यस्ताे छ अाजकाे सुनचाँदी मुल्य

यस्ताे छ अाजकाे सुनचाँदी मुल्य

काठमाडौं, २८ मंसिर । अाज बिहिबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला चार सय रुपैयाँले बढेको छ भने चाँदी पाँच रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महसांघका अनुसार सुन आज ५४ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन ५४ हजार एक सय रुपैयाँ थियो । त्यस्तै आज चाँदी ७२० प्रतितोला कारोबार भइरहेको छ ।
नेपाली सेनालाई संयुक्त राष्ट्रसंघीय पदक

नेपाली सेनालाई संयुक्त राष्ट्रसंघीय पदक

काठमाडौँ, २८ मंसिर । दक्षिणी सुडानको रोम्बेकमा खटिएको नेपालको शान्ति सेनालाई उत्कृष्ट कार्य गरेबापत संयुक्त राष्ट्रसंघीय पदक प्राप्त भएको छ । रोम्बेकमा हालै आयोजित एक समारोहमा दक्षिण सुडानका राष्ट्रसंघीय फोर्स कमाण्डर लेफ्टिनेन्ट जनरल फ्र्याङ्क मुसायो कामानाजीले नेपाली सेनालाई उक्त पदक हस्तान्तरण गरेकाे ललितपुरस्थित संयुक्त राष्ट्रसंघको कार्यालयले आज जनाएको छ । सन् १९५८ देखि नेपालले संयुक्त रा...
मधेशी जनताको अधिकारका लागि संघर्ष जारी : अध्यक्ष यादव

मधेशी जनताको अधिकारका लागि संघर्ष जारी : अध्यक्ष यादव

राजविराज, २८ मंसिर । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशी जनताले अधिकार नपाएसम्म अधिकार प्राप्तिका लागि संघर्ष जारी रहने बताएका छन् । राजविराजस्थित साह धर्मशालामा बुधबार साँझ तेलि कल्याणकारी समाजद्वारा आयोजित नवनिर्वाचित प्रतिनिधि र प्रदेशससभा सदस्यको सम्मान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । सप्तरी क्षेत्र नम्वर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचितसमेत  भएका उनले...
विराटनगर जेसिजको अध्यक्षमा थपलिया

विराटनगर जेसिजको अध्यक्षमा थपलिया

विराटनगर, २८ मंसिर । विराटनगर जेसिजको सम्पन्न अधिवेशनले राजेन्द्र थपलियाको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको छ । ‘एक वर्ष एक पद, एक व्यक्ति’को धारणा रहेको युवाको साझा संगठन जेसिजमा सन् २०१८ का लागि नयाँ कार्य समिति चयन गरिएको हो । ४३ वर्ष अघि स्थापना भएको जेसिजले थपलियालाई निर्विरोध चयन गरेको हो । नयाँ समितिमा वरिष्ठ कार्यकारिणी उपाध्यक्ष सेवक बजगाईं, तालिम निर्देशक प्रदिप दाहाल, कार्यका...
अन्तर कलेज केस एनालाइसिस प्रतियोगितामा एपेक्स कलेज प्रथम

अन्तर कलेज केस एनालाइसिस प्रतियोगितामा एपेक्स कलेज प्रथम

काठमाडौँ, २८ मंसिर । काठमाडौँ युनिभसिर्टी स्कूल अफ म्यानेजमेन्ट (कुसोम) ले आयोजना गरेको केस एनलाइसीस प्रतियोगितामा एपेक्स कलेज विजेता बनेको छ । कुसोमको वार्षिक उत्सवको अवसरमा आयोजना गरिएको कार्यक्रममा कुसोम दोस्रो तथा युनिग्लोब कलेज क्रमशः दोस्रो र तेस्रो बनेको थियो । ‘अटो लोनको बिक्री’ विषयमा गरिएको समिक्षा प्रतियोगितामा ८ कजेजका ९ टोली सहभागी थिए । यसमा विजेता एपेक्स कलेज र आयोजक कुसोमसहित ...
म्यादी प्रहरीको भीरबाट लडेर मृत्यु

म्यादी प्रहरीको भीरबाट लडेर मृत्यु

दार्चुला, २८ मंसिर । भीरबाट लडेर दार्चुलामा एकजना म्यादी प्रहरीको मृत्यु भएको छ । नौगाढ गाउँपालिका–२ का १९ वर्षीय रवीन्द्र ठगुन्नाको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय दार्चुलाले दल्लेख प्रहरी चौकीका प्रहरी हवल्दारको नेतृत्वमा बुधबार गस्ती गएका ठगुन्नाको भीरबाट लडेर मृत्यु भएको जनाएको छ । ठगुन्नाको शव पोष्ट मार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ ।
आज राति आकाशमा मिथुन उल्का वर्षा हुने

