तीनसय परिवारलाई न्यानो कपडा वितरण

तीनसय परिवारलाई न्यानो कपडा वितरण

काठमाडौँ, ३ माघ। नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी)ले सप्तरीमा चिसो र शीतलहर पीडित तीनसय विभिन्न परिवारलाई न्यानो कपडा वितरण गरेको छ । न्यानो कपडा कार्यक्रमअन्तर्गत क्रान्तिकारीले शीतलहरबाट बचाउनका लागि मंगलबार न्यानो कपडा बाँडेको क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार राजविराज नगरपालिका–१३ को विषहरिया टोलमा १५० परिवार र परिहुत गाउँपालिकाको लोह...
सीमा स्तम्भ गाडदा नेपाली भूभाग भारतमा

सीमा स्तम्भ गाडदा नेपाली भूभाग भारतमा

काठमाडौं, ३ माघ । कान्तिपुर दैनिकले सीमा स्तम्भ निर्माण गर्ने क्रममा वीरगन्ज महानगरपालिका-१ बजार छपकैयाँको ५० बिघा नेपाली भूभाग भारतमा पारिएको विषयलाई पहिलो प्राथमिकता दिएर छापेको छ । नेपाल-भारत संयुक्त सीमा सर्वेक्षण टोलीले स्तम्भ ३९१ र ३९२ अन्तर्गतका सहायक स्तम्भ निर्माण गर्ने क्रममा उक्त क्षेत्रको भूभाग भारततिर पर्ने भएको समाचारमा उल्लेख छ । समाचारमा लेखिएको छ- उक्त जग्गाको नेपाली लालपुर्...
हात्ती महोत्सवमा तीन लाख नाफा

हात्ती महोत्सवमा तीन लाख नाफा

रत्ननगर, चितवन, ३ माघ। चितवनको रत्ननगरस्थित सौराहामा हालै सम्पन्न चितवन हात्ती महोत्सवमा रु तीन लाख नाफा भएको छ । क्षेत्रीय होटल संघ चितवनको आयोजनामा पुस ११ देखि १५ गतेसम्म चलेको १४औँ चितवन हात्ती महोत्सवको मंगलबार आयव्यय सर्वजनिक गर्दै संघले रु तीन लाख तीन हजार ८४५ नाफा भएको जनाएको छ । चितवनको सौराहामा संघको मंगलबार भएको सोह्रौँ वार्षिक साधारणसभाका क्रममा सहकोषाध्यक्ष गंगा गिरीले हात्ती महोत्...
ट्र्याक्टर दुर्घटना हुँदा १८ जना घाइते

ट्र्याक्टर दुर्घटना हुँदा १८ जना घाइते

दाङ, ३ माघ। यहाँ ट्र्याक्टर दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । तुलसीपुर–सुकौरा सडकखण्डअन्तर्गत तुलसीपुर उपमहानगरपालिका–१० राइखल्यानको मोडमा मंगलबार रा १ त १६७५ नंको ट्र्याक्टर दुर्घटना हुँदा १८ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनाका १८ घाइतेमध्ये १६ जनालाई राप्ती अञ्चल अस्पताल, तुलसीपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेजमा रिफर गरिएकोे इलाका प्रह...
नेपाली डाक्टरले पत्ता लगाए ‘इबोला’को औषधि

नेपाली डाक्टरले पत्ता लगाए ‘इबोला’को औषधि

काठमाडौं, ३ माघ ।अन्नपूर्ण पोष्ट दैनिकले बागलुङका एक डाक्टरले अमेरिकामा इबोला रोगको औषधि पत्ता लगाएको समाचारलाई पहिलो पृष्ठमा स्थान दिएको छ। अमेरिकाको जर्जिया राज्यस्थित इन्स्िटच्युट फर बायोमेडिकल साइन्स विश्वविद्यालयमा कार्यरत डा.सुदीप खड्कासहित ११ वैज्ञानिकको टोलीले विश्वमै खतरनाक मानिएको इबोला भाइरसको औषधि पत्ता लगाएको र उनीहरुको शोधपत्र प्रतिष्ठित ‘एन्टिभाइरल रिसर्च’ जर्नलमा प्रकाशित भएको समा...
अर्को वर्षदेखि भारतबाट बिजुली किन्नु नपर्ने !

