सेनाद्वारा सडक स्तरोन्नतिको काम शुरु
जाजरकोट, २४ पुस । जाजरकोट–डोल्पा सडक खण्डअन्तर्गत सुंपानीदेखि सदरमुकाम दुनैसम्म सडकको स्तरोन्नति काम शुरु भएको छ । नेपाली सेनाको निर्माण कार्यदलले सोमबारबाट काम शुरु गरेको नेपाली सेनाका प्रमुख सेनानी विश्वबन्धु पहाडीले जानकारी दिनुभयो ।
डोल्पाको सदरमुकाम दुनैलाई राष्ट्रिय सडक सञ्जालमा जोड्नका लागि छिन्चु–जाजरकोट हुँदै डोल्पाको दुनैसम्म सडकको ट्र्याक खोल्ने जिम्मा पाएको नेपाली सेनाले खण्ड–खण्ड ग...































