेक मन्त्रिपरिषद् बैठकमा नियमितभन्दा मन्त्रीको खल्तीबाट आउने ठाडो प्रस्तावको संख्या अत्यधिक हुने गरेको पाइएको छ। मन्त्रिपरिषद्को शुक्रबारको बैठकमा ४० वटा नियमित एजेन्डा थिए तर ३० भन्दा बढी आकस्मिक रूपमा आएका प्रस्ताव रहेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए। ...
गरिबका लागि बनेका अपार्टमेन्ट प्रयोगविहीन

गरिबका लागि बनेका अपार्टमेन्ट प्रयोगविहीन

काठमाडौं, २९ पुस । सरकारले सहरी गरिब तथा न्यून आय भएका परिवारका लागि १२ करोडभन्दा धेरै खर्चेर काठमाडौंको इचंगुनारायणमा बनाएका अपार्टमेन्ट प्रयोगविहीन छन् । कस्ता गरिब तथा विपन्न परिवारलाई भवन हस्तान्तरण गर्ने भन्ने निक्र्योल नहुँदा अपार्टमेन्ट खाली छन्। मापदण्ड बनाउनेबारे सहरी तथा गरिबी निवारण मन्त्रालय, सहरी विकास मन्त्रालय र उपत्यका विकास प्राधिकरणबीच समन्वय हुन सकेको छैन । जसका कारण भवन प्रय...
१९५० को सन्धि परिमार्जन गर्न भारत सहमत

१९५० को सन्धि परिमार्जन गर्न भारत सहमत

काठमाडौं, २९ पुस । नेपाल र भारत प्रबुद्ध समूह (ईजीपी) को छैटौँ बैठकले १९५०को सन्धिका चार धारा परिमार्जन गर्ने निस्कर्ष निकालेको छ। नयाँ दिल्लीस्थित ईजीपी सचिवालयमा बिहीवार र शुक्रवार बसेको बैठकले दुई महिनापछि सातौँ वैठकबाट संशोधित सन्धिको मस्यौदा तयार गर्ने निर्णयसमेत गरेको छ। बैठकले साझा प्रतिवेदन लेखन शुरु गर्ने निर्णय गरेको छ भने नेपाल पक्षले मस्यौदा लेख्ने जिम्मा पाएको खबर आजको नयाँ पत्रिका...
२०७४ पुस २९ गते शनिबारको राशिफल

२०७४ पुस २९ गते शनिबारको राशिफल

वि.सं. २०७४ साल पुस २९ गते। शनिबार। इश्वी सन् २०१८ जनवरी १३ तारिख। नेपाल संवत् ११३८ पोहेलागा। माघ कृष्णपक्ष। तिथि– द्वादशी, २५:०२ बजेउप्रान्त त्रयोदशी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) सामान्य काममा धन र श्रम खर्चनुपर्ला। समस्याप्रति गम्भीर नबन्दा दु:ख पाइनेछ। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्य...
फेसबुकले न्युज फिडमा महत्वपूर्ण परिवर्तन गर्दै

फेसबुकले न्युज फिडमा महत्वपूर्ण परिवर्तन गर्दै

न्युयोर्क, २८ पुस ।  सामाजिक सञ्जाल फेसबुकले न्युड फिडमा परिवर्तनको योजना सार्वजनिक गरेको छ। फेसबुकका प्रमुख मार्क जुकरबर्गले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत ‘व्यवसाय, ब्राण्ड र मिडियालाई पोस्टको कम महत्व र यसको सट्टा परिवार र साथीसँग कुरा गर्ने सामग्रीमा जोड दिनेगरी’ परिवर्तन गर्न लागेको जानकारी दिएका छन्। उनका अनुसार अब फेसबुकमा परिवारका सदस्यसँगको साथीसँगको सम्वादलाई प्रोत्साहित गर्ने सामग्...
नहरमा डुवेको अवस्थामा मृत फेला

नहरमा डुवेको अवस्थामा मृत फेला

मोरङ,२८ पौष। मोरङको विराटनगर महानगरपालिका- १९ स्थित धनपुरा नहरमा शुक्रबार विहान एक पुरुष डुवेको अवस्थमा मृत भेटिएका छन्। नाम थर वतन खुल्न नसकेका अन्दाजी ४५ बर्षिय पुरुषलाई स्थानियले डुवेको अवस्थमा भेटेपछी प्रहरीमा खबर गरेका थिए। घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरीको टोली खटिगई थप अनुसन्धान भइरेहको छ।
वाम गठबन्धनमा पुन ६०/४० कै भागबन्डा