अर्को वर्षदेखि भारतबाट बिजुली किन्नु नपर्ने !

काठमाडौं, ३ माघ । नयाँ पत्रिका दैनिकले आगामी वर्षदेखि नेपालमा वर्षातको समय (वेट सिजन)मा विद्युत् बचत हुने विषयलाई मुख्य समाचार बनाएको छ । सन् २०१८/१९ देखि वर्षातको ६ महिना विद्युतको माग र आपूर्तिबीच सन्तुलन भई ४४० मेगावाट विद्युत बचत हुने भएको हो । जसका कारण भारतबाट बिजुली आयात गर्नुपर्ने नेपालको बाध्यता हट्ने छ । राष्ट्रिय योजना आयोगले हालै सार्वजनिक गरेको अध्ययनको निष्कर्षलाई नयाँ पत्रिकाले यो ...
पञ्चकन्या माईले शेयर निष्काशन गर्ने

पञ्चकन्या माईले शेयर निष्काशन गर्ने

इलाम, ३ माघ। इलामको सन्दकपुर गाउँपालिकामा सञ्चालित पञ्चकन्या माई हाइड्रोपावर कम्पनीले यही माघ ५ गतेदेखि स्थानीयवासीका लागि शेयर निष्कासन गर्ने भएको छ । इलाममा निर्माण सम्पन्न भएको १२ मेगावाटको माथिल्लो माई र ६.१ मेगावाटको माथिल्लो माई ‘सी’ जलविद्युत् आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि १० प्रतिशत शेयर निष्कासन गर्न लागिएको कम्पनीका कार्यकारी निर्देशक सन्तोषकुमार प्रधानले बताउनुभयो...
बुढासुब्बा गोल्डकप माघ २० देखि

बुढासुब्बा गोल्डकप माघ २० देखि

धरान, ३ माघ। पूर्वको प्रतिष्ठित फुटबल प्रतियोगिता बनेको बुढासुब्बा गोल्डकपको २० औं संस्करण माघ २० देखि धरान रंगशालामा हुने भएको छ । प्रतियोगितामा यसपालि दुई दशक पुगेको अवसरमा पुरस्कार राशि वृद्धि गरिने आयोजक क्लबले जनाएको छ । कुल पुरस्कार ११ लाख ७७ हजार रुपैयाँ राशि रहेको छ । आयोजक धरान फुटबल क्लबले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी सुरु भएसँगै पुरस्कार राशिमा केही रकम वृद्धि गर...
जैमिनीका सबै विद्यालयमा सडक पु¥याइने

जैमिनीका सबै विद्यालयमा सडक पु¥याइने

बागलुङ, ३ माघ। जिल्लाको जैमिनी नगरपालिकाले आफ्नो कार्यक्षेत्रका सबै विद्यालयमा सडकको पहुँच विस्तार गर्ने भएको छ । चालु आवभित्र नगरभित्रका सबै माध्यमिक तहका विद्यालयमा सडक पुग्ने नगरपालिकाले जनाएको छ । आउँदो दुई वर्षभित्र आधारभूत तहका सबै विद्यालयमा सडक पु¥याउने योजना नगरपालिकाले बनाएको छ । विद्यालयलाई सडक सञ्जालमा जोड्न प्राथमिकताका साथ काम भइरहेको नगरपालिकाका प्रमुख इन्द्रराज पौडेलले बताउनुभयो...
विभेदविरूद्ध नर्स

