पाल्पा, २० साउन । पाल्पाको रिब्दीकोट गाउँपालिका–६, ठिमुरेमा जीप दुर्घटना हुदाँ दुई जना बेपत्ताको शव फेला परेको छ ।

Advertisement

तानसेन नगरपालिका–१० का २५ वर्षीय विवेक पौडेल र टंक चलाउने रहेका छन् । जीपले च्यापेको अवस्थामा दुई जनाको शव आज उद्धार टोलीले भेटाएको हो ।

आज बिहानदेखि नै नेपाल प्रहरी, शसस्त्र, नेपाली सेना र स्थानीयबासिन्दाको सहयोगमा मृतकको शव घटनास्थलबाट बाहिर निकालेका हुन् । जीपले च्यापेको अवस्थामा दुई जनाको शव बाहिर निकालेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

घटनास्थलबाट दुवै जनाको शव जिल्ला अस्पताल पाल्पामा ल्याएर परीक्षण गरी आफन्तले दाहसंस्कार लागि लगेका छन् ।

ठिमुरेको नेटा बजारदेखि तानसेन आउँदै गरेको बा१च ८९७० नम्बरको टोयटा जीप शनिबार साँझ धारदीगैरामा दुर्घटना हुदाँ दुई जना बेपत्ता भएका हुन् ।

शनिबार साँझ प्रहरीसहित स्थानीयबासिन्दाले दुर्घटनास्थल भीर, खोल्सो र वर्षाका कारण गाडी र शव फेला पार्न सकेको थिएन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!