भोजपुरमा सडक खन्ने क्रममा ढुंगाले किचेर बृद्धको मृत्यु

भोजपुरमा सडक खन्ने क्रममा ढुंगाले किचेर बृद्धको मृत्यु
भोजपुर, ३ असार । भोजपुरको षडानन्द नगरपालिका–३ कुनालुङ्गको शंखेखोला नजिक सडक खन्ने क्रममा ढुंंगाले किच्दा एक बृद्धको मृत्यु भएको छ । ग्रामिण कृषि सडक खन्ने क्रममा ढुंंगा खस्दा स्थानीय ६० वर्षीय श्रीप्रसाद राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । वर्षातका कारण सडक माथिवाट झरेको ढुंगाले राईलाई किचेको हो । स्थानीयको जनश्रमदानमा शनिबारबाट वाटो निर्माण थालिएको हो । भिर फुटाउँन...

चिया उद्योग बन्द गर्ने चेतावनी

चिया उद्योग बन्द गर्ने चेतावनी
झापा, ३ असार । नेपाल सरकारले लागू गरेको श्रम ऐन, २०७४ को कारण चिया उद्योग समस्यामा परेकाले सो ऐनको खारेज गर्नुपर्ने माग बढेको छ । उक्त ऐन खारेज नभए उद्योगमा तालाबन्दी गरी आन्दोलनमा उत्रने चेतावनीसमे चिया उद्योगीले दिएका छन् । विसं २०७४ भदौ १९ गते जारी उक्त ऐन २०७५/७६ को बजेट वक्तव्यमार्फत सरकारले २०७५ साउन १ गतेदेखि लागू गर्ने घोषणाको विरोधमा चिया उद्योगी तथा व्यवसायीहरु आ–आफ्नो उद्योगमा तालाब...

धनकुटामा माईक्रोबसले मोटरसाईकललाई ठक्कर दिदा घाईते

धनकुटामा माईक्रोबसले मोटरसाईकललाई ठक्कर दिदा घाईते
धनकुटा, ३ असार । धनकुटा नगरपालिका–७ जिरोपईन्ट नजिक आज माईक्रोबसले मोटरसाईकललाई ठक्कर दिदा एक जना घाईते भएका छन् । धरानबाट हिलेतर्फ जाँदै गरेको को.१ ज.१०७८ नम्बरको माइक्रोबसले विपरित दिशाबाट आउँदै गरेको मे.४ प.१६२५ नम्वरको मोटरसाईकललाई ठक्कर दिएको हो । ठक्करबाट मोटरसाईकल चालक ईलाम नगरपालिका–१ का सन्तोष सुब्बा घाईते भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख सुरेन्द्र खड्काले जानकारी दिए । घाईते सुब्बाको...

अरुण तेस्रोको सुरुङमा पुरिएका ४ जनाको ३८ घण्टापछि जीवितै उद्दार

अरुण तेस्रोको सुरुङमा पुरिएका ४ जनाको ३८ घण्टापछि जीवितै उद्दार
संखुवासभा, ३ असार  । संखुवासभाको अरुण तेस्रो आयोजनाको सुरुङ मार्गमा पुरिएका ४ जनाको ३८ घण्टापछि सकुशल उद्दार गरिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले सुरुङमा पुरिएका कालिकोटको सिउना–४ का ३२ वर्षीय प्रदीप शाही, जुम्लाको चन्दननाथ–४ का ४४ वर्षीय प्रेम परियार, भारतको झारखण्डका ५५ वर्षीय सुधन मुन्डा र भारतकै बिहारका ४५ वर्षीय नन्क किशोरको उद्दार गरेको हो । उनीहरुको उद्दारपछि प...

धनकुटा बजारक्षेत्रको प्राकृतिक सौन्दर्यता बढाउँन बृक्षरोपण (फोटो फिचरसहित)

धनकुटा बजारक्षेत्रको प्राकृतिक सौन्दर्यता बढाउँन बृक्षरोपण (फोटो फिचरसहित)
धनकुटा, ३ असार । धनकुटा बजारक्षेत्रको प्राकृतिक सौन्दर्यता बढाउँने उद्धेश्यले बृक्षरोपण गरिएको छ । संभावित लेडी जेसिज धनकुटाले बिहिबारे हटिया र टुडिखेल आसपास क्षेत्रमा बृक्षरोपण गरेको हो । बिरुवा हुर्काएर प्राकृतिक सौन्दर्यता कायम गराउँन बृक्षरोपण गरिएको लेडी जेसिजका अध्यक्ष प्रमिसा श्रेष्ठ (थापा) ले संगालोखबरलाई जानकारी दिईन् । उनका अनुसार कल्की, सिरिस, धुपी, स्थानीय फुल लगायतका बिरुवा रोपिएको छ...