विभेदविरूद्ध नर्स

काठमाडौं, ३ माघ। सरकारी र निजी अस्पतालमा एउटै तहमा कार्यरत स्टाफ नर्सहरूको तलब भत्तामा पाँच गुणा बढी फरक (विभेद) हुने गरेको छ । अस्पताल एवं नर्सिङ होमहरूमा चरम आर्थिक शोषण हुन थालेपछि नर्सहरूको विदेश जाने लस्कर बढेको छ । शिक्षण अस्पतालमा पीसीएल गरेका पाँचौं तहका स्टाफ नर्सको मासिक तलब ४० हजार छ । तर सोही तहमा निजी अस्पतालमा कार्यरतको मासिक तलब ६ हजारको हाराहारीमा रहेको नर्सहरू बताउँछन् । बीएनएस...
प्रदेश प्रमुख छिटो तोक्न आयोगद्वारा दलको ध्यानाकर्षण

प्रदेश प्रमुख छिटो तोक्न आयोगद्वारा दलको ध्यानाकर्षण

काठमाडौं, ३ माघ। प्रदेश प्रमुख नियुक्तिमा सरकारले ढिलाइ गर्दा आगामी माघ २४ गते हुने राष्ट्रियसभाको निर्वाचन तयारी अघि बढाउन समस्या भएको भन्दै निर्वाचन आयोगले प्रमुख राजनीतिक दलको ध्यानाकर्षण गराएको छ । आयोगले प्रमुख दलहरू नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीका नेताहरूलाई मंगलबार कार्यालयमा बोलाएर सरकारको ढिलासुस्तीका कारण माघ २४ गते हुने भनि...
दैनिक १४ हजार मोबाइल सेट भित्रिन्छ नेपाल

दैनिक १४ हजार मोबाइल सेट भित्रिन्छ नेपाल

काठमाडौं, ३ माघ। मुलुकमा मोबाइल सेटको व्यवसाय बढ्दै जाँदा आयातमा उल्लेख्य वृद्धि भएको छ । सरकारको पछिल्लो तथ्यांकअनुसार मुलुकमा दैनिक १४ हजार मोबाइल सेट भित्रिरहेका छन् । पछिल्लो २१ महिनामा झन्डै ८८ लाख ५९ हजार मोबाइल सेट आयात भएका छन् । आजको नागरिक दैनिकमा खबर छ । उक्त तथ्यांकलाई प्रतिदिन हिसाब गर्दा दैनिक १४ हजार मोबाइल सेट भित्रिरहेको देखिन्छ । २०७३ बैशाख १ मा मोबाइलको आइएमआई नम्बर दर्ता गर्न...
२०७४ माघ ३ गते बुधबारको राशिफल

२०७४ माघ ३ गते बुधबारको राशिफल

वि.सं. २०७४ साल माघ ३ गते। बुधबार। इश्वी सन् २०१८ जनवरी १७ तारिख। नेपाल संवत् ११३८ पोहेलागा। माघ कृष्णपक्ष। तिथि– औंसी, ७:२२ बजेउप्रान्त प्रतिपदा। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। प्रतीक्षा गरिएको काम बन्न सक्छ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। कीर्तिमानी काम गर्ने समय छ। तर, परिस्थितिवश...
धनकुटामा पुनः अनिश्चितकालिन आमहड्ताल घोषणा

धनकुटामा पुनः अनिश्चितकालिन आमहड्ताल घोषणा

धनकुटा, २ माघ । धनकुटालाई १ नम्बर प्रदेशको राजधानी घोषणाको माग गर्दै बुधबारदेखि पुनः अनिश्चितकालिन आमहड्ताल घोषणा गरिएको छ । प्रादेशिक राजधानीका लागि हरेक हिसावले उपयुक्त रहेको धनकुटामा राजधानी तोक्न सरकारले आनाकानी गरेको भन्दै आमहड्ताल घोषणा गरिएको हो । मंगलबारसाँझ बसेको आन्दोलन परिचालन समितिको बैठकले धनकुटालाई प्रादेशिक राजधानी घोषणा नगरिएसम्म हड्ताल जारी राख्ने निर्णय गरेको आन्दोलन परिचालन समि...
धनकुटेलीद्धारा क्षेत्रीय प्रशासनमा धर्ना