वाम गठबन्धनमा पुन ६०/४० कै भागबन्डा

काठमाडौँ, २८ पुस । वाम गठबन्धनले राष्ट्रिय सभाको चुनाव, प्रदेश मुख्यमन्त्री र सभामुख पदमा पनि यसअघिकै जस्तो ६० र ४० प्रतिशतका आधारमा भागबन्डाको तयारी गरेका छन् । एमाले र माओवादी केन्द्रले राष्ट्रिय सभाको उम्मेदवार, प्रदेश सरकार गठनलगायत विषयमा मापदण्ड तयार गर्न बनाएको कार्यदलले विगतको सहमतिकै आधारमा छलफल अघि बढाएको छ । यसअघि प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा एमालेले ६० र माओवादीले ४० प्रतिशत भ...
चमेलियाको १५ मेगाबाट राष्ट्रिय प्रसारणमा

चमेलियाको १५ मेगाबाट राष्ट्रिय प्रसारणमा

दार्चुला, २८ पुस । चमेलिया जलविद्युत आयोजनाले आजदेखि १५ मेगावाट विद्युत् राष्ट्रिय प्रसारणमा जोडेको छ । तीस मेगावाट क्षमताको आयोजनाको एक युनिट अर्थात् १५ मेगावाट बिजुली नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा जोडिएको आयोजना प्रमुख अजयकुमार दाहालले जानकारी दिए । ‘आज दिउँसो ३ः३५ बजे ग्रिडमा सिन्क्रोनाइज गरेका छौँ’ दाहालले भने । आयोजना निर्माण सम्पन्न गर्ने निर्धारित लक्ष्यभन्दा साढे ...
३८ बर्षपछि खाल्साका शहीद परिवारमा खुशीयाली

३८ बर्षपछि खाल्साका शहीद परिवारमा खुशीयाली

धनकुटा, २८ पुस । पञ्चायती ब्यवस्था बिरुद्ध लडेर ज्यान गुमाएका अभिभावकलाई चार दशक बित्न लाग्दासमेत राज्यले शहीद घोषणा नगर्दा निरास बनेका छिन्ताङका शहीदपुत्र बलराम राई शुक्रवार एकाएक खुशीले भक्कानिए । आफ्ना वावु पुत्रमानसहित छिन्ताङ हत्याकाण्डमा ज्यान गुमाएका १६ जनालाई ३८ बर्षपछि सरकारले शहीद घोषणा गरेको खबर सुनेपछि राईमा खुसीको सीमानै रहेन । ‘यो खबर सुन्दा खुशीले मन थाम्नै सकिन ।’ भक्कानिदै राईले ...
सूचना महामार्गमा नेपालको अर्को ठूलो फड्को, जोडिए अब नेपाल र चीन

सूचना महामार्गमा नेपालको अर्को ठूलो फड्को, जोडिए अब नेपाल र चीन

काठमाडौँ, २८ पुस । नेपाल र उत्तरी छिमेकी मुलुक चीन व्यावसायिक तवरले सूचना महामार्ग (इन्टरनेशनल कनेक्टिभिटी) मा जोडिएका छन् ।  निरन्तरको प्रयासपछि नेपालको नेपाल टेलिकम र चीनको चाइन टेलिकम ग्लोबलबीच ‘क्रसबोर्डर अप्टिकल फाइबर लिंक’ को आजबाट औपचारिकरुपमै व्यावसायिक सेवा शुरु भएको हो । योसँगै दुई कम्पनीले एक अर्काका देशमा दूरसञ्चार व्यवसाय विस्तार गर्न पाउने छन् । नेपाल १ दशमलब ५ जिबी प्रतिसेकेण्ड क...
डडेल्धुरामा निमोनियाका बिरामीको संख्या बढ्दै

डडेल्धुरामा निमोनियाका बिरामीको संख्या बढ्दै

डडेल्धुरा, २८ पुस । चिसो बढेसँगै उप–क्षेत्रीय अस्पताल डडेल्धुरामा निमोनियाबाट प्रभावित बिरामीको संख्या बढिरहेका छन् । अस्पतालका अनुसार अहिले दैनिक १ सय २० जनाभन्दा बढीको संख्यामा निमोनियाका बिरामी अस्पतालमा उपचार गर्न आउन थालेको पछिल्लो तथ्यांकले देखाएको छ । ५० शैयाको अस्पतालमा बिरामीको चाप बढेपछि बेडबाहिरै राखेर उपचार गर्नुपरेकोे जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन प्रमुख ड.जितेन्द्र कँडेलल...
नक्कली नेपाली रुपैयाँ बनाउने दुई भारतीय पक्राउ

नक्कली नेपाली रुपैयाँ बनाउने दुई भारतीय पक्राउ

भीमदत्तनगर, २८ पुस । प्रहरीको सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान ब्यूरोको टोलीले कञ्चनपुरको बेलौरी नगरपालिका–६ स्थित नेपाल–भारत दशगजा क्षेत्रमा नक्कली नेपाली नोट बनाइरहेका दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । बिहीबार राति विशेष सुराकीका आधारमा बेलौरीको दशगजा क्षेत्रमा खटिएको ब्यूरोको टोलीले नेपाली रु एक हजारको नक्कली नोट बनाइरहेको अवस्थामा भारतको पिलिभित जिल्ला सारतपुरी बलाह बजारघाटका २२ वर्षीय ब...
error: Content is protected !!