नुवाकोट, १९ भदौ । सर्वाेच्च अदालतको आदेशपछि विप्लव माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई जिल्ला अदालत नुवाकोटले छाडेको छ । उनलाई अदालतले छाडेलगत्तैै प्रहरीले पुनः पक्राउ गरि भोजपुर लगेको छ ।
स्काभेटर जलाएको आरोपमा काठमाडौँमा भदौ ७ गते पक्राउ गरी भदौ ८ गते नुवाकोट ल्याइएको प्रवक्ता विश्वकर्मालाई आइतबार चौथोपटक अनुसन्धानका लागि जिल्ला अदालत नुवाकोटले तीन दिन म्याद थप गरेको थियो ।
अदालतबाट वाहिरीने क्रममा प्रकाण्डले संचारकर्मीहरुसँग सरकारले आफुलाई फसाउने नियतले आफुविरुद्ध मुद्धा दर्ता गरेको बताएकाे छ ।
संचारकर्मीसँग निकै शालिन मुद्रामा प्रस्तुत भएका प्रकाण्डले भने “मैले गर्दै नगरेको काम सरकारले जबरजस्ती गरेको आरोप लगाउँदै छ । गरेको भए त मलाई अदालतले पनि त सफाइ दिँदैनथ्यो होला नी । ”
बेलकोटगढी नपा–९ देविस्थानस्थित सडकमा राखिएको बा२क ४८९३ र बा१क ६८८८ स्काभेटरमा गत साउन ७ गते राति आगजनी गरी क्षति पु¥याई फरार रहेको भनी विप्लव, प्रकाण्डसहित १५ जना विरुद्ध उजुरी दर्ता भएको छ । आजको नेपाल समाचार पत्रमा यो खबर छ ।