माधव नेपाललाई गृहजिल्लामै मधेसी मोर्चाको अवरोध

माधव नेपाललाई गृहजिल्लामै  मधेसी मोर्चाको अवरोध
रौतहट । एमाले नेता माधवकुमार नेपालको गृहजिल्ला रौतहटमा आयोजित एमालेको कार्यक्रममाथि मधेसी मोर्चाका कार्यकर्ताले अवरोध गर्न खोजेपछि प्रहरीसँग झडप भएको छ । एमाले रौतहटले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमको प्रमुख अतिथिको रुपमा गौर पुगेका नेता नेपालले मधेसी मोर्चाको बिरोध तथा अवरोधको सामना गर्नुपरेको हो । माधव नेपाल जिल्ला आउने जानकारीसँग मोर्चाका कार्यकर्ताहरु गौरको विपी चोकमा टायर बालेर प्...

भूकम्पपीडितलाई राहत पुग्ने गरी कार्य अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

भूकम्पपीडितलाई राहत पुग्ने गरी कार्य अघि बढाउन प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूकम्पवाट सबैभन्दा बढी पीडित भएकाहरुलाई राहत पुग्ने गरी द्रुत गतिमा कार्य अघि बढाउन सरोकारवाला मन्त्रालय तथा पुर्ननिर्माण प्राधिकरणलाई निर्देशन दिएका छन्। आइतबार दिउँसो प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्राधिकरणसहित सरोकारवाला मन्त्रालयको संयुक्त बैठकमा प्रधानमन्त्रीले उक्त निर्देशन दिएका हुन् । भूकम्पवाट क्षति भइ जोखिमयुक्त बस्तीमा बसिरहेका...

नेपाल जापान फ्रेन्डसिप लायन्स क्लब उद्घाटन

नेपाल जापान फ्रेन्डसिप लायन्स क्लब उद्घाटन
जापान–जापानमा नेपाली युवाहरुको सक्रियतामा गठित नेपाल जापान फ्रेन्डसिप लायन्स क्लबको बुधवार एक समारोहको बिच उद्घाटन गरिएको छ । कार्यक्रममा प्रमुख अतिथि लायन्स क्लव धुम्बाराहीका अध्यक्ष तथा गैर आवसिय नेपाली संघ एसिया प्यासिफिक उपसंयोजक रोबिन्द्र प्रसाद श्रेष्ठ(गोबिन्द),बिशेष अतिथि गैर आवसिय नेपाली संघ जापानका उपाध्यक्ष टंक गैरे,बिशेष अतिथि नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय ...

चर्चित बलिउड अभिनेत्री एश्वर्या चलाउँदिनन् फेसबुक/ट्वीटर, किन ?

चर्चित बलिउड अभिनेत्री एश्वर्या चलाउँदिनन् फेसबुक/ट्वीटर, किन ?
  बलिउड अभिनेत्री एेश्वर्य राय बच्चन खासै सामाजिक सञ्जालहरुमा देखिन्नन् । आजको सामाजिक सञ्जालको दुनियामा किन उनी यसबाट टाढा रहेकी छन् त ? यसको कारण भनेको उनका पति अभिशेक हुन । भारतीय समाचारमाध्यमले उल्लेख गरे अनुसार उनी सामाजिक संजालमा आउन चाहे पनि सकेकी छैनन् । उनलाई पति अभिषेक बच्चनले रोकेको खबर सार्वजनिक भएको छ । यता, अभिषेक भने सामाजिक संजालमा छन् र प्रायः पोस्ट पनि गरिरहेका हुन्छन् । ...

यो कुनै चप्पल होइन, चर्च हो

यो कुनै चप्पल होइन, चर्च हो
तपाइँले दुनियामा विभिन्न अनौठा भवनहरु आफ्नै आँखाले वा फोटोमै भएप्नि देख्नुुभएको होला । आर्किटेक्ट इन्जिनियरहरु पछिल्लो समयमा यस्ता भौतिक संरचनाको डिजाइन गरिरहेका छन् जसले दुनियालाई नै अचम्मित पार्दछ । नयाँ प्रविधि र निर्माणको तौरतरिकाले देख्दै असम्भव लाग्ने भवनहरु ठड्याउन सम्भव भएको छ । दुनियामा एउटा यस्तै चर्च छ, जहाँ मानिसहरु प्रार्थना गर्न कम र यसको सुन्दरता हेर्न बढि जान्छन् । के तपाइँले...

