फेरि कञ्चनपुरमै दुई बालिका बलात्कृत

फेरि कञ्चनपुरमै दुई बालिका बलात्कृत

कञ्चनपुर, ३१ भदौ । बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको अनुसन्धानले टुंगो पाएकै छैन । कञ्चनपुरमै बलात्कारको अर्को घटना सार्वजनिक भएको छ । बेल्डाँडी गाउँपालिकाका दुई जना बालिका बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । दुई साताअघि बलात्कार गरेको भन्दै बालिकाका आफन्तले उजुरी गरेपछि प्रहरीले शनिबार बेल्डाँडी–२ का ५७ वर्षीय राजेन्द्र विष्टलाई पक्राउ गरेको हो । ‘परिवारले दुईवटै बाल...
सर्लाहीमा बस दुर्घटना: दुईको मृत्यु, २३ घाइते

सर्लाहीमा बस दुर्घटना: दुईको मृत्यु, २३ घाइते

सर्लाही, ३० भदौ । सर्लाही ब्रह्मपुरी गाउँपालिकामा आज साँझ भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । मृत्यु हुनेमा ईश्वरपुर नपा–९ का २६ वर्षीया नथुनी राय यादव र सोहि स्थानका १९ वर्षीया अञ्जु साह रहेको प्रहरीले जनाएको छ । ब्रह्मपुरी गाउँपालिकाको त्रिभुवननगरबाट ईश्वरपुर जाँदै गरेको ना२ख ८००३ नंको बस ब्रह्मपुरी–१ महदेवा पोखरीनजीक साँझ ५ः३० बजे दुर्घटना भएको थियो । दुर...
साफ च्याम्पियनसिपको उपाधि माल्दिभ्सलाई

साफ च्याम्पियनसिपको उपाधि माल्दिभ्सलाई

काठमाडौँ, ३० भदौ । बाह्रौँ साफ च्याम्पियनसिपको उपाधि माल्दिभ्सले जितेको छ । बङ्गलादेशको ढाकास्थित बङ्गबन्धु रङ्गशालामा आज भएको फाइलनमा भारतलाई २–१ गोल अन्तरले पराजित गर्दै माल्दिभ्सले उपाधि जितेको हो । सेमिफाइनलमा पाकिस्तानलाई ३–१ गोलले पराजित गर्दै भारत फाइनल पुगेको थियो । यस्तै माल्दिभ्सले सेमिफाइनलमा नेपाललाई ३–० ले हराएको थियो । दुवै टोली समूह चरणमा समूह ‘बी’ मा रहेका थिए । समूह चरणमा भार...
५० लाख नेपाली रकमसहित दुई चिनियाँ नागरिक पक्राउ

५० लाख नेपाली रकमसहित दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौँ, ३० भदौ । महानगरीय अपराध महाशाखाले रु ५० लाख नेपाली रकमसहित दुई चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । महाशाखाको टोलीले अवैधरुपमा रकम बोकेर हिँडिरहेको अवस्थामा गेसनगेनामु र जिया टालाई शुक्रबार ज्याठा ठमेलबाट पक्राउ गरेको हो । महाशाखाका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले स्रोत नखुलेको रकम अवैधरुपमा बोकेर हिँडिरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको जानकारी दिए। बरामद रकमसहित दुबैजना...
निजगढ विमानस्थललाई ‘ग्रिनरी एयरपोर्ट’ बनाइने

निजगढ विमानस्थललाई ‘ग्रिनरी एयरपोर्ट’ बनाइने

काठमाडौँ, ३० भदौ । सरकारले निजगढ विमानस्थलाई ‘ग्रिनरी एयरपोर्ट’ बनाउने र बढीभन्दा बढी वातावरण संरक्षणमा ध्यान दिने भएको छ । विमानस्थल निर्माणको नाममा वातावरणको विनाश गर्न लागिएको र त्यसले जैविक विविधताको समेत प्रतिकूल हुने भन्दै आलोचना हुन थालेपछि सरकारको उक्त धारणा सार्वजनिक भएको हो । वार्षिक छ करोड यात्रुको चाप धान्ने गरी विमानस्थल निर्माण गर्न लागिएको र एशिया प्रशान्त क्षेत्रको ‘हव’ विमानस्...
प्रदेश सरकारमा धेरै जटिलता: मन्त्री घिमिरे

