स्वीजरल्याण्डमा विमान दुर्घटना, पाइलट सहित बीस यात्रुको मृत्यु

स्वीजरल्याण्डमा विमान दुर्घटना, पाइलट सहित बीस यात्रुको मृत्यु

जेनेभा, स्वीजरल्याण्ड, २० साउन । बीस यात्रुसहित स्वीजरल्याण्डको दक्षिणी क्षेत्र टिसिनो विमानस्थलबाट जुरिच नजिकै रहेको ड्यूवेन्डर्फ सैनिक विमानस्थलका लागि शनिबार दिउसो उडेको विमानमा रहेका चालकदलका सदस्यसहित सबै यात्रुको मृत्यु भएको यहाँको प्रहरीले पुष्टि गरेको छ । आइतबार दिउसो एक पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता गरी स्वीजरल्याण्ड प्रहरीका प्रवक्ता अनिता सेन्टीले बताउनुभयो, “प्रहरीले विमानमा रहे...
पाल्पा जीप दुर्घटनाका दुई बेपत्ताको शव फेला

पाल्पा जीप दुर्घटनाका दुई बेपत्ताको शव फेला

पाल्पा, २० साउन । पाल्पाको रिब्दीकोट गाउँपालिका–६, ठिमुरेमा जीप दुर्घटना हुदाँ दुई जना बेपत्ताको शव फेला परेको छ । तानसेन नगरपालिका–१० का २५ वर्षीय विवेक पौडेल र टंक चलाउने रहेका छन् । जीपले च्यापेको अवस्थामा दुई जनाको शव आज उद्धार टोलीले भेटाएको हो । आज बिहानदेखि नै नेपाल प्रहरी, शसस्त्र, नेपाली सेना र स्थानीयबासिन्दाको सहयोगमा मृतकको शव घटनास्थलबाट बाहिर निकालेका हुन् । जीपले च्यापेको अवस्था...
करोडौँ रकम हिनामिना गरी फरार भएका सहकारी सञ्चालक पक्राउ

करोडौँ रकम हिनामिना गरी फरार भएका सहकारी सञ्चालक पक्राउ

विराटनगर,२० साउन । बचतकर्ताको रकम हिनामिना गरी फरार भएका सहकारीका एक जना सञ्चालक आज पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–९ बाटारोडमा रहेको प्राइम बचत तथा ऋण सहकारी लिमिटेडको रु दुई करोड भन्दाबढी रकम अपचलन गरी लामो समयदेखि फरार मुख्य सञ्चालक एवं सहकारीका सचिव ईश्वर श्रेष्ठ पोखरामा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक डिएसपी निशान थापाले जानकारी दिए । ...
ग्वार खोलामा आएको बाढीले यात्रुवाहक बस बगाउँदा एक दर्जन घाइते

ग्वार खोलामा आएको बाढीले यात्रुवाहक बस बगाउँदा एक दर्जन घाइते

तुलसीपुर, २० साउन । तुलसीपुर–घोराही सडकखण्डको ग्वार खोलामा आएको बाढीले यात्रुवाहक बस बगाउँदा १२ जना यात्रु घाइते भएका छन् । धनगडीबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको ना ४ ख ८१३६ नम्बरको यात्रुबाहक बस आज बेलुका खोलाले बगाएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए । उनीहरुको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । घाइतेमध्ये दुई जना गम्भ...
द्वन्द्व मच्चाउन चाहनेलाई असफल बनाइने छ: मुख्यमन्त्री राई

द्वन्द्व मच्चाउन चाहनेलाई असफल बनाइने छ: मुख्यमन्त्री राई

भद्रपुर, २० साउन । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मुलुकमा राजनीतिक अस्थिरता सिर्जना गरेर द्वन्द्व मच्चाउन चाहनेहरुलाई असफल बनाइने बताएका छन् । झापाको ऐतिहासिक व्यापारिक केन्द्र धुलाबारीमा आज अतिथि निवासको रजत महोत्सवलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले एउटै दलले पाँच वर्ष सरकार चलाउन पाउने गरी जनादेश प्राप्त भएको यथार्थ बिर्सेर परिवर्तन विरोधी केही तत्वले मुलुकमा भाँडभैलो मच्चाउन र मौक...
जाजरकोट पहिरोमा परि आठको मृत्यु,एक अझै बेपत्ता