धनकुटेलीद्धारा क्षेत्रीय प्रशासनमा धर्ना

धनकुटा, २ माघ । धनकुटालाई १ नम्बर प्रदेशको राजधानी घोषणा गर्न माग गर्दै जिल्लाबासीले आज क्षेत्रीय प्रशासन कार्यालयमा दुई घण्टा धर्ना दिएका छन् । आन्दोलन परिचालन समितिको आवहनमा क्षेत्रीय प्रशासन पुगेका जिल्लाबासीले दिउँसो २ देखि ४ बजेसम्म धर्ना दिदै राजधानी घोषणाको माग गरेका हुन् । धर्नाका लागि मदनचौकबाट जुलुशसहित सयौंको संख्यामा जिल्लाबासी क्षेत्रीय प्रशासन कार्यालय पुगेका थिए । धनकुटालाई राजधानी...
दीपक मनाङ्गेलाई ५ वर्ष जेल सजाय, गणेश लामाले सफाइ पाए

दीपक मनाङ्गेलाई ५ वर्ष जेल सजाय, गणेश लामाले सफाइ पाए

काठमाडौं, २ माघ। सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगमा दीपक मनाङ्गेलाई ५ वर्ष जेल सजाय गर्ने तत्कालीन पुनरावेदन अदालतको फैसला सदर गरेको छ । डन दीपक मनाङ्गे प्रदेशसभा चुनावमा मनाङ ‘ख’ बाट प्रदेशसभा सदस्य विजयी भएका छन् । एमालेले टिकट नदिएपछि उनी स्वतन्त्र उम्मेदवार बनेका थिए । पछि एमालेको समर्थनमा विजयी भए । तर, प्रदेशसभा सदस्यको सपथ नलिँदै उनी ज्यानमुद्दामा दोषी ठहर भएका छन् र उनको पद गएको छ ...
राष्ट्रियसभा निर्वाचन छलफल

राष्ट्रियसभा निर्वाचन छलफल

काठमाडौँ, २ माघ। निर्वाचन आयोगले आसन्न राष्ट्रियसभा निर्वाचनको कार्यक्रम र प्रक्रियाका बारेमा पाँच राजनीतिक दलका नेतालाई अवगत गराएको छ । आयोगद्वारा आज आयोजित छलफल कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले यही माघ २४ गते हुने सो निर्वाचनका विविध पक्षमाथि जानकारी गराउनुभएको हो । निर्वाचनमा प्रदेश र स्थानीय तहका गरी कूल दुई हजार ५६ मतदाता छन् । बैठकपछि नेकपा (एमाले)का नेता सुवासचन्...
अध्ययन बीचैमा छाड्ने विद्यार्थीका लागि त्रिविमा ‘क्रेडिट ट्रान्सफर’

अध्ययन बीचैमा छाड्ने विद्यार्थीका लागि त्रिविमा ‘क्रेडिट ट्रान्सफर’

काठमाडौँ, २ माघ। त्रिभुवन विश्वविद्यालयले विदेशी विश्वविद्यालयबाट अध्ययनको बीचैमा स्वदेश फर्कने तथा अध्ययन पूरा नगरी विदेश जाने विद्यार्थीका लागि ‘क्रेडिट ट्रान्सफर’ को व्यवस्था लागू गरेको छ । त्रिविले अध्ययन पूरा नगरी बीच सेमेस्टर वा खण्डतिर अन्यत्र अध्ययन गर्न चाहने विद्यार्थीका लागि नेपालभित्र र नेपाल बाहिरका विश्वविद्यालयसँग यो व्यवस्था लागू गराएको हो । विश्वविद्यालयका प्रा डा विनित अर...
कर्णालीको विकासका लागि १० वर्षे महत्वकांक्षी योजना