प्रदेश सरकारमा धेरै जटिलता: मन्त्री घिमिरे

धनकुटा, ३० भदौ । प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रदेश सरकार सञ्चालन गर्नु नयाँ अभ्यास भएकाले यसको ब्यवस्थापन लगायत बिषयमा धेरै जटिलता देखिएको बताएका छन् । धनकुटामा शनिवार गर्गाचार्य सामुदायिक विश्वभाषा पुस्तकालयको सातौं वार्षिक साधारणसभा, श्रष्टा सम्मान, स्मारिका विमोचन एवं काव्य गोष्ठी उद्घाटन कार्यक्रमलाई संबोधन गर्दै मन्त्री घिमिरेले यस्तो बताएका हुन् । तीन तहको सरकारको ...
पन्त हत्याबारे प्रारम्भिक प्रतिवेदन गृहमन्त्रीसमक्ष पेश

पन्त हत्याबारे प्रारम्भिक प्रतिवेदन गृहमन्त्रीसमक्ष पेश

काठमाडौँ, ३० भदौ । बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय निर्मला पन्तको हत्याको प्रारम्भिक प्रतिवेदन गृहमन्त्री रामबहादुर थापासमक्ष पेश गरिएको छ । हत्या र त्यसपछि विकसित घटनाका सम्बन्धमा विस्तृत अध्ययन तथा छानबिन गरी प्रतिवेदन पेश गर्न गृह मन्त्रालयबाट सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा गठन भएको उच्चस्तरीय छानबिन समितिले आज गृहमन्त्रीलाई प्रारम्भिक प्रतिवेदन पेश गरेको हो । प्रतिवेदनले हत्यापछि...
तपस्वी रामबहादुर बम्जनमाथि बलात्कारको आरोप

तपस्वी रामबहादुर बम्जनमाथि बलात्कारको आरोप

काठमाडौँ, ३० भदौ । बाराको जंगलमा तपस्या बसेर चर्चामा आएका रामबहादुर बम्जनमाथि बलात्कारको आरोप लागेको छ । महिला अधिकारकर्मीहरुको सहयोगमा शनिबार ललितपुरमा पत्रकार सम्मेलन गरी १८ वर्षीया एक युवतीले आफूलाई धर्मगुरु बम्जनले पटक पटक बलात्कार गरेको बताएकी हुन् । बम्जनले बलात्कार गरेको भनिएकी किशोरी आनी हुन् । धर्मगुरु बम्जनको गुम्बामा उनी आनी बन्न गएकी थिइन । पत्रकार सम्मेलनमा बोल्दै ती किशोरीले २ वर्...
पद्मरत्न तुलाधरलाई नागरिक अभिनन्दन

पद्मरत्न तुलाधरलाई नागरिक अभिनन्दन

काठमाडौँ, ३० भदौ । वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशीले नेपालको शान्ति प्रक्रियाका एक सहजकर्ता पद्मरत्न तुलाधरलाई अभिनन्दन गर्नुभएको छ । यहाँ आज आयोजित कार्यक्रमा जोशीले उहाँलाई भगवान् बुद्धको मूर्ति प्रदान गर्नाका साथै उहाँको सम्मानमा ‘झी पद्मरत्न अभिनन्दन ग्रन्थ’ नामक पुस्तक पनि विमोचन गर्नुभयो । तत्कालीन माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन सहजकर्ताको भूमिका निर्वाह गर्नुभएका वामपन्थी नेता ...
ट्याङ्कर चालक र हेल्परको तलब वृद्धिको माग

