परमाणु परिक्षणको तीन महिनापछि पनि किन जाँदैछ उत्तर कोरियामा भूकम्पको धक्का ?

परमाणु परिक्षणको तीन महिनापछि पनि किन जाँदैछ उत्तर कोरियामा भूकम्पको धक्का ?

प्योङयाङ,२५ मंसिर ।  उत्तर कोरियाले गत सेप्टेम्बरमा परमाणु परिक्षण गर्दा कुटनीतिक क्षेत्रमा भूकम्प मात्र गएन, ६.३ म्याग्निच्युडको भूकम्पसमेत गएको थियो । त्यसयता लगतार रुपमा त्यस क्षेत्रमा पराकम्पहरु गइरहेका छन् । अमेरिकी जियोलोजिकल सर्भेका अनुसार शनिबार दुई थप पराकम्प गएका छन् । यसले त्यहाँ जमिनमूनि वास्तवमा के हुँदैछ भन्ने प्रश्न खडा गरेको छ । परमाणु परिक्षणमा के भएको थियो ? गत सेप्टेम्बर ३ ...
अमरेशकुमारका कार्यकर्ताले ढुंगामुढा थालेपछि सर्लाहीमा झडप

अमरेशकुमारका कार्यकर्ताले ढुंगामुढा थालेपछि सर्लाहीमा झडप

काठमाडौं, २५ मंसिर । सर्लाहीको मलंगवास्थित सर्लाही क्याम्पसमा नेपाली कांग्रेस र बाम गठबन्धका कार्यकर्ताबीच झड्प भएको छ । स्थिती नियन्त्रणमा लिनका लागि प्रहरीले ८ राउण्ड अश्रुग्याँस प्रहार गरेको बताईएको छ । सर्लाही–३ मा बाम गठबन्धनका उम्मेद्वार बिजयको नजिक पुगेपछि गठबन्धनका कार्यकर्ता बिजय जुलुस मनाउने तयारी गर्दै गर्दा कांग्रेस निकट युवाहरुले हुलदंगा गरेका थिए । कांग्रेस नेता अमरेशकुमार सिंह न...
कर्मचारी र शिक्षकलाई योगेशको सुझाव– ‘भ्रष्ट कर्मचारी र नपढाउने शिक्षक कृपया नबस्नुहोला’

कर्मचारी र शिक्षकलाई योगेशको सुझाव– ‘भ्रष्ट कर्मचारी र नपढाउने शिक्षक कृपया नबस्नुहोला’

ताप्लेजुङ, २५ मंसिर । प्रतिनिधिसभा सदस्यमा निर्वाचित एमाले सचिव योगेश भट्टराईले भ्रष्टाचार गर्ने मन भएका कर्मचारीलाई ताप्लेजुङमा नबस्न अनुरोध गरेका छन् । प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘देशभर कहीँ पनि भ्रष्टाचार नगर्नु होस्, आफूलाई सुधार्न सक्नुहुन्न भने कृपया ताप्लेजुङचाही बस्दै नबस्नु होला ।’ उनले प्रमुख जिल्ला अधिकारीलाई जिल्लाभरीका कर्मचारीको भेला ब...
प्रचण्डको गलामा बिक्रमको माला, दिए बधाई

प्रचण्डको गलामा बिक्रमको माला, दिए बधाई

चितवन, २५ मंसिर । चितवन–३ मा पराजित राप्रपा प्रजातान्त्रिक) का महामन्त्री बिक्रम पाण्डेले बिजेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बधाई दिएका छन्। प्रचण्डको विजयको औपचारिक घोषणा भएपछि सुरु भएको विजय जुलुशमा पुगेर पाण्डेले बधाई दिएका हुन्। पराजित पाण्डेले प्रचण्डलाई आफूले लगेको फूलको माला लगाइदिएका थिए।
लेगुवामा लक्ष्मी बैंकको सेवा