जाजरकोट पहिरोमा परि आठको मृत्यु,एक अझै बेपत्ता

जाजरकोट, २० साउन । जाजरकोट सदरमुकाम खलंगामा आज बिहान गएको पहिरोमा परी मृत्यु हुनेको संख्या आठ पुगेको छ । पहिरोले पुरेका आठ जनाको शव निकालिएको छ । एक जना अझै बेपत्ता छन् । एक जनाको जीवितै उद्धार गरिएको छ । भेरी नगरपालिका¬ ६ गंगटियाका खड्गबहादुर लुहारको जीवितै उद्धार गरिएको छ । मृत्यु हुनेमा खड्गबहादुर लुहारकी श्रीमती २५ वर्षीया शितला लुहार, उहाँका छोरीहरु ९ वर्षीया भावना परियार, ६ वर्षीया रञ्जन...
उपत्यकामानै भूमिगत प्रसारण लाइन, समस्या समाधानका लागि ऊर्जाको पहल

उपत्यकामानै भूमिगत प्रसारण लाइन, समस्या समाधानका लागि ऊर्जाको पहल

काठमाडौँ, २० साउन । नेपालमै पहिलोपटक भूमिगत विद्युत् प्रसारण लाइन निर्माण भइरहेको विषय आम मानिसलाई थाहा नहुन सक्छ । तर काठमाडौँ उपत्यकामा नै नेपाल विद्युत् प्राधिकरणले भूमिगत प्रसारण लाइन निर्माण गरिरहेको छ । त्रिशूली–काठमाडौँ २२० केभी सर्किट क्षमताको प्रसारण लाइनमध्ये काठमाडौँको मातातीर्थमा एक हजार ३०९ मिटर क्षेत्रमा भूमिगत प्रसारण लाइन निर्माण भइरहेको छ । सो प्रसारण लाइनको हाल ६३० मिटरको काम...
‘मिनी पार्लियामेन्ट’ को बैठक सोमबारदेखि शुरु हुँदै

‘मिनी पार्लियामेन्ट’ को बैठक सोमबारदेखि शुरु हुँदै

काठमाडौँ, २० साउन । संसदीय समिति अर्थात् ‘मिनी पार्लियामेन्ट’का बैठक सोमबारदेखि शुरु हुँदैछ । संघीय संसद् प्रतिनिधिसभा र राष्ट्रियसभाको गठनको करीब पाँच महिनापछि संसद्का विषयतगत समितिले पूर्णता पाएका थिए । प्रतिनिधिसभाका अन्तर्गतका अधिकांश समितिका बैठक भोलिदेखि शुरु हुने संघीय संसद् सचिवालयका सहायक प्रवक्ता केशव अर्यालले जानकारी दिए । विसं २०७४ फागुन २१ गते ती दुवै सदनका पहिलो बैठक बसेका थिए । ...
इमरानलाई सोमबार प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरिने

इमरानलाई सोमबार प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरिने

इस्लामावाद, २० साउन । पाकिस्तानको तेहरीक–ए–इन्साफ (पिटीआई) का अध्यक्ष इमरान खानलाई भोलि (सोमबार) औपचारिक रुपमा प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरिने भएको छ । पार्टीका प्रवक्ता फवाद चौधरीले दिएको जानकारी अनुसार सोमबार बस्ने पार्टीको संसदीय दलको बैठकले खानलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गर्नेछ । पार्टीको संसदीय दलको बैठक सोमबार इस्लामाबादमा बोलाइएको छ । “पार्टीका तर्फबाट निर्वाचित सब...
बिराटनगरमा बलात्कारबिरुद्ध प्रदर्शन: बलात्कारी र बलात्कृतको नाटकीय जमघट (फोटो फिचरसहित)

बिराटनगरमा बलात्कारबिरुद्ध प्रदर्शन: बलात्कारी र बलात्कृतको नाटकीय जमघट (फोटो फिचरसहित)