आज राति आकाशमा मिथुन उल्का वर्षा हुने

धनकुटा, २८ मंसिर । आज राति आकाशमा तपाईले अनौठो दृश्य नियाल्न सक्नु हुने छ । आकाशमा खुला आँखाले नियाल्न सकिने उक्त दृश्य मिथुन उल्का वर्षा हो । प्रतिघन्टा १२० वटासम्म उल्का नियाल्न सकिने छ । विगत दश दिनदेखि नै सक्रिय रहेको उल्का वर्षा आज विहिवार राति भने अत्यधिक सक्रिय हुने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । उल्का वर्षा हेर्न चाहनु हुन्छ भने तपाईले प्रकाश प्रदुषण कम भएको स्थानबाट सहजै अवल...
मोटरसाइकलको ठक्करबाट घाइते साहको मृत्यु

मोटरसाइकलको ठक्करबाट घाइते साहको मृत्यु

लहान, २८ मंसिर । पूर्वपश्चिम लोकमार्गअन्तर्गत सिरहाको मिर्चैयास्थित सडकमा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका साइकलयात्रीको बुधबार उपचारको क्रममा मृत्यु भएको छ । मिर्चैया नगरपालिका–१ स्थित राजमार्गमा मंगलबार साँझ पश्चिमबाट पूर्व आउँदै गरेको स ८ प ८३३१ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका सिरहाको कल्याणपुर नगरपालिका–१० निवासी ५० वर्षीय चन्देश्वर साहको उपचारको क्रममा मृत्यु भएको हो ।...
म्याग्दीमा अभिभावक शिक्षा प्रभावकारीः अभिभावक नै शिक्षक

म्याग्दीमा अभिभावक शिक्षा प्रभावकारीः अभिभावक नै शिक्षक

बेनी, म्याग्दी, २८ मंसिर । आफ्ना बालबालिकालाई प्रारम्भिक सिकाइ तथा पढाइप्रति आकर्षित गराउने र उनीहरुलाई सहजरुपले पढ्ने वातावरण मिलाउन सघाउ पु¥याउने उद्देश्यले म्याग्दीमा सञ्चालित अभिभावक शिक्षा प्रभावकारी बन्दै गएको छ । प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा जिल्ला शिक्षा कार्यालय म्याग्दीसँगको समन्वयमा नेपाल गाजा डेभलपमेन्ट फाउण्डेशनद्वारा जिल्लामा प्रारम्भिक सिकाइ तथा पढाइ परियोजनाअन्तर्गत...
राष्ट्रियसभा गठनकोे निर्वाचन प्रणालीमा किन ढिलाई ? के हो राष्ट्रियसभा ?

राष्ट्रियसभा गठनकोे निर्वाचन प्रणालीमा किन ढिलाई ? के हो राष्ट्रियसभा ?

काठमाडौँ, २८ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भई नयाँ जनादेश आइसक्दा पनि राष्ट्रियसभा गठन गर्न दलहरुबीच सहमति हुन नसक्दा कानून निर्माण गर्ने प्रक्रियामा ढिलाइ भइरहेको छ । दलहरुबीच राष्ट्रियसभा गठन गर्नका लागि निर्वाचन प्रणालीमा बहुमतीय वा एकल संक्रमणीय प्रणालीमा गर्ने भन्ने विवादका कारण कानून बनाउने प्रक्रिया समेत ढिलाइ हुँदै गइरहेको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्र का ...
डिजे नआउँदा क्लब डेजाभुमा तोडफोड

डिजे नआउँदा क्लब डेजाभुमा तोडफोड

काठमाडौँ, २८ मंसिर । नेपालको चर्चित क्लब डेजाभुमा बुधबार राती तोडफोड भएको छ । क्लबमा अमेरिकन डिजे मार्समेल्लोले कार्यक्रम तय थियो । तर, अन्तिम समयमा डिजेले स्वास्थ्यको कारण देखाउँदै कार्यक्रममा उपस्थित नभएपछि त्यहाँ उपस्थित दर्शकहरुले क्लबमा तोडफोड गरेका हुन् । महानगरीय प्रहरी परिसर दरबारमार्गका डिएसपी तिलक भारतीका अनुसार तोडफोडपछि क्लबमा सामान्य क्षति भएको छ । प्रहरीले समयमानै स्थिति नियन्त्र...
झापामा चालीस बालबालिकालाई राहत वितरण

