धनकुटाका किसानलाई अनुदानमा मिनीटिलर

धनकुटाका किसानलाई अनुदानमा मिनीटिलर
धनकुटा, २९ जेठ । आधुनिक खेतीप्रणाली विकास गर्न धनकुटा नगरपालिकाले किसानलाई अनुदानमा मिनीटिलर वितरण गरेको छ । नगर क्षेत्रका किसानको समूहलाई कार्यालयमा बोलाएर सातवटा मिनीटिलर बितरण गरिएको हो । नगरपालिकाको ८३ प्रतिशत अनुदान र स्थानीय कृषक समूहको लगानीमा नगरका सातवटा कृषि समूहलाई प्रतिगोटा ७३ हजार मूल्य पर्ने पाँच लाख ११ हजार बराबरका टिलर दिईएको हो । गोरुले जोतेर गरिने कृषि प्रणालिले जीविकोपार्जनम...

ताप्लेजुङको फुङलिङ नगरबासी नौ दिनदेखि अन्धकारमा

ताप्लेजुङको फुङलिङ नगरबासी नौ दिनदेखि अन्धकारमा
ताप्लेजुङ, २९ जेठ । विद्युत्सेवा बन्द भएपछि ताप्लेजुङको फुङलिङ नगरपालिकाका दुईवटा वडा विगत नौ दिनदेखि अन्धकारमय बनेका छन् । फुङलिङ नगरपालिका–१० फुरुम्बुमा रहेको याफ्रे लघु जलविद्युत् आयोजनाको टर्वाइनमा आएको खराबीका कारण विद्युत् सेवा बन्द भएपछि वडा नम्बर १० र ११ (साविकको हाङ्देवा र फुरुम्बु गाविस) अन्धकारमय बनेका हुन् । गएको जेठ २० गतेदेखि टर्वाइनमा आएको खराबीका कारण विद्युत्सेवा बन्द भएको आयोज...

धनकुटामा गाँजासहित दुई जना पक्राउ

धनकुटामा गाँजासहित दुई जना पक्राउ
धनकुटा, २९ जेठ । धनकुटाको छथर जोरपाटी गाउँपालिका–४ बाट प्रहरीले दुई किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । सिधुवा प्रहरी चौकीबाट खटिएको ग्रामीण गस्ती टोलीले विशेष सुचनाका आधारमा स्थानीय ईन्द्रबहादुर अधिकारी र झपटबहादुर नेपालीको घरबाट एक/एक किलो गाँजा बरामद गरेको हो । उनीहरुको घरको माथिल्लो तलामा प्लाष्टिकले पोकामा लुकाएर राखिएको अवस्थामा गाँजा बरामद भएको धनकुटाका प्रहरी प्रमुख एवं प्रहरी उ...

धनकुटामा सूचनाको हक सम्बन्धि अन्तरक्रिया

धनकुटामा सूचनाको हक सम्बन्धि अन्तरक्रिया
धनकुटा, २८ जेठ । सुचनाको हक संरक्षण, सम्र्बद्धन र प्रचलन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सोमबार धनकुटामा सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालय र राष्ट्रिय सूचना आयोगसँगको सहकार्यमा नेपाल पत्रकार महासंघ धनकुटाको कार्यक्रम गरेको हो । कार्यक्रममा सहजकर्ता ज्ञानेन्द्र निरौलाले सुचनाको हक, संबैधानिक व्यवस्था लगायतका वारेमा जानकारी गराए । कार्यक्रममा पत्रकार महासंघका पूर्व केन्द्रि...

धनकुटामा लागूऔषध ब्राउन सुगरसहित तीन जना पक्राउ

धनकुटामा लागूऔषध ब्राउन सुगरसहित तीन जना पक्राउ
धनकुटा, २८ जेठ । धनकुटा प्रहरीले लागूऔषध ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटा–१ कुवापानीका २५ बर्षीय सुमन तामाङ, वडा नम्बर ५ का २६ बर्षीय निश्चल तिवारी र वडा नम्बर ७ का २४ बर्षीय केनेडी राई छन् । जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो । सादा पोसाकमा खटिएको टोलीले बिहीबार बिहान करिब ४ बजे धनकुटाको बिहीबारेहाटबाट उनीहरुलाई पक्राउ...