विराटनगर, २० साउन । रगतले लतपतिएको अनुहार लिएर दुई युवती सडकमा हिड्दै थिए । अनुहारमा उस्तै निरासाका काला धब्बाहरु देखिन्थे । उनीहरुको पछि–पछि दुई जनालाई हत्कडी लगाएर लगिदै थियो । झट्ट हेर्दा बलात्कारको घटनापछि बलात्कारीलाई समातिएको जस्तो देखिने यो दृष्य बलात्कार बिरुद्ध बिराटनगरमा निकालिएको ¥यालीको हो । मुलुकका बिभिन्न क्षेत्रमा बलात्कारका घटना दिनप्रतिदिन बढ्दै गएको भन्दै युवायुवतीले निकालेको...
पर्यटकीय क्षेत्र ठमेल: पानी पर्दा हिलो, घाम लाग्दा धूलो

पर्यटकीय क्षेत्र ठमेल: पानी पर्दा हिलो, घाम लाग्दा धूलो

काठमाडौँ, २० साउन । सरकारले सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष’ मनाउने घोषणा गरिरहेको बेला मुलुककै प्रमुख पर्यटकीय क्षेत्रको रुपमा रहेको ठमेल भने पानी पर्दा हिलो तथा घाम लाग्दा धूलोका कारण समस्यामा छ । ठमेलका प्रमुख चोक तथा गल्लीमा ढल र मेलम्ची खानेपानी आयोजनाको लागि खनिएका खाल्डा नपूर्दा उक्त समस्या उत्पन्न भएको हो । समस्या समाधानका लागि स्थानीयवासीले पटक/पटक सम्बन्धित निकायलाई आग्रह गरे पनि सुनुव...
विद्यार्थी आन्दोलन निस्तेज पार्न बङ्गलादेश सरकारद्वारा इन्टरनेट सेवा बन्द

विद्यार्थी आन्दोलन निस्तेज पार्न बङ्गलादेश सरकारद्वारा इन्टरनेट सेवा बन्द

ढाका, २० साउन । बङ्गलादेशमा भइरहेको विद्यार्थीहरुको व्यापक प्रदर्शनले हिंसात्मक रुप लिँदै गएपछि त्यसलाई निस्तेज पार्न आइतबारदेखि सरकारले मोबाइल इन्टरनेट सेवा बन्द गरेको अधिकारीहरुले जनाएका छन् । तिव्र गतिको एउटा सवारी साधनको ठक्करबाट आफ्ना दुई जना साथीको मृत्यु भएपछि सुरक्षित यातायातको माग गर्दै बङ्लादेशको राजधानी ढाकाका कतिपय ठाउँमा विद्यार्थीहरुले आन्दोलन चर्काइरहेका छन् । ढाका नजिकैको जिग...
जिल्ला वन कार्यालय मोरङद्वारा दश करोड ६३ लाख राजश्व संकलन

जिल्ला वन कार्यालय मोरङद्वारा दश करोड ६३ लाख राजश्व संकलन

विराटनगर, २० साउन । जिल्ला वन कार्यालय मोरङले आर्थिक वर्ष २०७४/७५ मा रु १० करोड ६३ लाख ३२ हजार राजश्व संकलन गरेको छ । गत आवमा कार्यालयले वन पैदावार सरकारी र साझेदारी बाट रु नौ करोड ३४ लाख २२ हजार, दाउरा बिकक्रीबाट रु १६ लाख ५७ हजार, जडीबुटीबाट रु एक लाख ९१ हजार, सामुदायिक वनबाट रु ६४ लाख ६ हजार, न्यायिक दस्तुुरबाट रु १० लाख ३३ हजार, बेरुजुु असुुलिबाट रु २८ लाख २२५ हजार र प्रशासनिक सेवाबाट रु सा...
दुई दिन घाम नलाग्दा सञ्चालनमा आएन कलंकीको ‘अण्डरपास’

दुई दिन घाम नलाग्दा सञ्चालनमा आएन कलंकीको ‘अण्डरपास’