ट्याङ्कर चालक र हेल्परको तलब वृद्धिको माग

काठमाडौँ, ३० भदौ । नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घले चालक र हेल्परको तलब वृद्धि नगरेको भन्दै आइतबार सबै ट्याङ्करको साँचो नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घलाई बुझाउने भएको छ । नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घका अध्यक्ष ईश्वर लामाले आज एक विज्ञप्ति जारी गरी भदौ ३ गते श्रमिकका सेवा सुविधाका बारेमा १८ बुँदे मागपत्र राखेर नेपाल आयल निगम र ढुवानी व्यवसायी महासङ्घलाई ज्ञापनपत्र बुझाउँदा पन...
‘ग्रासरुट’ फुटबल कार्यक्रम ४५ जिल्लामा शुरु

‘ग्रासरुट’ फुटबल कार्यक्रम ४५ जिल्लामा शुरु

काठमाडौँ, ३० भदौ । तल्लो तहदेखि नै फुटबल खेलको विकास गर्ने उद्देश्यले आजदेखि ४५ जिल्लामा ‘ग्रासरुट’ फुटबल कार्यक्रम शुरु भएको छ अखिल नेपाल फुटबल सङ्घ एन्फाको सहयोगमा शुरु गरिएको सो कार्यक्रममा ६ देखि १३ वर्षसम्मका बालबालिका सहभागी हुने एन्फा प्रवक्ता किरण राईले जानकारी दिए । ‘ग्रासरुट’ फुटबल कार्यक्रमअन्तर्गत खेलाडीले खेल्ने फुटबल नियम लागू हुँदैन । बालबालिकालाई मनोरञ्जनात्मक तरिकाले फुटबल खेल...
अन्तराष्ट्रिय लोकतन्त्र दिवस: विश्वमा लोकतन्त्रको अवस्था

अन्तराष्ट्रिय लोकतन्त्र दिवस: विश्वमा लोकतन्त्रको अवस्था

काठमाडौँ ३० भदौ । संयुक्त राष्ट्रसंघले सन् २००७ को महासभामार्फत् हरेक बर्षको सेप्टेम्बर १५ तारिखलाई अन्तराष्ट्रिय लोकतन्त्र दिवसका रुपमा मनाउने निर्णय गरेपछि अहिले विश्वभरी यो दिवस मनाउन थालिएको छ । पर्याप्त प्रचारप्रसार नभएर हो वा हरेक मुलुकको आफ्नो देशमा लोकतन्त्र आएको दिनलाई लोकतन्त्र दिवसका अवसरमा मनाउने गरेर हो अन्य दिवस जस्तो प्राथमिकतामा भने यो दिवस परेको देखिएको छैन । साथै यो दिवस बनाउन...
सन्दर्भः संविधान दिवस-ऐन कानूनको अभावमा संविधान कार्यान्वयनले गति लिन सकेन

सन्दर्भः संविधान दिवस-ऐन कानूनको अभावमा संविधान कार्यान्वयनले गति लिन सकेन

पोखरा, ३० भदौ । नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षको उपलब्धिस्वरुप संविधानसभाबाट निर्मित संविधानको कार्यान्वयन यतिखेर चासो र चर्चाको विषय बनेको छ । संविधानसभाबाट नेपालको संविधान औपचारिकरुपमा २०७२ असोज ३ गते घोषणा भएको भन्दै प्रत्येक वर्षको असोज ३ गतेलाई राष्ट्रिय पर्वकै रुपमा संविधान दिवस मनाउने गरिएको छ । नेपालको संवैधानिक इतिहासमा पहिलो संविधान नेपाल सरकार वैधानिक कानून, २००४ घोषणा भएयता वर्त...
स्वाइन फ्लु र हङकङ फ्लुग्रस्त कञ्चनरुपलाई विपद् क्षेत्र घोषणा

