धनकुटाको याक्चनामा भीषण डढेलो
धनकुटा, १ मंसिर । धनकुटा नगरपालिका ८ याक्चनामा सुक्रवार बिहानदेखि भीषण डढेलो लागेको छ । जंगलमा अकस्मात आगो सल्किएको प्रहरीले जनाएको छ ।
डढेलोमा आसपासको वस्ति समेत जोखिममा पर्न सक्ने भन्दै स्थानीयले प्रहरीलाई खबर गरेका थिए । डढेलो नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरी र स्थानीयबासी परिचालित रहेको स्रोतले जनाएको छ । घटनामा कुनै पनि मानविय क्षति भने भएको छैन ।
अपरान्हसम्म आगो निय...






















