माथिल्लो तामाकोशीको शेयरमा चार अर्बको आवेदन
काठमाडौँ, १८ कात्तिक । निजी क्षेत्रका जलविद्युत् कम्पनीको साधारण शेयर बिक्न समस्या परिरहेका बेला माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको साधारण शेयरमा नागरिकको उल्लेख्य सहभागिता भएको छ ।
यही कात्तिक १५ गते बिहीबारदेखि बिक्री शुरु भएको सो कम्पनीको साधारण शेयरमा आज साँझसम्म करीब रु चार अर्ब बराबरको आवेदन परेको छ ।
माथिल्लो तामाकोशी आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेका अनुसार आज साँझसम्म दुई लाख छ हज...



