कर्णालीको विकासका लागि १० वर्षे महत्वकांक्षी योजना

काठमाडौँ, २ माघ। मुलुककै पिछडिएको क्षेत्र मानिने कर्णालीलाई आर्थिक, सामाजिक विकास गरी समृद्ध क्षेत्रका रुपमा विकास गर्ने सोचका साथ १० वर्षे विकास योजना अघि सारिएको छ । व्यापक र दिगोरुपमा स्रोतसाधनको उपयोग तथा मानव पूँजीको विकास गरी जनताको जीवनस्तर उठाउने एवं समृद्धि हासिल गर्ने उद्देश्यका साथ कर्णाली विकास आयोगले १० वर्षे योजना तयार गरेको हो । आयोगले योजना तर्जुमा गरी कर्णाली विकास परिषद्को ...
दक्षिणपश्चिमी पाकिस्तानमा पाँच सुरक्षा अधिकारी मारिए

दक्षिणपश्चिमी पाकिस्तानमा पाँच सुरक्षा अधिकारी मारिए

इस्लामाबाद, २ माघ। दक्षिणपश्चिमी पाकिस्तानको बलुचिस्तान प्रान्तमा सोमबार साँझ भएको बन्दुक आक्रमणमा परी कम्तीमा पाँच सुरक्षा अधिकारीको मृत्यु भएको छ । यस आक्रमणमा परी अन्य छ जना घाइते भएका छन् । स्थानीय सञ्चार माध्यमले मङ्गलबार सो आक्रमणको जानकारी दिएको छ । घाइते व्यक्तिलाई उपचारार्थ नजिकका अस्पतालमा लगिएको तर उनीको अवस्थाको भने हालसम्म कुनै जानकारी नभएको बताइएको छ । बलुचिस्तान प्रान्तको टुर्...
काठमाडौँ–तराई मधेश दु्रतमार्गको डिपिआर आफैँ तयार गर्छाैं: सेना

काठमाडौँ–तराई मधेश दु्रतमार्गको डिपिआर आफैँ तयार गर्छाैं: सेना

काठमाडौँ, २ माघ। नेपाली सेनाले काठमाडौँ–तराई मधेश दु्रतमार्गको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) आफैँ तयार गर्ने भएको छ । द्रुतमार्ग निर्माणका सन्दर्भमा हालसम्म भएको कार्यप्रगतिबारे सैनिक मुख्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा आयोजना उपप्रमुख सहायकरथी सूर्यप्रसाद खनालले उक्त जानकारी दिनुभएको हो । उक्त द्रुतमार्गको डिपिआर यसअघि भारतीय कम्पनीले तयार गरेको थियो । डिपिआर भारतीय पक्षसँग लिने कि नल...
पैँसट्ठी वर्ष नाघेका कैदीमध्ये बढी करणी मुद्दामा

पैँसट्ठी वर्ष नाघेका कैदीमध्ये बढी करणी मुद्दामा

काठमाडौँ, २ माघ। मुलुकको सबैभन्दा ठूलो कारागार जगन्नाथदेवल कारागारमा रहेका ज्येष्ठ कैदीबन्दीमध्ये सबैभन्दा धेरै जबर्जस्ती करणीको मुद्दाका छन् । जगन्नाथदेवलमा जेलजीवन बिताएका ६५ वर्ष नाघेका ४५ ज्येष्ठ कैदीबन्दीमध्ये १५ जना जबर्जस्ती करणीमा जेलजीवन बिताइरहेका हुन् । पैँतालिसमध्ये तीन महिला र ४२ पुरुष रहेका छन् । यस्तै कर्तव्य ज्यानमा ११, लागुऔषधमा छ, ठगीमा चार, खोटाचलनमा एक, वन मुद्दामा दुई,...
वाफबाट खतरा छैनः भूगर्भशास्त्री

