अरुण नदीमा बृद्धा बेपत्ता

अरुण नदीमा बृद्धा बेपत्ता

धनकुटा, ५ असोज । धनकुटाको महालक्ष्मी नगरपालिका–५ रामबजारकी ६१ वर्षीया शुककुमारी राई अरुण नदीमा बेपत्ता भएकी छन् । बिहीबार बिहान करिव ५ बजे घरमा कसैलाई नसोधी हिडेकी राई अरुण नदीमा डुवेर बेपत्ता भएको प्रहरीको आशंका छ । घरबाट सम्पर्कबिहिन भएपछि खोजी गर्ने क्रममा साँझ आपँडाडा स्थित अरुण नदी किनारमा उनको टर्चलाइट, चप्पल, घडि र पैसा बोक्ने थैली भेटिएको छ । नदी किनारमा उनका सामानहरु भेटिएकाले नदीमा ...
अग्रिम टिकट लिन आएका यात्रु रित्तो हात फर्के

अग्रिम टिकट लिन आएका यात्रु रित्तो हात फर्के

काठमाडौँ, ५ असोज । नेपालीहरूको महान् चाड दशैँमा घर जाने यात्रु टिकट लिन आज बिहानै नयाँ बसपार्क आए पनि अग्रिम टिकट बुकिङ खुला नहुँदा खाली हात फर्कनुपरेको छ । यातायात व्यवस्था विभाग र यातायात व्यवसायीले लामो दूरीका सवारी साधनको आजदेखि टिकट बुकिङ खुला गर्ने भनेका कारण नयाँ बसपार्कमा टिकट लिन आएका यात्रु अग्रिम टिकट बुकिङ खुला नहुँदा रित्तो हात फर्कनुपरेको हो । महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कका ...
प्रदेशमा सरकारी भाषा तय गर्न छ आधार प्रस्ताव

प्रदेशमा सरकारी भाषा तय गर्न छ आधार प्रस्ताव

काठमाडौँ, ५ असोज । प्रदेशमा नेपाली बाहेकका अन्य भाषालाई सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिन भाषा आयोगले विभिन्न ६ वटा आधार प्रस्ताव गरेको छ। प्रदेशमा भाषा बोल्ने बक्ताको सङ्ख्या, भाषिक पहिचान, लेखन प्रणाली, भाषाको स्तरीकरण, भाषाको स्वीकार्यता र भाषाको इतिहासका आधारमा प्रदेशमा नेपालीबाहेक अन्य राष्ट्रभाषाले सरकारी भाषाका रूपमा मान्यता पाउन सक्ने आयोगले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ। आयो...
यौनशक्ति बढाउन सर्पको मासु

यौनशक्ति बढाउन सर्पको मासु

के तपाईंले कहिले सर्पको मासु चाख्नुभएको छ ? सर्पको मदिराको एकदुई घुट्की नि ? नेपालीहरु धेरैले ‘छैन’ नै भन्नुहुन्छ होला । तर भियतनाममा भने सर्पको मासु खाने चलन छ । सर्प खाने आँट भएका मानिसहरुलाई भियतनाम गज्जबको स्थान हुनसक्छ । जङ्गलबाट समातेर ल्याइएका सर्पलाई काटिन्छ तर जीवितै राखिन्छ । पछि उम्लिरहेको पानी खन्याएर तिनलाई मारिन्छ । त्यसपछि सफा गरेर, काटकुट पारेर भुटिन्छ र लेमन ग्राँस र खोर्सानीस...
विदेशमा बस्ने नेपालीलाई मताधिकार, आदेश पालना गर्न सरकारलाई कठिन

