कांग्रेस नेता पौडेल सम्मानित

कांग्रेस नेता पौडेल सम्मानित

काठमाडौँ, २२ असोज । नेपाली कांग्रेसलाई सुदृढ बनाउँदै क्रियासिल बनाउन सशक्त भूमिका निर्वाह गरेको भन्दै नेपाली कांग्रेसका युवा नेता प्रदिप पौडेललाई आइतवार नेपाली कांग्रेस धनकुटा— काठमाण्डौ सम्पर्क समितिले काठमाण्डौमा सम्मान गरेको छ । सम्पन्न तीन वटै निर्वाचनमा पराजित भई कमजोर तथा निस्क्रिय जस्तै बनेको कांग्रेसलाई सुदृढ र सशक्त बनाउन तथा संगठन विस्तारमा निरन्तर क्रियासिल रहेका कांग्रेसका केन्द्रीय...
धनकुटाको साँगुरीगढीमा सिमी खेतीबाट मनग्य आम्दानी

धनकुटाको साँगुरीगढीमा सिमी खेतीबाट मनग्य आम्दानी

धनकुटा, २२ असोज । धनकुटा साँगुरीगढी गाउँपालिकाका किसानले व्यावसायिक सिमी खेतिबाट मनग्य आम्दामी गर्न थालेका छन् । १२ वर्ष देखि व्यावसायिक सिमी खेति गर्दै आएका साँगुरीगढी ८ पिप्लेका किसान पत्थरसिंह राईले यस वर्ष सिमी बेचेर १ लाख ५० हजार भन्दा बढि आम्दामी गरेको बताए। सोहि वडाका अर्का किसान इन्द्रबहादुर राईले पनि यो वर्ष सिमीको तरकारी बेचेर १ लाख आम्दामी गर्न सफल भए। गाउँघरमा नै माग बढि हुने र आसप...
चिया मजदुर र उद्योगीबीच भएको वार्ता निष्कर्षविहीन

चिया मजदुर र उद्योगीबीच भएको वार्ता निष्कर्षविहीन

धनकुटा, २२ असोज । गुराँसे टी-स्टेटले कामबाट निकालेका चिया मजदुर र कारखाना व्यावस्थापकबिचको वार्ता निष्कर्ष विहीन भएको छ । जिल्ला प्रशासन कार्यालय धनकुटामा आइतवार वार्ताको प्रयास भएपनि सहमति हुन नसकेको हो। चिया कारखानाले निकालेका चिया मजदुरलाई पुर्नबहाली गर्न नसक्ने जनाएपछि वार्ता निष्कर्षविहीन भएको जनाईएको छ । निष्कासित चिया मजदुरले आफुहरुलाई पुर्नबहाली, श्रम तथा सामाजिक सुरक्षा ऐन २०७४ कार्यान...
निर्मला हत्या प्रकरणः अनुसन्धान जारी,उपलब्धि शून्य

निर्मला हत्या प्रकरणः अनुसन्धान जारी,उपलब्धि शून्य

भीमदत्तनगर, २२ असोज । कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा सुक्ष्म अनुसन्धानमा खटिएको प्रहरीले हालसम्म घटनामा संलग्न दोषीलाई कारवाहीको दायरामा ल्याउनसकेको छैन । गत साउन १० गते साथीको घरबाट स्कूलको गृहकार्य सकेर घर जाँदै गरेकी निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा साउन ११ गते बिहान उखुबारीमा शव भेटिएको थियो । मुलुककै ध्यान कञ्चनपुरमा केन्द्र...
नेपालमा नसर्ने रोगको जोखिम बढ्दै, कारक तत्वबारे थालियाे अनुसन्धान