काठमाडौँ, २० साउन । पूर्वाधार निर्माणमा ऐतिहासिक मानिएको नेपालकै पहिलो ‘अण्डरपास’ सञ्चालनमा ल्याइने भनी तोकिएको समय दुई पटक सरेको छ । सडक विभाग, चक्रपथ सुधार आयोजनाले असार दोस्रो सातामै ‘अण्डरपास’ सञ्चालनमा ल्याइने कुरा सार्वजनिक गरेको थियो । पहिलो म्यादमा काम पूरा नभएपछि दोस्रो पटक साउन पहिलो सातामै सञ्चालनमा आउने भनियो तर अझै सञ्चालन हुन सकेको छैन । ‘अण्डरपास’ शुरु नहुँदा यात्रुले घण्टौँ जाम...
धनकुटा कांग्रेसद्वारा पाँच जना जिल्ला सदस्य मनोनयन

धनकुटा कांग्रेसद्वारा पाँच जना जिल्ला सदस्य मनोनयन

धनकुटा, २० साउन । नेपाली कांग्रेस धनकुटाले जिल्ला कमिटिमा पाँच जना सदस्य मनोनयन गरेको छ । १ नम्वर प्रदेशका सांसद लिला सुब्बा, चन्द्र श्रेष्ठ, सुमना तिम्सिना, महोन तेयुग र इन्दिरा थापालाई जिल्ला सदस्यमा मनोनयन गरिएको हो । पार्टी संगठनलाई विस्तार गरेर सशक्त र सुदृढ गर्न भन्दै पार्टी सभापति अग्नी प्रसाद पौडेलले पार्टीको बिधान अनुसार जिल्ला सदस्य थप गरेको जिल्ला सचिव बिजय सन्तोषी राईले जानकारी दिए...
विद्युत् नियमन आयोग गठन हुँदै, ऊर्जा क्षेत्रले फड्को मार्ने

विद्युत् नियमन आयोग गठन हुँदै, ऊर्जा क्षेत्रले फड्को मार्ने

काठमाडौँ, २० साउन । सरकारले केही दिन भित्रैमा बहुप्रतिक्षित विद्युत् नियमन आयोग गठनको प्रक्रिया शुरु गर्ने भएको छ । मन्त्रिपरिषद्को गत जेठ ३० गतेको बैठकले विद्युत् नियमन आयोग नियमावली, २०७५ पारित गरिसकेको छ । नियमावलीलाई राजपत्रमा प्रकाशित गर्नका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले पठाइसकेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आयोग गठनको प्रक्रिया शुरु भएको जानकारी दिए ...
गोरखा फुजेलका अधिकारी हत्या मुद्दाको बहस शुरु

गोरखा फुजेलका अधिकारी हत्या मुद्दाको बहस शुरु

चितवन, २० साउन । गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्यासम्बन्धी मुद्दाको बहस आज शुरु भएको छ । जिल्ला अदालतका मुख्य न्यायाधीश कुलप्रसाद शर्माको इजलासमा वादीका तर्फबाट जिल्ला न्यायाधिवक्ता परमेश्वर पराजुलीबाट बहस शुरु भएको अदालतका स्रेस्तेदार गहेन्द्र पन्तले जानकारी दिनुभयो । कृष्णप्रसादको विसं २०६१ जेठ २४ मा अपहरणपछि हत्या भएको थियो । प्रवेशिका परीक्षा दिएर पूर्वी चितवनको जयमंगलामा हजुरबुबा भे...
‘खेलाडीका लागि छुट्टै अस्पताल हुनुपर्छ’

‘खेलाडीका लागि छुट्टै अस्पताल हुनुपर्छ’

काठमाडौँ, २० साउन । नेपाल पछिल्लो समय अन्तर्राष्ट्रिय जगत्मा खेल र खेलाडीकै कारण चर्चामा रहने गरेको छ, चाहे त्यो फुटबल होस् वा क्रिकेट । देशका लागि ज्यानको बाजी राखेर खेल्ने खेलाडीहरू घाइते हुँदा उपचार गर्ने कहाँ छ त ? अहिले यस्तो प्रश्न सबैतिरबाट उठाउन थालिएको छ । खेलाडीहरुका लागि छुट्टै अस्पताल बन्न नसक्दा उनीहरु निरुत्साहित बनेका मात्र हैन खेलकूद क्षेत्रबाटै पलायन पनि भइरहेका छन् । यसो त खे...
भेनेजुएलाका राष्ट्रपतिलाई लक्षित गरेर ड्रोन आक्रमण

