बङ्गलादेशलाई साफ यू–१५ फुटबलको उपाधि
काठमाडौँ, १७ कात्तिक । चौथो संस्करणको साफ यू–१५ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि बङ्गलादेशले जितेको छ ।
अखिल नेपाल फुटबल सङ्घ एन्फा मैदान सातदोबाटोमा आज भएको फाइनल खेलमा पाकिस्तानलाई पेनाल्टी सुटआउटमा ३–२ गोलले पराजित गर्दै बङ्गलादेशले उपाधि जितेको हो ।
निर्धारित ९० मिनेट र अतिरिक्त समयमा एक/एक गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । पेनाल्टी सुटआउटमा बङ्गलादे...






























