आगोमा जलेर एक जनाको मृत्यु

आगोमा जलेर एक जनाको मृत्यु

गुल्मी, १ माघ । गुल्मीमा आगोमा जलेर एक जनाको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका–१ मा गोठमा लागेको आगो निभाउने क्रममा जलेर ५१ वर्षीय जीतबहादुर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्र खड्काले जानकारी दिनुभएको छ । नेपालीको सोमबार राति गोठमा आगलागी भएको थियो । आगो निभाउने क्रममा जलेर घाइते भएका नेपालीलाई गएराति नै उपचारका लागि पाल्पा लगिएको थियो । उपचार गर...
जीपको ठक्करबाट बालकको मृत्यु

जीपको ठक्करबाट बालकको मृत्यु

लमही, १ माघ । दाङको लमहीमा जिपको ठक्करबाट एक बालकको मृत्यु भएको छ । लमही नगरपालिका–५ रातोडाँडामा आज बिहान ११ बजेतिर जिपको ठक्करबाट बाजुराको फैती गाउँपालिका–३ हाल लमही बस्ने सात वर्षीय हेमन्त मल्लको मृत्यु भएको प्रहरीले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु१च ८०४१ नंको जिपले ठक्कर दिँदा गम्भीर घाइते भएका मल्लको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी न...
बैंकिङ कसुर मुद्दामा एक पक्राउ

बैंकिङ कसुर मुद्दामा एक पक्राउ

गौशाला, १ माघ । महोत्तरी प्रहरीले आज बैंकिङ कसुर मुद्दामा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको मनरासिस्वा नगरपालिका–१० बस्ने सत्येन्द्र यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताउनुभयो । पक्राउ परेका यादवले जिल्लाकै एकडारा गाउँपालिका–४ हलखोरी बस्ने सविता यादवसँग रु तीन लाख ठगी गरी उनलाई गलत चेक दिएर बैंकमा पठाएको र उनको चेक बैंकमा...
एन्फा अनियमितताबारे अख्तियारद्वारा छानबिन शुरु

एन्फा अनियमितताबारे अख्तियारद्वारा छानबिन शुरु

काठमाडौँ, १ माघ । काठमाडौँ, भक्तपुर, ललितपुर र धादिङ जिल्ला फुटबल सङ्घका अध्यक्षहरूले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)मा अनियमितता भएको भन्दै उजुरी दिएकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरु गरेको छ । आयोगका सहायक प्रवक्ता एवं सूचना अधिकारी मदन कोइरालाले अनियमितता भएको भन्ने उजुरी आयोगमा परेकाले सोमबारदेखि आयोगले प्रारम्भिक छानबिन शुरु गरेको जानकारी दिनुभयो । उजुरी परेपछि त्यसमा छानबि...
अन्नपूर्ण क्षेत्रका सडक स्तरोन्नति गरिँदै

अन्नपूर्ण क्षेत्रका सडक स्तरोन्नति गरिँदै

पोखरा, १ माघ । कास्कीको अन्नपूर्ण गाउँपालिकाले गाउँपालिका क्षेत्र भित्रका सडक स्तरोन्नति गर्न थालिएको छ । चालु आर्थिक वर्षमा गाउँपालिकाका सबै सडक स्तरोन्नतिका लागि बजेट समेत विनियोजन गरिएकाले अहिले सडक स्तरोन्नति गर्न थालिएको गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले बताउनुभयो । नयाँ पुल–घान्द्रुक सडकका लागि गण्डकी प्रदेश सरकारले रु दुई करोड १० लाख बजेट उपलब्ध गराएको र अन्य अधिकांश सडकका लागि गाउँपा...
त्रिवेणीमा पन्ध्र दिने माघे सङ्क्रान्ति मेला

त्रिवेणीमा पन्ध्र दिने माघे सङ्क्रान्ति मेला

गाईघाट, १ माघ । आज माघे सङ्क्रान्ती पर्व शुरुसँगै उदयपुरको कटारीस्थित कमला नदीको त्रिवेणी धाममा १५ दिने माघे सङ्क्रान्ती मेला शुरु भएको छ । परम्परागत रुपमा लामो समयदेखि प्रत्यक वर्ष माघ १ देखि १५ दिनसम्म कमलाको त्रिवेणी धाममा माघे सङ्क्रान्ती मेला सञ्चालन हुने गरेको आयोजक कटारी उद्योग वाणिज्य सङ्घ अध्यक्ष पुस्कर खड्काले बताउनुभयो । मेला शुरुसँगै बिहानको ३ बजेदेखि त्रिवेणी धाममा मकर नुहाउने तथा...
थापा र बुढालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

