रोल्पामा गोली प्रहार: तरुण दल अध्यक्षको मृत्यु

रोल्पामा गोली प्रहार: तरुण दल अध्यक्षको मृत्यु

रोल्पा, २५ भदौ । रोल्पाको सुलिचौरमा आज दिउसो भएको गोलि प्रहारवाट नेपाल तरुण दल रोल्पा नगर कमिटीका अध्यक्ष रोहित पुनको मृत्यु भएको छ । सुनिल स्मृती गाउँपालिका ४ सुलिचौर स्थीत रेष्ट पोईन्ट रेष्टुरेन्ट एण्ड वारमा खाजा खादै गरेका अध्यक्ष पुनलाई एक्कासी गोलि प्रहार गरिएको वताइएको छ । पोस्तोलवाट प्रहार गरिएको गोलि लागि अध्यक्ष पुन घटनास्थलमै ढलेको प्रत्यक्षदर्सीले वताएका छन । छातिमा २ र पेटमा १ गोलि...
नेपालीको लगानीमा अमेरिकामा बैंक

नेपालीको लगानीमा अमेरिकामा बैंक

काठमाडौँ, २५ भदौ । अमेरिकी संघीय सरकारको नेसनल क्रेडिट युनियन  एडमनिस्ट्रेसन एनसीयए ले गत अगस्ट २४ मा एउटा वित्तीय संस्थालाई सञ्चालन अनुमति दियो । त्यो उसले इजाजत दिएको सन् २०१८ को पहिलो संस्था हो । सुखद प्रसंग छ, यसका सबै लगानीकर्ता नेपाली हुन् । नेपाली विदेशमा दुःख मात्रै गर्न जान्छन् भन्ने आमबुझाई छ । तर, त्यसलाई खण्डन गरेको छ एभेरेस्ट फेडरल क्रेडिट युनियन को उदयले । यो सामुदायिक बैंक हो ।...
पर्सामा १२ वर्षीया बालिका बलात्कृत

पर्सामा १२ वर्षीया बालिका बलात्कृत

वीरगन्ज , २५ भदौ । पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीमा आइतबार १५ वर्षीय बालकले छिमेककै १२ वर्षीया बालिकालाई बलात्कार गरेको पाइएको छ । घर बाहिरको चापाकलमा पानी लिन गएकी बालिकालाई बालकले आफ्नो घरमा लगेर जबरजस्ती बलात्कार गरेको दाबी गरिएको हो । परिवारका कोही पनि सदस्य नबस्ने र सरसामान मात्रै राख्ने गरिएको आफ्नो फुसको घरमा बालिकालाई लगेर ती किशोरले जबरजस्ती बलात्कार गरेपछि बा...
तीजको दरले ३ सय ५० बिरामी, तीनको अवश्था गम्भिर

तीजको दरले ३ सय ५० बिरामी, तीनको अवश्था गम्भिर

काभ्रे , २४ भदौ । काभ्रेको पाँचखाल नगरपालिका १२ कास्कोटे बालुवामा शुक्रबार ग्रामिण स्वावलम्बन बहुउद्देश्यिय सहकारीले आयोजना गरेको तीज कार्यक्रममा दर खाएकामध्ये ३ सय ५० जना विरामी परेका छन् । आफैंले पकाएको दर खाँदा प्रदेश सभा सांसद गोमा भुर्तेल पनि बिरामी पर्नुभएको छ । दर कुनै क्याटरिङलाई नदिइएको बताइएको छ । स्वास्थ्य मन्त्रालयको टोली शनिबार साँझ काभ्रे पुगेको छ । तीजको दर कार्यक्रम आयोजना गरि ...
नापीको नक्सामै लिम्पियाधुरा गायब, नेपालको आकार ३१० वर्गकिमि खुम्च्याइयो