नेपालमा नसर्ने रोगको जोखिम बढ्दै, कारक तत्वबारे थालियाे अनुसन्धान

काठमाडौँ । नेपालमा नसर्ने रोगको जोखिम तत्वबारे अनुसन्धान थालिएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले नसर्ने रोगको जोखिम बढ्दै गएकाले यसलाई प्रभाव पार्ने तत्वको अवस्था पत्ता लगाउन अनुसन्धान थालेको हो । परिषद्का अनुसन्धान अधिकृत सरोज भट्टराईले गत भदौदेखि अनुसन्धान शुरु गरिएको जानकारी दिँदै उच्च रक्तचाप, नूनको मात्रा, चिल्लो पदार्थलगायत कुन तत्वले नसर्ने रोगलाई बढी प्रभाव पारेको छ भनेर अनुसन्धा...
राष्ट्रकवि घिमिरेको समभिनन्दन, घिमिरेका काव्यमा विविधतामा एकता प्रतिविम्वित छ : प्रधानमन्त्री ओली

राष्ट्रकवि घिमिरेको समभिनन्दन, घिमिरेका काव्यमा विविधतामा एकता प्रतिविम्वित छ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रकवि माधवप्रसाद घिमिरेका काव्यमा विविधतामा एकता प्रतिविम्वित भएको बताउनुभएको छ । सयौँ जन्मोत्सवका उपलक्ष्यमा राष्ट्रकवि घिमिरेलाई समभिनन्दन गर्नुहुँदै प्रधानमन्त्री ओलीले साहित्यका माध्यामबाट नेपाल र नेपालीलाई असाधारण गुण लगाएको प्रतिक्रिया दिनुभयो । राष्ट्रकवि माधवप्रसाद घिमिरे सयौँ जन्मोत्सव अभिनन्दन समारोह समिति र मस्र्याङ्दी वाङ्मय प्रतिष्ठान...
प्राधिकरण र फेदी थुम्लुङ खोला आयोजनाबीच खरिद सम्झौता

प्राधिकरण र फेदी थुम्लुङ खोला आयोजनाबीच खरिद सम्झौता

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण र फेदीखोला हाइड्रो पावर कम्पनीका बीचमा विद्युत् खरिद सम्झौता (पिपिए) भएको छ । नेपाल विद्युत् प्राधिकरणमा आज आयोजित एक कार्यक्रममा प्राधिकरणका उपकार्यकारी निर्देशक जगदिश्वरमान सिंह र प्रवद्र्धक कम्पनीका तर्फबाट अध्यक्ष चन्द्रप्रसाद बाँस्तोलाले विद्युत् खरिद सम्झौतामा हस्ताक्षर भएको हो । भोजपुर जिल्लाको साल्पापसिलिचो गाउँपालिकामा आयोजनास्थल रहेको फेदी थुम्लुङ ...
निर्मला पन्त हत्याकाण्डसम्बन्धी प्रतिवेदन सार्वजनिक, अभियुक्तको पहिचान अझै भएन

निर्मला पन्त हत्याकाण्डसम्बन्धी प्रतिवेदन सार्वजनिक, अभियुक्तको पहिचान अझै भएन

काठमाडौँ, २२ असोज । सरकारले कञ्चनपुरका १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको सम्बन्धमा गठित छानबिन समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक गरेको छ । गृह मन्त्रालयले आज साँझ सो प्रतिवेदन सार्वजनिक गरेको हो । गृहमन्त्री रामबहादुर थापाले मन्त्रिस्तरीय निर्णय गरी गत भदौ ७ गते पाँच सदस्यीय छानबिन समिति गठन गर्नुभएको थियो । समितिमा गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा...
स्मार्ट लाइसेन्स छाप्ने जिम्मा निजी कम्पनीलाई, मन्त्रीको चलखेलका कारण मुलुकलाई लाखौं घाटा

स्मार्ट लाइसेन्स छाप्ने जिम्मा निजी कम्पनीलाई, मन्त्रीको चलखेलका कारण मुलुकलाई लाखौं घाटा

काठमाडौँ, २२ असोज । सरकारले सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) छाप्ने जिम्मेवारी निजी कम्पनीलाई दिने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले सरकारद्वारा छापिँदै आएको स्मार्ट लाइसेन्स छाप्ने जिम्मा निजी कम्पनीलाई दिने निर्णय गरेको हो । यातायात व्यवस्था विभागले उक्त कार्ड छाप्नका लागि दशवटा मेसिन खरिद गरेपछि हाल चारवटा मात्र सञ्चालनमा रहेको छ । विभागले पटकपटक छोटो समयभित्र नै ट्रायल पास गरेका...
२०७५ असोज २२ गते सोमबार/आजको राशिफल