थापा र बुढालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौँ, १ माघ । सर्वोच्च अदालतले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका लोकेन्द्रराज थापा र केशवबहादुर बुढालाई थुनामुक्त गर्न आदेश जारी गरेको छ । न्यायाधीशद्वय मीरा खड्का र प्रकाशमानसिंह राउतको संयुक्त इजलासले सोमबार सो पार्टी निकट ट्रेड युनियनका थापा र बुढालाई थुनामुक्त गर्न आदेश जारी गरेको हो । आदेशमा भनिएको छ, “उचित र पर्याप्त कारण उल्लेख गरेको नदेखिँदा थुना कानूनबमोजिम नभई गैरकानूनी ...
हजारौँको अगाडी मेयरको हत्या

हजारौँको अगाडी मेयरको हत्या

वार्सवा, ३० पुस । पोल्याण्डको बन्दरगाह सहर गडाङ्कका मेयरको सोमबार हत्या भएको छ । परोपकारी एउटा कार्यक्रममा सहभागी भएका बेला हजारौँ मानिसहरुको अगाडी धारिलो हतियार प्रहार गरी उहाँको हत्या भएको स्थानीय सञ्चार माध्यमहरले जनाएका छन् । “उहाँलाई बचाउने हाम्रो सबै प्रयास असफल भयो,” गड्ङ्क विश्वविद्यालय अस्पतालका निर्देशक डा टोमाज स्टेफनिकले भन्नुभयो । मेयर पावेल अडमोविजको हत्यापछि देशभरी हिंसाका विरु...
इरान कार्गो विमान दुर्घटना : १५ जनाको मृत्यु भएको पुष्टि

इरान कार्गो विमान दुर्घटना : १५ जनाको मृत्यु भएको पुष्टि

तेहरान, ३० पुस । इरानको राजधानी तेहराननजिकै भएको कार्गो विमान दुर्घटनामा विमानमा यात्रारत १५ जनाले ज्यान गुमाएका इरानी स्टुडेन्ट न्यूज एजेन्सी (आइएसएनए) ले जनाएको छ । कराजस्थित फाथ विमानस्थलमा खराब मौसमका बेला अवतरणका क्रममा बोइङ ७०७ विमान धावनमार्गबाट चिप्लिएर नजिकै रहेको आवासीय क्षेत्रमा एउटा भवनमा जोतिन पुगेको थियो । घटनास्थल तेहरानदेखि ४० किलोमिटर पश्चिममा पर्छ । काराजको पायम विमानस्थलमा...
चरेशसहित दुई पक्राउ

चरेशसहित दुई पक्राउ

राँझा, ३० पुस । बाँकेको कोहलपुरमा प्रहरीले पाँच किलो ५० ग्राम चरेशसहित दुईलाई आज पक्राउ गरेको छ । बसपार्क नजिकबाट जाजरकोटको भेरी नगरपालिका २६ वर्षीय नरेन्द्रराज घर्ती र २९ वर्षीय धनबहादुर बुढालाई चरेशसहित पक्राउ गरिएको इप्रकाका प्रमुख प्रहरी नायव उपरीक्षक रमेशबहादुर सिंहले जानकारी दिनुभयो । पक्राउ परेका दुवैलाई आवश्यक कारबाहीका लागि प्रक्रिया अघि बढाइएको उहाँले बताउनुभयो ।
सिलिण्डर विस्फोटमा दम्पती घाइते

सिलिण्डर विस्फोटमा दम्पती घाइते

पर्सा, ३० पुस । ग्याँस चुहिएर भएको सिलिन्डर विस्फोटमा परी आज वीरगन्जमा दुई जना गम्भिर घाइते भएका छन् । वीरगन्ज महानगरपालिका–११ श्रीपुरमा भएको दुर्घटनामा परि जगरनाथ महतो धानुक र उहाँकी श्रीमति सुनिता गम्भिर घाइते भएको प्रहरी उपरिक्षक रेवती ढकालले जानकारी दिनुभयो । घाइते दुवै जनालाई उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा भर्ना गराएपनि स्वास्थ्य अवस्था जटिल बनेपछि थप उपचारका लागि काठमाण...
द्वन्द्वपीडित सुरक्षाकर्मीका आफन्त पक्राउ