वाफबाट खतरा छैनः भूगर्भशास्त्री

सुन्दरबजार, लमजुङ, २ माघ। स्थानीय सिउडीबार बस्ती नजिकै जमिनबाट निस्किएको बाफबाट कुनै खतरा नभएको भूगर्भशास्त्रीले जनाएका छन् । जमिनबाट निस्किएको बाफ कुनै प्रकोपको लक्षण नभई सामान्य भएको उनीहरुको भनाइ छ । बिहान र बेलुका सुख्खा जमिनबाट अचानक तातो बाफ निस्किन थालेपछि स्थानीयवासी त्रसित भएका थिए । मध्यमस्र्याङ्दी जलविद्युत् आयोजना क्षेत्रअन्तर्गत जमीनबाट बाफ निस्केको समाचार आएपछि आयोजनाले नै भूगर्भशास...
राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता शुरु

राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता शुरु

भीमदत्तनगर, २ माघ। कञ्चनपुरको भीमदत्तनगरमा ‘३९औँ राष्ट्रिय खेलकुद परिषद् ब्याडमिन्टन च्याम्पियनसिप’ प्रतियोगिता आजदेखि शुरु भएको छ । जिल्ला ब्याडमिन्टन संघ कञ्चनपुरको आयोजनामा शुरु भएको प्रतियोगिताको उद्घाटन गर्दै नेपाल ब्याडमिन्टन संघका केन्द्रीय अध्यक्ष रामजीबहादुर श्रेष्ठले अन्तरराष्ट्रिय प्रतियोगितामा समेत पछिल्ला वर्षमा नेपाली खेलाडीले उपाधि जित्न सफल भइरहेको र आगामी दिनमा खेलाडी उत्पादन...
भित्री शहरमा चारपाङ्ग्रे निषेध

भित्री शहरमा चारपाङ्ग्रे निषेध

काठमाडौँ, २ माघ। काठमाडौँ महानगरपालिकाले सात वटा वडाका भित्री सडकमा आजदेखि चारपाङ्ग्रे सवारी साधन प्रवेश गर्न रोक लगाएको छ । कामपाले ऐतिहासिक, सांस्कृतिक एवं पुरातात्विक सम्पदाको संरक्षणका लागि बिहान ७ देखि बेलुकी ७ बजेसम्म भित्री सडकमा त्यस्ता साधन गुड्न रोक लगाएको कामपाका प्रशासकीय अधिकृत धनीराम शर्माले जानकारी दिनुभयो । कामपा वडा नं १७, १८, १९, २२, २४, २५ र २७ का भित्री क्षेत्रभित्रका सम्पदाला...
‘नेपथ्य लाइभ’सँगैै नारायणी किनारमा झुमे युवा

‘नेपथ्य लाइभ’सँगैै नारायणी किनारमा झुमे युवा

रत्ननगर, चितवन, २ माघ। साँझको ६ बज्न ४ मिनेट बाँकी थियो । चितवन नारायणी नदीमा सूर्यको गोधूली किरणले छुँदै थियो । नेपथ्य हेर्न दर्शक किनारतिर सोहोरिंदै थिए । किनार छेउको स्टेजमा प्रोजेक्टरले समयको काउन्टडाउन गर्दै थियो । आइपुगेका दर्शकले समय कुर्न सकेनन् । चिसो मौसममा नारायणी किनार तात्न थाल्यो । दर्शकको हुटिङ बढ्न थाल्यो । अघिपछि रातमा सन्नाटा छाउने किनार सोमबारको साँझ रमणीय बन्दै थियो । जब क...
दक्षिण कोरियाले कोरियाली वार्ताबारे अमेरिकालाई जानकारी गराउने

