मोटरसाइकल नकिनिदिएको निहुँमा आँपको रुखमा झुण्डिएर आत्महत्या

मोटरसाइकल नकिनिदिएको निहुँमा आँपको रुखमा झुण्डिएर आत्महत्या

काठमाडौँ, १३ भदौ । अभिभावकले मोटरसाइकल नकिनिदिएको निहुँमा महोत्तरी जिल्लाको पिपरा गाउँपालिकामा मङ्गलबार एक विद्यार्थीले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार पिपरा गाउँपालिका–६ रतौली गाउँमा स्थानीय २१ वर्षीय आशिष मुखियाले घर नजिकै रहेको आँपको रुखमा झुण्डिएर आत्महत्या गरेका हुन् । यसै वर्ष माध्यमिक शिक्षा परीक्षा पास गरेका विद...
रुसले शीत युद्धपछिको सबैभन्दा ठूलो सैन्य अभ्यास गर्ने

रुसले शीत युद्धपछिको सबैभन्दा ठूलो सैन्य अभ्यास गर्ने

मस्को, रूस । रुसले आगामी महिना शीतयुद्ध पछि पहिलो पटक सबैभन्दा विशाल युद्ध अभ्यास गर्ने भएको रुसी रक्षा मन्त्रीले बताउनुभएको छ । सन् १९८० पछि तीन लाख सेना र एक हजार विमान प्रयोग गरी हुने सैन्य अभ्यासलाई भोस्टोक–२०१८ नामाकरण गरिने छ । सेप्टेम्बर १० देखि पाँच दिन हुने अभ्यासमा मुलुकका केन्द्रदेखि पूर्वी क्षेत्रसम्मका सबै तहका सेनाको प्रतिनिधित्व हुनेछ । यो अभ्यास पूर्वी यूरोपमा सन् १९८१ मा गरिएक...
फष्ट लेडीहरुकाे स्वागतका लागि आतुर पाटन दरबार स्क्वायर

फष्ट लेडीहरुकाे स्वागतका लागि आतुर पाटन दरबार स्क्वायर

ललितपुर, १३ भदौ । बिहीबार र शुक्रबार काठमाडौमा आयोजना हुने बिमस्टेक सम्मेलनमा सहभागी हुन आउने फस्ट लेडीहरुलाई ललितपुरको पाटन दरबार स्क्वायरमा सांस्कृतिक झलकहरु देखाईने भएको छ । सम्मेलनमा सहभागी हुन आउने फस्ट लेडीहरुले शुक्रबार पाटन दरवार स्वायरदेखि गोल्डेन ट्याम्पलमा तीन घण्टाको समय बिताउने भएका छन । त्यस क्रममा विश्वसम्पदा सूचीकृत पाटन दरबार क्षेत्र, गोल्डेन टेम्पलको नाउंले प्रसिद्ध हिरण्यवर्ण...
घरले च्यापिएर एकै परिवारका पाँचको मृत्यु

घरले च्यापिएर एकै परिवारका पाँचको मृत्यु

सल्यान, १३ भदौ । सल्यानमा गए राति घरले च्यापिएर एकै घरका पाँचको मृत्यु भएको छ । बागचौर नगरपालिका–४ सिमखोलीमा घर भत्किँदा एकै घरका पाँचको च्यापिएर मृत्यु भएको छ भने एक घाइते भएका छन् । मृत्यु हुनेमा ३९ वर्षीय रामसिंह कामी, उहाँकी ३५ वर्षीया श्रीमती रामकला कामी, उहाँकी ६ वर्षीया छोरी गङ्गा कामी, पाँच वर्षीया छोरी प्रमिला कामी र चार वर्षीय छोरा रुपलाल कामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्य...
डेढ सय भारतीय कमाण्डो काठमाडौंमा

