धादिङ। धादिङको थाक्रे गाउँपालिका स्थित सिम्लेमा माइक्रोबसको ठक्करबाट एकको मृत्यु भएको छ।  लु १ ज २६७४ नम्बरको  बुटवलबाट काठमान्डौं जाँदै गरेको माइक्रोको ठक्करबाट स्थानीय बन्दना परियारको मृत्यु भएको प्रहरीले जनाएको छ। परियारको मृत्यु भएपछि आक्रोसित स्थानीयले  माइक्रोबसमा आगजनी गरेका छन्।

सडक छेउमा हिँड्दै गरेको पैदलयात्रीलाई तिब्र गतिमा कुदेको माइक्रोले ठक्कर दिएको। चालकको लापरबाहिले ज्यान गएको भन्दै आक्रोसित स्थानीयले माइक्रोमा आगो लगाइदिएका हुन। पृथ्बीराजमार्ग दुबै तर्फ बन्द छ। प्रहरी टोलि घटमा स्थल पुगेको छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!