काठमाडौ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ बन्ने सरकारले सबैको भावनालाई समेटेर राष्ट्रिय आवश्यकतालाई पूरा गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

Advertisement

व्यवस्थापिका–संसद्को आजको बैठकमा नयाँ प्रधानमन्त्री चयनका लागि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रस्ताव गर्दै उहाँले आफूले गणतन्त्रयता नेकपा (एमाले)का नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल र केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरिसकेको र हाल काँग्रेसका सभापति देउवालाई बहालवाला प्रधानमन्त्रीका हैसियतले नयाँ प्रधानमन्त्रीमा प्रस्ताव गर्न पाउनुले राष्ट्रिय एकता र समझदारीको आवश्यकताको परिणाम भएको बताउनुभयो ।

प्रधानमन्त्री ‘प्रचण्ड’ले मुलुकलाई समाजवादको आधार तय गर्न आर्थिक सामाजिक रुपान्तरणमा जान सकिएमा नेपाललाई छिट्टै विकासको मार्गमा लान सकिने बताउँदै आफूले छिमेकी भारत र चीनका प्रधानमन्त्री र राष्ट्रपतिसँग सँगै बसेर नेपालको विकासबारे कुरा गर्ने मौका मिलेको स्मरण गर्नुभयो ।

उहाँले भन्नुभयो, “काँग्रेसले मलाई गुण लगायो, मैले पनि तिरेँ भोलिका दिनमा एमालेका अरू नेतालाई पनि प्रधानमन्त्रीमा प्रस्ताव गर्न पाऊँ, राष्ट्रको बृहत्तर हितका सन्दर्भमा सबै मिल्नुपर्छ ।”

सभापति देउवाले व्यक्त गरेका प्राथमिकता र प्रतिबद्धतामा सफलता मिलोस् भन्ने शुभकामना दिँदै प्रधानमन्त्री प्रचण्डले नयाँ परिस्थितिमा काँग्रेस सभापति देउवा प्रधानमन्त्री बन्न लागेको हो, विगतमा राजाले फाल्ने र ल्याउने गरी देउवा प्रधानमन्त्री बन्न खोजेको अवस्था होइन, मेरो शुभकामना छ, उहाँको कार्यकाल पूर्ण सफल होस् भन्नुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!