स्वाइन फ्लु र हङकङ फ्लुग्रस्त कञ्चनरुपलाई विपद् क्षेत्र घोषणा

राजविराज, ३० भदौ । प्रकोप नियन्त्रण नहुन्जेलसम्मका लागि सप्तरीको कञ्चनरुप नगरपालिका क्षेत्रलाई विपद् क्षेत्र घोषणा गरिएको छ । जिल्ला दैवी प्रकोप उद्धार समिति सप्तरीको आकस्मिक बैठकले स्वास्थ्य सेवा विभागको इपिडीमियोलोजी तथा महामारी रोग नियन्त्रण शाखाको टोलीले बिरामीको ¥याल परीक्षण गरी उनीहरूमा स्वाइन फ्लु र हङकङ फ्लु भएको पुष्टि गरेपछि कञ्चनरुप नगरपालिकालाई विपद् क्षेत्र घोषणा गरिएको नगरपालिका प्र...
नेकपाका अध्यक्ष प्रचण्ड अाज चीन जाँदै

नेकपाका अध्यक्ष प्रचण्ड अाज चीन जाँदै

काठमाडौँ, ३० भदौ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड ) चीन भ्रमणका लागि अाज प्रस्थान गर्दै छन् । चीनमा राखिएको ‘विश्व शान्ति दिवस’ कार्यक्रमलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्न प्रचण्ड जान लागेका हुन् । प्रचण्डको यसअघि सेप्टेम्बर १७ मा चीन जाने तय भएपनि उनि शनिवार नै चीन जान लागेका हुन् । पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष प्रचण्डको चीन भ्रमण निजी भ्रमण भए...
बलात्कारीको आँखा फुटाउने तालिम दिँदै प्रहरी

बलात्कारीको आँखा फुटाउने तालिम दिँदै प्रहरी

कञ्चनपुर, ३० भदौ । बलात्कारका घटनाको अनुसन्धानमा संवेदनशील नभएको आरोप खेपिरहेको नेपाल प्रहरीले बलात्कारीविरुद्ध देशव्यापी रूपमा तालिम दिने तयारी गरेकोछ । तालिममा बलात्कारीको आँखा फुटाउनेसम्मको ‘कोर्स’ समावेश छ । रोकथामका लागि पहल नगरेको आलोचनापछि प्रहरीले नयाँ अभियान सुरु गर्न लागको समाचार आजको नयाँ पत्रिकामा छापिएको छ । हाल दैनिक औसत तीनवटा बलात्कारका उजुरी प्रहरीमा दर्ता हुन्छन्। गत आर्थिक वर्...
रोकियो सरकारी खर्चमा विदेशी उपचार

रोकियो सरकारी खर्चमा विदेशी उपचार

काठमाडौँ, ३० भदौ । सरकारी खर्चमा विदेशमा उपचार गर्न जान नपाउने व्यवस्थासहितको जनस्वास्थ्य विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ । संसद्को शिक्षा तथा स्वास्थ्य समितिबाट आएको प्रतिवेदनलाई प्रतिनिधिसभाले पारित गरेको हो । सो विधेयक राष्ट्रिय सभाबाट पारित भएर राष्ट्रपतिबाट प्रमाणीकरण भई राजपत्रमा सूचना प्रकाशित भएपछि ऐनको रूप लिई लागू हुनेछ । विधेयकमा प्रचलित कानुनमा जे लेखिएको भए पनि कुनै पनि व्यक्तिल...
पार्टीपिच्छे संगठन खोल्न पाउनुपर्ने कर्मचारीको माग

पार्टीपिच्छे संगठन खोल्न पाउनुपर्ने कर्मचारीको माग

काठमाडौँ, ३० भदौ । विभिन्न कर्मचारी संगठनले पार्टीपिच्छे कर्मचारी संगठन खोल्न पाउनुपर्ने माग गर्दै प्रस्तावित संघीय निजामती सेवाको मस्यौदा विधेयकको विरोध गरेका छन् । हालै प्रस्तावित मस्यौदा विधेयकमा राखिएको एकल ट्रेड युनियनको प्रावधानप्रति असन्तुष्टी जनाउ“दै उनीहरूले कडा विरोध गरेका हुन् । स्मरणीय छ, विद्यमान निजामती ऐनअनुसार पार्टीपिच्छे टे«ड युनियन खोल्न पाइन्छ भने प्रस्तावित मस्यौदामा एकल ट्र...
सरकारलाई कारबाही गर्ने सर्वोच्च अदालतको कडा चेतावनी