झापामा चालीस बालबालिकालाई राहत वितरण

भद्रपुर, २८ मंसिर । ग्रामीण तथा शहरी विकास नेपालले बुधबार झापाको कचनकवल, बाह्रदशी र हल्दिवारीका ४० जना बालबालिकालाई जनही रु पाँच हजारका दरले राहत वितरण गरेको छ । युनिसेफको सहयोगमा महिला तथा बालबालिका कार्यालय, झापाको प्राविधिक सहयोगमा सो संस्थाले तीनवटै गाउँपालिका कार्यालयमा गई राहत वितरण गरेको हो । बाढी प्रभावित तथा विस्थापित बालबालिका र परिवारलाई हिंसा र शोषणबाट बचाउने प्रभाव न्यूनीकरण परियो...
बैंकमा किन थुप्रिदै छ पैसा ?

बैंकमा किन थुप्रिदै छ पैसा ?

काठमाडौं, २८ मंसिर । लगानी गर्न नसक्दा बैंक तथा वित्तीय क्षेत्रमा पैसा थुप्रिन थालेको खबर आजको अन्नपूर्ण पोस्टमा छ ।  चालू आवको पहिलो महिनासम्म लगानीयोग्य पैसाको अभाव भएको बैंकिङ क्षेत्रमा पछिल्लो चार महिनामा ३४ अर्ब रुपैयाँ लगानीयोग्य रकम रहेको राष्ट्र बैंकले जानकारी दिएको छ। गत वर्ष यसै समयमा बैंकमा लगानीयोग्य पुँजीको चरम अभाव थियो। बैंक तथा वित्तीय संस्थामा हाल ३४ अर्ब तरलता देखिएको नेपाल र...
इलाममा आगलागीमा परी महिलाको मृत्यु

इलाममा आगलागीमा परी महिलाको मृत्यु

इलाम, २८ मंसिर। इलाम नगरपालिका-५ मा आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ । घरमा बालेको टुकीबाट आगलागी हुँदा घर धनी ४० वर्षीया पवित्रा नेपालीको मृत्यु भएको हो । जलेर घाइते भएकी नेपालीलाई उपचारका लागि विपी मेमोरियल अस्पताल धरान लैजादै गर्दा झापामा मृत्यु भएको प्रहरीले जनाएको छ । घर जलेर पूरै नष्ट भएको छ ।
डाँडाबजारको भानु माविलाई बिश्रामालय

डाँडाबजारको भानु माविलाई बिश्रामालय

धनकुटा, २७ मंसिर । साँगुरीगढी गाउँपालिका–५ डाँडाबजारको भानु माध्यमिक बिद्यालयलाई एक दाताले विश्रामालय हस्तान्तरण गरेका छन् । स्थानीय वुद्धिनाथ कटुवालले आफ्ना स्वर्गिय पिता रत्नबहादुरको नाममा विश्रामालय निमार्ण गरि बिद्यालयलाई हस्तान्तरण गरेका हुन् । १ लाख ७५ हजारको लागतमा निर्माण गरिएको बिश्रामालय बिद्यालयको ६४ औ बर्षिकोत्सवको अवसर पारेर हस्तान्तरण गरिएको स्थानीय धुव्र गाउलेले जानकारी दिएका छन् ।...
धनकुटाको बोधेमा ट्रक पल्टियो

धनकुटाको बोधेमा ट्रक पल्टियो

धनकुटा, २७ मंसिर । धनकुटाको चौविसे गाउँपालिका–५ बोधेमा बुधबार साँझ ट्रक पल्टिदा चालक घाईते भएका छन् । बोधेबाट बास लिएर काठमाण्डौ जाँदै गरेको ना.७ ख १६६ नम्बरको ट्रक सडक भासिएर पल्टिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । दुर्घटनामा परी ट्रक चालक दोलखाका २६ बर्षीय कृष्ण बहादुर तामाङ घाईते भएका छन् । ट्रक पल्टिएर सडकबाट करिव २५ तल पुगेको प्रहरीले जनाएको छ ।
धनकुटामा पक्राउ परेका नेकपाका १४ जना धरौटिमा छुटे

