स्मार्ट लाइसेन्स लिँदा अनिवार्य कक्षा लिनुपर्ने
काठमाडौं, ८ बैशाख । नयाँ सवारी चालक अनुमति पत्र लिने व्यक्तिलाई सरकारले अनिवार्य रुपमा ट्राफिक नियमको बारेमा कक्षा लिनुपर्ने नियम लागू गर्ने भएको छ ।
सवारी दूर्घटना न्यूनीकरण गर्न र चालकलाई सवारी चलाउँदा जिम्मेवारीवोध गराउने उदेश्यको साथ लाइसेन्स वितरण गर्ने क्रममा अनिवार्यरुपमा कक्षा सञ्चालन गर्ने भएको हो ।
यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र लिने व्यक्तिले लिखित र ट्र...