टोकियो, ६ माघ । विश्वकै सबैभन्दा जेठा व्यक्तिको आइतबार ११३ बर्षको उमेरमा निधन भएको छ ।

Advertisement

जापानका नागरिक मसाजो नोनाकाको आइतबार निधन भएको अधिकारीले जानकारी दिएका छन् ।

राइट दाजुभाईले पहिलो उडान गराएको दुई वर्षपछि सान् १९०५ मा उहाँको जन्म भएको थियो ।

गिनिज वर्ड रेकर्डका अनुसार गत बर्ष स्पेनका नागरिक फ्रान्सीस्को नुनेज ओलिभेराको निधन भएपछि उहाँ संसारकै सबैभन्दा जेठो व्यक्ति हुनुभएको थियो ।

“यस्ता अग्रज व्यक्तिको निधनले हामी निकै दुःखी भएका छौँ,” उहाँकी नातिनी युकोले भन्नुभयो ।

नोनाकाको छ जना दाजू भाई र एक जना बहिनी हुनुहुन्थ्यो । उहाँले १९३१ मा विवाह गर्नुभएको थियो भने पाँच जना सन्तान थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!