लेगुवामा लक्ष्मी बैंकको सेवा

धनकुटा, २५ मंसिर । धनकुटाको महालक्ष्मी नगरपालिका–५ लेगुवाको राम बजारमा लक्ष्मी बैंकले सेवा सुरु गरेको छ । स्थानीय नागेश्वरी मनि ट्रान्सफरसँगको सहकार्यमा शाखारहित बैंकिङ सेवा सुरु गरिएको हो । महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपाल र लक्ष्मी बैंक हिले शाखाका प्रमुख ज्वतीहाङ राईले संयुक्त रुपमा सेवाको उद्घाटन गरेका छन् । यो सेवा सुरु भएपछि अव लेगुवा बजारबाट बचत, ऋण लगानीसहित बैंकले प्रदान गर्...
प्रचण्डको जितसँगै चितवनमा वाम गठबन्धनको क्लिन स्वीप

प्रचण्डको जितसँगै चितवनमा वाम गठबन्धनको क्लिन स्वीप

चितवन, २५ मंसिर । २०७० सालको निर्वाचनमा कांग्रेसको सवैभन्दा सुरक्षित क्षेत्र खोज्दै चितवन आएका थिए, तत्कालीन कांग्रेस सभापति शुशील कोइराला । साविक चितवनको ४ नम्वर निर्वाचन क्षेत्र कांग्रेसको बलियो क्षेत्र थियो । जहाँबाट कोइराला उम्मेदवार भएर विजयी भए । सोही क्षेत्रसमेत समेटिएको हालको चितवन निर्वाचन क्षेत्र नः ३ मा उठन आइपुगे माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड । प्रचण्डलाई पार्टी संगठन बलियो नभ...
सुनसरी ३ को मतगणना स्थगित, गच्छदारले सेटिङ मिलाएको चौधरीको आरोप

सुनसरी ३ को मतगणना स्थगित, गच्छदारले सेटिङ मिलाएको चौधरीको आरोप

धरान, २५ मंसिर । वामपन्थी गठबन्धनले निर्वाचन अधिकृतमाथि प्रश्न उठाएपछि सुनसरी क्षेत्र नम्बर ३ को मतगणना स्थगित भएको छ । यो क्षेत्रमा कांग्रेसका विजयकुमार गच्छदार र एमालेकी भगवती चौधरीबीच तीव्र प्रतिस्पर्धा छ । ६४ हजार २३१ मत गणना हुँदा चौधरी केही समय मतले अगाडि छिन् । उनले २९ हजार ३२६ मत पाएकी छन् भने गच्छदारको मत २९ हजार १७१ छ । तर, पूर्व उपप्रधानमन्त्री समेत रहेका गच्छदारले सेटिङ मिलाएर आफूल...
बाबुरामका मामा भन्छन्ः भाञ्जाको जीत हर्ष न बिस्मात!

बाबुरामका मामा भन्छन्ः भाञ्जाको जीत हर्ष न बिस्मात!

गोरखा, २५ मंसिर । ‘आज त खुब भाञ्जा (बाबुराम) लाई बोकेर हिँडिएको छ होइन?’ डा. बाबुराम भट्टराईका मामा गोरखा छोप्राकका पुराना कांग्रेस नेता चन्द्रप्रसाद न्यौपानेलाई साथीले सोधेपछि उनको जवाफ थियो, ‘व्रतबन्ध गरियो अब काशी लैजान लागेको।’ काशी पठनपाठनका लागि लैजाने प्रचलन नेपालीहरुमा केही वर्षअघिसम्म जीवित थियो। रुखबाहेक अरु चिन्हमा भोट नदिने सार्वजानिक घोषणा गरेका चन्द्रप्रसादले मंसिर १० गते रुखमा मा...
प्रतिपक्षलाई सम्मान गर्छौं, मिलेर देश बनाउँछौंः ओली