विदेशमा बस्ने नेपालीलाई मताधिकार, आदेश पालना गर्न सरकारलाई कठिन

काठमाडौँ, ५ असोज । निर्वाचन आयोगले विदेशमा रहेका नागरिकलाई मतदानमा भाग लिन सक्ने विषयमा विस्तृत अध्ययन गर्नुपर्ने भन्दै सरकारलाई झकझक्याएको छ। विदेशमा बस्ने नेपालीलाई निर्वाचनमा सहभागी गराउन नेपालसँग अनुभव नभएको भन्दै आयोगले थालेको औपचारिक तथा अनौपचारिक छलफलमा सरकारलाई कसरी अगाडि बढ्ने भन्ने बारेमा तयारी गर्न आग्रह गरेको छ। सर्वोच्च अदालतले विदेशमा बस्ने नेपाली नागरिकको मतदानको अधिकार सुनिश्चि...
कञ्चनपुरमा १० वर्षे बालकद्वारा ६ वर्षीया बालिका विद्यालयमै बलात्कृत

कञ्चनपुरमा १० वर्षे बालकद्वारा ६ वर्षीया बालिका विद्यालयमै बलात्कृत

कञ्चनपुर । कञ्चनपुरमा १७ वर्षीया किशोरी कविता विष्ट र १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको घटना सेलाउन नपाउँदै फेरि कञ्चनपुरमा एक छात्रा (बालिका) बलात्कृत भएकी छन् । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ की ६ वर्षीया बालिका बिहीबार विद्यालयमै बलात्कृत भएकी हुन् । कालिका मावि कक्षा २ मा अध्ययनरत बालिका विद्यालयको टिफिन समयमा बलात्कृत भएकी हुन् । कक्षा कोठामै बलात्कार भएको पीडित बालि...
यस्तो छ निर्मला पन्तको पोस्टमार्टम रिपोर्ट, सैनिकमाथि पनि अनुसन्धान

यस्तो छ निर्मला पन्तको पोस्टमार्टम रिपोर्ट, सैनिकमाथि पनि अनुसन्धान

काठमाडौँ, ५ असोज । दुई महिना हुन लाग्दा पनि कञ्चनपुरकी बालिका निर्मला पन्तको बालत्कारपछि हत्या घटनाको अनुसन्धान शुन्यमै छ । अनुसन्धान लाम्बिँदै जाँदा घटना झन् रहस्यमय बन्दै गएको छ । प्रहरीले सुरुवाती अनुसन्धानमा लापर्बाही गर्दा कतिपय प्रमाण नष्ट भएका छन् । जसकारण अनुसन्धान डिएनए र पोस्टमार्टमा रिपोर्टमा भर पर्नुपरेको छ । निर्मलाको पोस्टमार्टमा रिपोर्टमा बलात्कारपछि नै हत्या गरिएको उल्लेख छ । से...
विप्लवसँग वार्ता गर्न प्रकाण्डलाई रिहा गर्दै सरकार, यी हुन् विप्लवका तीन सर्त

विप्लवसँग वार्ता गर्न प्रकाण्डलाई रिहा गर्दै सरकार, यी हुन् विप्लवका तीन सर्त

काठमाडौँ, ५ असोज । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई अदालतले छाड्न आदेश दिए अर्को मुद्दा नलगाउने निर्णयमा सरकार पुगेको छ । नेकपासँग वार्ताको वातावरण बनाउने तयारीमा रहेको सरकारले यस्तो रणनीति बनाएको हो । पक्राउ परेका नेकपाका अन्य नेता–कार्यकर्ताको हकमा पनि यही नीति अपनाउन सरकार तयार भएको छ । सरकारद्वारा गठित राजनीतिक वार्त...
सेपाकताक्रो टोली थाइल्यान्ड जाने

सेपाकताक्रो टोली थाइल्यान्ड जाने

काठमाडौँ, ४ असोज । नेपाली सेपाकताक्रो टोली ३३ औँ किङ्स कप सेपाकताक्रो च्याम्पियनसिपमा सहभागी हुन शुक्रबार थाइल्याण्डको खोराट जाने भएको छ । सेप्टेम्बर २३ देखि ३० तारिखसम्म हुने प्रतियोगितामा नेपाली पुरुष/महिला खेलाडी टोलीले रेगु, डबल्स र क्वाड स्पर्धामा सहभागिता जनाउनेछन् । पुरुषमा रुपेशसुनार (कप्तान), रोशन तामाङ, सुजन डङ्गोल, सञ्जीव धिमाल, रबिन भट्टराई तथा विजय महतो रहेका छन् । महिलामा सोममाया ...
ट्रम्पसँग फेरी शिखर वार्ता गर्न किमलाई मुन र चीनको आग्रह