भेनेजुएलाका राष्ट्रपतिलाई लक्षित गरेर ड्रोन आक्रमण

काराकास, भेनेजुएला, २० साउन । भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोलाई लक्षित गरि शनिबार ड्रोन आक्रमण भएको छ । सेनाले आयोजना गरेको परेड कार्यक्रममा मन्तव्य व्यक्त गरिरहेको समयमा उहाँलाई लक्षित गर्दै आक्रमण भएको थियो । सरकारले उक्त आक्रमणबाट राष्ट्रपति जोगिनु भएको जनाउँदै आक्रमणमा परी सात जना सैन्य अधिकारीहरु घाइते भएको जनाएको छ । “यो राष्ट्रपति निकोलस मडुरो विरुद्धको आक्रमण हो,” भेनेजुएलाका सञ्चा...
जाजरकोट पहिरोमा पुरिएका पाँचको शव निकालियो, एक जनाको जीवितै उद्धार

जाजरकोट पहिरोमा पुरिएका पाँचको शव निकालियो, एक जनाको जीवितै उद्धार

जाजरकोट, २० साउन । सदरमुकाम खलंगामा आज बिहान गएको पहिरामा परी पाँच जनाको मृत्यु भएको छ । पहिराले पुरेका उनीहरुको शव निकालिएको छ भने चार जना अझ बेपत्ता छन् । एक जनाको जीवितै उद्धार गरिएको छ । भेरी नगरपालिका– ६ गंगटियाका खड्गबहादुर लुहारको जीवितै उद्धार गरिएको छ । मृत्यु हुनेमा लुहारकी श्रीमती २५ वर्षीया शीतला, उहाँका छोरी नौवर्षीया भावना, छवर्षीया रञ्जना र तीन वर्षीया मनिषा छन् । उनीहरुको शव पहि...
भक्तपुरको राधे राधे र सल्लाघारी डुबानमा

भक्तपुरको राधे राधे र सल्लाघारी डुबानमा

भक्तपुर, २० साउन । राति परेको भारी वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीका कारण आज मध्यपुरथिमि नगरपालिका–९ राधे राधे क्षेत्रको सिंगो बस्ती र भक्तपुर नगरपालिका–१ सल्लाघारी क्षेत्रको नयाँ बस्ती डुबानमा परेको छ । भारी वर्षाका कारण ढुङ्ग्रे खोला, खस्याङ खुसुङ खोला हुँदै हनुमन्ते खोलामा बाढी आएर पानीको बहाव जमीन सतहभन्दा माथि आएपछि बस्ती डुबानमा परेको हो । राधे राधे क्षेत्रका करीब ७० घर डुबानमा परे...
सिक्किमले नेपाल जोड्ने पहिलो सडक निर्माण गर्दै, व्यापार र पर्यटनमा वृद्धि हुने आशा

सिक्किमले नेपाल जोड्ने पहिलो सडक निर्माण गर्दै, व्यापार र पर्यटनमा वृद्धि हुने आशा

काठमाडौँ, २० साउन ।  सिक्किम सरकारले पश्चिम सिक्किममा रहेको सुन्दर गाँउ उत्तरीलाई नेपालको सीमानामा रहेको चिवा भन्ज्याङ्गसँग जोड्ने सडक निर्माण गरिरहेको छ । नेपाल सिक्किमबीच प्रवेश बिन्दु चिवा भन्ज्याङ्ग समुद्र सतहदेखि १०,५०० फिटको उचाईमा रहेको छ । निर्माण सम्पन्न भइसकेपछि सडकले सिक्किमको पर्यटन र व्यापारमा टेवा पु¥याउने विश्वास गरिएको छ । साथै यो सडक सिक्किम र नेपाल जोड्ने पहिलो स्तरीय सडक सम्...
गोक्यो हिमतालमा बेपत्ता भएका विद्यार्थीको शव निकाल्न सेना परिचालन

