नेपालको हवाई क्षेत्र कति सुरक्षित ? राजधानीमा सुरु भयो कोस्क्याप–एसएको बैठक
काठमाडौँ, २५ पुस । दक्षिण एशिया हवाई उड्डयन सुरक्षामा सहकार्यात्मक विकास तथा उडान योग्यताको निरन्तरतासम्बन्धी संस्था कोस्क्याप–एसएको सञ्चालन समितिको २६औँ बैठक यहाँ शुरु भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आयोजना गरेको बैठकमा सार्कका नेपाल,भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, माल्दिभ्स, भुटान र अफगानिस्तानका नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक तथा उड्डयन क्षेत्रमा संलग्न प्राविधि...





