नापीको नक्सामै लिम्पियाधुरा गायब, नेपालको आकार ३१० वर्गकिमि खुम्च्याइयो

काठमाडौँ, २४ भदौ । कालापानी क्षेत्र गायव पारिएको नक्कली नक्सा सरकारले प्रयोग गर्दै आएको नापी विभागले देखाएको छ । तर, विभागकै आधिकारिक नक्सामा वर्षौंदेखि लिम्पियाधुरा छुटिरहेको पाइएको छ । यसले नेपालको आकारलाई करिब ३ सय १० वर्ग किलोमिटर खुम्च्याएको छ । भारतले नै बनाएका पुराना नक्सामा पनि लिम्पियाधुरा नेपाली भूमि रहेको प्रस्ट देखिन्छ । उक्त इलाका भारतले ओगट्ने क्रम बढेपछि नेपालले छोड्दै गएको पाइन्...
बलात्कारीविरुद्ध बोलौं, सबैले मुख खोलौं !

बलात्कारीविरुद्ध बोलौं, सबैले मुख खोलौं !

काठमाडौँ, २४ भदौ । पछिल्लो समय समाजमा बलात्कारका घटनाहरु बढ्दै गएका छन् । दिनहूँजसो आमसञ्चार माध्यममा बलात्कार र त्यसपछि हत्याका समाचार सुनिन थालेका छन् । बलात्कार बढेसँगै त्यसका विरुद्ध आवाज बुलन्द भए पनि यो मौसमी देखिएको छ । वर्षात्को समयमा बाढी आएको जसरी जब कुनै घटना हुन्छ तब मात्रै ¥याली, बिरोध गरेर बलात्कार रोक्न सकिदैन । बलात्कारका विरुद्धमा ¥याली तथा दबाबमूलक कार्यक्रम वर्षैभरी सञ्चालन ...
बेरोजगारको दिनहुँ ५० लाख लुट !

बेरोजगारको दिनहुँ ५० लाख लुट !

काठमाडौँ, २४ भदौ ।  स्वदेशमा रोजगारी नपाएर बिदेसिने धुनमा रहेका बेरोजगार युवासँग दैनिक ५० लाख रुपैंयाँको हाराहारी ठगी हुने गरेको छ। वैदेशिक रोजगारीमा गए ‘पैसा टिप्न’ पाइन्छ भन्ने प्रलोभनमा परेका युवासँग मेनपावर र तिनमा एजेन्टले ठूलो रकम ठगिरहँदा सरकारी निकाय भने रमितेजस्तै देखिन्छन्। जसरी पनि विदेश जानुपर्छ भन्ने सोच पालेका बेरोजगार युवासँग ठूलो रकम असुली हुँदा समेत ठगी गर्नेलाई कारवाही भने नगन्...
नियमनकारी संस्था नै कुहिराको काग

नियमनकारी संस्था नै कुहिराको काग

काठमाडौँ, २४ भदौ । कानुन बनाउनेदेखि अन्य आन्तरिक कार्यमा व्यस्त भइरहेका बेला केन्द्रदेखि सातै प्रदेशका सरकारलाई मुलुकमा रहेका गैरसरकारी र अन्तर्राष्ट्रिय गैरसरकारी (एनजीओ/आईएनजीओ) संस्थाका गतिविधिप्रति ध्यान दिने फुर्सद नै छैन । ती संस्थाको अनुगमन र नियमन गर्ने आधिकारिक निकाय समाज कल्याण परिषद्समेत कुहिराको कागजस्तो भएको छ । हालसम्म परिषद्मा आबद्धता लिएका रहेका ४८ हजार ५ सय एनजीओ र २ सय ३० आईएनज...
अस्पतालमा छोरी घर पुग्दा छोरा !

अस्पतालमा छोरी घर पुग्दा छोरा !

काठमाडौँ, २२ भदौ । गोदावरी नगरपालिका ८ जमुनाभाडीकी २३ बर्षीया काली खातीले भदौ १७ गते बिहान सेती अञ्चल अस्पतालमा छोरी जन्माईन । छोरीको स्वास्थ्यमा केही समस्या भएको भन्दै चिकित्सकले तुरुन्तै एसएनसियुमा भर्ना गरे । आमा प्रसुतिगृहमै भर्ना भइन् । भने छोरीलाई अलग्गै भवनमा राखियो । बेलुकी एसएनसियुबाट छोरीलाई दुध खुवाउन भन्दै उपचारमा संलग्न चिकित्सकले कालीकी आमा दिलु बोहरालाई बच्चा दिए । कालीले दुध खुव...
मलेसियामा कामदारको पारिश्रमिक वृद्धि