प्रतिपक्षलाई सम्मान गर्छौं, मिलेर देश बनाउँछौंः ओली

झापा, २५ मंसिर । नयाँ निर्वाचनबाट सबैभन्दा ठूलो दल बनेर सरकारको नेतृत्व गर्ने तयारीमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिपक्षको विश्वास जितेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । झापा क्षेत्र नम्बर ५ बाट निर्वाचित भएको प्रमाणपत्र बुझ्न र बिजय र्‍यालीलाई सम्बोधन गर्न झापा पुगेका ओलीले कांग्रेसको नाम नलिई प्रतिपक्षसँग सम्मानपूर्ण व्यवहार हुने बताए । ‘हामीले स्वभाविक बिजय हासिल गरेका छ...
सर्वध्वज साँवा भन्छन्ः कुनै हालतमा इटहरी प्रादेशिक राजधानी हो

सर्वध्वज साँवा भन्छन्ः कुनै हालतमा इटहरी प्रादेशिक राजधानी हो

सुनसरी, २५ मंसिर । प्रदेश नम्बर एकको मुख्य मन्त्रीको रुपमा हेरिएको एमाले सचिव तथा सुनसरी क्षेत्रनम्वर १ ख का निर्वाचित प्रदेश सभा सदस्य भिम आचार्यले आफु अहिले नै प्रदेशको राजधानीको विषयमा नबाेल्ने बताएका छन् । प्रदेशको राजधानीको विषयमा तिब्र बहष भईरहदा पनि  सम्भाबित मुख्यमन्त्री आर्चायले भने प्रदेशसभाको बैठक पछि मात्र आफुले धारणा राख्ने बताए । आचार्यलाई सुनसरी राजधानी तोक्नु हुन्छ ? भन्न...
राजपाका लक्ष्मणलाल कर्ण पर्सा ४ बाट निर्वाचित

राजपाका लक्ष्मणलाल कर्ण पर्सा ४ बाट निर्वाचित

वीरगञ्ज, २५ मंसिर । दुवै संविधानसभाको चुनावमा समानुपातिकबाट सभासद बनेका राजपाका नेता लक्ष्मणलाल कर्ण पर्सा ४ बाट प्रतिनिधिसभामा निर्वाचित भएका छन्। उनले कांग्रेसका रमेश रिजाललाई पराजित गर्दै जीत हात पारेका हुन्। कर्णले २०७३८ मत प्राप्त गरे। रिजालले १४७०२ मत ल्याए भने माओवादीकी उर्मिला अर्यालले ९६१७ मत ल्याइन्। कर्ण पर्साबाट २०४८ र २०५६ को निर्वाचनमा पराजित भएका थिए।
कांग्रेस नेता प्रदीप गिरी विजयी

कांग्रेस नेता प्रदीप गिरी विजयी

सिरहा, २५ मंसिर । कांग्रेस नेता तथा  सिरहा प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेदवार प्रदीप गिरी विजयी भएका छन् ।  वाम गठबन्धनका एमाले उम्मेदवार गंगा प्रसाद यादवलाई पराजित गर्दै गिरी विजयी भएका हुन् । गिरीले २३९५१ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी  यादवले २१३७१ मत ल्याए ।
विजयी र्यालीबाट फर्कदा दुर्घटनामा परी मृत्यु

विजयी र्यालीबाट फर्कदा दुर्घटनामा परी मृत्यु

 नुवाकोट, २५ मंसिर । नुवाकोटमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–४ पाटीभञ्ज्याङका मनोज श्रेष्ठको मृत्यु भएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यमा वाम गठबन्धनका उम्मेदवार निर्वाचित भएपछि विदुरमा निकालिएको विजयी ¥यालीमा सहभागी भएर फर्कदै गरेको समयमा शिवपुरी गाउँपालिका–३ काउलेमा बिहान २ बजे मोटरसाकइल दुर्घटनामा परी १९ वर्षीय श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ...
नारायण जोशीको उत्कृष्ट बलिङमा नेपालको सहज जित