डेढ सय भारतीय कमाण्डो काठमाडौंमा

काठमाडौँ, १३ भदौ ।  भारतीय सेनाका डेढ सयभन्दा बढी कमाण्डो फौज गुपचुप रुपमा काठमाडौं आएको छ । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षामा भारतबाटै अत्याधुनिक हातहतियार सहितको कमान्डो फार्स काठमाडौं आइपुगको हो । बंगलादेश, म्यानमार र थाइल्याण्डबाट पनि केही कमान्डो काठमाडौं आइसकेको उच्च...
ब्यान्डविथ खरिद : एनसेलले १० मा किन्छ, टेलिकमले २४ डलर तिर्छ

ब्यान्डविथ खरिद : एनसेलले १० मा किन्छ, टेलिकमले २४ डलर तिर्छ

काठमाडौँ, १३ भदौ । नेपाल टेलिकमले ग्लोबल टेन्डरमार्फत ब्यान्डविथ खरिद गर्दा चर्को मूल्य तिर्नु परेको छ। सार्वजनिक खरिद ऐनमा टेन्डरमार्फत नै ब्यान्डविथ खरिद गर्नुपर्ने व्यवस्था छ। टेलिकम र एनसेलले एउटै विदेशी कम्पनीसँग ब्यान्डविथ खरिद गरिरहेका छन्। तर, एनसेलको तुलनामा टेलिकमले तिर्नुपर्ने शुल्क करिब तीन गुणा बढी छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालय स्रोतका अनुसार टेलिकम र एनसेले भारतको भारती एय...
२०७५ भदौ १३ गते बुधबार/आजको राशिफल

२०७५ भदौ १३ गते बुधबार/आजको राशिफल

वि.सं. २०७५ साल भदौ १३ गते। बुधबार। इश्वी सन् २०१८ अगस्ट २९ तारिख। नेपाल संवत् ११३८ गुँलागा। भाद्र कृष्णपक्ष। तिथि– तृतीया, १९:३५ बजेउप्रान्त चतुर्थी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) आफ्ना कमजोरीबाट लाभ उठाउनेहरू सक्रिय हुने हुँदा सावधान रहनुपर्ला। आफ्नै बेहोसीले नोक्सान पुर्याउन सक्छ। घरखर्च बढ्नुका साथै अर्थ अभावले सताउने देखिन्छ। तापनि विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ।...
ट्रेड युनियन काङ्ग्रेसको प्रदेशस्तरीय बैठक

ट्रेड युनियन काङ्ग्रेसको प्रदेशस्तरीय बैठक

इटहरी, १२ भदौ । नेपाल ट्रेड युनियन काङ्ग्रेसका अध्यक्ष पुष्कर आचार्यले ट्रेड युनियन काङ्ग्रेसले सङ्घीय संरचनाअनुरुप सङ्गठनात्मक ढाँचा र स्वरुप परिमार्जन गर्ने गृहकार्यमा जुटेको बताउनुभएको छ । आज विराटनगरमा आयोजित नेपाल ट्रेड युनियन काङ्ग्रेस प्रदेश नं. १ को पूर्ण बैठकमा उहाँले श्रमजीवी नेपाली जनताको भावनालाई सरकार र राजनीतिक दलले उच्च कदर गर्नुपर्नेमा जोड दिनुभयो । वरिष्ठ उपाध्यक्ष महेन्द्रप्र...
झाँक्री हत्याको आरोपमा २४ जना थुनामा

झाँक्री हत्याको आरोपमा २४ जना थुनामा

धादिङ, १२ भदौ । जिल्ला अदालत धादिङले गङगाजमुना गाउँपालिका–२ लताब गाउँका झाँक्री र उनका सहयोगीलाई कुटपिट गरी हत्या गरेको आरोपमा पुर्पक्षका लागि २४ जनालाई थुनामा राख्न आदेश दिएको छ । जिल्ला न्यायाधीश प्रकाश ढुङ्गानाको इजलासले प्रहरीले पक्राउ गरी अनुसन्धानपछि जिल्ला अदालतमा पेश गरिएका २८ जनामध्ये २४ जनालाई पुर्पक्षका लागि थुनामा राख्न र चार जनालाई साधारण तारेखमा छाड्न आदेश दिइएको जिल्ला अदालतका स्...
धनकुटामा पनि मनाईयो हिलेजात्रा