सरकारलाई कारबाही गर्ने सर्वोच्च अदालतको कडा चेतावनी

काठमाडौँ, ३० भदौ । आफुले दिएको आदेश पटक पटक उल्लघन गरेको भन्दै सर्बोच्च अदालतले सरकारलाई कारवाही गर्ने कडा चेतावनी दिएको छ । सर्वोच्च अदालतले सरकारलाई संविधानको धारा १२८(४) अनुसार आफ्नो आदेश अवहेलना गरेकाले कारबाही गर्ने चेतावनी दिएको हो । संविधानको धारा १२८ को उपधारा ४ मा ‘अदालतको आदेश वा फैसला अवज्ञा गरेमा कानुन बमोजिम अवहेलनामा कारबाही चलाई सजाय गर्न सक्ने’ उल्लेख छ । सर्वोच्च अदालतले चारपटक...
पहिरोमा परेका दुई जनाको मृत्यु

पहिरोमा परेका दुई जनाको मृत्यु

लमजुङ, २८ भदौ । मस्र्याङ्दी गाउँपालिका–३ खुदी पल्लोटारीमा पहिरोमा परेका दुई जनाको मृत्यु भएको छ । पहिरोमा पुरिका एर एकै परिवारका ६० वर्षीया अभिरुपा थापा र १० वर्षीय सिरक थापालाई उद्धार गरेर उपचार गराउने क्रममा उनीहरूको मृत्यु भएको हो । वर्षाका कारण ठाउँ–ठाउँमा सडक अवरोध हुँदा उनीहरुलाई थप उपचारका लागि सदरमुकामसम्म पनि ल्याउन सकिएको थिएन । पहिरो चलेपछि घर छोडेर भाग्दाभाग्दै उनीहरू पुरिएका थिए ।...
उदयपुरको कटारी अस्पतालमा चिकित्सक अभाव हुँदा उपचारमा समस्या

उदयपुरको कटारी अस्पतालमा चिकित्सक अभाव हुँदा उपचारमा समस्या

गाईघाट, उदयपुर, २८ भदौ । जिल्लाको पश्चिम क्षेत्र कटारी बजारमा अवस्थित कटारी अस्पतालका तीन चिकित्सक एकैचोटी अन्यत्र हिँडेपछि अहिले अस्पतालमा आउने बिरामीको उपचारमा समस्या भएको छ । दैनिक ५० देखि १०० को हाराहारीमा उपचारका लागि कटारी अस्पतालमा चिकित्सकलाई दिनभर कुरेर बस्नुपर्ने नत्र अन्यत्र निजी क्लिनिक जान बाध्य हुनुपरेको बिरामीका आफन्त बताउँछन् । कटारी–८ सिरीसेका रामप्रसाद पौडेल भन्नुहुन्छ, “एक म...
विशेष अभियानबाट ३ सय ३७ ट्याक्सी परे कारबाहीमा

विशेष अभियानबाट ३ सय ३७ ट्याक्सी परे कारबाहीमा

काठमाडौँ, २८ भदौ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चलाएको विशेष अभियानअन्तर्गत ३३७ ट्याक्सी कारबाहीमा परेका छन् । भनेको स्थानमा जान नमान्ने, तोकिएको भन्दा बढी भाडा लिने, मिटरमा जान नमान्ने र मिटर बिगार्नेलगायत कार्य गर्ने ट्याक्सी चालकलाई नियन्त्रणमा लिई कारबाही गरिएको हो । महाशाखाले यही भदौ २१ गतेदेखि उक्त अभियान सञ्चालन गर्दै आएकोे छ । भदौ २१ मा ७१, २२ मा ६१, २३ मा ५१, २४ मा ४०, २५ मा ४१, ...
पूर्वी पहाडी जिल्लामा विद्युत् सेवा अवरुद्ध