मलेसियामा कामदारको पारिश्रमिक वृद्धि

काठमाडौँ, २२ भदौ । मलेसियाले कामदारको न्युनतम पारिश्रमिकमा वृद्धि गरेको छ । मलेसियाली प्रधानमन्त्री कार्यालयले बुधबार एक विज्ञप्ती जारी गर्दै मलेसियाका सबै निजी क्षेत्रमा कार्यरत सम्पूर्ण कामदारका लागि आगामी वर्षको जनवरीदेखि लागू हुने गरी ५० रिंगिट वृद्धि गर्ने निर्णय गरेको जानकारी दिएको छ । यो निर्णय पूर्ण रुपमा लागू भएमा आगामी वर्षदेखि यहाँ कार्यरत नेपाली कामदारले न्यूनतम मासिक पारिश्रमिक १०५...
बंगलादेशले नेपालबाट ९ हजार मेगावाट बिधुत् खरिद गर्ने

बंगलादेशले नेपालबाट ९ हजार मेगावाट बिधुत् खरिद गर्ने

काठमाडौँ, २२ भदौ । बंगलादेश सरकारले आगामी २२ बर्षभित्र नेपालबाट ९ हजार मेगावट विधुत लैजाने योजना बनाएको छ । ढाकामा बिहीबार सुरु भएको उर्जा सप्ताह सम्मेलनका क्रममा सन् २०४० भित्र नेपालबाट ९ हजार मेगावट विधुत् लैजाने योजना रहेको उल्लेख गरेको हो । उर्जा जलस्रोत तथा सिँचाईमन्त्री बर्षमान पुनसमेत सहभागी सो कार्यक्रममा बंगलादेशको उर्जा र खानी स्रोत मन्त्रालयअन्र्तगतको पार डिभिजनले सार्वजनिक गरेको यो...
डलर भाउले महँगिदै दशैं !

डलर भाउले महँगिदै दशैं !

काठमाडौँ, २२ भदौ ।  अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ हालसम्मकै कमजोर हुँदा नजिकिँदै गरेको दसैँ महँगो हुने भएको छ । आयातमा निर्भर अर्थतन्त्र भएकाले डलर बलियो हुँदा दैनिक उपभोग्य सामाग्रीको मुल्य बढ्ने भएपछि नेपालीहरुको सबैभन्दा ठुलो चाड दसैँ नै महँगो हुने भएको हो । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि ताकेको विदेशी विनिमय दरअनुसार एक अमेरिकी डलरको खरिद दर ११४.५१ रुपैयाँ र विक्रि दर ११...
सातै प्रदेशमा आयुर्वेद अस्पताल खोलिँदै

सातै प्रदेशमा आयुर्वेद अस्पताल खोलिँदै

काठमाडौँ, २२ भदौ । सरकारले सातवटै प्रदेशमा सुविधा सम्पन्न आयुर्वेद अस्पताल खोल्ने प्रक्रिया अगाडि बढाएको छ । सातवटै प्रदेशमा सुविधा सम्पन्न आयुर्वेद अस्पताल निर्माण गर्ने योजनाअनुसार सरकारले प्रक्रिया अगाडि बढाएको हो । चिकित्सा विद्यामा आयुर्वेद ओझेलमा परेको भन्दै सरकारले सो विद्यालाई पहिलो प्राथमिकतामा राखेको छ । आयुर्वेद व्यवस्था विभागका अनुसार ५० बेड क्षमताको सुविधा सम्पन्न अस्पताल निर्माण गर...
खाडीमा नेपाली महिलाको कोख भाडामा