द्वन्द्वपीडित सुरक्षाकर्मीका आफन्त पक्राउ

काठमाडौँ, ३० पुस । प्रहरीले द्वन्द्वपीडित सुरक्षाकर्मीका २६ आफन्तलाई आज पक्राउ गरेको छ । द्वन्द्वपीडित सुरक्षाकर्मी परिवार सङ्घले माइतीघरमा धर्ना दिने क्रममा निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीसँग झडप भएपछि पक्राउ गरिएको हो । उक्त संघले दुई जना भाइते भएका जनाएको छ । बेपत्ता सुरक्षाकर्मीका परिवारलाई कम्तीमा दोब्बर राहत दिनुपर्ने, द्वन्द्वपीडित सुरक्षाकर्मीका सन्ततिलाई शिक्षा, स्वास्थ्य र रोजगार...
शिलान्यास भएको ३३ वर्षपछि कालोपत्र हुँदै

शिलान्यास भएको ३३ वर्षपछि कालोपत्र हुँदै

अत्तरिया, ३० पुस । शिलान्यास भएको ३३ वर्षपछि बोगटान सडक कालोपत्रे हुने भएको छ । कैलालीको सहजपुरदेखि डोटीको बडीकेदारसम्म ५० किलोमिटर सडक कालोपत्रे हुने भएको हो । कैलालीको सहजपुरदेखि डोटीको बडीकेदार गाउँपालिका सडक कालोपत्रेका लागि बोलपत्र आह्वान भई सडक निर्माण अघि बढेको कुमार श्रेष्ठ निर्माण सेवाका कन्ट्रयाक्ट म्यानेजर ईश्वर बस्नेतले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार सहजपुर–बोगटान सडक कालो...
मानवरहित विमान कारबाहीमा आठको मृत्यु

मानवरहित विमान कारबाहीमा आठको मृत्यु

पुल ए खुम्री, आफगानिस्तान ,३० पुस । अफगानिस्तानको उत्तरी प्रान्त बाघलानको बाघलान ए मार्काजी जिल्लामा भएको मावनरहित विमान कारबाहीमा परी तालिबानका प्रमुख कमाण्डरसहित आठ व्यक्तिको मृत्यु भएको छ । उत्तरी क्षेत्रका सेनाका प्रवक्ता अब्दुल हादी जमाल सो जानकारी दिनु भएको छ । बाघलान इ मार्काजी जिल्लाको कोक्चिनार क्षेत्रमा लुकेर बसेका तालिबानलक्षित सो मानवरहित विमान कारबाही गरिएको जमाल सिन्ह्वा समाचार सम...
विसं २०७६ का पात्रो माघ १५ सम्म प्रकाशन हुने

विसं २०७६ का पात्रो माघ १५ सम्म प्रकाशन हुने

काठमाडौँ, ३० पुस । विसं २०७६ का पात्रो (पञ्चाङ्ग) माघ १५ गतेभित्र प्रकाशित भई बजारमा आउने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । विभिन्न चाड पर्व, विवाह, व्रतबन्ध जस्ता धार्मिक कर्म गर्ने मुहूर्त पात्रोमा दिइने भएकाले आम मानिसले छिटो बजारमा ल्याउनुपर्ने माग गर्ने गरेका छन् । समितिको बैठकले यस वर्ष जस्तै आगामी वर्षमा पनि १३ वटा पात्रोलाई प्रकाशनका लागि स्वीकृति दिएको अध्यक्ष एवं धर्मशास्त्र...
संस्कृति र भाषाको जर्गेनामा जुट्दै युवा पुस्ता

संस्कृति र भाषाको जर्गेनामा जुट्दै युवा पुस्ता

इलाम, ३० पुस । केही समय अघि इलाम सदरमुकाममा मेची पर्यटन महोत्सव भयो । महोत्सवको उद्घाटन कार्यक्रममा देखाइएका ताप्लेजुङको शेर्पा नाच र झापाको सन्थाल नाचले निक्कै चर्चा पायो । कार्यक्रममा राई जातिको साकेला नाच, लिम्बूको धान नाच र नेवार समुदायको लाखे नाचले पनि स्थान पायो । हिजोआज यहाँ हुने धेरै कार्यक्रममा स्थानीय वेशभूषा र संस्कृतिलाई मान्यता दिन थालिएको छ । कहीँ सङ्घ/संस्थाले त कहीँ स्थानीय सरका...
नार्कमा कर्मचारी अभाव

