- प्रेम देवान/संगालोखबर

विराटनगर, २० साउन । रगतले लतपतिएको अनुहार लिएर दुई युवती सडकमा हिड्दै थिए । अनुहारमा उस्तै निरासाका काला धब्बाहरु देखिन्थे ।

Advertisement

उनीहरुको पछि–पछि दुई जनालाई हत्कडी लगाएर लगिदै थियो । झट्ट हेर्दा बलात्कारको घटनापछि बलात्कारीलाई समातिएको जस्तो देखिने यो दृष्य बलात्कार बिरुद्ध बिराटनगरमा निकालिएको ¥यालीको हो ।

मुलुकका बिभिन्न क्षेत्रमा बलात्कारका घटना दिनप्रतिदिन बढ्दै गएको भन्दै युवायुवतीले निकालेको दवावमुलक ¥यालीका दृष्यले धेरैलाई स्तब्ध पनि बनायो । ¥यालीमा कोहि बलात्कारी र कोहि बलात्कृतको भूमिकामा प्रस्तुत भएका थिए ।

‘अति भयो अत्याचार, धेरै भयो बलात्कार, नारी कुनै खेलौना हैन–मन लाग्यो खेल्यो, नारीलाई रेप होईन सेफ गर, सविधानमा यति कुरा टासिँ दे–बलात्कारीलाई फासी दे’ जस्ता प्ले कार्ड र व्यानर बोकेर युवा युवती ¥यालीमा सहभागी भएका थिए ।

वलात्कारका घटना दिननुदिन बढिरहदा पनि अपराधिलाई कारबाही नगरिएको भन्दै सयौंको संख्यामा युवायुवती सडकमा निश्किएका हुन् । कन्चनपुर, बारा लगायत जिल्लामा भएका बलात्कारका घटनामा संलग्नलाई कार्वाहीका लागि दवाव दिन उनीहरुले प्रदर्शन गरेका हुन् ।

ट्राफिक चोकबाट निस्किएको ¥याली विराटनगरको मेन रोड हुँदै तिन पैनी पुगेर जिल्ला प्रशासन कार्यालय अगाडी कोणसभामा परिणत भएको थियो । सभालाई युवा अभियान्ता दिपेश धिमाल, निखिल नेपाल, सन्जु गौतम लगायतहरुले संबोधन गर्दै महिला हिंसा र बलात्कारमा सम्लग्नलाई फासीको सजाय दिन माग गरे ।

सोही क्रममा महिला हिंसा र बलात्कार विरुद्ध हस्ताक्षर अभियान पनि चलाईएको पहिलो पाईलका सुभाष गौतमले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!