नयाँ सरकारले सबैको भावनालाई समेट्ने प्रधानमन्त्रीको विश्वास

नयाँ सरकारले सबैको भावनालाई समेट्ने प्रधानमन्त्रीको विश्वास
काठमाडौ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ बन्ने सरकारले सबैको भावनालाई समेटेर राष्ट्रिय आवश्यकतालाई पूरा गर्ने विश्वास व्यक्त गर्नुभएको छ । व्यवस्थापिका–संसद्को आजको बैठकमा नयाँ प्रधानमन्त्री चयनका लागि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रस्ताव गर्दै उहाँले आफूले गणतन्त्रयता नेकपा (एमाले)का नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल र केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउन प्रस्...

संसदको दोस्रो बैठक सुरु, निर्वाचनबाट देउवा प्रधानमन्त्री बन्दै

संसदको दोस्रो बैठक सुरु, निर्वाचनबाट देउवा प्रधानमन्त्री बन्दै
 काठमाडौं । व्यवस्थापिका–संसद्को आजको दोस्रो बैठकमा प्रधानमन्त्रीको चयन हुँदैछ । प्रधानमन्त्री पदका लागि एक मात्र उम्मेदवारको सूचना दिने नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई चयन गर्न निर्वाचन हुने कार्यक्रम सभामुख ओनसरी घर्तीले पहिलो बैठकलाई जानकारी गराउनुभयो । यही जेठ २१ गते प्रधानमन्त्रीको निर्वाचनको मिति तय भएकामा नेकपा(एमाले)ले चितवनको भरतपुर महानगरपालिका– १९ मा पुनःमतदान गर्ने नि...

सिरियामा भएको हवाई आक्रमणमा तीस मारिए

सिरियामा भएको हवाई आक्रमणमा तीस मारिए
दमासकस। सिरियाको उत्तरी सहर रक्वामा अमेरिकी आवद्ध सुरक्षा फौजले सोमबार गरेको हवाई आक्रमणमा परी ३० भन्दा बढीको मृत्यु भएको छ । अफरेट्स नदिको दक्षिणी किनाराबाट डुङ्गामा यात्रा गरिरहेका आमनागरिक लक्षित आक्रमण भएको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् । मुस्लिमहरुको महत्वपूर्ण पर्व रमजानको महिनामा यो आक्रमण भएको छ । सिरियन अब्जरभेटरी फर ह्युम्यान राइटसले घटनामा २० भन्दा बढीको मृत्यु भएको जनाएको छ...

ठक्करबाट पैदलयात्रुको मृत्यु भएपछि स्थानीयद्वारा माइक्रोमा आगजनी, पृथ्वीराजमार्ग अवरुद्ध

ठक्करबाट पैदलयात्रुको मृत्यु भएपछि स्थानीयद्वारा माइक्रोमा आगजनी, पृथ्वीराजमार्ग अवरुद्ध
धादिङ। धादिङको थाक्रे गाउँपालिका स्थित सिम्लेमा माइक्रोबसको ठक्करबाट एकको मृत्यु भएको छ।  लु १ ज २६७४ नम्बरको  बुटवलबाट काठमान्डौं जाँदै गरेको माइक्रोको ठक्करबाट स्थानीय बन्दना परियारको मृत्यु भएको प्रहरीले जनाएको छ। परियारको मृत्यु भएपछि आक्रोसित स्थानीयले  माइक्रोबसमा आगजनी गरेका छन्। सडक छेउमा हिँड्दै गरेको पैदलयात्रीलाई तिब्र गतिमा कुदेको माइक्रोले ठक्कर दिएको। चालकको लापरबाहिले ज्यान गएको ...

भरतपुर प्रकरणलाई असामान्य तवरले प्रचार गरियो: प्रम दाहाल

भरतपुर प्रकरणलाई असामान्य तवरले प्रचार गरियो: प्रम दाहाल
काठमाडौ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको पहिलो चरणको निर्वाचनपछि राष्ट्रिय आवश्यकता र जनचाहनाअनुसार नै संविधान कार्यान्वयन गर्ने महत्वपूर्ण दिशामा मुलुक अगाडि बढेको बताउनुभएको छ । व्यवस्थापिका–संसद्को आजको बैठकलाई विशेष सम्बोधन गर्दै उहाँले संविधान कार्यान्वयन गर्ने महत्वपूर्ण आधारका रुपमा स्थानीय तहको निर्वाचन प्रक्रिया अगाडि बढेको र त्यसले हिमाल, पहाड र तराईबीचको एकतालाई...

