वीरगन्ज , २५ भदौ । पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीमा आइतबार १५ वर्षीय बालकले छिमेककै १२ वर्षीया बालिकालाई बलात्कार गरेको पाइएको छ ।

Advertisement

घर बाहिरको चापाकलमा पानी लिन गएकी बालिकालाई बालकले आफ्नो घरमा लगेर जबरजस्ती बलात्कार गरेको दाबी गरिएको हो ।

परिवारका कोही पनि सदस्य नबस्ने र सरसामान मात्रै राख्ने गरिएको आफ्नो फुसको घरमा बालिकालाई लगेर ती किशोरले जबरजस्ती बलात्कार गरेपछि बालिका चिच्याएकी थिइन् ।

त्यो आवाज छिमेकीले सुनेपछि घटना सार्वजनिक भएको हो । बालिका चिच्याएको हल्ला सुनेपछि घर भित्र पुगेका छिमेकीले बालकलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए ।  आजको नेपाल समाचारपत्रमा यो खबर  छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!