नार्कमा कर्मचारी अभाव

गोदावरी, ३० पुस । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा आवश्यक कर्मचारीको अभाव भएसँगै त्यहाँको काम दिन प्रतिदिन प्रभावित बन्दै गएको छ । सरकारले २०४८ सालमा कृषि ऐन पारित गर्दा तोकेका सबै सेवासुविधा हालसम्म लागु गर्न नसकेका कारण त्यहाँका कर्मचारीको मनोबल घटी अन्य कार्यक्षेत्रमा लाग्दा काम प्रभावित बन्दै गएको हो । विसं २०४८ मा सरकारले कृषि ऐन पारित गर्दा एक हजार ८२३ जनाको दरबन्दी स्वीकृत गरेको थि...
पचास प्रतिशतले शेयर बढेपछि माथिल्लो तामाकोशीको कारोवार रद्द

पचास प्रतिशतले शेयर बढेपछि माथिल्लो तामाकोशीको कारोवार रद्द

काठमाडौँ, ३० पुस । नेपाल स्टक एक्सचेञ्जले माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको आजको शेयर कारोवार रद्द गरेको छ । बजार खुल्ने वित्तिकै उक्त कम्पनीको शेयर मूल्य ५० प्रतिशतभन्दा बढीले बढेपछि स्टकले सबै कारोवार रद्द गरेको हो । स्टकका प्रवक्ता मुराहरि पराजुलीले आवश्यकभन्दा बढीको कारोवार भएका कारण कारोवार रद्द गर्नुपरेको जानकारी दिनुभयो । आइतबारदेखि दोस्रो बजारमा कम्पनीको शेयर कारोवार सुरु भएको थियो...
पदयात्रा पर्यटनसँग जोडिएको मिलेनियम गुफा

पदयात्रा पर्यटनसँग जोडिएको मिलेनियम गुफा

पोखरा, ३० पुस । सुन्दा अचम्म लाग्छ, शिलामा कुँदिएका दृश्यले सजिएको र चमेरै चमेराले भरिएको गुफाभित्र दुुई झरना छन् । जुन हिउँदमा सुक्दैन, वर्षात्मा पनि ठूलो हुँदैन । पृथ्वी राजमार्गअन्तर्गतको तनहुँ दुलेगौँडाबाट झण्डै १५ किलोमिटर पश्चिम लागेपछि शुक्ला गण्डकी नगरपालिका वडा नं १२ स्थित रमणीय घडेरी गाउँ पुगिन्छ । गाउँको पुछारमा सादी खोला पर्दछ जसले तनहुँ र स्याङ्जा जिल्लालाई छुट्याएको छ । स्याङ्जातर...
वैशाखदेखि पेट्रोलियम पाइपलाइन सञ्चालनमा आउने

वैशाखदेखि पेट्रोलियम पाइपलाइन सञ्चालनमा आउने

वीरगञ्ज, ३० पुस । दक्षिण एशियाकै पहिलो क्रस बोर्डर परियोजनाका रुपमा रहेको मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनमार्फत भारतबाट नेपालमा पेट्रोलियम पदार्थ वैशाखदेखि ल्याउने सुनिश्चित भएको छ । सो परियोजना भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म करीब ७० किलोमिटर लम्बाइको छ । तीमध्ये भारततर्फ मोतिहारीदेखि रक्सौलसम्म ३२ दशमलव २५ किलोमिटर र सीमावर्ती भारतीय शहर रक्सौल बजारदेखि बाराको अमलेखगञ्जसम्म ३७...
एम्बुलेन्सबिहीन ठूला अस्पताल

एम्बुलेन्सबिहीन ठूला अस्पताल

लमही, ३० पुस । प्रत्येक सरकारी अस्पतालमा एम्बुलेन्स हुनुपर्ने भएपनि अहिले दाङको राप्ती अञ्चल अस्पताल तुलसीपुर ‘एम्बुलेन्स’ बिहीन अवस्थामा छ । अस्पताल स्थापनादेखि सञ्चालन हुँदै आएका एम्बुलेन्स तीन वर्षदेखि बिग्रिएर थन्किएको छ । एम्बुलेन्स नभएपछि बिरामीलाई अन्य अस्पतालमा पठाउँदा तथा टाढाटाढाबाट बिरामी ल्याउन निजी एम्बुलेन्स प्रयोग गर्नुपर्ने बाध्यता छ । अस्पतालको रा १ झ ११३ नं को एम्बुलेन्स बिग्र...
उपचार खर्च तिर्न नसक्दा दुई महीनादेखि अस्पतालमै बन्धक