धनकुटामा पनि मनाईयो हिलेजात्रा

धनकुटा, १२ भदौ । धनकुटामा पनि मंगलवार हिलेजात्रा पर्व मनाईएको छ । स्थानीय टुँडिखेलबाट सुरु भएको हिलेजात्रा नगरपरिक्रमा गरी पुनः टुँडिखेलमा पुगेर समापन भएको हो । रोपाई जात्रामा मान्छेलाई गोरुको रुपमा नारेर हिडाई हातमा बिउ बोकेर रोपार र कोदाली बोकेर लाठे निश्किएका थिए । केटाले केटिको पहिरन र केटिले केटाको पहिरन लगाएर युवा युवतीहरु झाँकिसहित जात्रामा निश्किएका थिए । असार र साउनमा रोपाई सकेर मनोरञ...
सामूहिक बलात्कारको आरोपमा पाँच युवक पक्राउ

सामूहिक बलात्कारको आरोपमा पाँच युवक पक्राउ

लहान, १२ भदौ । एक युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा सप्तरी प्रहरीले पाँच जना युवा पक्राउ गरेको छ । रक्षाबन्धनको अवसरमा सप्तरीको शम्भुनाथ नगरपालिकास्थित अर्नाहामा लागेको मेला भरेर फर्किंदै गरेकी सप्तरीको खडक नगरपालिका–५ की २० बर्षीया युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले जिल्लाको बिभिन्न स्थानबाट ५ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सप्तरीको शम्भुनाथ नगरपालिका–५ निवासी २० व...
बिम्स्टेकमा ऊर्जा सहायता अभिवृद्धिको समझदारी

बिम्स्टेकमा ऊर्जा सहायता अभिवृद्धिको समझदारी

काठमाडौ, १२ भदौ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा ‘बिम्स्टेक ग्रिड इन्टरकनेक्सन’ स्थापनासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने भएको छ । राजधानीमा आज सम्पन्न बिम्स्टेक मुलुकका वरिष्ठ पदाधिकारीको १९औँ बैठकले ऊर्जाको क्षेत्रमा सदस्य मुलुकबीच सहायता अभिवृद्धि गर्न त्यस्तो समझदारीपत्रमा हस्ताक्षरका लागि शिखर सम्मेलनमा सिफारिस गर...
एन्फाद्वारा ‘ग्रासरुट’ फुटबल कार्यक्रम शुरु

एन्फाद्वारा ‘ग्रासरुट’ फुटबल कार्यक्रम शुरु

काठमाडौँ, १२ भदौ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले तल्लो तहदेखि नै फुटबलको विकासका लागि ‘ग्रासरुट’ फुटबल कार्यक्रम शुरु गरेको छ । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले आज एन्फा कम्प्लेक्स सातदोबाटोमा आयोजित एक कार्यक्रमबीच उक्त कार्यक्रमको शुभारम्भ गर्नुभयो । कार्यक्रमअन्तर्गत जिल्ला तहबाटै फुटबलको विकासका लागि एन्फाले विविध कार्यक्रमसमेत बनाएको छ । कार्यक्रम यही भदौ २७ गतेबाट औपचारिक शुरुव...
ग्रामीण समुदायको जीवनस्तर उकास्न ३६ हजारभन्दा बढी नयाँ उद्योग दर्ता

