काठमाडौँ, २५ भदौ । जापान सरकारले नेपाल खाद्य संस्थानलाई रु ३२ करोड ४८ लाख बराबरको चामल सहयोग उपलब्ध गराएको छ । दुर्गम जिल्लाका विपन्न वर्गलाई खाद्य अभाव हुन नदिन सन् २०१६ मा भएको सम्झौता कार्यक्रमअन्तर्गत सो सहयोग प्राप्त भएको हो ।
आज यहाँ आयोजित चामल हस्तान्तरण कार्यक्रममा नेपालका लागि जापानका राजदूत मासामिची साइगोले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेलाई चामल हस्तान्तरण गर्नुभएको हो ।
कार्यक्रममा सचिव घिमिरेले खाद्य समस्या हुने देशका विभिन्न दुर्गम जिल्लामा चामल व्यवस्थित तरिकाले वितरण गरिने बताउनुभयो । राजदूत साइगोले नेपालको कृषि, पर्यटनलगायत क्षेत्रको विकासमा सहयोग पु¥याउने नीति रहेको बताए।
खाद्य संस्थानका अध्यक्ष नवराज ढकाल र महाप्रबन्धक योगेन्द्र गौचनले खाद्य उत्पादनमा समस्या रहेका हुम्ला, जुम्ला, डोल्पा, मुगुलगायत हिमाली जिल्लाका गरीब जनताको सहयोगका लागि जापान सरकारले विगतमा पनि विभिन्न प्रकारका सहयोग उपलब्ध गराउँदै आएको जानकारी गराए ।