पूर्वी पहाडी जिल्लामा विद्युत् सेवा अवरुद्ध

पशुपतिनगर, २८ भदौ । केन्द्रीय विद्युत् प्रसारण लाइनमा समस्या आएपछि पूर्वी पहाडी जिल्लामा २४ घण्टादेखि विद्युत् सेवा ठप्प भएको छ । नेपाल विद्युत् प्राधिकरणका दुई प्रसारण लाइनको तार चुँडिएपछि इलाम, पाँचथर र ताप्लेजुङमा विद्युत् सेवा ठप्प भएको हो । इलामको रोङ गाउँपालिकास्थित किटेनीमा चार दिनअघि गएको पहिरोका कारण झापाको विर्तामोडदेखि ताप्लेजुङ जोड्ने ३३ केभीको विद्युतीय लाइनको चार पोलमा क्षति पुगेक...
ठाउँ-ठाउँमा तीजको रमझम : ब्रत बस्दा स्वास्थ्यको ख्याल गर्न इन्दिरा शर्माको सुझाव (भिडियोसहित)

ठाउँ-ठाउँमा तीजको रमझम : ब्रत बस्दा स्वास्थ्यको ख्याल गर्न इन्दिरा शर्माको सुझाव (भिडियोसहित)

विराटनगर, २७ भदौ । हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज बुधबार मोरङमा पनि धुमधामका साथ मनाईएको छ । ठाउँ–ठाउँमा तीज बिशेष कार्यक्रम गरेर हर्सोल्लासपूर्वक तीज पर्व मनाईएको हो । यसैवीच तीजको अवसर पारेर मोरङको वेलवारी–३ सहकारी टोलमा कल्पेश्वर शिव मन्दिर ब्यवस्थापन समितिले तीज बिशेष धार्मिक साँस्कृतिक कार्यक्रम गरेको छ । कार्यक्रमलाई संबोधन गर्दै नोबेल अस्पतालका प्रवन्ध निर्देशक इन्दिरा शर्माले...
सिक्काको दुरुपयोग बढ्दै, ऐन कसिलो भएन

सिक्काको दुरुपयोग बढ्दै, ऐन कसिलो भएन

कुश्मा पर्वत, २७ भदौ। नयाँ मुलुकी ऐन फौजदारी कार्यविधि (संहिता) लागू भए पनि ऐन अझै कसिलो नहुँदा सिक्काको दुरुपयोग रोकिएको छैन । नेपाल सरकारको मुलुकी ऐन खोटा चलनमा उल्लेख भएका कतिपय प्रावधान पुरानै छन्, भने सिक्काको हकमा परिवर्तित कानून पनि फितला देखिएका छन् । राज्यले नयाँ संविधान निर्माण गरिसकेपछि मुलुकी फौजदारी कार्यविधि कार्यान्वयनमा ल्याएको छ । सिक्का चलन सम्बन्धमा केही परिवर्तन भए पनि ठूलो ...
बेलडाँगी–१ शिविर खाली

बेलडाँगी–१ शिविर खाली

दमक, २७ भदौ । विगत २६ वर्षदेखिको झापा दमकमा रहेको भुटानी शरणार्थी शिविर वेलडाँगी १ खाली भएको छ । शरणार्थी रित्तिएपछि शिविर खाली गरिएको हो । शरणार्थी तेस्रो मुलुक पुनर्वास तथा बाँकी रहेकालाई अन्यत्र स्थानन्तरण गरिएपछि दमक नगरपालिका–२ को उक्त शिविर खाली भएको शिविरका पूर्वसचिव सञ्चहाङ सुब्बाले बताउनुभयो । खाली गर्ने क्रममा थोरै संख्यामा त्यहाँ बस्दै आएका शरणार्थीलाई बेलडाँगी –२ र ३ मा घर निर्माण ग...
पूर्वी नेपालमा भूकम्पको धक्का