ट्रम्पसँग फेरी शिखर वार्ता गर्न किमलाई मुन र चीनको आग्रह

सोल, ४ असोज । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ अनलाई अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग फेरि शिखर बैठक गर्न दक्षिण कोरिया र चीनले सुझाव दिएका छन् । दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले चाडै नै ट्रम्पसँग शिखर बैठक गर्न किमलाई बिहीबार आग्रह गर्नुभएको हो । दुई कोरियाको शिखर बैठकमा क्रममा मुनले किमसँग यस्तो अपेक्षा व्यक्त गर्नुभएको समाचारमा जनाइएको छ । तीन दिन अगाडी गत मंगलबारदेखि शिखर ...
नोबेलमा बिकिरण सुरक्षा सम्बन्धि प्रदेश स्तरीय कार्यशाला

नोबेलमा बिकिरण सुरक्षा सम्बन्धि प्रदेश स्तरीय कार्यशाला

विराटनगर, ४ असोज । अस्पतालका बिकिरणयुक्त उपकरणमा काम गर्ने कर्मचारीहरुको सुरक्षा सम्बन्धि १ नम्बर प्रदेश स्तरीय कार्यशाला बिहिबार बिराटनगरमा सम्पन्न भएको छ । नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलको सहयोगमा नेपाल बिज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानले कार्यशाला गरेको हो । नोबेल शिक्षण अस्पतालमा आयोजित कार्यशाला उद्घाटन गर्दै प्रदेश प्रमुख प्रा.डा.गोबिन्द बहादुर तुम्वाहाङले बिकिरणबाट बच्न सावधानी अपन...
अन्सारीको हत्यारालाई कारवाहीको दायरामा ल्याउँछौंः गृहमन्त्री थापा

अन्सारीको हत्यारालाई कारवाहीको दायरामा ल्याउँछौंः गृहमन्त्री थापा

काठमाडौँ, ४ असोज । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सुनसरीका खुर्शिद अन्सारी हत्याको घटनालाई आफूले गम्भीरतापूर्वक लिएको बताउएका छन्। आज गृहमन्त्रालयमा नेपाल मुस्लिम इत्तेहाद सङ्गठनका प्रतिनिधिमण्डलसँगको भेटमा उनले घटनाले आफूलाई स्तब्ध बनाएको बताउँदै दोषीलाई कारवाहीको दायरमा ल्याई छाड्ने प्रतिबद्धता व्यक्त गरे । मन्त्री थापाले भने, “यो घटनालाई मैले गम्भीररुपमा लिएको छु, अपराधी जो सुकै भए पनि ...
प्रधामन्त्री ओली शनिबार न्यु योर्क प्रस्थान गर्नुहुने

प्रधामन्त्री ओली शनिबार न्यु योर्क प्रस्थान गर्नुहुने

काठमाडौँ, ४ असोज । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र सङ्घको महासभाको ७३ औं. अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै असोज ६ गते शनिबार न्यु योर्कतर्फ प्रस्थान गर्नुहुनेभएको छ । उहाँका साथमा उहाँकी धर्मपत्नी राधिका शाक्य पनि रहनुहुनेछ । असोज ९ गते मङ्गलबारबाट आरम्भ हुने यस अधिवेशनको मूल विषय ‘संयुक्त राष्ट्र सङ्घलाई सबै जनतासँग सम्बन्धित तथा शान्ति र न्यायपूर्ण तथा दिग...
फिफा वरियतामा नेपाल एक स्थानमाथि

फिफा वरियतामा नेपाल एक स्थानमाथि

काठमाडौँ, ४ असोज । फिफा वरियतामा नेपालको अवस्था एक स्थान सुधार भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले आज सार्जजनिक गरेको पछिल्लो वरियतामा नेपाल १६०औँ स्थानमा रहेको छ । गत महीना नेपाल १६१औँ स्थानमा थियो । बङ्गलादेशमा हालै सम्पन्न साफ च्याम्पियनसिपको प्रदर्शनका आधारमा नेपालको वरियतामा सुधार आएको हो । फिफाले निकालेको नयाँ वरियतामा नेपाल दक्षिण एशियाली राष्ट्रमा तेस्रो स्थानमा रहेको छ । ने...
मिर्गौलामा पत्थरी : कसलाई, किन र कसरी हुन्छ ?

