क्रिकेट रङ्गशाला निर्माणमा सरकार सहयोगी बन्छ : प्रधानमन्त्री ओली
काठमाडौँ, १६ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले धुर्मुस सुन्तली फाउन्डेशनले चितवनको भरतपुरमा निर्माण गर्न लागेको अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशाला निर्माण अभियानमा सरकार सहयोगी बन्ने बताउनुभएको छ ।
फाउन्डेशनले चितवनको भरतपुरमा निर्माण गर्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका निम्ति फाउन्डेशन र भरतपुर महानगरपालिकाबीच सम्झौतापत्रमा हस्ताक्षर गर्न आज यहाँ आयोजित कार्यक्रममा प्रधान...