२०७५ असोज २२ गते सोमबार/आजको राशिफल

वि.सं. २०७५ साल असोज २२ गते। सोमबार। इश्वी सन् २०१८ अक्टोबर ८ तारिख। नेपाल संवत् ११३८ ञलगा। आश्विन कृष्णपक्ष। तिथि– चतुर्दशी, १०:५० बजेउप्रान्त औंसी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ। मिहिनेतले राम्रै प्रतिफल दिलाउनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। परिश्रम प...
भारतीय प्रधानमन्त्री मोदी जन्ती भएर जनकपुर आउँदै

भारतीय प्रधानमन्त्री मोदी जन्ती भएर जनकपुर आउँदै

काठमाडौं, २१ असोज । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मंसिर २६ गते जनकपुर आउने भएका छन् । नेपाल भारत जोड्ने एकमात्र रेल जनयनगर–जनकपुर रेलको उद्घाटन गर्न प्रधानमन्त्री मोदी जनकपुर आउने भएका हुन् । पशुपतिको यात्रा सिध्राको व्यापार भनेझै प्रधानमन्त्री मोदी रेलको उद्घाटन गर्नुको साथै जनकपुरमा हुने विवाहपञ्चमीमा पनि सहभागी हुने गरी आउन लागेको भारतीय दूतावास स्रोतले जनाएको छ । भारतबाट उनी बराती (जन्...
इन्डोनेसियाको भूकम्प र सुनामीबाट बेपत्ता हुने अझै पाँच हजार

इन्डोनेसियाको भूकम्प र सुनामीबाट बेपत्ता हुने अझै पाँच हजार

इन्डोनेसिया, २१ असोज । इन्डोनेसियाको पालुमा अघिल्लो साता आएको भूकम्प र सुनामीबाट हराइरहेका मानिसको संख्या पाँच हजारसम्म पुग्न सक्ने सरकारी अधिकारीहरुले बताएका छन् । इन्डोनेसियाको प्रकोप नियन्त्रण संस्थाका अनुसार भूकम्प र सुनामीका कारण हालसम्म मृत्यु भएका एक हजार ७६३ जनाको शव भेटिएको छ । गत सेप्टेम्बर २८ मा सुलावेशी टापुलाई लक्षित गरी ७.५ म्याग्नीच्यूडको भूकम्प जानुका साथै पालुमा सुनामीले व्यापक...
टि ट्वान्टी विश्वकप छनौट: नेपालद्वारा थाइल्याण्ड १४० रनले पराजित

टि ट्वान्टी विश्वकप छनौट: नेपालद्वारा थाइल्याण्ड १४० रनले पराजित

काठमाडौँ, २१ असोज । आइसिसी टी–२० विश्व कप क्रिकेट प्रतियोगिताको एशिया छनोट ‘बी’अन्तर्गत नेपालले थाइल्याण्डलाई १४० रनले पराजित गरेको छ । मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १७२ रन बनायो । एक सय ७३ रनको लक्ष्य पछ्याएको थाइलैण्डले ८ दशमलव ५ ओभरमा नौ विकेट गुमाएँदै १८ रन बनायो । वर्षाका कारण खेल रोकिएपछि डिएल ...
शेयर बजार: दोहोरो अङ्कले घट्यो

शेयर बजार: दोहोरो अङ्कले घट्यो

  काठमाडौँ, २१ असोज । धितोपत्र बजारमा आज पनि शेयरको मूल्य दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार लगातार ओरालो लाग्दै बजार नयाँ बिन्दुमा पुगेको छ । कारोवार मापक नेप्से परिसूचक १२.२२ बिन्दुले घटेर एक हजार २१५.१५ बिन्दुमा झरेको छ । ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत २.४९ बिन्दुले घटेर २५७.७५ बिन्दुमा पुगेको छ । कूल १६० कम्पनीको १३ लाख ३७ हजार २...
युवायुवतीको प्रतिभा उजागर गर्न अवसर दिनुपर्छ: डा.शर्मा