मिर्गौलामा पत्थरी : कसलाई, किन र कसरी हुन्छ ?

मिर्गौलामा हुने पत्थरी आम समस्याको रुपमा देखापर्दैछ । दैनिक पत्थरीको समस्या बाकेर अस्पताल धाउनेको संख्या निकै ठूलो छ । विशेषगरी अव्यवस्थित जीवनशैली र खानामा असन्तुलनको कारण यस्तो समस्या हुन्छ । महिलाको तुलनामा पुरुषमा पत्थरीको समस्या बढी हुने गर्छ । उसो भए मिर्गौलामा पत्थरी कति हानिकारक छ त ? कसलाई हुन्छ पत्थरी – मिर्गौलामा पत्थरी हुनुका कुनै निश्चित कारण हुँदैन । यसका विभिन्न रिस्क फ...
फिदिममा रङ्गशाला निर्माणका लागि ५० रोपनी जग्गा प्रदान

फिदिममा रङ्गशाला निर्माणका लागि ५० रोपनी जग्गा प्रदान

पाँचथर, ४ असोज । पुष्पलाल मध्यपहाडी लोकमार्ग आसपासका १० शहरलाई नयाँ शहरको रुपमा विकास गर्ने सरकारी योजनाअनुसार काम भइरहेको पाँचथर सदरमुकाम फिदिममा व्यवस्थित रङ्गशाला निर्माणका लागि यहाँका स्थानीयले ५० रोपनी जग्गा निःशुल्क प्रदान गर्नुभएको छ । फिदिम नगरपालिका–५ सरसिउलामा रङ्गशाला निर्माणका लागि स्थानीय जग्गाधनीले ५० रोपनी जग्गा निःशुल्क प्रदान गर्नुभएको हो । १० जना स्थानीय जग्गा धनीले फिदिम नगरप...
पाँच वर्षमा उत्पादन वृद्धि दोब्बर बनाउन जोड

पाँच वर्षमा उत्पादन वृद्धि दोब्बर बनाउन जोड

काठमाडौँ, ४ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिको आधुनिकीकरण, व्यवसायीकरण र यान्त्रीकीकरणमार्फत दिगो कृषि विकासको लक्ष्य पूरा हुने बताउनुभएको छ । काठमाडौँमा आजदेखि शुरु भएको ‘सार्क क्षेत्रका कृषकको आय दोब्बर गर्न कृषि प्रसार रणनीति तथा अवधारणा’ विषयको अन्तर्राष्ट्रिय सम्मेलनमा प्रधानमन्त्री ओलीले उत्पादन दोब्बर बनाउन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत ‘पकेट’, ‘ब्लक’, ‘जोन’ र ‘स...
हरियो चिया पत्ती उत्पादनमा कमी

हरियो चिया पत्ती उत्पादनमा कमी

पशुपतिनगर, इलाम, ४ असोज । पछिल्लो समय हरियो चिया पत्ती उत्पादनमा कमी आएको छ । उत्पादन कम हुँदा चिया प्रशोधन गर्ने कारखानालाई सधैँ हरियो पत्तीको अभाव हुने गरेको छ । केन्द्रीय तथ्याङ्क विभाग र चिया तथा कफी विकास बोर्डले गरेको सर्वेक्षण अनुसार नेपालमा चिया प्रशोधन गर्न ११३ उद्योग सञ्चालनमा छन् । चिया प्रशोधन उद्योगको वार्षिक तयारी चिया उत्पादन क्षमता पाँच करोड २१ लाख किलो रहेको छ । एक सय १३ उद्योग...
एघार हजार क्षमतामा २० हजार कैदीबन्दी