ग्रामीण समुदायको जीवनस्तर उकास्न ३६ हजारभन्दा बढी नयाँ उद्योग दर्ता

काठमाडौँ, १२ भदौ । सरकारले ग्रामीण समुदायको जीवनस्तर उकास्नका लागि ३६ हजार ३०३ वटा नयाँ लघु, घरेलु तथा साना उद्योग दर्ता गरेको छ । आर्थिक विकासको मेरुदण्डका रुपमा रहेको लघु, घरेलु तथा साना उद्योगको विकासका लागि सरकारले आव २०७४/७५ मा सो सङ्ख्यामा नयाँ उद्योग दर्ता गरेको हो । दर्ता भएका नयाँ उद्योगमध्ये घरेलु तथा साना उद्योग विभागमा २२ हजार ६६६ र लघु, घरेलु तथा साना उद्योग विकास समितिमा १३ हजार ६...
भारतसँगका सम्झौता कार्यान्वयनका चरणमा छन्: प्रधानमन्त्री ओली

भारतसँगका सम्झौता कार्यान्वयनका चरणमा छन्: प्रधानमन्त्री ओली

काठमाडौँ, १२ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँगका सहमति र सम्झौता कार्यान्वयनका चरणमा रहेको जानकारी गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उहाँले दुवै मुलुकबीच गठन भएको प्रबुद्ध व्यक्ति समूहको प्रतिवेदनअनुसार दुवै मुलुकबीच भएका सन्धिसम्झौता पुनरावलोकन हुने चरणमा रहेको बताउनुभयो । सरकारको पहलमा रसुवागडी–काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययन सम्पन्न भएको र वीरगञ्ज–काठमाडौँ रेल्वेको क...
इन्टरनेटका कारण परम्परागत मिडियामाथि धर्मसङ्कट

इन्टरनेटका कारण परम्परागत मिडियामाथि धर्मसङ्कट

पेरिस, १२ भदौ । युद्ध रिपोर्टिङ र खोज पत्रकारिता गरिरहेका धेरै मिडियाले ठूलो मूल्य चुकाउनुपर्ने परिस्थिति अझ सिर्जना हुँदै गएको यसक्षेत्रका अग्रजहरुले बताएका छन् । गूगल र फेसबुकजस्ता ठूला इन्टरनेट कम्पनीहरुले परम्परागत मिडियाका सामग्रीहरु निःशुल्क लिएर आफूले विज्ञापन मार्फत राजश्वको ठूलो हिस्सा बटुल्न थालेपछि विज्ञहरुकै भनाईमा गुणस्तरीय पत्रकारिता धर्मसङ्कटमा पर्न थालेको छ । यतिमात्र होइन, द्व...
उपत्यकामा दुई दिन शैक्षिक संस्था बिदा

उपत्यकामा दुई दिन शैक्षिक संस्था बिदा

काठमाडौँ, १२ भदौ । सरकारले बिम्स्टेकको चौथो शिखर सम्मेलनमा सहभागी हुन आउने विदेशी अतिथि तथा प्रतिनिधिको आवागमनलाई सुरक्षित, व्यवस्थित र सहज बनाउने उद्देश्यले उपत्यकाका सम्पूर्ण शिक्षण संस्था दुई दिन बिदा दिने निर्णय गरेको छ । गृहमन्त्रालयको सुरक्षा महाशाखामा आज बसेको सम्बन्धित निकायको बैठकले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) सम्मेलनलाई सहजरुपमा सम...
बिम्स्टेक शिखर सम्मेलनमा भाग लिन म्यान्माका राष्ट्रपति राजधानीमा

बिम्स्टेक शिखर सम्मेलनमा भाग लिन म्यान्माका राष्ट्रपति राजधानीमा

काठमाडौँ, १२ भदौ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङगालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन म्यान्माका राष्ट्रपति विन मिन्त विशेष विमानबाट आज अपराह्न राजधानी आइपुग्नुभयो । राष्ट्रपति विनलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गर्नुभयो । म्यान्माका विशिष्ट अतिथिलाई नेपाली सेनाको एक टोल...
अब सातै प्रदेशमा ‘प्रदेश शिक्षा विकास निर्देशनालय’