युवायुवतीको प्रतिभा उजागर गर्न अवसर दिनुपर्छ: डा.शर्मा

विराटनगर, २१ असोज । नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले क्षमतावान युवायुवतीको प्रतिभा उजागर गर्नका लागि अवसर सृजना गर्नुपर्ने आवश्यकता औल्याएका छन् । बिराटनगरमा ‘नोबेल मिस्टर एण्ड मिस थारु आइकन’ को ट्यालेन्ट राउण्ड कार्यक्रमलाई संबोधन गर्दै डा.शर्माले यस्तो बताएका हुन् । गाउँ–गाउँमा प्रतिभावान युवायुवती भएरपनि अवसर नपाउँदा उनीहरु ओझेलमा परेको डा.शर्माको भनाई छ । नृत्य, गायन, अभिनय ...
नेपाल र बङ्गलादेश ऊर्जा संयन्त्र बैठक कात्तिकमा प्रस्ताव

नेपाल र बङ्गलादेश ऊर्जा संयन्त्र बैठक कात्तिकमा प्रस्ताव

काठमाडौँ, २१ असोज । ऊर्जा क्षेत्रमा सहकार्य गर्ने लक्ष्यसाथ गठित नेपाल– बङ्गलादेश ऊर्जा संयन्त्रको बैठक आगामी कात्तिक २९ र ३० गते काठमाडौँमा आयोजना गर्ने प्रस्ताव गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बैठकको मिति प्रस्ताव गर्दै आवश्यक सहजीकरण गरिदिन परराष्ट्र मन्त्रालयलाई यही असोज १८ गते शुक्रबार पत्राचार गरेको छ । गत साउन २५ गते नेपाल र बङ्गलादेशबीच ऊर्जा क्षेत्रमा द्विपक्षीय सहयोगस...
काङ्ग्रेस केन्द्रीय समिति बैठक बस्दै

काङ्ग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौँ, २१ असोज । नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक नेपाल विद्यार्थी सङ्घ र पार्टीको विधान तथा समसामयिक राजनीतिलगायत विषयमा छलफल गर्न आज बस्दैछ । बैठकमा पार्टीको विधान संशोधन मस्यौदा समितिको प्रतिवेदन, नेविसङ्घको संशोधित विधान, बजार मूल्य वृद्धि र समसामयिक राजनीतिलगायत विषयमा छलफल हुने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताउनुभयो । पार्टी केन्द्रीय कार्यालय सानेपामा ...
अमेरिकी सर्वोच्च अदालतको न्यायाधीशमा ब्रेट क्याभाना नियुक्त

अमेरिकी सर्वोच्च अदालतको न्यायाधीशमा ब्रेट क्याभाना नियुक्त

वासिङ्टन, २१ असोज । विरोधका बीच अमेरिकी सर्वोच्च अदालतको न्यायाधीशमा ब्रेट क्याभाना नियुक्त हुनुभएको छ । अमेरिकी संसदमा भएको मतदानमा क्याभानाको नियुक्तिको पक्षमा ५० र विपक्षमा ४८ मत परेको थियो । न्यायाधीश क्याभानाको संसदीय अनुमोदन लगत्तै सर्वोच्च अदालतमा आयोजित समारोहमा पद तथा गोपनीयताको सपथ गराइएको छ । सर्वोच्च अदालतमा उक्त समारोह चलिरहँदा बाहिर क्याभानाको विपक्षमा रहेकाहरुले नाराबाजी गरेका थि...
आजबाट दशैँको नयाँ नोट साट्न मिल्ने, कहाँ–कहाँ पाइन्छ साट्न ?

आजबाट दशैँको नयाँ नोट साट्न मिल्ने, कहाँ–कहाँ पाइन्छ साट्न ?