उपचार खर्च तिर्न नसक्दा दुई महीनादेखि अस्पतालमै बन्धक

परासी, ३० पुस । अस्पतालमा लागेको उपचार खर्च तिर्न नसक्दा पश्चिम नवलपरासीका एक बिरामी गत दुई महीनादेखि अस्पतालमै बन्धक हुन पुग्नुभएको छ । नवलपरासीको सुनवल नगरपालिका–४ हडाहाका रामदारस बेलदार बुटवलस्थित जेनस अस्पतालमा बन्धक हुनुहुन्छ । गत कात्तिकमा खेत जोत्ने क्रममा ट्र्याक्टरबाट खसेर गम्भीर घाइते भएपछि उहाँलाई उक्त अस्पताल भर्ना गरिएको थियो । उपचारको खर्च करीब नौ लाख लागेकोमा बिरामी पक्षले अहिलेस...
महिला क्रिकेट : नेपाल र युएई खेल्दै

महिला क्रिकेट : नेपाल र युएई खेल्दै

काठमाडौँ, ३० पुस । थाइल्याण्डमा जारी महिला टी–२० स्म्यास क्रिकेटको तेस्रो खेलमा नेपालले आज युएइको सामना गर्दैछ । अघिल्ला दुई खेलमा लगातार जित निकालेको नेपालले तेस्रो खेलमा बलियो टोली युएईविरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो । नेपाल र युएईबीचको खेल नेपाली समयअनुसार १२ः१५ मा शुरु हुनेछ । जारी प्रतियोगितामा दुवै टोली अपराजित हुन् । अघिल्ला दुई खेल जितेको नेपालले समूह चरणमा चार अङ्क जोडेको छ । आजको...
मन्दिर बीचमा ‘अलौकिक वृक्ष’

मन्दिर बीचमा ‘अलौकिक वृक्ष’

घोराही, ३० पुस । घोराही बजारदेखि दक्षिण करीब १३ किलोमिटरको बाटो काटेपछि बबई खोला आउँछ । त्यही बबई पारि एउटा पाण्डवेश्वर धाम छ । जसको मूल मन्दिर शिवको भनिएको छ । तर त्यहाँ शिवको मूर्ति छैन । मूल मन्दिरभित्र ठूलो ढुङ्गा छ । त्यही ढुङ्गामा गाईको स्तन, शिवलिङ्ग, बाघको आँखालगायत केही आकृति छन् । त्यहाँका पुजारी त्यही आकृतिलाई देवताका रुपमा पुज्ने गर्दछन् र त्यही ढुङ्गा नजिकै एउटा ठूलो अशोकको रुख छ ।...
प्रहरी भिडन्तमा साहनीको मृत्यु

प्रहरी भिडन्तमा साहनीको मृत्यु

भैरहवा, २९ पुस । प्रहरीको खोजिको सूचीमा सिद्धार्थनगर नगरपालिका– ६ गल्लामण्डीका केदार साहनीको प्रहरी मुठभेडमा मृत्यु भएको छ । सिद्धार्थनगर नगरपालिका– १० देशार पोल्ट्री फार्म अगाडिको चोकमा गएराति प्रहरीसितको मुठभेडमा साहनी मारिएका हुन् । दश वर्षदेखि जबर्जस्ती फिरौती असुली, हातहतियार खरखजना तथा कर्तव्य ज्यान, शरिर अपहरण बन्धकलगायत मुद्दामा फरार रहेका अभियुक्त साहनी मारिएको रुपन्देहीका प्रहरी उपरी...
राहदानी विधेयक २०७५ माथिको संशोधन प्रस्तावमा छलफल