धनकुटामा पक्राउ परेका नेकपाका १४ जना धरौटिमा छुटे

धनकुटा, २७ मंसिर । निर्वाचनलाई प्रभावित पार्न सक्ने भन्दै प्रहरीले नियन्त्रणमा लिएका नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका १४ जना धरौटीमा छुटेका छन । नेकपाका जिल्ला अध्यक्ष आकाश शर्मा भनिने माधव गौतमसहित १४ जनालाई धरौटिमा छोडिएको जिल्ला प्रहरी प्रमुख सुदिप राजभण्डारीले संगालोखबरलाई बताएका छन् । पक्राउ परेका १५ मध्ये जिल्ला सदस्य सुक्रराज राई भने हिरासतमै छन् । राईला...
बारामा फोरमको विजय जुलुस र स्थानीयबीच झडप, गोली चल्यो, चार प्रहरी घाइते

बारामा फोरमको विजय जुलुस र स्थानीयबीच झडप, गोली चल्यो, चार प्रहरी घाइते

बारा, २७ मंसिर ।  बाराको क्षेत्र नम्बर २ अन्तर्गत पचरौता नगरपालिका २ बेल्दारीमा संघीय समाजवादी फोरमले विजय जुलुस मनाउने क्रममा झडप भएपछि प्रहरीले ४ राउण्ड हवाई फायर गरेको छ। संघीय समाजबादी फोरमका कार्यकर्ताले निकालेको विजय जुलुसका क्रममा स्थानीय समूहले अवरोध गरेपछि फोरम कार्यकर्ता र स्थानीयबीच झडप भएको हो। झडपपछि स्थिति नियन्त्रणमा लिन पुगेको प्रहरीमाथि समेत ढुंगामुढा भएपछि प्रहरीले हवाई फायर ...
एक वर्षमा बैदेशिक रोजगारीमा गएका ९ सय ५० को मृत्यु

एक वर्षमा बैदेशिक रोजगारीमा गएका ९ सय ५० को मृत्यु

कैलाली, २७ मंसिर । सन् २०१६ मा बैदेशीक रोजगारीमा गएका ९ सय ५० जनाको मृत्यु भएको एक तथ्यांकले देखाएको छ । नेपालबाट बिभिन्न देशमा बैदेशिक रोजगारीमा गएकामध्ये ९ सय ५० जना उच्च रक्तचाप,सडक दुर्घटना, आत्महत्या, बिभिन्न रोग, हत्या जस्ता कारणबाट मृत्यु भएको सामी परियोजनाको तथ्यांकले देखाएको हो । आप्रवासन सप्ताह २०१७ को अवसरमा संचार प्रतिष्ठान नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा २०१४ फेब्रुवरी देखि ...
८० सिट जित्दै एमाले बन्यो पहिलो दल

८० सिट जित्दै एमाले बन्यो पहिलो दल

काठमाण्डौ, २७ मंसिर । मंसिर १० र २१ गते पहिलो र दोस्रो चरणमा भएको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको मतगणना सकिएको छ । प्रतिनिधिसभाको सुनसरी निर्वाचन क्षेत्र नं. ३ को मतगणना बुधबार बिहान सकिएपछि प्रतिनिधिसभाको सबै १६५ वटै निर्वाचन क्षेत्रको मतगणना कार्य सम्पन्न भएको हो । प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ ३३० वटै निर्वाचन क्षेत्रको मत...
संघीय व्यवस्थापिका बैठकको तयारी तीव्र

संघीय व्यवस्थापिका बैठकको तयारी तीव्र

काठमाण्डौ, २७ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भएसँगै व्यवस्थापिका–संसद् सचिवालयले संघीय व्यवस्थापिकाका दुवै सदनका बैठक सञ्चालनको तयारी तीव्र पारेको छ । यही मंसिर १० र २१ गते दुई चरणमा प्रतिनिधिसभाको निर्वाचन सम्पन भई प्रत्यक्षतर्फको मतपरिणाम आइसकेको छ । समानुपातिकतर्फको मत परिणाम मंसिर २९ गतेसम्म आइसक्ने निर्वाचन आयोगले जनाएको छ ।
साफ च्यापियनसिप फुटबल बंगलादेशमा

साफ च्यापियनसिप फुटबल बंगलादेशमा

काठमाडौं, २७ मंसिर ।  दक्षिण एसियाली फुटबल महासंघ (साफ) को आयोजनामा हुने साफ च्याम्पियनसिप फुटबल आगामी वर्ष बंगलादेशमा सञ्चालन हुने भएको छ। दक्षिण एसियाली राष्ट्रबीच हुने उक्त च्याम्प्पियनसिप प्रतियोगिता बंगालादेशको ढाकामा आगामी सेप्टेम्बर ४ देखि १५ तारिखसम्म हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। हरेक दुई-दुई वर्षमा आयोजना हुने भनिएको उक्त प्रतियोगिता यसै महिनामा सञ्चालन गर्ने सन् २०१...
एमाले अध्यक्ष ओलीको जितमा दमकमा भव्य विजय जुलुस !