खाडीमा नेपाली महिलाको कोख भाडामा

बाँके, २१ भदौ  । बर्दियाकी एक चौधरी थरकी युवतीले खाडीमा छोरी जन्माएर घर फर्किइन् । शुरुमा परिवारले घरमा पस्न दिएनन् । पछि श्रीमानले ‘जे भयो, भयो’ भनेर श्रीमतीलाई घरमा भित्र्याए, विदेशीको उपहार छोरीसहित । मालिकले गर्भवती बनाए । छोरी जन्मियो । बच्चा जन्मिएपछि यही छोड्नु पर्छ भन्ने पूर्व सहमति थिएन । मालिकले यौन हिंसा गर्दा बच्चा जन्मिएको थियो । मालिकले छोरी छोड्नै पर्छ भन्ने कर गरेनन् । सोझी युवत...
कर्मचारी बढुवाको आधार : ९० प्रतिशत ज्येष्ठता, १० प्रतिशत क्षमता

कर्मचारी बढुवाको आधार : ९० प्रतिशत ज्येष्ठता, १० प्रतिशत क्षमता

काठमाडौँ, २० भदौ ।  कर्मचारीको बढुवा क्षमताभन्दा बढी उमेरका आधारमा गर्ने तयारीमा सरकार लागेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रिपरिषद्मा पेस गरेको संघीय निजामती सेवा ऐनको मस्यौदामा ९० प्रतिशत बढुवा ज्येष्ठताका आधारमा र १० प्रतिशत मात्रै आन्तरिक प्रतिस्पर्धामा गर्ने व्यवस्था राखिएको हो । सरकारको यस्तो निर्णय निजामती प्रशासनको भविष्यका लागि घातक हुने भन्दै कर्मचारीहरूले आपत...
खान पकाउने ग्यासमा मासिक ८० करोड घाटा

खान पकाउने ग्यासमा मासिक ८० करोड घाटा

काठमाडौँ, २० भदौ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यवृद्धि भएसँगै डलरको मूल्य बढेकाले त्यसको प्रत्यक्ष प्रभाव स्थानीय बजारमा परेको हो । नेपाल आयल निगमलाई खाना पकाउने एलपी ग्यासमा मासिक ८० करोड रुपैयाँ घाटा छ । अन्तर्राष्ट्रिय बजारमा ग्यासको मूल्य लगातार बढ्दै गएपछि निगमको घाटा बढेर ८० करोड रुपैयाँ पुगेको हो । निगमलाई ग्यासमा घाटा बढेर प्रतिसिलिन्डर ३ सय ३१ रुपैयाँ पुगेको छ । यसअघि २ सय ८०...
केन्द्रबाट खारेज जिल्लाका कार्यालय प्रदेशले चलाउने

केन्द्रबाट खारेज जिल्लाका कार्यालय प्रदेशले चलाउने

काठमाडौँ, २० भदौ । सरकारले खारेज गरेका जिल्लास्थित विषयगत कार्यालयले अर्कै स्वरुपमा निरन्तरता पाउने भएका छन् । प्रदेश सरकार अन्तर्गत भौगोलोकि बनावटका आधारमा एकदेखि तीन जिल्ला हर्ने गरी कार्यालयले निरन्तरता पाउन लागेका हुन । फरक स्वरुप र भूमिकामा एकदेखि तीन जिल्ला हेर्ने गरी कृषि ज्ञान केन्द्र, तथ्याङ्क कार्यालय, डिभिजन वन कार्यालय, पशु स्वास्थ्य अस्पताल, पूर्वाधार विकास कार्यालय, शिक्षा विकास त...
कक्षा १ मा पढ्दै ७५ बर्षीया हजुर आमा

कक्षा १ मा पढ्दै ७५ बर्षीया हजुर आमा

खोटाङ , २० भदौ । खोटाङकी कोपिलासगढी गाउँपालिका ४ बाक्सिलाकी जुरीमाया राई उमेरले आराम गर्दै घरैमा बसरिहेको हुनुपर्ने हो । तर, ७५ बर्षीया उनको दिनचर्या स्कुल धाईरहेका स—साना विद्यार्थीको भन्दा फरक छैन । जुरीमाया किताबकापी बाकेर नातीनातिनी उमेरका बालबालिकासक्गै विद्यालय पुग्छिन् । पढेर उसैगरी घर फर्किन्छिन् । बाल्यकालमा पढ्न नपाएको धोको पुरा गर्न उनी बुढेसकालमा दिक्तेलस्थित सरस्वती माविमा गत साउन ६...
बलात्कारी जोगाउने एसपीलाई पनि जनसेवाश्री पदक !

