उचित मूल्य नपाएपछि वस्तुभाउलाई काउली खुवाउँदै किसान
बनेपा, १६ माघ । व्यवसाय गर्न त्यतिकै पैसा लगानी गर्नुपर्छ, त्यसमाथि श्रम गरेर उत्पादन गरेको तरकारी बजारमा भनेजस्तो मूल्य नपाउँदा यहाँका किसान चिन्तित बनेका छन् ।
काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–५ पात्लाका किसान दुःख गरेर उत्पादन गरेको काउली बजारमा उचित मूल्य नपाएपछि वस्तुभाउलाई खुवाउन बाध्य भएका हुन् ।
काउली बेच्ने समयमा बजारभाउ कम भएपछि आफूहरूले उत्पादन गरेको काउली बारीमा नै छोडेको र फूल ...