ओलीलाई प्रचण्डको जवाफः देउवाले दबाव दिएर होइन, आफ्नै इच्छाले राजीनामा दिएको हुँ

ओलीलाई प्रचण्डको जवाफः देउवाले दबाव दिएर होइन, आफ्नै इच्छाले राजीनामा दिएको हुँ
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले कांग्रेस सभापति शेरबहादुर देउवाको दबावमा राजीनामा नदिएको बताएका छन् । साथै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई जवाफ दिँदै इमानको मुखले भनेर भन्दा व्यवहारमा स्थापित गर्न चुनौती दिएका छन् । मंगलबार व्यवस्थापिका संसद बैठकलाई सम्बोधन गर्दै ओलीले चुनावको बीचमा किन राजीनामा दिएको ? कसको दबावमा दिएको भनेर प्रश्न गरेका थिए । संसदलाई सम्बोधन गर...

नेकपाका जिल्ला संयोजक पक्राउ

नेकपाका जिल्ला संयोजक पक्राउ
इलाम। निर्वाचन विरोधी क्रियाकलापमा संलग्न रहेको आरोपमा प्रहरीले नेपाल कम्युनिस्ट पार्टीका जिल्लास्तरीय नेतालाई सोमबार पक्राउ गरेको छ । नेकपाका जिल्ला संयोजक पुष्प भट्टराईलाई सोमबार प्रहरीले धोबीधारा क्षेत्रबाट पक्राउ गरी जिप्रका इलामको हिरासतमा राखेर अनुसन्धान थालिएको जिप्रका इलामका प्रहरी उपरीक्षक सुशीलकुमार यादवले जानकारी दिनुभयो । प्रहरीले यसअघि पनि निर्वाचन विरोधी क्रियाकलापमा संलग्न रहेक...

धरानबाट मोटरसाईकल चोरी गर्ने पक्राउ

धरानबाट  मोटरसाईकल चोरी गर्ने पक्राउ
भद्रपुर। सुनसरी, धरानबाट चोरी भएको को२९प ४७८६ नंको पल्सर मोटर का चोर भनिएकाहरुलाई पक्राउ गरिएको छ । धरान नगरपालिका–१५ निवासी शङ्कर विकले मोटरसाइकल चोरी दमक नगरपालिकाका निसान राई र मनोज शङ्करको मिलेमतोमा मनराज विकलाई बिक्री गरेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । निज मनराजले मोटरसाइकलको नं परिवर्तन गरी चलाउँदै गरेका अवस्थामा प्रहरी निरीक्षक मिलन बस्नेतको टोलीले सोमबार अपराह्न पक्राउ गर...

धनकुटामा राप्रपाले उम्मेदवार घोषणा गर्दै

धनकुटामा राप्रपाले उम्मेदवार घोषणा गर्दै
धनकुटा। स्थानीय तह निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले आज धनकुटाका उम्मेदवारहरुको घोषणा गर्दैछ । उम्मेदवार घोषणाका लागि दिउँसो स्थानीय प्यासिफिक होटललमा कार्यक्रम आयोजना गरिएको छ । दिउँसो साँढे १ बजेबाट घोषणा कार्यक्रम सुरु भएको छ । उम्मेदवार घोषणा गरी चुनावको तयारीमा जुट्ने राप्रपा धनकुटाका अध्यक्ष कुमार बहादुर थापाले जानकारी दिएका छन । दोस्रो चरण अन्तरगत असार १४ गते स्थान...

महालक्ष्मी नगरमा कांग्रेस र राप्रपाको चुनावी तालमेल

महालक्ष्मी नगरमा कांग्रेस र राप्रपाको चुनावी तालमेल
धनकुटा। आसन्न स्थानीय तह निर्वाचनका लागि धनकुटाको महालक्ष्मी नगरपालिकामा कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी वीच चुनावी तालमेल हुने भएको छ । दुई पार्टीले चुनावी तालमेल गरेर संयुक्त उम्मेदवार बनाएका छन । संयुक्त प्यानलबाट मेयरमा कांग्रेसका जिल्ला सभापति अग्नी प्रसाद पौडेललाई उठाईएको छ । त्यस्तै उप–मेयरमा संयुक्त प्यानलबाट राप्रपाका महेन्द्र निरौलालाई उम्मेदवार बनाएर चुनावमा भाग लिने क...
error: Content is protected !!