आर्थिक प्रतिवेदन नबुझाउने ३० दललाई १०० रुपैयाँ जरिवाना तिराईने

आर्थिक प्रतिवेदन नबुझाउने ३० दललाई १०० रुपैयाँ जरिवाना तिराईने
काठमाडौं । निर्वाचन आयोगले तोकिएको म्यादभित्र कानूनअनुसार आयव्यय बिबरणको बार्षिक प्रतिवेदन पेश नगर्ने तीस राजनीतिक दललाई सय रुपैयाँका दरले जरिवाना तिराउने निर्णय गरेको छ । राजनीतिक दलसम्बन्धी ऐन २०५८ को दफा १६ अनुसार ती राजनीतिक दललाई जरिवाना तिराउने तयारी भएको समाचार आजको गोरखापत्र दैनिकमा छ । दललाई जरिवाना तिर्न सात दिनको समय दिइएको छ । आयोगको शुक्रबार बसेको बैठकले स्पष्टीकरण पेश गर्न समयदिइ...

हाँस र कुखुरामा बर्डफ्लु देखिएपछि पोखरामा संक्रमणकाल घोषणा

हाँस र कुखुरामा बर्डफ्लु देखिएपछि पोखरामा संक्रमणकाल घोषणा
पोखरा । एक परिवारले पालेको हाँस र कुखुरामा बर्डफ्लु देखिएपछि पोखरामा संक्रमण काल घोषणा गरिएको छ । पोखरा-१८ खाल्टेमसिनाकी मीना परियारको घरका कुखुरा र हाँस बर्डफ्लुले मरेको पुष्टि भएपछि संक्रमण काल घोषणा गरिएको छ । प्रमुख जिल्ला अधिकारी (सीडीओ) संयोजकत्वको बर्डफ्लु समन्वय समितिले खाल्टेमसिना वरपर पशुपन्छी ओसारपसार लगायत गतिविधिमा रोक लगाउने निर्णय गरेको खबर आजको अन्नपूर्ण पोष्टमा छ । फागुन ६ गते...

चैत ४ बाट ‘यो साइनो मायाको’ प्रदर्शन हुने

चैत ४ बाट ‘यो साइनो मायाको’ प्रदर्शन हुने
विराटनगर । यूवा पुस्ताको मायाप्रेमलाई सरल ढुङ्गमा प्रस्तुत गरिएको चलचित्र ‘यो साइनो मायाको’ आगामी चैत ४ गतेदेखी देशभर प्रदर्शन हुने भएको छ । निर्माण टिमले विराटनगरमा पत्रकार सम्मेलन गरि काठमाण्डौको मल्टिफिलेक्स १२ वटा हलसहित देशभरीका हलहरुमा एकैसाथ ‘यो साइनो मायाको’ प्रदर्शन गरिने जानकारी दिएको हो । अरुण प्रधानले निर्देशन गरेको चलचित्रमा पूर्वका कलाकारहरु विशेष भुमिकामा छन । पूर्वको पर्यटकीय स्थ...

निजामति कर्मचारी युनियन धनकुटामा तिम्सिना

निजामति कर्मचारी युनियन धनकुटामा तिम्सिना
धनकुटा । नेपाल निजामति कर्मचारी युनियन (संघ) धनकुटाको चौथो जिल्ला अधिवेशनले हरिप्रसाद तिम्सिनाको अध्यक्षतामा अठार सदस्यीय जिल्ला कार्य समिति सर्वसम्मत चयन गरेको छ । नव गठित समितिको उपाध्यक्षमा नारदमणी सुवेदी, महिला उपाध्यक्षमा निर्मला सुवेदी, समावेशी उपाध्यक्षमा गोर्खाबहादुर तामाङ्ग, सचिवमा डम्बरबहादुर कटुवाल, युवा सह–सचिवमा पुष्पराज अधिकारी र कोषाध्यक्षमा ढकराज कटुवाल चयन भएका छन । त्यस्तैगरी...

पत्रकार गाउँलेलाई पितृ शोक, कार्कीलाई पुत्रशोक

पत्रकार गाउँलेलाई पितृ शोक, कार्कीलाई पुत्रशोक
काठमाडौं । प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य एवं अर्थतन्त्र अनलाइनका प्रधान सम्पादक रामेश्वर कार्कीलाई पुत्र शोक परेको छ । शुक्रबार बेलुका धादिङबाट काठमाडौं फर्किने क्रममा काठमाडौं बाफलमा बाटो काट्ने क्रममा कार्कीकी श्रीमति सुभद्रालाई टिप्परले ठक्कर दिएको थियो । टिप्परको ठक्करपछि सुभद्राले काखमा बोकेको १० महिनाको छोरा सुलभ भुईंमा पछारिएका थिए । शुलभको उपचारको क्रममा अन्तर्राष्ट्रिय बालमैत्र...
error: Content is protected !!