धनकुटा वडा नं.७ ले जित्यो वडा स्तरीय पुरुष भलिवलको उपाधि

धनकुटा वडा नं.७ ले जित्यो वडा स्तरीय पुरुष भलिवलको उपाधि
धनकुटा, २८ जेठ । धनकुटाको कागतेमा सम्पन्न अन्तर वडा स्तरिय पुरुष भलिबल प्रतियोगिताको उपाधी वडा नं. ७ ले जितेको छ । फाईनल खेलमा वडा नं. ६ लाई ३–१ को सेटमा स्तब्ध बनाउदै वडा नं. ७ ले उपाधि जितेको हो । वडा नं. ७ ले २५–२२, २१–२५ २५–२३ र २५–२१ ले नतिजा आफ्नो पक्षमा पार्दै उपाधि जितेको हो । जितसँगै बिजेता वडा नं. ७ ले नगद २५ हजार र ट्रफि हात पारेको छ भने उपबिजेता वडा नं. ६ ले नगद १५ हजारमा चित्त बुझाएक...

काबेली र माउन्ट मकालुको एकीकृत कारोबार शुरु

काबेली र माउन्ट मकालुको एकीकृत कारोबार शुरु
धनकुटा, २७ जेठ । धनकुटाको काबेली बिकास बैक र तेह्रथुम बसन्तपुरको माउन्ट मकालु डेभलपमेन्ट बैंकले एकीकृत कारोबार सुरु गरेका छन् । धनकुटामा आईतबार पत्रकार सम्मेलन गरी कावेली बैंकले माउन्ट मकालुलाई प्राप्तीपछि एकिकृत कारोवार सुरु भएको जानकारी दिईएको हो । २०६४ पुस १ गते स्थापना भएको काबेली र २०६७ श्रावण २ गते स्थापना भएको माउन्ट मकालुले एक बर्ष अघिदेखि एकीकृत कारोवारका लागि प्रकृया अघि बढाएका थिए । १...

स्वास्थ्य सेवा पदकबाट डा.सुनिल शर्मा सम्मानित

स्वास्थ्य सेवा पदकबाट डा.सुनिल शर्मा सम्मानित
बिराटनगर, २७ जेठ । स्वास्थ्य क्षेत्रमा बिशेष योगदान पुर्याएवापत नोबेल अस्पताल सञ्चालक डा.सुनिल शर्मालाई स्वास्थ्य सेवा पदकबाट सम्मानित गरिएको छ । नेमो संघ केन्द्रिय समितिले राजधानीको राष्ट्रिय सभागृहमा कार्यक्रम गरी डा.शर्मालाई सम्मान एवं पुरस्कृत गरेको हो । करिव डेढ दशक अघिदेखि स्वास्थ्य क्षेत्रमा क्रियासिल भई लाखौं बिरामीलाई निःशुल्क उपचार गर्नुका साथै सयौं बिपन्न बिद्यार्थीलाई निःशुल्क स्वा...

तेह्रथुमका चार जना रेडियोकर्मीलाई सम्मान

तेह्रथुमका चार जना रेडियोकर्मीलाई सम्मान
तेह्रथुम, २७ जेठ । तिनजुरे मिडिया ग्रुप प्रवास नेपालले उत्कृष्ठ कार्यसम्पादन गरेको भन्दै चार जना रेडियोकर्मीलाई सम्मान गरेको छ । लालिगुँरास नगरपालिकामा संचालित रेडियो तिनजुरेका कार्यक्रम संचालक तथा प्राविधिकलाई सम्मान गरिएको हो ।  रेडियोका कार्यक्रम प्रस्तोता बिकास गुरुङ्ग, तुलसा श्रेष्ठ, प्राबिधिक रमेश ढकाल र भबिना गुरुङ्गलाई सम्मान गरिएको हो । कार्यक्रम प्रस्तोता गुरुङ्ग र श्रेष्ठलाई नगद दुई÷...

गर्मीका कारण सिरहामा पाँच विद्यार्थी बेहोस

गर्मीका कारण सिरहामा पाँच विद्यार्थी बेहोस
लहान, २७ जेठ । पछिल्लो केही दिनयता बढेको अत्यधिक गर्मीका कारण आज सदरमुकाम सिरहास्थित चन्द्र माविमा अध्ययनरत पाँचजना विद्यार्थी बेहोस भएका छन् । कक्षामा पढ्दै गरेको अवस्थामा बिहान १० बजेतिर कक्षा ५ मा अध्ययनरत पूजाकुमारी साह, नेहाकुमारी यादव र राधिकाकुमारी यादवलगायतका विद्यार्थी बेहोस भएका हुन् । अत्यधिक गर्मीका कारण बेहोस भएका विद्यार्थीको सदरमुकामस्थित सिरहा जिल्ला अस्पतालमा उपचार भइरहेको ...
error: Content is protected !!