छथर जोरपाटीमा घर जलेर नष्ट हुँदा ९ लाखको क्षति

छथर जोरपाटीमा घर जलेर नष्ट हुँदा ९ लाखको क्षति
धनकुटा, २ असार । धनकुटाको छथर जोरपाटी गाउँपालिका–५ निङबारीटोलका कान्छाहाङ लिम्बूको घरमा शनिवार आगलागी हुदाँ ९ लाख बराबरको क्षति भएको छ । विहान करिव साँढे सात बजे घरमा कोही नभएको बेला चुल्होबाट चाङ हुदै तलामाथि सल्किएको आगोले लिम्बूको घर पूर्णरुपमा जलेर नष्ट भएको हो । आगलागीबाट घरमा रहेको नगद २ लाख ५० हजार, ४ तोला सुन, १६ तोला चाँदी, लत्ताकपडा, खाद्यान्न, भाँडा, २ थान मोवाईल लगायत सामान जलेर नष...

अरुण तेस्रोको सुरुङ खन्ने क्रममा ढिस्कोले पुरिएर चार जना कामदार बेपत्ता

अरुण तेस्रोको सुरुङ खन्ने क्रममा ढिस्कोले पुरिएर चार जना कामदार बेपत्ता
संखुवासभा, २ असार । अरुण तेस्रो जलविद्युत् आयोजनाको सुरुङ खन्ने क्रममा संखुवासभाको मकालु गाउँपालिकाको फ्याक्सिन्दामा चार जना कामदार बेपत्ता भएका छन् । नुमको फ्याक्सिन्दामा निर्माणाधीन अरुण तेस्रोको सुरुङ खन्ने क्रममा शुक्रबार राति पौने ९ बजे ढिस्कोे झरेको थियो । ढिस्कोेले पुरिएर दुई जना नेपाली र दुई जना भारतीय कामदार बेपत्ता भएको र उनीहरुको खोजी कार्य तथा उद्धार गर्ने प्रयास तीव्ररुपमा भइरहेको...

भूमे पर्वको शुभकामना आदानप्रदान गर्दै मगर समुदाय

भूमे पर्वको शुभकामना आदानप्रदान गर्दै मगर समुदाय
खोटाङ, २ असार । मगर समुदायको महान् तथा पवित्र चाड भूमे (भूम्या) पर्व शुक्रबारदेखि शुरु भएको छ । भूमिको पूजार्चनापछि आपसमा शुभकामना आदानप्रदान गर्दै हप्ता दिनसम्म मनाइने यो पर्व प्राकृतिक प्रकोप नपरोस्, अन्न बाली सप्रियोस् , सुव्यफाव्य होस् भन्ने कामना गरिन्छ । आफन्तजनसँगको भेटघाट तथा आपसमा शुभकामना आदानप्रदान गर्दै मनाइने यो पर्व हरेक मगर बस्तीमा मनाउने प्रचलन छ । भूमे पर्वका अवसरमा अहिले मौलि...

पोलिक्लिनिकमा विपन्न वर्गलाई निःशुल्क उपचार

पोलिक्लिनिकमा विपन्न वर्गलाई निःशुल्क उपचार
सोलुखुम्बु, २ असार । जिल्लामा पहिलो पटक सुविधा सम्पन्न पोलिक्लिनिक सञ्चालनमा आएको छ । ‘सोलुहेल्थ केयर सेन्टर’ नामको पोलिक्लिनिकको प्रतिनिधिसभा सांसद हेमकुमार राईले शुक्रबार उद्घाटन गर्दै स्वास्थ्य संस्थाबाट उपलब्ध हुने सम्पूर्ण सेवासुविधा सहज रुपमा पाउनु नागरिकको अधिकार भएको बताउनुभयो । जिल्लामा रहेको एक मात्र सोलु अस्पताल फाप्लुमा उपचार गर्न नसकिने अवस्थामा पोलिक्लिनिकले सेवा दिन सक्ने बताइएक...

धनकुटा प्रहरीले झुटो आरोप लगाएर पक्राउ गरेको भन्दै रिहाइको माग

धनकुटा प्रहरीले झुटो आरोप लगाएर पक्राउ गरेको भन्दै रिहाइको माग
  धनकुटा, १ असार । प्रहरीले झुटो आरोप लगाएर धनकुटाका ध्यान बहादुर लामालाई पक्राउ गरेको भन्दै उनका आफन्तले विनाशर्त रिहाईको माग गरेका छन् । धनकुटामा शुक्रबार लामाका आफन्तले पत्रकार सम्मेलन गर्दै रिहाईको माग गरेका हुन् । प्रहरीले झुटो आरोप लगाएर लामालाई पक्राउ गरि सार्वजनिक अपराध मुद्धा दर्ता गरेर धरौटीमा छाडेर पुनः पक्राउ गरेको आफन्तको भनाई छ । गत बैशाख २८ गते बिप्लव नेतृत्वको नेकपाले आव...
error: Content is protected !!