गोक्यो हिमतालमा बेपत्ता भएका विद्यार्थीको शव निकाल्न सेना परिचालन

सोलु, सल्लेरी, २० साउन । गोक्यो हिमतालमा डुबेर बेपत्ता भएका तीन विद्यार्थीहरुको अझैसम्म शव निकाल्न कठिन भएको छ । प्रतिकूल मौसम तथा भौगोलिक विकटताका कारण शनिबार बिहान बेपत्ता भएका विद्यार्थीहरूको शव आज बिहानसम्म निकाल्न नसकिएको प्रहरीको भनाइ छ । “हिम तालमा डुबेका बालक बेलाबेलामा पानीमाथि देख्न सकिन्छ”, जिल्ला प्रहरी कार्यालय प्रहरी निरीक्षक नवीन राईले भन्नुभयो, “कुनै पनि उद्धारको सामग्री नहुँदा ...
आज बिश्वभरी ‘मित्रता दिवस’ को रमझम, ‘मित्रता दिवस’ को यस्तो छ इतिहास

आज बिश्वभरी ‘मित्रता दिवस’ को रमझम, ‘मित्रता दिवस’ को यस्तो छ इतिहास

आज अंग्रेजी महिना अगस्टको पहिलो आइतबार अर्थात् विश्व मित्रता दिवस । यस दिनलाई विश्वभरका मानिसले आफ्ना प्यारा साथीहरूलाई शुभकामना र उपहार दिनुका साथै फ्रेन्डसिप ब्यान्ड आदानप्रदान गरेर मनाउने गर्छन् । मित्रता एउटा यस्तो सम्बन्ध हो जसलाई रगतको सम्बन्धको आवश्यकता छैन । यदि साथी भएनन् भने हाम्रो जीवन कस्तो होला, त्यसबारे सोच्न पनि गाह्रो छ । हुन त साथीहरुसँग हुँदा हरेक दिन फ्रेन्डशिप डे हो तर हरे...
कालीगण्डकीमा पानीको बहाव बढ्यो: सचेत हुन आग्रह

कालीगण्डकीमा पानीको बहाव बढ्यो: सचेत हुन आग्रह

पर्वत, २० साउन । केही दिनदेखि लगातार परेको वर्षाका कारण पर्वत जिल्ला भएर बग्ने कालीगण्डकी नदीमा पानीको बहाव बढेको छ । कालीगण्डकीको मुहान मुस्ताङको तल्लो भागदेखि म्याग्दी तथा पर्वतको उत्तरी क्षेत्रमा लगातार वर्षा भएकाले पानीको सतह ह्वात्तै बढेको हो । त्यसले गर्दा नदी आसपास क्षेत्रका बासिन्दा चिन्तित भएका छन् पानीको सतह बढेपछि जिल्ला प्रशासन कार्यालय पर्वतले तटीय, नदी आसपास क्षेत्रमा दाउरा...
धनकुटामा माछा मार्ने क्रममा पोखरीमा डुबेर मृत्यु

धनकुटामा माछा मार्ने क्रममा पोखरीमा डुबेर मृत्यु

धनकुटा, २० साउन । जिल्लाको चौविसे गाउँपालिकामा शनिवार वेलुका माछा मार्ने क्रममा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चौबिसे गाउँपालिका–२ का ३४ वर्षीय धर्वेन्द्र केपछाकी मगर छन् । स्थानीय लाष्टे भन्ने ठाउँमा रहेको सुठुम तालमा बेलुका करिव ८ बजे माछा मार्ने क्रममा पोखरीमा डुवेर मगरको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक सुरेन्द्र बहादुर गुरुङले संगालोखबरलाई जानकारी ...
पहिरोले घर पुरिदा चारको मृत्यु

पहिरोले घर पुरिदा चारको मृत्यु

जाजरकोट, २० साउन ।  भेरी नगरपालिका–३ ठाँटीबजार नजिक पहिरो जाँदा तीर्थ बोहरा र गोपाल सुनारको घर पहिरोले पुरिएको छ । तीर्थ बोहराको घरमा डेरा गरी बस्ने लालबहादुर लोहारको जीवित उद्धार गरी जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने लोहारकी श्रीमती,छोरी र दुई छोरासमेतको मृत्यु भएको छ । मृतकहरुको सनाखत हुन सकेको छैन् । गोपाल सुनारको घरसमेत पुरिएकाले उद्धारकार्य जारी रहेको प्रमुख जिल्ला अधिकारी ललितकुमार ब...
काँग्रेस स्याङजाका सभापति पंगेनीको निधन

