रौतहट । एमाले नेता माधवकुमार नेपालको गृहजिल्ला रौतहटमा आयोजित एमालेको कार्यक्रममाथि मधेसी मोर्चाका कार्यकर्ताले अवरोध गर्न खोजेपछि प्रहरीसँग झडप भएको छ ।

एमाले रौतहटले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमको प्रमुख अतिथिको रुपमा गौर पुगेका नेता नेपालले मधेसी मोर्चाको बिरोध तथा अवरोधको सामना गर्नुपरेको हो ।

Advertisement

माधव नेपाल जिल्ला आउने जानकारीसँग मोर्चाका कार्यकर्ताहरु गौरको विपी चोकमा टायर बालेर प्रदर्शनमा उत्रिएका थिए ।

बिपी चोकबाट ४०० मिटर पूर्वमा रहेको ब्यारेक फिल्डमा नेता नेपालले कार्यक्रमलाई सम्बोधन गर्दै गर्दा अवरोधका लागि प्रयासरत मधेसी मोर्चा कार्यकर्ता र प्रहरीबीच झडप भएको हो ।

झडप अहिले पनि जारी छ भने माधव नेपाल कार्यक्रममा भाषणा गरिरहेका छन् । कार्यक्रममा सांसदहरु डा. बंशीधर मिश्र र लालवावु यादव पनि सहभागी छन् ।

प्रदर्शनकारी र प्रहरीतर्फ केहि घाइते भएका छन् । आन्दोलनकारीहरुले पुलिसलाई लक्षित गरी ढुंगा प्रहार गरेपछि भिड तितरवितर पार्न प्रहरीले बल प्रयोग गरेको थियो ।

यसैबीच झडपको रिपोर्टिङ गर्न गएका हिमालय टेलिभिजनका रौतहट प्रतिनिधि प्रभात कुमार झा सशस्त्र प्रहरीको कुटपिटबाट घाइते भएका छन् । उनको खुट्टा र पेटमा चोट लागेको छ । अनलाइनखबर

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!