अदुवाको गानो कुहिने रोग देखा परेपछि किसानहरु चिन्तित
साँगुरिगढी, १४ असोज । धनकुटा साँगुरिगढी ८ महाभारतमा अदुवाको गानो कुहिने रोग देखा परेपछि किसानहरु चिन्तित भएका छन् ।
साँगुरिगढी ८ का किसान हरिचन्द्र राईले करिब ६ रोपनिमा लगाएको अदुवाको बोट कुहिन थालेको उनले बताए । पहिला अदुवाको बोट हुँदै पाना समेत कुहिने गरेको किसान राईले बताए। यो रोग लागे पछि अदुवा बारी नै सखाप हुने गरेको कृषकको भनाई छ।
यो वर्ष अदुवाले भाउ पाए पनि कुहिन थाले पछि किसानहरु निरास...



