नारायण जोशीको उत्कृष्ट बलिङमा नेपालको सहज जित

एसीसी यू–१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता अन्तर्गतको सोमबार भएको पहिलो खेलमा नेपालले आयोजक थाइल्याण्डलाई १३३ रनले पराजित गरेको छ। १८० रनको लक्ष्य पछ्याएको थाइल्याण्ड नेपाली बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि १९.३ ओभरमा सवै विकेट गुमाएर ४६ रनमा समेटियो। थाइल्याण्डका दशौ नम्बरका ब्याट्सम्यान कोकिएड चाट्योङले सर्बाधिक ११ रन बनाए। त्यसबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्। नेपा...
म्यानमारका सेना प्रमुख नेपालमा

म्यानमारका सेना प्रमुख नेपालमा

काठमाडौँ, २५ मंसिर । म्यानमारका प्रधाानसेनापति मिन अङ हलइङ चारदिने औपचारिक भ्रमणका क्रममा काठमाडौं आइपुगेका छन्। नेपाली समकक्षी राजेन्द्र क्षत्रीको निमन्त्रणमा आएका उनलाई सेनाले सलामीसहित उच्च सम्मान दिएको छ। म्यानमार अहिले उत्तरी राखिन राज्यमा रहेका रोहिंगा जातिका नागरिक मुलुक छाडेर हिँड्न बाध्य पारिएका कारण विश्वभर आलोचित छ। परराष्ट्र मन्त्रालय उच्चस्रोतका अनुसार मिन लुम्बिनी दर्शन र माउन्टे...
वाम गठबन्धनका शीर्ष नेता हार्नुको कारण खोजिन्छः प्रचण्ड

वाम गठबन्धनका शीर्ष नेता हार्नुको कारण खोजिन्छः प्रचण्ड

भरतपुर, २५ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वाम गठबन्धनका शीर्ष नेताहरु हार्नुको कारण खोजिने बताएका छन्। विजय हुनु अगाडि सोमबार बिहान पत्रकारहरुसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले जनताले वाम गठबन्धनलाई चुनौतिसहितको अभिभारा दिएको बताएका छन्। देशैभर वामपन्थी गठबन्धनको लहर चलिरहँदा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र एमालेका उपाध...
राजेन्द्र लिङदेन भन्छन्- कमल थापाले राजीनामा दिनुपर्दैन, म एमालेमा जाने हावा कुरा हो

राजेन्द्र लिङदेन भन्छन्- कमल थापाले राजीनामा दिनुपर्दैन, म एमालेमा जाने हावा कुरा हो

काठमाडौं, २५ मंसिर । झापा क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद एवं राप्रपाका महामन्त्री राजेन्द्र लिङदेनले आफूलाई एमालेमा प्रवेश गर्ने हल्ला चलाएर अपमानित गर्न खोजिएको गुनासो गरेका छन् । वामपन्थीसँग तालमेल गरेर निर्वाचन जितेलगत्तै सामाजिक सञ्जालमा अब लिङदेन एमालेमा प्रवेश गर्ने चर्चा व्यापक बनेको छ । यस्तो चर्चा चलेको सुनेपछि हामीले लिङदेनलाई सोध्यौं के तपाई अब एमालेमा प्रवेश गर्नुहुन्छ ? जव...
ओलीको गृह जिल्लामा वाम गठबन्धनको ‘क्लिन स्विप’

ओलीको गृह जिल्लामा वाम गठबन्धनको ‘क्लिन स्विप’

झापा, २५ मंसिर । प्रतिनिधिसभा सदस्यतर्फ झापाका पाँचवटै र प्रदेशसभा सदस्यतर्फ दशवटै क्षेत्रमा वाम गठबन्धनले जीत हासिल गरेको छ। पाँचवटै क्षेत्रको अन्तिम मत परिणामअनुसार नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राप्रपा गठबन्धन विजयी बनेका हुन्। झापा क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यमा राम कार्की विजयी भएका हुन्। नेकपा (माओवादी कोन्द्र)का स्थायी कमिटी सदस्य कार्कीले ३६ हजार १७३ मत प्राप्त गर्दै विज...
जन्मदिनको अघिल्लो दिन प्रचण्ड ९ हजार मतान्तरले विजयी

