काठमाडौँ, १५ भदौ । बिमस्टेक सम्मेलनको लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौमा रहीरहँदा भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धी पनि शुक्रबार काठमाडौं आउने भएका छन् ।

Advertisement

भारतीय दैनिक ‘द हिन्दु’ले जनाएअनुसार गान्धी राजनैतिक भेटघाटका लागि नभई मान सरोबर तिर्थ दर्शनार्थ काठमाडौं आउन लागेका हुन् ।

गत २६ अप्रिलमा गुजरातमा भएको सभामा उनले चुनावको प्रचारका क्रममा आफु चढेको जहाजमा अचानक प्राविधिक गडबडी देखिएपछि आपतकालीन अवतरण गर्नु परेको र त्यती नै बेला अचानक आफुलाई कैलाश मानसरोवरको सम्झना आएको कारण शिवभक्तिका लागि मान सरोवर जाने घोषणा गरेका थिए ।

पछिल्लो समय भारतीय जनता पार्टी (भाजपा) ले गान्धीलाई ‘हिन्दु विरोधी’ भएको आरोप लगाएको छ गान्धीले भने आफूलाई हिन्दुविरोधी नभएर ‘शिवभक्त’ भएको दावी गर्दै आएका थिए।

उनको कैलाश मानसरोवर जाने निर्णयलाई पनि भाजपाको त्यही आरोपको जवाफका रुपमा समेत हेरिएको छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!