काठमाडौँ, २१ असोज । अाजदेखि नयाँ नाेट साट्न पाइने भएकाे छ। दशैतिहारका लागि सबै नेपालीले अाजदेखि नयाँ नाेट साट्न पाउने भएका हुन्। नेपाल राष्ट्र बैंकले याे पालिका लागि नयाँ नाेट साट्न उपत्यकाका २२ ठाउँ ताेकेकाे छ। सरकारी स्वामित्व रहेका तीन बैंकका २१ शाखा कार्यालय र राष्ट्र बैंकको थापाथली कार्यालयबाट नयाँ नोट सटही गर्न पाइनेछ। नेपाल बैंकको न्यूरोड, कीर्तिपुर, महाराजगन्ज, जोरपाटी, पाटन औधोगिक क्ष...
पेट बढेर चिन्तित हुनुहुन्छ ? यस्ता उपाय अपनाउनस्

पेट बढेर चिन्तित हुनुहुन्छ ? यस्ता उपाय अपनाउनस्

काठमाडाैं । मानिसका लागि पेट बढ्नु तनावको विषय हो । पेट बढ्यो भने मानिसलाई नराम्रो मात्र देखाउँदैन, रोग लाग्ने सम्भावना पनि उत्तिकै हुन्छ । पेट बढ्नबाट बच्नका लागि एक्सरसाइजबाहेक अन्य कुराले पनि भूमिका निर्वाह गर्छन् । तपाईंलाई यो सुन्दा अचम्म लाग्न सक्छ । तर, छिटो–छिटो कुरा गर्ने र चपाउने बानीले पेट बढ्ने समस्या हुन्छ । यस्तो गर्दा पेटबाट बढी हावा निस्कने गर्छ र पेट फुल्न सक्छ । त्यसैले यस्त...
हइटीमा शक्तिशाली भूकम्प, कम्तीमा १० जनाको मृत्यु

हइटीमा शक्तिशाली भूकम्प, कम्तीमा १० जनाको मृत्यु

मेक्सिको सिटी, २१ असोज । हैटीमा शनिबार राति गएको ५.९ म्याग्नीच्यूडको भूकम्पका कारण कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले बताएका छन् । एकजना सरकारी प्रवक्ताले भूकम्प आएलगत्तै आपतकालीन उद्धार टोली खटाइएको जानकारी दिएका छन् । स्थानीय समयअनुसार राति ८ बजेर १० मिनेट जाँदा भूकम्प गएको थियो । अमेरिकी भूगर्भ सर्भेका अनुसार पोर्ट–डि–पाइक्स सहरबाट २० किलोमिटर उत्तरपश्चिममा जमिनको सतहबाट करिब ...
वातावरण संरक्षणमा सिङ्गो समाज नै अग्रसर हुनुपर्छ: राष्ट्रपति

वातावरण संरक्षणमा सिङ्गो समाज नै अग्रसर हुनुपर्छ: राष्ट्रपति

काठमाडौँ, २१ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले वातावरण संरक्षण, संवद्र्धन र व्यवस्थापनमा सिङ्गो समाज नै अग्रसर हुनुपर्ने बताउनुभएको छ । एकीृकृत पर्वतीय विकास लागि अन्तर्राष्ट्रिय केन्द्रको सहयोगमा वन तथा वातावरण मन्त्रालय, वातारण विभागद्वारा यहाँ आज आयोजित ‘वातावरण सम्मेलन–२०७५’ को उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले बढ्दो जनसङ्ख्या र शहरीकरणका कारण फोहरमैला व्यवस्थापनमा कठिनाइ आइपर्दा वाता...
सिङ्गटी जलविद्युत् आयोजनाको ‘ब्रेक थ्रु’

सिङ्गटी जलविद्युत् आयोजनाको ‘ब्रेक थ्रु’

जिरी, २१ असोज । दोलखाको सिङ्गटी खोलामा निर्माणाधीन २५ मेगावाटको सिङ्गटी जलविद्युत् आयोजनाको शनिबार सुरुङ छेडिएको छ । आयोजनाको सुरुङको यो पहिलो खण्डको हो । यसको लम्बाइ अडिटबाहेक दुई हजार ९०० मिटर छ । पहिलो सुरुङ ‘बे्रक थु्र’ भएसँगै आयोजनाको प्रगतिमा इँटा थपिएको आयोजना निर्देशक काजी लामाले बताउनुभयो । पहिलो ब्रेक थ्रुसँगै तीन किलोमिटर खण्ड वारपार भएको छ । आयोजनाको हेडबक्स खण्डको माथिल्लो खण्डको सुर...
अवकाशप्राप्त कर्मचारीदेखि पूर्वमन्त्रीसम्म एलएलबीमा भर्ना

