‘घर जान मन छ लगिदिनोस्’
काठमाडौँ, १९ असोज । उदयपुर गाईघाटका १० वर्षीय दावा मगर चाबहिलको सडकमा बस्थे । बटुवाले दिएको पैसाले खाने कुरा किनेर खान्थे । कतिपयले खाने कुरा नै दिन्थे ।
बुधबार स्थानीयले दिएको सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त गौशालाले उनलाई सडकबाट उद्धार ग¥यो । मगरलाई अहिले बालबालिका खोजतलास तथा समन्वय केन्द्र काठमाडौँमा राखिएको छ ।
“उनलाई संरक्षणमा राखेका छौँ,” केन्द्रका प्रमुख कृष्णबहादुर राजभण्डारीले भ...





























