राष्ट्रपतिको कदमविरुद्ध कांग्रेसका ६ भ्रातृसंस्थाले चर्काए आन्दोलन
काठमाडौं, १० फागुन । कांग्रेसका भातृसंस्थाहरूले कांग्रेस नेतृत्वको निवर्तमान सरकारले राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेका व्यक्तिलाई राष्ट्रपतिले मनोनयन नगर्नु संविधानको मर्म र भावनाविपरीत भएको आरोप लगाएका छन् । उनीहरूले बुधबार काठमाडौंमा पत्रकारसम्मेलन गरी राष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो कदमविरुद्ध संघर्षको चेतावनी दिएका छन् । संविधानविपरीत सरकारपिच्छे फरक–फरक व्यवहार गर्दै राष्ट्रपति भण...





























