इटिकेटिङ शुरु गर्दै साझा यातायात
ललितपुर, १० फागुन । साझा यातायातले ‘इटिकेटिङ’ शुरु गर्न तयारी थालेको छ ।
नेपाल राष्ट्र बैंकसँगको सहकार्यमा इटिकेटिङ लागू गर्न लागिएको साझा यातायातका कामु प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले जानकारी दिनुभयो ।
इटिकेटिङ शुरु भएपछि यात्रुले भाडामा पैसाको साटो कार्डको प्रयोग गर्न सक्ने छन् । साझाका सबै बसमा उक्त नियम लागू हुने उहाँले बताउनुभयो । नियमित रुपमा यात्रा गर्ने यात्रु यो सेवाबा...






























