दशैँका लागि ‘नयाँ नोट’ २१ गतेदेखि, प्रतिव्यक्ति २७ हजारसम्म साट्न पाउने
काठमाडौ, ८ असोज । नेपाल राष्ट्र बैंकले २१ असोजदेखि दशैंंका लागि नयाँ नोट साट्ने तयारी गरेको छ । राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० दरका नयाँ नोटको सटही खुल्ला गरेको हो । राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले गत वर्षजस्तै यस वर्ष पनि प्रतिव्यक्ति २७ हजारका दरले नयाँ नोट सटही सुविधा दिइने बताए ।
‘२१ गतेदेखि प्रतिव्यक्ति २७ हजारका दरले नयाँ नोट सटही हुन्छ ।’ राष्ट्र बैंकले आफूले बाहेक वाणिज...





























