- संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

धनकुटा, २० साउन । जिल्लाको चौविसे गाउँपालिकामा शनिवार वेलुका माछा मार्ने क्रममा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चौबिसे गाउँपालिका–२ का ३४ वर्षीय धर्वेन्द्र केपछाकी मगर छन् ।

स्थानीय लाष्टे भन्ने ठाउँमा रहेको सुठुम तालमा बेलुका करिव ८ बजे माछा मार्ने क्रममा पोखरीमा डुवेर मगरको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक सुरेन्द्र बहादुर गुरुङले संगालोखबरलाई जानकारी दिए ।

Advertisement

पर्यटकीय क्षेत्र बनाउँन चौबिसे गाउँपालिकाले चिस्याङ खोलाको पानीलाई बाँध बाधेर ताल बनाएको हो । सोहि तालमा माछा मार्न बेलुका साथिहरुसँग मगर गएका थिए ।

घटनापछि प्रहरी र जनप्रतिनिधिसहितको टोली पुगेर बाँघ खोली पोखरीबाट शव निकालिएको छ । शवलाई पोष्टमार्टमका लागि धनकुटा जिल्ला अस्पताल ल्याईएको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!