जन्मदिनको अघिल्लो दिन प्रचण्ड ९ हजार मतान्तरले विजयी

चितवन, २५ मंसिर । आफ्नो ६४ औं जन्मदिनको अघिल्लो दिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन–३ बाट विजयी भएका छन्। २६ मंसीर २०११ मा कास्कीको ढिकुरपोखरी लेवाडेमा जन्मेका प्रचण्डलाई यसपटकको जीत जन्मदिनको उपहार जस्तै भएको छ। भर्खर सम्पन्न मत गणना परिणाम अनुसार ४८ हजार २ सय ६९ मतका साथ प्रचण्ड विजयी भएका हुन्। प्रचण्डका प्रतिद्वन्द्वी राप्रपा (प्रजातान्त्रिक) का बिक्रम पाण्डेले ३८...
अव यसरी चुनिनेछन् नयाँ प्रधानमन्त्री

अव यसरी चुनिनेछन् नयाँ प्रधानमन्त्री

काठमाडौं, २५ मंसिर । निर्वाचन आयोगले आगामी पुष १० भित्र प्रतिनिधिसभा र प्रदेशसभातर्फको निर्वाचन परिणाम सार्वजनिक गर्नेगरी आफ्नो काम तिव्र बनाएको छ । प्रत्यक्षतर्फको नतिजासँगै समानुपातिकतर्फको मतगणना पनि जारी राखेकाले पुष १० भित्र दुवैतर्फको गणना सकेर राजपत्रमा प्रकाशित गर्ने आयोगको तयारी छ । आयोगका प्रवक्ता नवराज ढकालका अनुसार प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन २०७४ अनुसार समानुपातिक नियमावलीको ध...
एमालेका २ नम्बर प्रदेश संयोजक सत्यनारायण मण्डल प्रदेशसभामा बिजयी

एमालेका २ नम्बर प्रदेश संयोजक सत्यनारायण मण्डल प्रदेशसभामा बिजयी

राजविराज, २५ मंसिर । दुई नम्बर प्रदेशमा एमालेले निराशाजनक नजिता ल्याइरहँदा सो प्रदेशका संयोजक तथा स्थायी कमिटी सदस्य सत्यनारायण मण्डल भने प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । मण्डललाई कुनै बेला सप्तरीमा मधेशवादी दलले प्रवेश निषेध समेत गरेका थिए । मण्डल सप्तरी क्षेत्र नम्बर १ को प्रदेशसभा क बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । सोमवार विहान निर्वाचन परिणाम सार्वजनिक हुँदा मण्डलले ११ हजार...
चलचित्र विकास बोर्डको अध्यक्षमा निकिता पौडेल नियुक्त

चलचित्र विकास बोर्डको अध्यक्षमा निकिता पौडेल नियुक्त

एनएफडीसीकी प्रमुख निकिता पौडेललाई नेपाल सरकारले चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्ती गर्ने निर्णय गरेको छ । मन्त्रीपरिषद्को आज बसेको वैठकले निकितालाई बोर्ड अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । जेठ महिनाबाट राजकुमार राइको २ बर्षे कार्यकाल सकिएपछि बोर्डमा अध्यक्ष पद रिक्त रहेको थियो । केही समयदेखि बोर्ड अध्यक्ष पदका लागि निकिताको नाम चर्चामा थियो । नयाँ सरकार बन्ने तयारीमा रहेको स...
कैलाली ५ मा पराजित बनेपछि के भनिन् आरजु राणाले ?

कैलाली ५ मा पराजित बनेपछि के भनिन् आरजु राणाले ?