बलात्कारी जोगाउने एसपीलाई पनि जनसेवाश्री पदक !

काठमाडौँ, २० भदौ । बलात्कारीलाई जोगाएको आरोपमा कारबाहीमा परेका नेपाल प्रहरीका एसपी विद्यानन्द माझीले मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट विभूषण पाएका छन् । उनले प्रबल जनसेवाश्री विभूषण पाएका हुन् । जिल्ला प्रहरी कार्यालय सुनसरीको प्रहरी प्रमुखका रूपमा कार्यरत रहँदा आर्थिक चलखेलका आधारमा बलात्कार गर्ने समूहसँग मिलेर उनले पीडितलाई मिलापत्र गर्न दबाब दिएका थिए । गृह मन्त्रालयले निलम्बन गरी उ...
तीन वर्षदेखि १३ वर्षीया बालिका निरन्तर बलात्कृत !

तीन वर्षदेखि १३ वर्षीया बालिका निरन्तर बलात्कृत !

काठमाडौँ, १९ भदौ । कोहलपुरकी १३ वर्षीया बालिका तीन बर्षदेखि निरन्तर बलात्कृत हुँदै आएको खुलासा भएको छ । परिवारकै सदस्यलाई यसबारे जानकारी हुँदा पनि उनी निरन्तर बलात्कृत हुँदै आएको खुलासा भएको पीडितका दाजुले गरेका छन् । बहिनी बलात्कारको पीडाले विक्षिप्त भएपछि बल्ल प्रहरीसमक्ष पुगेको दाजुले बताएका छन् ।  मैले आन्टी काकीलाई पटकपटक भनेकी थिएँ, काकीले चुप लाग भन्नुभयो । हजुरबुबाले कतै भनिस् भने मार...
होङ्सी शिवम सिमेण्टमा ५ वाणिज्य बैङ्कको १६ अर्ब लगानी

होङ्सी शिवम सिमेण्टमा ५ वाणिज्य बैङ्कको १६ अर्ब लगानी

काठमाडौँ, १९ भदौ ।  पाँच वाणिज्य बैङ्कले होङ्सी शिवम् सिमेण्टमा अहिलेसम्मकै ठूलो कर्जा लगानी गरेका छन् । नेपालको सिमेण्ट उद्योगमा लगानी गरेको होङ्सी शिवम् सिमेण्टमा एनएमबी बैङ्कको नेतृत्वमा पाँच बैङ्कले १६ अर्व रुपैयाँ ऋण लगानी गर्ने भएका हुन् । जसमा एनएमबी बैङ्कले ६ अर्व ७५ करोड, नेपाल इन्भेष्टमेण्ट बैङ्कले ४ अर्व, प्रभु बैङ्कले ३ अर्व, एभरेष्ट बैङ्कले १ अर्व २५ करोड र नेपाल एसबीआई बैङ्कले १ अ...
निजामती कर्मचारीको अवकाश उमेर हद फेरि ५८ वर्ष

निजामती कर्मचारीको अवकाश उमेर हद फेरि ५८ वर्ष

काठमाडौँ, १९ भदौ । अन्ततः निजामती कर्मचारीको अवकाश उमेर हद ५८ कायम गरेर संघीय निजामती ऐनको मस्यौदा मन्त्रिपरिषद्मा पठाइएको छ । अर्थ, कानुन र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका बीच भएको लामो छलफलपछि अवकाशको उमेर हद पुनः संशोधन गरिएको हो । ऐनको मस्यौदामा ५८ राखेर मन्त्रिपरिषद्मा पठाइएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिनुभयो । स्वास्थ्य स...
झापामा १४ बर्षीया किशोरीमाथि सामुहिक बलात्कार !

झापामा १४ बर्षीया किशोरीमाथि सामुहिक बलात्कार !