अब सातै प्रदेशमा ‘प्रदेश शिक्षा विकास निर्देशनालय’

काठमाडौँ, १२ भदौ । काठमाडौँ, १२ भदौ ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रदेशस्तरमा शिक्षा कार्यालय स्थापना गर्ने भएको छ । मन्त्रालयले सात वटै प्रदेशमा सहसचिवको नेतृत्वमा ‘प्रदेश शिक्षा विकास निर्देशनालय’ स्थापना गर्न लागेको मन्त्रालयका प्रवक्ता वैकुण्ठ अर्यालले जानकारी दिए। निर्देशनालयलाई सामाजिक विकास मन्त्रालय मातहतमा राखिने छ । यसअघि मन्त्रालयअन्तर्गतको क्षेत्रीय शिक्षा निर्देशनालय...
एशियाड: भलिबलमा नेपालद्वारा मङ्गोलिया पराजित

एशियाड: भलिबलमा नेपालद्वारा मङ्गोलिया पराजित

काठमाडौँ, १२ भदौ । इण्डोनेशियामा जारी १८ आँै एशियाली खेलकूद अन्तर्गत आज भएको पुरुष भलिबल खेलमा नेपालले विजय हासिल गरेको छ । इण्डोनेशियाको जकार्तास्थित गोर बुलुनगन रङ्गशालामा भएको खेलमा नेपालले मङ्गोलियालाई ३–१ सेटमा पराजित गर्दै विजयी भएको हो । नेपालको एशियाड भलिबलमा यो पहिलो जित हो । यसअघिको समूह चरणको खेलमा नेपाल चाइनिज ताइपेई र दक्षिण कोरियासँग पराजित भएको थियो । नेपालले खेलको पहिलो सेट २८–...
एशिया कप छनोट – नेपाल ओमनसँग खेल्ने

एशिया कप छनोट – नेपाल ओमनसँग खेल्ने

काठमाडौँ १२ भदौ । एशिया कप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गतको उद्घाटन खेलमा नेपालले ओमनको सामना गर्ने भएको छ । मलेसियामा भोलिदेखि सुरु हुने उक्त छनोट खेलमा नेपालले विजय लक्ष्यसाथ ओमनसँग प्रतिस्पर्धा गर्नेछ । उक्त खेल नेपाली समय अनुसार बिहान ७ः४५ बजे बायुमास ओभल क्रिकेट मैदानमा हुनेछ ।एक दिवसीय खेलमा नेपाल र ओमन अहिलेसम्म पाँच पटक आमनेसामने भैसकेका छन् । नतिजा नेपालले पक्षमा तीन र ओमनले दुई खेलम...
उत्तर कोरियाबाट अझै पनि खतरा छ: जापान

उत्तर कोरियाबाट अझै पनि खतरा छ: जापान

टोकियो, १२ भदौ । उत्तर कोरियाबाट अझै पनि गम्भीर प्रकृतिको खतरा देखिएको टिप्पणी जापानले गरेको छ । जापानी रक्षामन्त्रालयको सुरक्षासम्बन्धी पहिलो वार्षिक बैठकमा जापानी अधिकारीले उत्तर कोरियाबाट ढुक्क हुनसक्ने अवस्था नरहेको बताएका हुन् । जापानको सन् २०१८ को सुरक्षासम्बन्धी पहिलो बैठकमा अधिकारीहरुले यस विषयलाई छलफलमा ल्याएका हुन् । त्यसैगरी चीनको बढ्दो सैन्य सङ्ख्यालाई पनि सो सुरक्षा समीक्षाको विषयव...
बिम्स्टेकको शिखर सम्मेलन निकै फलदायी हुनेछ– प्रम ओली