एमाले अध्यक्ष ओलीको जितमा दमकमा भव्य विजय जुलुस !

झापा, २७ मंसिर । बुधबार झापामा एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा भव्य विजय जुलुस निस्किएको छ । जिल्लाको दमकमा आयोजित उक्त विजय जुलुसमाअध्यक्ष ओलीसहित हज्जारौ मतदाता र सर्वसाधारणहरुको सहभागिता रहेको देखिन्थ्यो । झापा क्षेत्र नम्बर ५ बाट भारी मतका साथ चुनाव जितेका अध्यक्ष ओलीलाई विजय र्यालीपछि आयोजि कार्यक्रममा निकै ठूलो माला पहिराइदिएर मतदाताहरुले स्वागत गरेका थिए । र्यालीमा ओलीको हाईहाई भएको थ...
जनताको अभिमत पाएको मलाई निर्वाचन आयोगले अन्याय गर्दैछ : रेशम चौधरी

जनताको अभिमत पाएको मलाई निर्वाचन आयोगले अन्याय गर्दैछ : रेशम चौधरी

काठमाडौं, २७ मंसिर । कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाम निर्वाचित राजपाका उम्मेदवार रेशम चौधरीले निर्वाचन आयोगले आफूमाथि अन्याय गरेको बताएका छन्। रेडियो नागरिकको 'नागरिक मञ्च'मा कुरा गर्दै उनले जनताको अभिमत पाएर आफू माननीय भएको बताउँदै तुरुन्तै आफ्ना वारेनामालाई प्रमाणपत्र दिन आग्रह गरे। 'म संसदमा हाजिर हुन्छु। किनकि मलाई यहाँका जनताले जनमत दिएर पठाउनुभएको छ। म त्यो जिम्मेवारी पूरा गर्न अ...
३ नम्बर प्रदेशको राजधानी भक्तपुर बनाउन महेश बस्नेतको प्रस्ताव

३ नम्बर प्रदेशको राजधानी भक्तपुर बनाउन महेश बस्नेतको प्रस्ताव

नगरकोट, २७ मंसिर । भक्तपुरबाट प्रतिनिधि र प्रदेशसभामा निर्वाचित भएका नेकपा एमालेका सांसदहरुले भक्तपुरमा प्रदेशसभाको राजधानी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।  रफ्त सञ्चार क्लबले गरेको साक्षात्कार कार्यक्रममा उनीहरुले भक्तपुर ३ नं प्रदेशका केन्द्र पर्ने र यहाँ पर्याप्त सार्वजनिक स्थल भएकाले भक्तपुरमा प्रदेशसभाको राजधानी निर्माणको पहल गर्ने दाबी गरेका हुन् । भक्तपुर २ नं को प्रतिनिधिसभा निर्व...
अत्यधिक रक्तश्रावले सुत्केरीको मृत्यु भएपछि कालिकोटमा विरोध प्रदर्शन

अत्यधिक रक्तश्रावले सुत्केरीको मृत्यु भएपछि कालिकोटमा विरोध प्रदर्शन

कालिकोट, २७ मंसिर । जिल्ला अस्पताल कालिकोटमा सुत्केरी भएर अत्यधिक रक्तश्राव भएपछि थप उपचारका लागि मंगलबार बिहान हेलिकप्टरमार्फत काठमाडौं लगिएकी खाँडाचक्र नगरपालिका– १ की चन्द्रा शाहीको चिकित्सकको लापरवाहीका कारण मृत्यु भएको भन्दै उनका आफन्त र स्थानीय आन्दोलिन भएका छन्। शाहीको अप्रेसन गर्ने डाक्टरलाई कारबाहीको माग गर्दै स्थानीयले विरोध प्रदर्शन गरेका हुन्। सोमबार राति अप्रेसन गरेर छोरा जन्मिएपछि...
प्रतिनिधिसभा र ६ वटा प्रदेशमा प्रत्यक्षतर्फ वाम गठबन्धनलाई दुई तिहाइ