एघार हजार क्षमतामा २० हजार कैदीबन्दी

काठमाडौँ ४ असोज । नेपालमा कारागारको क्षमताभन्दा झण्डै दुई गुणा बढी कैदीबन्दी रहेका छन् । विभिन्न अपराधमा मुलुकभरका ७२ जिल्लाका ७४ कारागारमा क्षमताभन्दा झण्डै दुईगुणा कैदीबन्दीले जेलजीवन बिताइरहेका छन् । काठमाडौँमा केन्द्रीय कारागार जगन्नाथदेवल, डिल्लीबजार कारागार तथा दाङमा तुल्सीपुर र घोराही कारागार रहेका छन् । ७७ जिल्लामध्ये धनुषा, भक्तपुर, बारा, पूर्वी रुकुम र पूर्वी नवलपरासीमा कारागार छैन । ...
डिजिटल प्रहरी परिचालन प्रणालीको शुभारम्भ

डिजिटल प्रहरी परिचालन प्रणालीको शुभारम्भ

विराटनगर, ४ असोज । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशलाई अपराधमुक्त र सुरक्षित बनाउन प्रदेशका १४ वटै जिल्लामा डिजिटल प्रहरी परिचालन प्रणाली विस्तार गर्न लागिएको बताएका छन् । जिल्ला प्रहरी कार्यालय मोरङमा पहिलो चरणमा शुुरु भएको डिजिटल प्रहरी परिचालन प्रणालीको आज शुभारम्भ गर्र्दै उनले छिमेकी मुलुकसँग जोडिएको सीमा क्षेत्रमा सुरक्षा व्यवस्थित बनाउन मोबाइल एप्स प्रणाली पनि सञ्चालनमा ल्या...
ब्राजिलमा बुलेटप्रुफ कार, सुरक्षा कि प्रतिष्ठा ?

ब्राजिलमा बुलेटप्रुफ कार, सुरक्षा कि प्रतिष्ठा ?

साओ पाउलो, ४ असोज । ब्राजिलका धेरै नागरिक सवारी साधन दौडाइरहँदा कहाँ कसको गोलीबाट मारिने हो भन्ने चिन्तामा डुबेका हुन्छन् । कमजोर अर्थतन्त्रका कारण आफ्नो सुरक्षाका लागि उनीहरुसँग यथेष्ट रकम पनि छैन । अर्कैले प्रयोग गरिसकेको बुलेटप्रुफ (गोली छेक्न सक्ने) कार उनीहरुको रोजाइमा पर्न थालेको छ । साँच्चिकै सुरक्षाका लागि होस् वा अरुलाई देखाउन, निजी बुलेटप्रुफ कार धनदौलतको रवाफ देखाउन पनि प्रयोग गरिन थ...
नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध – उपराष्ट्रपति पुन

नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध – उपराष्ट्रपति पुन

काठमाडौँ, ४ असोज । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताउनुभएको छ । चीनको छेन्दुमा आयोजित १७ औँ पश्चिम चीन अन्तर्राष्ट्रिय मेला तथा नवौँ पश्चिम चीन अन्तर्राष्ट्रिय सहकार्य मञ्चलाई आज सम्बोधन गर्दै उहाँले नेपाल आफ्नो भूमिलाई चीनविरुद्ध कुनै पनि क्रियाकलाप हुन नदिन प्रतिबद्ध रहेको बताउनुभयो । चीनले अवलम्बन गरिरहेको मित्रता, आपसी लाभ तथा समावेशीताका सिद्धान्तद्व...
सुनसरीमा गोली चल्यो, एकको मृत्यु २ प्रहरी घाइते