अवकाशप्राप्त कर्मचारीदेखि पूर्वमन्त्रीसम्म एलएलबीमा भर्ना

काठमाडौं, २१ असोज  । त्रिभुवन विश्वविद्यालयमा स्नातक तहमा कानुन शिक्षा अध्ययन गर्नेको संख्या अत्यधिक बढेको छ । अधिकतम ५०० क्षमताको त्रिविको आंगिक क्याम्पस नेपाल ल क्याम्पसमा झण्डै ११ हजार विद्यार्थी एलएलबी अध्ययनका लागि भर्ना भएका छन् । अवकाशप्राप्त कर्मचारी, इन्जिनियर, डाक्टर मात्र होइन, स्थानीय तहका जनप्रतिनिधि र पूर्वमन्त्रीसमेत भर्ना भएको खबर आजको नयाँ पत्रिका दैनिकमा छ । नेपाल ल क्याम्पसक...
सात जिल्ला हुँदै भारत पुग्छ अरुण तेस्रोको बिजुली

सात जिल्ला हुँदै भारत पुग्छ अरुण तेस्रोको बिजुली

संखुवासभा, २१ असोज । अरुण तेस्रो जलविद्युत् आयोजनाको ट्रान्समिसन लाइन सातवटा जिल्ला हुँदै भारत पुग्ने भएको छ । विद्युत् आयोजनाको जिम्मा पाएको भारतीय कम्पनी सतलजले भर्खरै ट्रान्समिसन लाइनको नक्सा बनाएको छ । ट्रन्समिसन लाइन संखुवासभा, भोजपुर, खोटाङ, उदयपुर, सिरहा, धनुषा र महोत्तरी पार भएर भारत लगिनेछ । विद्युत् त्पादनस्थल दिदिङको पुखुवाबाट सतलजले हाइटेन्सन लाइनमार्फत बिजुली सिधै भारत पुर्‍याउनेछ ...
इटहरीमा प्रदेश एकको नामाकरणबारे छलफल

इटहरीमा प्रदेश एकको नामाकरणबारे छलफल

इटहरी, २१ असोज । नागरिक समाजको अगुवाइमा शनिबार इटहरीमा प्रदेश एकको नाम के उपयुक्त हुनसक्छ भन्ने विषयमा प्रदेश सांसदहरूबीच बृहत अन्तरक्रिया एवं छलफल सम्पन्न गरेको छ । प्रदेशको उपयु्क्त नाम तोकिँदा पहिचान, इतिहास, संस्कृति, भूगोल अन्य महत्वपूर्ण विषय र सबै नागरिकले उपयुक्त ठहर गरेको शब्दावलीलाई लिनुपर्नेमा विषयविज्ञ वक्ताहरूले आ–आफ्नो तर्क प्रस्तुत गरेका थिए । उक्त अन्तरक्रियात्मक कार्यक्रममा प्रा...
लुम्बिनी बौद्ध विश्वविद्यालयलाई अन्तर्राष्ट्रियस्तरकै बौद्ध अध्ययन केन्द्र बनाउनुपर्ने

लुम्बिनी बौद्ध विश्वविद्यालयलाई अन्तर्राष्ट्रियस्तरकै बौद्ध अध्ययन केन्द्र बनाउनुपर्ने

काठमाडौँ, २१ असोज । विसं २०६१ मा स्थापना भएको लुम्बिनी बौद्ध विश्वविद्यालय स्थापनाको छोटो समयमा प्रकाण्ड बौद्धविद्धान उत्पादन गर्ने महत्वपूर्ण केन्द्रको रूपमा अघि बढेको छ । सरकारबाट सो विश्वविद्यालय स्थापना भएको लामो अवधिसम्म पनि एउटा सानो भवनबाट सञ्चालन भई आएको र थोरै बजेटका बाबजुद पनि यो विश्वविद्यालय १४ वर्षको अवधिमा बौद्धधर्म अध्ययन गरी विद्यावारिधि गर्नेको सङ्ख्या १८ पुगेको छ भने ९३ जनाले ...
नेपाली विद्यार्थीले पत्ता लगाए चुरोटका ठुटा कुहाउने प्रविधि