पूर्वी नेपालमा भूकम्पको धक्का

धनकुटा, २७ भदौ । पूर्वी नेपालमा आज बिहान भूकम्पको धक्का महसुस भएको छ । बिहान करिव १० बजेर ३७ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो । धनकुटा, भोजपुर, सुनसरी, मोरङ, झापा लगायत जिल्लामा भूकम्पको धक्का महसुस गरिएको जिल्ला सहकर्मीहरुले जनाएका छन् । भूकम्पको रेक्टरस्केल र केन्द्र बिन्दु भने पत्ता लाग्न वाँकी छ ।
प्रधानमन्त्री ओलीद्वारा तीजको शुभकामना

प्रधानमन्त्री ओलीद्वारा तीजको शुभकामना

काठमाडौँ, २७ भदौ। प्रधानमन्त्री केपी शर्मा ओलीले हरितालिका तीजको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनीमा शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आज शुभकामना सन्देश दिनुहँुदै तीज पर्वले सम्पूर्ण महिलालाई एकताबद्ध भएर अगाडि बढ्न प्रेरणा मिलोस् भन्नुभयो । नेपालजस्तो बहुसांस्कृतिक, बहुधार्मिक तथा बहुजातीय देशमा मनाइने विभिन्न चाडपर्वले आम नेपालीलाई एक सूत्रमा बाँध्न सहयोग गर्ने प्रधानमन्त्रीक...
मोरङमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुईको मृत्यु, छ घाईते

मोरङमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुईको मृत्यु, छ घाईते

मोरङ, २६ भदौ । मोरङका दुई स्थानमा मंगलवार भएका सवारी दुर्घटनामा परी दुई महिलाको मुत्यु भएको छ भने ६ जना घाईते भएका छन् । विराटनगर बसपार्क दक्षिण कोशी राजमार्गमा विहान करिव ११ बजे ट्रकले मोटरसाईकललाई ठक्कर दिदा एक महिलाको मृत्यु भयो । दुर्घटनामा दुई जना घाईते छन् । महेन्द्रचौकदेखि जोगबनीतर्फ जादै गरेको एच.आर.५५ एल.१४१९ नम्बरको भारतीय मालबाहक ट्रकले सोहि दिशातर्फ जादै गरेको को.५ प.३२०० नम्बरको मो...
मानव ओसारपसारका घटना बढ्दै

मानव ओसारपसारका घटना बढ्दै

काठमाडौँ, २६ भदौ । नेपालमा मानव बेचबिखन तथा ओसारपसारबाट पीडितको सङ्ख्या वर्षेनी बढ्दै गएको एक सरकारी तथ्याङ्कले देखाएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, मानव बेचविखन तथा ओसारपसार नियन्त्रण शाखाले सार्वजनिक गरेको तथ्याङ्ककअनुसार मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी उजुरी तथा विभिन्न अदालतहरूमा रहेको मुद्दाहरूको तथ्याङ्कक हेर्दा पछिल्लो सात वर्षमा यस्ता घटना दोब्बरले बढेको पाइएको छ ।...
कुकुर कुट्दा दुई युवा जेल चलान

कुकुर कुट्दा दुई युवा जेल चलान

काभ्रेपलाञ्चोक, २६ भदौ । कुकुर कुट्दा बनेपाका दुई युवा जेल परेको खबर छ । बनेपा–७ मा कुकुरलाई कुट्ने दुई जनालाई पक्राउ गरी प्रहरीले मुद्दा चलाएको छ। स्थानीय संविधानबहादुर जोशीका कुकुर कुट्ने र धम्क्याउने दुई युवालाई पक्राउ गरेको हो। ‘घरपालुवा जनावर कुटेको’ उजुरी इलाका प्रहरी कार्यालयले दार्ता गरेपछि खानीखोला गाउँपालिका–७, हाल बनेपा–७ बस्दै आएका १९ वर्षीय सुरेश ब्लोन र धुलिखेल–१ का २८ वर्षीय राज ला...
error: Content is protected !!