सुनसरीमा गोली चल्यो, एकको मृत्यु २ प्रहरी घाइते

सुनसरी, ४ असोज । सुनसरीको हरिनगर गाउँपालिकामा एक व्यक्तिको गोली हानी हत्या गरीएको छ । हरिनगर गाउँपालिका–४ मा स्थानिय विद्यालयका शिक्षक खुर्सिद आलम अन्सारीलाई भारतीय नं प्लेट भएको मोटरसाइकलमा सवार व्यक्तिले गोली हानी हत्या गरेका हुन् । हरिनगर गाउँपालिकाका वडाध्यक्ष गफार अन्सारीका अनुसार हत्या गरी फरार हुनेको प्रहरीद्वारा खोजी कार्य भइरहेको छ । आज पौने एघार बजे मोटरसाईकलमा आएका दुई जना हतियाधारी ...
तौल घटाउन चाहनुहुन्छ भने राती कपडा नलगाई सुत्नुहोस्

तौल घटाउन चाहनुहुन्छ भने राती कपडा नलगाई सुत्नुहोस्

यदि तपाईं पनि तौल कम गर्नेबारे सोच्दै हुनुहुन्छ तर जिममा गएर पसिना बगाउन, व्यायाम गर्न र डाइटिङ गर्न चाहनुहुन्न भने तपाईंका लागि खुसीको खबर छ । यी कुराहरु नअपनाइकनै तपाईं आफ्नो तौल घटाउन सक्नुहुन्छ । यसका लागि तपाईंले राती कपडा बिना नै सुत्नुपर्ने हुन्छ । शरिरमा सकारात्मक परिवर्तनः नेशनल इन्स्टिच्यूट अफ चाइल्ड हेल्थ एन्ड ह्यूमन डिभलपमेन्ट मेरिल्याण्ड र स्ट्यानफोर्ड युनिभर्सिटीको तर्फबाट गराइ...
इन्धन ढुवानी नगर्ने ट्याङ्करको सम्झौता रद्द गरिने

इन्धन ढुवानी नगर्ने ट्याङ्करको सम्झौता रद्द गरिने

काठमाडौँ, ४ असोज । नेपाल आयल निगमले इन्धन ढुवानीकर्ता तथा चालकले तत्काल ट्याङ्कर सञ्चालन नगरे ढुवानी सम्झौता रद्द गर्ने जनाएको छ । निगमले एक सूचना प्रकाशित गर्दै पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थामा प्रतिकूल प्रभाव पार्ने पिडिओ नलिने, भारतीय आयल कर्पोरेशन ९आइओसी०मा इन्धन लिन नजाने, डिपोमा इन्धन लिएर नआउने र बिक्री वितरणमा असहयोग गर्ने ट्याङ्कर तथा चालकलाई कडा कारवाही गरिने जनाएको छ । निगमले ट्...
त्रिविको दीक्षान्त फाराम अनलाइनबाट

त्रिविको दीक्षान्त फाराम अनलाइनबाट

काठमाडौँ, ४ असोज । त्रिभुवन विश्वविश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको दीक्षान्त समारोहमा सहभागी हुने विद्यार्थीका लागि अनलाइनबाट आवेदन दिन सक्ने व्यवस्था गरेको छ । योसँगै अब परीक्षा नियन्त्रण कार्यालयमा उपस्थित भएर फाराम भर्नुपर्ने र बुझाउनुपर्ने झन्झटिलो व्यवस्था हट्ने भएको छ । विगत वर्षमा विद्यार्थीले भदौ महीनामा फाराम भर्न आउनुपर्ने र पुनः दोस्रो पटक दीक्षान्त समारोहमा भाग लि...
भूकम्प मापन केन्द्रमै भूकम्प

भूकम्प मापन केन्द्रमै भूकम्प

काठमाडौं, असोज ४ । गोरखाको बारपाक केन्द्रबिन्दु भएर भूकम्प गएको साढे ३ बर्ष पुग्दै गर्दा भूकम्पले भत्काएका घर अन्य संरचना पुनःनिर्माण जसतो अस्तव्यस्त छ, राष्ट्रिय भूकम्प मापन केन्द्रको हालत पनि उस्तै रहेको छ । ज्यादै न्यून जनशक्ति भएपछि केन्द्रको कार्यसम्पादन प्रभावित बन्न थालेको छ । गोरखा भूकम्पअघि १६ जना कर्मचारी कार्यरत केन्द्रमा अहिले ६ जना मात्रै छन् । बारपाक भूकम्पपछि केन्द्रका कर्मचारी २४...
विदेश भ्रमणमा सरकारी ढुकुटीबाट २४ करोड रुपैयाँ खर्च

