संगालोखबर सम्वाददाता

धनकुटा, २६ पुस । धनकुटालाई १ नम्बर प्रदेशको राजधानी घोषणाको माग गर्दै आज पनि एक घण्टा चक्काजाम गरिएको छ । कोशी राजमार्गको धरान–धनकुटा सडक खण्ड स्थित धनकुटाको जिरोपईन्टमा मध्यान्ह १२ देखि १ बजेसम्म चक्काजाम गरिएको हो ।

चक्काजामका कारण दर्जनौ सवारी साधन रोकिएका थिए । यसअघि हिजो पनि १ घण्टा चक्काजाम गरेर प्रादेशिक राजधानी घोषणाको माग गरिएको थियो । राजधानी बनाउँन माग गर्दै धनकुटाबासीले २७ दिनयता निरन्तर प्रदर्शन गर्दै आएका छन् । ६ दिनसम्म आमहड्ताल गरेका जिल्लाबासीले सरकारले तत्काल अस्थायी प्रादेशिक राजधानी नतोक्ने संकेत गरेपछि आन्दोलनको स्वरुप परिवर्तन गर्दै चक्काजाम गरेका हुन् ।

Advertisement

प्रशासनीक गौडा हुँदै पूर्वाञ्चल बिकास क्षेत्रको सदरमुकामसमेत भईसकेको धनकुटामा पर्याप्त भौतिक पुर्वाधार, १ नम्बर प्रदेशका १४ वटै जिल्लाको केन्द्र भागमा पर्ने, उपयुक्त हावापानी, मजवुत सुरक्षा ब्यवस्था लगायत कारणले प्रादेशिक राजधानी घोषणा गरिनुपर्ने जिल्लाबासीको माग छ ।

हरेक हिसावले उपयुक्त रहेकाले धनकुटालाई प्रादेशिक राजधानी बनाईनुपर्ने माग राख्दै आएका जिल्लाबासीले अन्यत्र राजधानी अस्वीकारने अडान राख्दै आएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!