पार्टी एकीकरण घोषणा फागुनभित्रै गर्ने तयारी
काठमाडौं, ९ फागुन । नयाँ पत्रिका दैनिकले पार्टी एकता गर्न सोमबार सहमति गरेका एमाले–माओवादी फागुनभित्रै पार्टी एकीकरणको घोषणा गर्ने तयारीका साथ अघि बढेको समाचार छापेको छ ।
समाचार अनुसार एकीकरणको प्रारम्भिक आधारपत्रमा सोमबार हस्ताक्षरपछि अन्तिम तयारी गर्न गठन गरिएका दुई कार्यदलले काम थालेका छन् । गठन गरिएका दुईमध्ये राजनीतिक कार्यदलले राजनीतिक विषय टुंग्याउने छ भने विधान र संगठनात्मक कार्यदलले वि...






