कैलाली, २५ मंसिर । कैलाली प्रतिनिधिसभा क्षेत्र नम्बर ५ की कांग्रेस उम्मेदवार आरजु राणाले  विजयी हासिल गर्ने नारदमुनि रानालाई बधाई दिएकी छिन् ।  सोमबार धनगढीस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै राणाले आफू पराजित भएपनि यो क्षेत्रको विकासका लागि निरन्तर क्रियाशिल भइरहने प्रतिबद्धता जनाइन् । ‘चुनाव भनेको एउटा लोकतान्त्रिक प्रक्रिया हो । हारजित भइरहन्छ’, उनले भनिन्, ‘ हारेपनि निरन्तर यो क्षेत्...
सुनसरी क्षेत्र नं ३मा पुनः भगवती चाैधरीकै अग्रता, मतगणना स्थगित

सुनसरी क्षेत्र नं ३मा पुनः भगवती चाैधरीकै अग्रता, मतगणना स्थगित

इटहरी, २५ मंसिर । निर्वाचन अधिकृतकाे कार्यालय सुनसरीले पछिल्लाे समय सार्वजनिक गरेकाे मत परिणाम अनुसार प्रतिनिधि सभा तर्फ सुनसरी क्षेत्र नं ३मा सुनसरी क्षेत्र नं ३मा सुनसरी क्षेत्र नं ३मा पुनः भगवती चाैधरीकै अग्रता रहेकाे छ । बाम गठबन्धनकी उम्मेद्वार भगवती चाैधरीकाे २९३२६ मत रहेकाे छ भने कांग्रेका उम्मेद्वार तथा उपप्रधानमन्त्री बिजया गच्छदारकाे  २९१७१ मत रहेकाे छ । मत पत्रमा २० रूपैयाकाे नाेट र...
तेह्रथुममा कांग्रेस अाउट : बाम गठबन्धनद्वारा क्लिन स्विप

तेह्रथुममा कांग्रेस अाउट : बाम गठबन्धनद्वारा क्लिन स्विप

तेह्रथुम, २५ मंसिर । प्रदेस नं १ अन्तरगत तेह्रथुमका सबै निर्वाचन क्षेत्रहरूमा बाम गठबन्धनले बिजयी हासिल गर्दै कांग्रेसका उम्मेद्वारहरूलार्इ फराकिलाे मतान्तरले हराएका छन । याे बिजयी संगै तेह्रथुममा पनि कांग्रेसकाे उपस्थिती शुन्य देखिएकाे छ । देशभर बाम गठबन्धनकाे अग्रता कायम रहेकाे बेला तेह्रथुममा भने क्लिन स्विप गरेकाे छ ।  जिल्लाबाट प्रतिनिधि र प्रदेश सभा दुवैतर्फ बाम गठबन्धनका लागि नेकपा एमाले...
बिमानभित्रै दंगल गर्ललाई सुम्सुम्याउने युवक पक्राउ

बिमानभित्रै दंगल गर्ललाई सुम्सुम्याउने युवक पक्राउ

मुम्बई, २५ मंसिर । यस वर्षको ब्लकबस्टर फिल्म दंगलकी अभिनेत्री जायरा वसीमलाई विस्तारा एयरलाइन्सको बिमानभित्र दुब्र्यबहार गर्ने ब्यक्ति पक्राउ परेका छन् । ३९ वर्षीय विकास सचदेवले जायरालाई दिल्लीबाट मुम्बई जाने क्रममा दुब्यबहार गरेका थिए । जायराले आफुमाथि दुव्यवहार भएको भन्दै एउटा भिडियो सार्वजनिक गरेकी थिइन् । प्रहरीका डेपुटी कमिश्नर अनिल कुम्भारेले विकासलाई सोमवार अदालतमा पेश गरिने जानकारी दिए ।...
प्यूठान यसरी बन्यो बाम गठबन्धनको किल्ला

प्यूठान यसरी बन्यो बाम गठबन्धनको किल्ला

प्युठान, २५ मंसिर । मंसिर २१ मा सम्पन्न दोस्रो चरणको निर्वाचन बाट प्यूठान जिल्ला बाम किल्ला बनेको छ । एक प्रतिनिधि र दुई प्रदेश सभा रहेको प्युठानमा भारी मतले बाम उम्मेदवारहरु विजयी भएसंगै  बाम गठबन्धनले कब्जा गरेको हो ।  प्रतिनिधिसभा बाम गठबन्धन (राष्ट्रिय जनमोर्चा) बाट उम्मेदवार बनेकी नेतृ दुर्गा पौडेलले १६ हजार २ सय २६ मतको फराकिलो मतान्तर सहित विजयको झण्डा फहराउन सफल भएकी छन् । उनका निकटम प...
समानुपातिकमा अहिलेसम्म कसले कति मत पाए ?