बिम्स्टेकको शिखर सम्मेलन निकै फलदायी हुनेछ– प्रम ओली

काठमाडौँ, १२ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले गरीबी निवारण अन्त्य गरी दिगो विकासको लक्ष्य प्राप्त गर्न, जलवायु परिवर्तनबाट उत्पन्न चुनौतीको सामना गर्न तथा सम्पर्क सञ्जाल विस्तार गर्न बिम्स्टेकको चौथो शिखर सम्मेलन निकै फलदायी हुने बताउनुभएको छ । काठमाडौँमा यही भदौ १४ र १५ गते हुने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास बिम्स्टेक को चौथो शिखर सम्मेलनबारे आज प्रत...
आलेख: सार्क, ‘दालभात’ र बिमस्टेक

आलेख: सार्क, ‘दालभात’ र बिमस्टेक

काठमाडौँ, १२ भदौ । दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को सन् १९९१ मा श्रीलङ्कामा सम्पन्न छैटौँ शिखर सम्मेलनले पारित गरेको कोलम्बो घोषणापत्रको बुँदा नं १७ मा सार्क क्षेत्रका नागरिकले कम्तीमा पनि दालभात खान पाउनुपर्ने कुरामा जोड दिइएको थियो । ‘दालभात’ गरीबी निवारण गर्ने प्रयासमा सार्क क्षेत्रीय मञ्चको एक प्रतीकात्मक प्रस्तुति पनि हो । सार्क क्षेत्रका नागरिकले कम्तीमा पनि दालभात खान पाउ...
प्रदेश नं १ मा क्षुद्र ग्रहको खोजी

प्रदेश नं १ मा क्षुद्र ग्रहको खोजी

काठमाडौँ, १२ भदौ । देशव्यापी रुपमा वैज्ञानिक समाज स्थापना गर्ने उद्देश्यले प्रदेश नं १ मा पहिलोपटक क्षुद्र ग्रह खोज अभियान–२०१८ हुने भएको छ । राष्ट्रव्यापी क्षुद्र ग्रह खोज अभियानअन्तर्गत नेपाल एस्ट्रोनोमिकल सोसाइटीले इटहरी इन्टरनेशनल कलेजको सहकार्यमा प्रदेश नं १ मा पहिलोपटक अभियान गर्न लागेको हो । यही भदौ १८ देखि असोज १४ सम्म सञ्चालन हुने अभियानमा कक्षा ९ देखि कक्षा १२ सम्म अध्ययनरत विद्यार्थी...
उता ग्राहकको भिड यता भने ग्राहक कुर्नुपर्ने

उता ग्राहकको भिड यता भने ग्राहक कुर्नुपर्ने

नेपालगञ्ज, १२ भदौ । नेपालगञ्ज– १३ की एक महिलाले बाँकेको सीमापारि भारतीय बजार रुपैडिहाबाट करिव रु चार हजारका विभिन्न सामान ल्याउँदा भन्सार तिर्नु परेन । शर्मिलाजस्ता सयौँ उपभोक्ताले रुपैडिहा बजारबाट दैनिक घरायसी तथा व्यक्तिगत प्रयोजनका सामान भन्सार नतिरी ल्याउने गर्दा नेपालगञ्जका व्यापारीलाई भने पिरोल्ने गर्छ । भन्सार तिर्न नपर्ने भएका कारण रुपैडिहा बजारका व्यापारीलाई नेपाली उपभोक्ताको भीड थेग्न म...
एसियन गेम्स: नेपालको पदकविहीन यात्रा कायमै