दक्षिण कोरियाले कोरियाली वार्ताबारे अमेरिकालाई जानकारी गराउने

सिओल, २ माघ। हालै उत्तर कोरियासँग सम्पन्न भएको मन्त्रीस्तरीय वार्ता र आगामी दिनमा गर्ने उच्चस्तरीय वार्ताको तयारीका बारेमा दक्षिण कोरियाले अमेरिकालाई जानकारी गराउने भएको छ । सो प्रयोजनका लागि दक्षिण कोरियाका एकजना वरिष्ठ कूटनीतिज्ञ मङ्गलबार अमेरिकाको भ्रमणमा जान लाग्नुभएको दक्षिण कोरियाली विदेश मन्त्रालयबाट प्राप्त समाचारमा जनाइएको छ । दक्षिण कोरियाली उपविदेशमन्त्री लिम सोङ नाम मगङ्लबा...
जनप्रतिनिधिका अगाडि समस्यै समस्या

जनप्रतिनिधिका अगाडि समस्यै समस्या

तेह्रथुम, २ माघ। जिल्लामा स्थानीय तह गठन भएपछि पहिलो पटक निर्वाचित भएका जनप्रतिनिधि अहिले पनि चुनावमा मतदातामाझ खाएका वाचा पूरा गर्नतर्फ केन्द्रित हुन सकेका छैनन् । नयाँ संरचनाको स्थानीय सरकारमा पुगेका जनप्रतिनिधिलाई दैनिक कार्य सञ्चालनमा केन्द्रित हुनै मुस्किल भएको छ । जनप्रतिनिधिका सामुन्ने कार्यालय व्यवस्थापनदेखि जनशक्ति अभाव, आवश्यक स्रोत साधनको कमी, ऐन, नियम र कार्यविधि निर्माणमा ढिलाइ,...
मल्लकालीन माछा मार्ने जात्रा शुरु

मल्लकालीन माछा मार्ने जात्रा शुरु

भक्तपुर, २ माघ। छ महिनासम्म चल्ने मल्लकालीन नवदुर्गा नाच अर्थात् माछा मार्ने जात्रा माघेसंक्रान्तिदेखि सूर्यमढीबाट शुरु भएको छ । जात्रा पहिलो चरणमा यही माघ १५ गतेसम्म भक्तपुर नगरपालिकाका विभिन्न ठाउँमा सञ्चालन गरिने परम्परा छ । भक्तपुर नगरपालिका क्षेत्रमा मात्र २१ ठाउँमा प्रदर्शन गरिने यो जात्रा लगातार दत्तात्रय, क्वाठण्डौ, गछेँलगायत क्षेत्रमा सञ्चालन गरिनेछ । माघ १६ गतेपछि साँखुमा प्रदर्शन गरि...
सिरियाली शरणार्थी स्वदेश फर्किने वातावरण छैन: राष्ट्रसंघ

सिरियाली शरणार्थी स्वदेश फर्किने वातावरण छैन: राष्ट्रसंघ

बेरुत, २ माघ। सिरियाली शरणार्थीले घर फर्किन चाहेको भए पनि उनीहरुलाई स्वदेशमा रहन सक्ने सुरक्षित वातावरण अझै बन्न नसकेको संयुक्त राष्ट्रसंघले जानकारी दिएको छ । राष्ट्रसंघका एकजना अधिकारीले सोमबार भनेका छन् कि सिरियाली शरणार्थीहरु अधिकांश लिबिया र अरु कतिपय छिमेकी देशहरुमा बसिरहेका छन् र उनीहरु जतिसक्दो चाँडै घर फर्किन चाहेका छन् । तर उनका अनुसार ती शरणार्थीले घर फर्किएर सुरक्षाको अनुभूति गर्न पाउ...
महिलाको शव फेला

महिलाको शव फेला

धुलिखेल, २ माघ। काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–७, हुर्खा मार्ग नजिकै आज बिहान एक महिलाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सहकुलबहादुर थापाले सिन्धुपाञ्चोक जिल्ला त्रिपुरासुन्दरी गाउँपालिका–२ बस्ने मानबहादुर थामीकी श्रीमती ४६ वर्षीया जुनीमाया मृतावस्थामा फेला परेको बताउनुभयो । “घटनाका बारेमा अनुसन्धान भइरहेकाले शव उठाइएको छैन, हामी अनुसन्...
error: Content is protected !!