समानुपातिकमा अहिलेसम्म कसले कति मत पाए ?

काठमाडौं, २५ मंसिर । २०७४ मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना कार्य जारी रहेको छ । आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट प्राप्त पछिल्लो विवरण अनुसार, पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ प्रतिनिधिसभा सदस्यमा १६५ निर्वाचन क्षेत्रमध्ये १३४ जना र प्रदेशसभा सदस्यतर्फ ३३० निर्वाचन क्षेत्रमध्ये २८५ जना प्रतिनिधि निर्वाचित भएका छन् ।  प्रति...
गठबन्धनको जितपछि पार्टी एकतावारे ओलीपछि प्रचण्ड पनि बोले

गठबन्धनको जितपछि पार्टी एकतावारे ओलीपछि प्रचण्ड पनि बोले

काठमाडौं, २५ मंसिर । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकार गठन अगाडि नै पार्टी एकताका लागि पहल हुने बताएका छन् । उनले आज एक टीवी च्यानललाई दिएको अन्तर्वार्ताका केही प्राविधिक कारणले सरकार गठन अगाडि एकता नभएपनि धेरै ढिला नहुँने बताएका छन् । प्रचण्डले भनेका छन् म आज वा भोलि काठमाडौं जान्छु । त्यसपछि पार्टी एकता संयोजनक समितिको वैठक बस्छ । चुनावको नतिजापछि बस्छौँ । संयोजन समितिको...
सुनसरीबाट आयो ताजा मतपरिणाम, विजय गच्छदार फेरि अगाडि

सुनसरीबाट आयो ताजा मतपरिणाम, विजय गच्छदार फेरि अगाडि

सुनसरी, २५ मंसिर । सुनसरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ को मतगणनाको पछिल्लो अपडेटमा नेपाली कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदारले एमालेकी उम्मेदवार भगवती चौधरीसँगलाई पछि पारेका छन्। पछिल्लो अपडेटअनुसार गच्छदारले चौधरीलाई ३२ मतले पछि पारेका छन्। गच्छदारले २७ हजार ७४४ मत प्राप्त गरेका छन् । एमालेकी चौधरीले २७ हजार ७१२ मत प्राप्त गरेकी छिन् । गच्छदारले आफ्नो मतान्तर व्यापक रुपमा कम गर्दै...
प्रदेश नम्बर २ मा राजपा र फोरमको वर्चश्व, बाम गठबन्धन तीन जिल्लामा ‘शुन्य’

प्रदेश नम्बर २ मा राजपा र फोरमको वर्चश्व, बाम गठबन्धन तीन जिल्लामा ‘शुन्य’

काठमाडौँ, २५ मंसिर । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत ३२ वटा क्षेत्र रहेको प्रदेश नम्बर दुईमा मधेसवादी दलहरुले वर्चश्व कायम राखेका छन् । देशभर सशक्त प्रदर्शन गरेको बाम गठबन्धन प्रदेश नम्बर दुईमा भने कमजोर देखिएको छ । हालसम्म गठबन्धनले ३ वटा सिटमा मात्र जित हासिल गर्न सकेको छ । यता, राष्ट्रिय जनता पार्टी नेपालले ७ तथा संघीय समाजवादी फोरमले ६ वटा सिटमा जीत हासिल गरेको छ । दुई पार्टी क्रमशः ३ तीन...
error: Content is protected !!