झापा, १९ भदौ । झापामा १४ बर्षीया किशोरी सामुहिक बलात्कारमा परेकी छन् ।  गत साउन २९ गते दमकस्थित गेस्टहाउसमा लगेर तीन युवकले प्रतिकारबीच सामुहकि बलात्कार गरेको डीएसपी श्यामकुमार सुब्बाले बताए । पीडक पक्षको दबाबले घटना ढिलो सार्वजनिक भएको हो । दबाबकै कारण कक्षा ९ मा पढ्ने किशोरी विद्यालय जान पाईरहेकी छैनन् । उनी माइती नेपाल काँकडभिट्टाको संरक्षणमा छिन् । बलात्कारका आरोपीहरु दमक नगरपालिका १ क...
वैदेशिक रोजगार कल्याणकारी कोषमा ५ अर्ब ६५ करोड

वैदेशिक रोजगार कल्याणकारी कोषमा ५ अर्ब ६५ करोड

काठमाडौँ, १९ भदौ । वैदेशिक रोजगारीमा जाने नेपाली युवाले कल्याणकारी कोषमा जम्मा गरेको रकम ५ अर्ब ६५ करोड रुपैयाँभन्दा बढी पुगेको छ । श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने कामदराले वैदेशिक रोजगार कल्याणकारी कोषमा जम्मा गरेको रकम हालसम्म ५ अर्ब ६५ करोड ७२ लाख ३१ हजार ७ सय ८ रुपैयाँ पुगेको हो । यसरी जम्मा भएको रकममध्ये कमदारको सामाजिक सुरक्षा र कल्याणकारी कार्यका लागि गत बर्ष ६० करोड १८ लाख ७२ ह...
नेपाली सेना चीन, पाकिस्तान र श्रीलंकासँग सैन्य अभ्यास गर्दै

नेपाली सेना चीन, पाकिस्तान र श्रीलंकासँग सैन्य अभ्यास गर्दै

काठमाडौँ, १९ भदौ । नेपाली सेनाले चीन, पाकिस्तान र श्रीलंकासँग द्विपक्षीय सैन्य अभ्यास गर्ने भएको छ। बिम्स्टेक मुलुकका सेनाप्रमुखको उपस्थितिमा भारतको पुणेमा गरिने संयुक्त सैन्य अभ्यासलगत्तै यी मुलुकसँग सैन्य अभ्यास गर्न लागिएको हो। ‘नेपालको परराष्ट्र मामिला र सुरक्षा नीति’मा आधारित रहेर सैन्य अभ्यासले मुलुकको अन्तर्राष्ट्रिय सम्बन्धको दायरा बढाउने नेपाली सेनाले जानकारी दिएको छ। बिम्स्टेक शिखर स...
कोरियाबाट शव झिकाउन वर्षमा करोड

कोरियाबाट शव झिकाउन वर्षमा करोड

काठमाडौँ, १९ भदौ । रोजगारीको आकर्षक गन्तब्य मानिएको दक्षिण कोरियामा ज्यान गुमाएका कामदारको शव झिकाउन नेपालले वर्षमा एक करोड रुपैयाँभन्दा बढी खर्च गरेको छ । विगतमा नेपालले गतिलो गरी कोरियासँग श्रम सम्झौता गर्न नसक्दा शव झिकाउनमै त्यति ठुलो रकम खर्च गर्नुपरेको हो । पछिल्ला दिनमा कोरिया पुगेका कमदारको मृत्यु हुने क्रम बढ्दै गएकाले खर्च अझै बढ्ने अनुमान गरिएको छ । रोजगारीका लागि विदेसिएका कामदारको ...
विप्लवका प्रवक्ता प्रकाण्डलाई थुनामुक्त गरेलगत्तै प्रहरीले पुनः पक्राउ गरी भोजपुर लग्याे

विप्लवका प्रवक्ता प्रकाण्डलाई थुनामुक्त गरेलगत्तै प्रहरीले पुनः पक्राउ गरी भोजपुर लग्याे

