‘नातिहरुको ब्रतबन्ध भएको छैन, प्रचण्डले नै दिनुहुन्छ दागबत्ती’
काठमाडौं, ३ मंसिर । आइतबार विहानमात्र निधन भएका छोरा प्रकाशलाई उनका पिता तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नै दागबत्ती दिने भएका छन्।
प्रकाशका छोराहरुको ब्रतबन्ध नभएका कारण प्रचण्डले नै दागबत्ती दिने सम्भावना रहेको पारिवारिक श्रोतले बताएको छ।
‘भाञ्जाबाबु (स्व प्रकाश) का दुई छोरा त छन्, तर उनीहरुको ब्रतबन्ध भएको छैन’ प्रकाशका मामा हिमराज पौडेलले भने, सम्भवतः भिनाजु (प्रच...






