नेपाली विद्यार्थीले पत्ता लगाए चुरोटका ठुटा कुहाउने प्रविधि

काठमाडौं, २१ असोज । चुरोटको ठुटालाई उपयोगी मानिँदैन। यसले पृथ्वीको माटो बिगारिदिने तथा उत्पादनशील क्षमतामा समेत ह्रास गराइदिन्छ। यो छिटो कुहिँदैन पनि। तर त्रिभुवन विश्वविद्यालय जैविक प्रविधि केन्द्रीय विभागमा अध्ययनरत रोजी रावत र गैह्रीधारास्थित सान इन्टरनेसनल कलेजमा अध्ययनरत सुदर्शन जीसीको समूहले यस्ता सामग्रीलाई सजिलै कुहाउन सघाउने प्रविधि पत्ता लगाएका छन्। यो नेपालमा पत्ता लागेको महत्वपूर्ण ...
२०७५ असोज २१ गते आइतबार/आजको राशिफल

२०७५ असोज २१ गते आइतबार/आजको राशिफल

वि.सं. २०७५ साल असोज २१ गते। आइतबार। इश्वी सन् २०१८ अक्टोबर ७ तारिख। नेपाल संवत् ११३८ ञलगा। आश्विन कृष्णपक्ष। तिथि– त्रयोदशी, १२:४६ बजेउप्रान्त चतुर्दशी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) अप्ठ्यारो परिस्थिति अँगाल्दै अघि बढ्नुपर्ने समय छ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। हल्लाको पछि लाग्दा दु:ख पाइनेछ। तापनि, लगनशीलताले परिस्थितिलाई बदल्नेछ र पछि लाभ हुने काम प्रारम्भ हुनेछ।...
नेपाल बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकपको समूह चरणबाटै बाहिरियो

नेपाल बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकपको समूह चरणबाटै बाहिरियो

काठमाडौँ, २० असोज । डिफेन्डिङ च्याम्पियन नेपाल बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकपको समूह चरणबाटै बाहिरिएको छ । आज साँझ बङ्गलादेशको सिल्हेट डिस्ट्रिक रङ्गशालामा भएको समूह चरणको दोस्रो खेलमा नेपाल प्यालेस्टाइनसँग १–० गोलले पराजित हुँदै समूह चरणबाटै बाहिरिएको हो । निकै प्रतिष्पर्धात्मक बनेको खेल पहिलो हाफ बराबरीमा सकिएको थियो । दोस्रो हाफको ७०औँ मिनेटमा प्यालेस्टाइनका मोहमद अलिविसादले गोल गर्दै आग्र...
पन्ध्रौँ धर्मश्री राष्ट्रव्यापी खुला शारीरिक सुगठन प्रतियोगिताको उपाधि सिजापतिलाई

पन्ध्रौँ धर्मश्री राष्ट्रव्यापी खुला शारीरिक सुगठन प्रतियोगिताको उपाधि सिजापतिलाई

काठमाडौँ, २० असोज । पन्ध्रौँ धर्मश्री राष्ट्रव्यापी खुला शारीरिक सुगठन प्रतियोगिताको उपाधि मिलनविक्रम सिजापतिले हात पारेका छन् । नेपाल व्यायाम मन्दिरको आयोजनामा भएको उक्त प्रतियोगिताअन्तर्गत ८० केजी तौल समूहभन्दामाथिको समूहबाट प्रतिष्पर्धा गरेका सिजापतिले उक्त तौल समूहको विजेता बन्दै फाइनल प्रवेश गरेका थिए । फाइनल राउण्डमा सिजापतिले छ प्रतिष्पर्धीलाई पछाडि पार्दै उपाधि जितेका हुन् । उपाधिसँगै स...
error: Content is protected !!