विदेश भ्रमणमा सरकारी ढुकुटीबाट २४ करोड रुपैयाँ खर्च

काठमाडौं, ४ असोज । गत आर्थिक वर्षमा कर्मचारीको विदेश भ्रमणमा सरकारी ढुकुटीबाट २४ करोड रुपैयाँ खर्च भएको छ । चार हजार ८४६ कर्मचारीको विदेश भ्रमणमा २३ करोड ९७ लाख २५ हजार २२२ रुपैयाँ खर्च भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयद्वारा गठित वैदेशिक भ्रमण अध्ययन कार्यदलले डेढ महिनाको अध्ययनपछि एक वर्षमा उक्त रकम राज्यकोषबाट खर्च भएको प्रतिववेदन तयार परेको छ। कार्यदलले आर्थिक वर्ष २०७४/७५ म...
घाइते गाईको मृत्यु पछि मानिसको झै अन्तिम सँस्कार

घाइते गाईको मृत्यु पछि मानिसको झै अन्तिम सँस्कार

पाल्पा, ४ असोज । करिव १५ दिन पहिले ट्याक्टरको ठक्करबाट घाइते भएको एउटा गाइ तानसेनको टुडिखेलमा मृत्यु भएपछि त्यसलाई हिन्दु परम्परा अनुसार मृत्यु संस्कार अर्थात दाह संस्कार गरिएको छ । मानिसको मृत्यु जस्तै गरी मृत गाइको विश्व हिन्दु महासंघ पाल्पाको अगुवाइमा अन्तिम संस्कार गरिएको हो । घाइते गाइको पशु चिकित्सकको निगरानीमा उपचार गर्दागर्दैैै मृत्यु भएपछि मृतक गाईलाई नुहाइदिनुका साथै फूलमाला लगाएर श्र...
लोकसेवाले खरिदारदेखि सहसचिवसम्मको भर्ना खोल्दै

लोकसेवाले खरिदारदेखि सहसचिवसम्मको भर्ना खोल्दै

काठमाडौ, ४ असोज । संघीय निजामती सेवा ऐन २०७५ का मस्यौदामा खरिदार, उपसचिव तथा सहसचिव पदमा खुला भर्ना लिने व्यवस्था हटाइ पनि लोकसेवा आयोगले नियमित प्रक्रियाअन्तर्गत असोजको अन्तिम साता खरिदारदेखि उपसचिवसम्म खुला प्रतिस्पर्धाका लागि विज्ञापन निकाल्ने तयारी गरेको छ । संघीय निजामती सेवा ऐन २०७५ लागू नभएको कारण देखाउँदै आयोगले विद्यामान व्यवस्थाअनुसार सबै पदमा खुला प्रतिस्पर्धाका लागि विज्ञापन निकाल्न...
प्रदेश १ मा आठ महिनामा १०१ बालिका बलात्कृत

प्रदेश १ मा आठ महिनामा १०१ बालिका बलात्कृत

विराटनगर, ४ असोज । प्रदेश नं. १ अन्र्तगतका १४ जिल्लामा आठ महिनाको अवधिमा १०१ जना बालिका बलात्कृत भएका छन् । गत जनवरीदेखि अगष्टसम्मको तथ्यांक हेर्दा बालिका, किशोरी तथा महिलाहरु १०१ वटा बलात्कारको घटना भएको देखिन्छ । यस अवधिमा २ जना नवजात शिशुसहित ६ जना बालिकाको हत्या भएको छ । त्यसैगरी १८ जना किशोरी तथा बालिकाहरुमा बलात्कार प्रयास भएको ७ जनामा यौनदुब्र्यवहार भएको जनाइएको छ । मानव अधिकार उल्लङ्घन...
error: Content is protected !!