दमासकस। सिरियाको उत्तरी सहर रक्वामा अमेरिकी आवद्ध सुरक्षा फौजले सोमबार गरेको हवाई आक्रमणमा परी ३० भन्दा बढीको मृत्यु भएको छ ।

Advertisement

अफरेट्स नदिको दक्षिणी किनाराबाट डुङ्गामा यात्रा गरिरहेका आमनागरिक लक्षित आक्रमण भएको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् । मुस्लिमहरुको महत्वपूर्ण पर्व रमजानको महिनामा यो आक्रमण भएको छ ।

सिरियन अब्जरभेटरी फर ह्युम्यान राइटसले घटनामा २० भन्दा बढीको मृत्यु भएको जनाएको छ ।

सिरियाको रक्वा गत जुन ३ का दिन पनि यस्तै प्रकारको हवाई आक्रमणमा परी कम्तीमा ४३ जनाको मृत्यु भएको सरकारी टेलिभिजनले जनाएको छ ।

अमेरिकी आवद्ध सेनाले गरेको हवाई आक्रमणमा परी रक्वामा कैयौँ सर्वसाधारणको मृत्यु भइसकेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!