एसियन गेम्स: नेपालको पदकविहीन यात्रा कायमै

काठमाडौँ, १२ भदौ । इन्डोनेसियाको जकार्तामा जारी १८ औँ एशियाली खेलकूदको ११ दिनसम्म आइपुग्दा नेपाल अझै पदकविहीन कै अवस्थामा छ । एशियाडमा पदक जितेको इतिहास रहेको कराँते, बक्सिङ र तेक्वान्दोमा नेपाल यसपाली पदकविहीन हुँदा अन्य खेलमा पदक जित्ने आशा झनै कम हुँदै गएको छ । विगतका एशियाली खेलकूदमा नेपालले तेक्वान्दोबाट एक रजत र १३ कास्य, बक्सिङबाट छ कास्य र करातेबाट तीन कास्य जितेको थियो । जारी प्रतियोगि...
बिम्स्टेक वरिष्ठ पदाधिकारीको बैठक शुरु: घोषणापत्र र अध्ययन प्रतिवेदनमा केन्द्रित

बिम्स्टेक वरिष्ठ पदाधिकारीको बैठक शुरु: घोषणापत्र र अध्ययन प्रतिवेदनमा केन्द्रित

काठमाडौँ, १२ भदौ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) सदस्य देशका वरिष्ठ पदाधिकारीको १९ औँ बैठक राजधानीमा शुरु भएको छ । सदस्य देशका परराष्ट्र/बाह्य मामिला/विदेश मन्त्रालयका सचिवहरुको उक्त बैठकमा व्यापार तथा लगानी, यातायात र सञ्चार, प्रविधि, आतङ्कवादको प्रतिरोध र अन्तर्राष्ट्रिय अपराध, कृषि, गरिबी निवारण, जनस्वास्थ्यमा केन्द्रित रहेर छलफल हुने परराष...
खोटाङको बंशिलाघाटमा झोलुङ्गे पुल सञ्चालन

खोटाङको बंशिलाघाटमा झोलुङ्गे पुल सञ्चालन

खोटाङ, १२ भदौ । खोटाङको दक्षिणी क्षेत्रबाट छिमेकी जिल्ला उदयपुरको चौदण्डीगढी नगरपालिका जोड्ने सुनकोशी नदीमा निर्माण गरिएको झोलुङ्गे पुल सञ्चालनमा आएको छ । खोटाङको बराहापोखरी गाउँपालिका–६ पौवासेरा र उदयपुरको चौदण्डीगढी नगरपालिका जोड्ने बंशिलाघाटमा निर्माण गरिएको झोलुङ्गे पुल सोमबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको हो । रु एक करोड ४३ लाख लागतमा निर्माण गरिएको २३५ मिटर लम्बाइको झोलुङ्गे पुल सोमबा...
विश्व कीर्तिमान राख्न केसीको वक्तव्य जारी

विश्व कीर्तिमान राख्न केसीको वक्तव्य जारी

काठमाडौँ, १२ भदौ ।  सबैभन्दा लामो समयसम्म बोलेर नयाँ विश्व कीर्तिमान बनाउने तयारीमा जुट्नुभएका अनन्तराम केसीले २८ घण्टा निरन्तर बोली सक्नुभएको छ । केसीको अभियान गोकर्णेश्वर–५ स्थित इस्ट पोल माविमा सोमबार बिहान ६ बजेदेखि शुरु भएको हो । आज बिहान १० बजेसम्मको अभिलेखअनुसार उहाँले २८ घण्टा बोली सक्नुभएको अभियानको संयोजन गरिरहनुभएका न्यू माइन्ड्स एकेडेमीका अध्यक्ष कुमारराज सुवेदीले बताउनुभयो । केसीले...
प्रधानमन्त्रीले आज संसद्मा सम्बोधन गर्ने

प्रधानमन्त्रीले आज संसद्मा सम्बोधन गर्ने

काठमाडौँ, १२ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसद्मा सम्बोधन गर्नु हुनेछ । प्रधानमन्त्री ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहायताका लागि बङ्गालको खाडीका देशहरूको प्रयास (बिमस्टेक)को १९औँ शिखर सम्मेलन तयारीलगायतका विषयमा सम्बोधन गर्नु हुनेछ । आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तयारी भएको उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । उहाँल...
error: Content is protected !!