प्रतिनिधिसभा र ६ वटा प्रदेशमा प्रत्यक्षतर्फ वाम गठबन्धनलाई दुई तिहाइ

काठमाडौं, २७ मंसिर ।  प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फ वाम गठबन्धनले दुई तिहाइ बढी स्थानमा जित हात पारेको छ। यही मंसिर १० र २१ गते भएको निर्वाचनको प्रत्यक्षतर्फको अन्तिम मतपरिणाम प्राप्त भएसँगै नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको वाम गठबन्धनका उम्मेदवारहरुले दुई तिहाईभन्दा बढी स्थानमा विजय हासिल गरेका हुन्। प्रतिनिधिसभाको प्रत्यक्षतर्फ कुल १ सय ६५ स्थानको लागि भएको ...
धनकुटालाई अस्थायी मुकाम तोक्न माग

धनकुटालाई अस्थायी मुकाम तोक्न माग

धनकुटा, २७ मंसिर । प्रदेशसभा र मुख्यमन्त्रीको कार्यालय तथा प्रदेशको अस्थायी मुकाम नै तोकिनु पर्नेमा धनकुटाबासीले जोड दिएका छन् । क्षेत्रीय प्रशासन कार्यालय रहेको स्थानमा अस्थायी मुकाम तोकिने भनिएपनि धनकुटामा नभएर अन्यत्र तोकिने चर्चा भएपछि जिल्लाबासी चिन्तित बनेका छन् । आफुहरुप्रति अन्याय गरिए आन्दोलनको विकल्प नभएको स्थानीयको भनाई छ । साविकको पाँच विकास क्षेत्रको मुकाममा प्रदेशको मुकाम तोकिने भएप...
जनतालाई आश्वासन मात्र होइन, विकास दिन्छौः नेम्वाङ

जनतालाई आश्वासन मात्र होइन, विकास दिन्छौः नेम्वाङ

इलाम, २७ मंसिर । नेकपा एमालेका नेता एंव इलाम क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य सुवास नेम्वाङले वाम गठबन्धनले जनतासँग गरिएका वाचा पूरा गर्ने बताएका छन् । मतदातालाई धन्यवाद ज्ञापन गर्न आज इलामको फाकफोकथुम गाउँपालिकास्थित कोल्बोटेमा आयोजित कार्यक्रममा उनले भने, “हामी जनतासँग निर्वाचनपूर्व गरिएका वाचा पूरा गर्छौ, जनतालाई आश्वासन होइन, विकास दिन्छौँ ।” “तपाईंहरूको अपार माया र विश्वासले हामीले निर्...
उत्तर कोरियासँग निसर्त वार्ता गर्न अमेरिका तयार

उत्तर कोरियासँग निसर्त वार्ता गर्न अमेरिका तयार

एजेन्सी, २७ मंसिर । पछिल्लो समय उत्तर कोरियाको आणविक परीक्षणका कारण बिग्रेको अमेरिका र उत्तर कोरियाको सम्बन्धबारे यी दुई देशबीच वार्ता हुने संकेत देखिएको छ। अमेरिकी सरकार उत्तर कोरियासँग निशर्त वार्ता गर्न तयार भएकोले यी दुईदेशबीच लामो समयदेखिको सम्बन्धमा सुधार हुने संकेत देखिएको हो। अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले उत्तर कोरियासँग वार्ता हुने जानकारी दिएका छन्। वासिङ्टनस्थित केही ‘थिंक ट्य...
जाडोमा तुलसीलाई यसरी सेवन गरौं, रुँघा-ज्वरोमा लाभदायक

जाडोमा तुलसीलाई यसरी सेवन गरौं, रुँघा-ज्वरोमा लाभदायक

तुलसी औषधिय गुणले भरिपूर्ण बनस्पति । धेरैको घर आँगनमा त तुलसी रोपिएकै हुन्छ । आर्युवेदमा यसको खास महत्व छ । त्यसैले तुलसीलाई पूज्ने गर्छौ, जो मानव स्वास्थ्यका लागि अति लाभदायक मानिन्छ । तुलसी जाडो याममा निकै उपयोगी हुन्छ । किनभने जाडोमा रुँघा, ज्वरो, निमोनिया, ब्रोन्काइटिस, गलाको समस्या, फोक्सोको समस्या हुनेगर्छ । यस्तो अवस्थामा तुलसीले औषधीको काम गर्छ । दिनहुँ तुलसी सेवन गर्ने निरोगी भनि...
error: Content is protected !!