नुवाकोट, १९ भदौ । सर्वाेच्च अदालतको आदेशपछि विप्लव माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई जिल्ला अदालत नुवाकोटले छाडेको छ । उनलाई अदालतले छाडेलगत्तैै प्रहरीले पुनः पक्राउ गरि भोजपुर लगेको छ । स्काभेटर जलाएको आरोपमा काठमाडौँमा भदौ ७ गते पक्राउ गरी भदौ ८ गते नुवाकोट ल्याइएको प्रवक्ता विश्वकर्मालाई आइतबार चौथोपटक अनुसन्धानका लागि जिल्ला अदालत नुवाकोटले तीन दिन म्याद थप गरेको थियो । ...
अब प्रदेश कार्यालयबाटै ‘स्मार्ट लाईसेन्स’ पाइने

अब प्रदेश कार्यालयबाटै ‘स्मार्ट लाईसेन्स’ पाइने

काठमाडौँ, १९ भदौ ।  सवारी चालक अनुमतिपत्र (स्मार्ट लाईसेन्स) अव प्रदेश कार्यालयबाट नै पाइने भएको छ । यातायात व्यवस्था विभागले सातवटै प्रदेशबाट उक्त लाईसेन्स वितरण गर्ने तयारी बढाएको छ । विभागले एकद्धार प्रणालीबाट स्मार्ट कार्ड वितरण गर्ने प्रणाली बनाएर छपाइको कामसमेत प्रदेश कार्यालयलाई दिने गरी कार्ययोजना बनाउन शुुरु गरेको हो । प्रदेशबाट लाईसेन्स बाँड्ने गरी प्रक्रिया अगाडी बढाइएको बताउँदै विभ...
सरकार र चिकित्सक सङ्घबीच सहमति, आजबाट सबै अस्पताल खुल्ने

सरकार र चिकित्सक सङ्घबीच सहमति, आजबाट सबै अस्पताल खुल्ने

काठमाडौँ, १९ भदौ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा सुरेन्द्र यादव र नेपाल चिकित्सक सङ्घबीच आज भएको वार्तामा सङ्घले उठाएका माग सम्वोधन गर्ने प्रक्रिया अघि बढाउन सरकार तयार भएको छ । चिकित्सक तथा स्वास्थ्यकर्मीको पहुँच गाउँगाउँसम्म पुगिसेकेको सन्दर्भमा विना शैक्षिक योग्यता तथा विना दर्ता उपचारमा सङ्लग्न भएमा बिरामीको ज्यान जोखिममा पर्न सक्ने हुँदा दफा २३० को उपदफा खारेज हुनुपर्ने लगायत चिकि...
आफ्नै साथीको बाबुबाट बलात्कृत

आफ्नै साथीको बाबुबाट बलात्कृत

काठमाडौँ, १८ भदौ । संगै पढ्ने साथीका बुबाबाट १४ बर्षे किशोरी बलात्कृत भएकी छिन् । एसपी विनोद घिमिरेका अनुसार घोडाघोडी नगरपालिका ६ की ती किशोरीलाई गत बुधबार हर्कबहादुर कुवरले राति घरमा कोही नभएको बेला पछयौराले मुख र हात बाँधेर बलात्कार गरेका हुन् । स्थानीयले गाउँमै मिलाउन खोजेका रहेछन् । सहमति नभएपछि प्रहरीसमक्ष खबर आएको रहकेछ, उनले भने, हाल उनी फरार छन् । किशोरीका अभिभावकले इलाका प्रहरी कार्य...
अब बहुविवाह गर्दा पनि जागिर नजाने

अब बहुविवाह गर्दा पनि जागिर नजाने

काठमाडौँ, १८ भदौ । सरकारले झन्डै एक बर्ष लगाएर संघीय निजामति सेवासम्बन्धी विधेयक बनायो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लामो गृहकार्यपछि बनाएको विधेयक स्वीकृतिका लागि मन्त्रिपरिषदमा पठायो पनि । मन्त्रिपरिषदमा पठाउँदा एउटा प्रावधान भने चलाखीपुर्ण रुपमा हटाइयो, त्यो हो बहुविवाहसम्बन्धी प्रावधान । मन्त्रिपरिषदमा पठाउनु अघिसम्म प्रस्तावित विधेयककमो सेवाबाट हटाउने वा बर्खास्त गर्ने ...
error: Content is protected !!