राहदानी विधेयक २०७५ माथिको संशोधन प्रस्तावमा छलफल

काठमाडौँ, २९ पुस । राष्ट्रिय  सभा  विधायन  समितिले  राहदानी विधेयक २०७५ माथि संशोधन प्रस्ताव हाल्ने सदस्यहरुसँग छलफल गरेको छ । समितिको आजको बैठकमा संशोधनकर्तासँग विधेयक संशोधन गर्नु पर्नाका औचित्य पुष्टि गर्न धारणा माग गरिएको थियो । बैठकमा विधेयकका बारेमा सांसदहरुले राख्नुभएको जिज्ञासाको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जवाफ दिनुभएको थियो ।  सभापति परशुराम मेघी गुरुङले उक्त विधेयकमाथि केह...
काठमाडौँमा चिसो बढ्यो

काठमाडौँमा चिसो बढ्यो

काठमाडौँ, २९ पुस । काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै आज बढी चिसो महसुस गरिएको छ । उपत्यकासहित देशभर चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँको न्यूनतम तापक्रम २ दशमलब ९ डिग्री सेल्सियस मापन गरिएको छ । शनिबार काठमाडौँको न्यूनतम तापक्रम ४ दशमलब ४ डिग्री सेल्सियस थियो । मौसमविद् समीर श्रेष्ठका अनुुसार रातको समयमा आकाश खुला भए तापक्रम घट्ने र बदली भए तापक्रम बढ्ने...
लमजुङमा भूकम्पको धक्का

लमजुङमा भूकम्पको धक्का

लमजुङ, २९ पुस । लमजुङमा आज अपराह्न ४ बजेर १ मिनेटको समयमा भूकम्पको धक्का महसुस भएको छ । उत्तरी लमजुङको सिम्पानी केन्द्रबिन्दु रहेको ३ दशमलब ४ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । बेंसीशहरमा छोटो तर कडा झड्का महसुुस भएको थियो भने उत्तरी लमजुङको बाहुनडाँडादेखि दक्षिणको सुन्दरबजार नगरपालिकासम्म भूकम्पको धक्का महसुुस भएको स्थानीयवासीले बताएका छन् । यसअघि गत २५ गत...
बागलुङको चिनारी बुट्टेनली सङ्कटमा

बागलुङको चिनारी बुट्टेनली सङ्कटमा

गलकोट, २९ पुस  बागलुङ भित्रने जो कोहीले बुट्टेनलीका बारेमा जिज्ञासा राखेकै हुन्छन् – यो के हो ? कसरी बनाइन्छ ? तर, यसको स्पष्ट जवाफ जिल्लाका अधिकाँशसँग छैन । संस्कृति र परम्परा जोडिएका यी बुट्टेनली हातले कुँदेर तयार पारिन्छ । बागलुङको पहिचानका रुपमा राष्ट्रिय/अन्तर्राष्ट्रिय रुपमा प्रख्यात रहे पनि पुस्तान्तरण नहुँदा यो कला लोप हुने अवस्थामा छ । बुट्टेनली बनाउने स्थानीय कलाकारहरु घट्दै जानु र कच...
लेन अनुशासन पालना नगर्ने चौध हजार चालक कारवाहीमा

लेन अनुशासन पालना नगर्ने चौध हजार चालक कारवाहीमा

काठमाडौँ, २९ पुस । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चालू आर्थिक वर्षमा लेन अनुशासन पालना नगर्ने १४ हजार २३१ सवारी साधनका चालकलाई कारवाही गरेको छ । महाशाखाको टोलीले सडकमा लेन अनुशासन पालना नगरी जथाभावी सवारी साधन चलाउने सवारी चालकलाई कारवाही गरेको हो । जसमा पुरुष १३ हजार ३३० र महिला ९०१ महिला चालक रहेका छन् । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले आफ्नो लेन छोडेर अर्काको लेनम...
दुर्घटनामा ३१ घाइते

दुर्घटनामा ३१ घाइते

धादिङ, २९ पुस । काठमाडौँबाट बर्दियातर्फ जाँदै गरेको यात्रुवहाक बस धादिङको बेनी घाटरोराङ गाउँपालिका–९ हुग्दीपुल नजिकै आज बिहान दुर्घटना हुँदा ३१ घाइते भएका छन् । अत्यधिक गतिमा गुडेको बा२ख ४६८३ नम्बरको बस मोडमा सडकमै पल्टिएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ । दुर्घटनामा ३१ जना घाइते भएका छन् । घाइतेको बजारवासी प्रहरीले उद्धार गरी राजमार्ग सामुदायिक अस्पताल मलेखु, गजुरी...
error: Content is protected !!