काँग्रेस स्याङजाका सभापति पंगेनीको निधन

वालिङ, २० साउन । नेपाली काँग्रेस स्याङजाका सभापति एवं पूर्वसभासद कमलप्रसाद पंगेनीको हृदयघातका कारण निधन भएको छ । स्वास्थ्यमा अकस्मात समस्या आएपछि आज बिहान ६:०० बजे स्याङजास्थित कालिका सामुदायिक अस्पताल हेलुमा उपचारार्थ लगिएकोमा उपचारकै क्रममा ६।३० बजे उहाँको निधन भएको हो । नेपाली काँग्रेस स्याङजाको तीन कार्यकालसम्म सभापति बन्नुभएका पूर्वसभासद पंगेनीको ५६ वर्षको उमेरमा निधन भएको नेपाली काँग्रेस...
कविता बनिन् ‘बुगीउगी’ को पहिलो विजेता

कविता बनिन् ‘बुगीउगी’ को पहिलो विजेता

काठमाडौँ, २० साउन । सर्लाहीकी १८ वर्षीया कविता नेपालीले ‘बुगीवुगी’को उपाधी जितेकी छिन् । एपी वान टेलिभिजनद्वारा आयोजित अन्तराष्ट्रिय डान्सिङ रियालिटी सो ‘बुगीवुगी’को फाइनल राउन्डमा आफ्ना अन्तिम दुई प्रतिस्पर्धीलाई उछिन्दै उनले उपाधि चुमेकी हुन् । कविताले उपाधिसँगै उनले नगद २५ लाख पनि जितेकी छिन् । यसैगरी फ्रस्ट रनरअप प्रगती पुन बनिन् । उनले ५ लाख रुपैयाँ जितेकी छिन् । भने सेकेन्ड रनरअप सरोज मोक...
खोरुंगा जलविद्युत्को ५० प्रतिशत निर्माण सम्पन्न

खोरुंगा जलविद्युत्को ५० प्रतिशत निर्माण सम्पन्न

तेह्रथुम, २० साउन । साढे सात मेगावाट क्षमताको माथिल्लो खोरुंगा खोला जलविद्युत् आयोजना निर्माणको कामले गति लिएको छ । तोकिएको म्यादभन्दा अगावै काम सम्पन्न गर्ने लक्ष्यसहित तीव्र गतिमा काम भइरहेको र अहिलेसम्म ५० प्रतिशत काम सम्पन्न भएको प्रवद्र्धक तेह्रथुम पावर कम्पनीले जनाएको छ । आयोजनास्थल मेन्छ्यायेम गाउँपालिका–५, मोराहाङमा आवश्यक पूर्वाधार निर्माणको काम भइरहेको छ । प्रवद्र्धक कम्पनी तेह्रथुम प...
पच्चीस विदेशी वस्तुलाई नेपाल गुणस्तर चिन्ह

पच्चीस विदेशी वस्तुलाई नेपाल गुणस्तर चिन्ह

काठमाडौँ, २० साउन । नेपाल गुणस्तर तथा नापतौल विभागले विदेशी उद्योगबाट उत्पादित २५ वस्तुलाई नेपाल गुणस्तर चिन्ह एनएस प्रदान गरेको छ । आर्थिक वर्ष २०७४/७५ मा विभागले भारत र चीनमा उत्पादित २० उद्योगबाट उत्पादित २५ वस्तुलाई एनएस चिन्ह प्रदान गरेको हो । जसमा आठ उद्योगका १३ सिमेन्ट, कम्पोजिट सिलिण्डर दुई, एलपीजी सिलिण्डर तीन, एलपीजी भल्व तीन, आइरन बार तीन र एलपीजी रेगुलेटर एक उद्योग रहेका छन् । विदे...
error: Content is protected !!